एजेन्सी, २६ भदौ, विश्वभरीका करिब ५० लाख जिमेल एकाउन्ट ह्याक भएको अन्तराष्ट्रिय समाचार संस्था डेलीमेलले जनाएको छ । ह्याकरले ५० लाखभन्दा धेरै जिमेल एकाउन्टको पासवर्ड र डिटेल्स लिक गरेको एक रिपोर्टमा जारी गरिएको हो । ह्याकरले जिमेलको डिटेल्स रुसी वेबसाइट बिटकाइन सेक्युरिटीमा सार्वजनिक गरेको हो । ह्याक भएका जिमेलको अधिकतम पासवर्ड अन्य वेबसाइटबाट लिएकोले यस्तो भएको गुगलले स्विकारेको छ । उसले आफ्नो जिमेलको सुरक्षाको लागि समय समयमा पासवर्ड चेन्ज गर्न र अनावश्यक वेबसाइटमा जिमेल एकाउन्टको प्रयोग नगर्न, साथै एउटै पासवर्ड फरक फरक वेवसाइटमा प्रयोग नगर्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ । जिमेल ह्याक भएको, नभएको कसरी थाहा पाउने ? तपाईको जिमेल एकाउन्ट ह्याक भए नभएको थाहा पाउन https://isleaked.com/en.php लिङ्कमा क्लिक गर्नुहोस् । त्यसमा आफ्नो जिमेल आइडी टाइप गर्नुहोस् । त्यहाँबाट तपाईको आइडी ह्याक भएको नभएको जानकारी पाइने छ । यदी तपाईको आइडी ह्याक भएको रहेछ भने तुरुन्तै पासवर्ड चेन्ज गर्नुहोस् । यसको साथै अझ सुरक्षित गर्न दोस्रो चरणको भेरिफिकेशन आवश्यक रहेको गुगलले जनाएको छ । उसका अनुसार गुगल एकाउन्टमा सेक्युरिटीका अतिरिक्त एक लेयर पनि प्रयोग गर्नु पर्ने हुन्छ जसले गुगल एकाउन्ट ह्याक हुन र डाटा चोरी हुनबाट बचाउँछ ।
पचास लाख जिमेल एकाउन्ट ह्याक, कसरी गर्ने सुरक्षा !
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses