चाउचाउले हृदयाघातको जोखिम बढाउने निस्कर्ष !!

चाउचाउ कत्तिको खानुहुन्छ ? निकै सजिलो र स्वादिलो खाजाका रुपमा चाउचाउ धेरैले खाने गर्छन् । चाउचाउमा प्रयोग हुने रसायनले बालबालिकाको स्वास्थ्यमा असर पूराउने खालका विभिन्न समाचारहरु विगतमा आउने गर्थे ।तर पछिल्लोपटक गरिएको एक अनुसन्धानले चाउचाउको सेवन महिलाको मुटुका लागि हानिकारक हुने तथ्य पुष्टि गरेको छ ।

अमेरिकाको बेलर विश्वविद्यालय मेडिकल सेन्टरका शोधकर्ताले गरेको अनुसन्धानबाट तयारी चाउचाउको सेवनले महिलाको मुटु तथा रक्तप्रणालीमा नकारात्मक असर पूराउने तथ्य खुलेको हो ।डाक्टर ह्युन जून शिनको नेतृत्वमा रहेको वैज्ञानिक टोलीले गरेको अनुसन्धानले चाउचाउको सेवनले महिलामा मुटु रोग, मधुमेह, हृदयाघात जस्ता जोखिम बढाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुले यसलाई कार्डियो मेटाबोलिक सिन्ड्रोम भनेका छन् ।

अध्ययनका क्रममा १९ देखि ६४ वर्ष उमेर समूहका १० हजार ७ सय ११ जना मानिसहरुको भोजनको विश्लेषण गरिएको थियोे जसमा ५४.५ प्रतिशत महिला थिए । त्यसक्रममा मुख्य दुइ प्रकारका भोजन तौरतरिका पाइयो- पहिलो परम्परागत शैली, जसमा भात, भाछा, तरकारी, फलफूल तथा आलु मुख्य हुन्छन् भने दोश्रो मासु तथा फास्टफूड शैली । दोश्रो शैलीको भोजनमा भातको अंश कम हुन्छ भने बढि मासु, सोडा, प|mाइ गरेका खानेुकार तथा चाउचाउ लगायतका फास्डफुड संलग्न हुन्छन् ।

त्यसक्रममा विभिन्न खाले तयारी चाउचाउ खाने महिलामा कार्डियो मेटाबोलिक सिन्ड्रोम चाउचाउ नखाने महिलामा भन्दा दुइगुणा बढि पाइयो ।पछिल्लो समयमा तयारी चाउचाउको सेवन अत्यधिक बढिरहेको र यसले स्वास्थ्यमा पूराउने जोखिमका विषयमा मानिसहरुमा चेतना नभएको अवस्थामा यो अध्ययनले पत्ता लगाएको तथ्य निकै महत्वपूर्ण रहेको शोधकर्ता डाक्टर शिन बताउँछन् ।

शोधकर्ताहरुले चाउचाउ किन हानिकारक छ ? भन्ने प्रमाण समेत प्रस्तुत गरेका छन् । चाउचाउमा प्रयोग हुने स्टाइरोफोम मा हुने हर्मोन डिस्रप्टर बिस्फेनोल ए -बीपीए) भन्ने तत्व महिलाको स्वास्थ्यका लागि निकै हानिकारक हुने वैज्ञानिकहरुको भनाइ छ ।चाउचाउमा मोनो सोडियम ग्लुटामेट, प्रसस्त मात्रामा संतृप्त बोसो, सोडियम मात्र नभै पेट्रोलियम पदार्थ शुद्धिकरण गर्दा बाँकी रहने रसायन टर्सियरी ब्युटाइलहाइड्रोक्विनोन -टीबीएचक्यू) समेत प्रयोग भएको हुन्छ । यो पदार्थले पाचन प्रक्रियालाई असन्तुलित बनाइदिन्छ र खाएको कुरा पच्न गाह्रो हुन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.