आइफोन सिक्स लञ्च भएको धेरै समय पनि भएको छैन तर एप्पल कम्पनी आइक्लाउडको सुरक्षालाई लिएर फेरि विवादमा परेको छ । केही समयअघि आइक्लाउड ह्याक भएर विवादमा आएको एप्पल फेरि अर्को ह्याकिङ स्काण्डलका कारण विवादमा आएको हो । यसपटक इन्टरनेटमा ह्याकरहरुले किम कार्दशियनको न्युड फोटोहरु लिक गरेका छन् । डेलिमेल डटकमका अनुसार उनको तस्विर फोरच्यान र रेड्डिटजस्ता वेभसाइटमा प्राइभेट मेसेजद्वारा पोस्ट गरिएको थियो । किमका अलावा नायिका भेनेसा हजेंस र गायिका रिहाना र एम्बर हर्डको तस्विर पनि लिक गरिएको छ । फोरचानका प्रयोगकर्ताहरुका अनुसार उक्त तस्विरहरु आइक्लाउड ऐपको माध्यमबाट चोरी गरिएको हो । यसबारेमा एफबीआईले समेत अनुसन्धान गरिरहेको छ । यस घटनापछि एप्पलको आइक्लाउड सर्विसबाट कनेक्ट गरिएको निजी एकाउन्टहरुको सुरक्षमाथि ठूलो प्रश्न चिन्ह खडा भएको छ । यसअघि आइफोन फाइभ एसमा जारी गरेको फिंगरप्रिंट स्क्यानरलाई ह्याकरहरुले ह्याक गरेको थियो ।
फेरि ह्याक भयो एप्पलको आइक्लाउड
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses