एजेन्सी । अष्ट्रेलियाकी एक महिलालाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । तर, चिकित्सकहरूले मृत घोषित गरेको करिब ४२ मिनेटपछि ती महिलाले पुनःजीवन पाएपछि चिकित्सकहरू समेत चकित भएका थिए ।
दुई सन्तानकी आमा ४१ वर्षीय भेनेषा तानासियोलाई हृदयघात भएपछि अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएपछि उनलाई चिकित्सहरूले मेडिकलको भाषा अनुसार मृत घोषित गरे तर चिकित्सकहरुले उनको मष्तिष्कमा रगत जाने कार्यलाई निरन्तरता भने दिइरहे एउटा मेडिकल औजारका माध्यमबाट ।
चिकित्सकहरूले हार नमानी ती महिलाको मष्तिष्कमा पटक-पटक लुका-२ नामको उपकरणको प्रयोग गरेर रगत पुर्याइरहे र आर्टरीलाई खोल्ने प्रयत्न गरे । चिकित्सकहरूको निरन्तर प्रयासपछि ती महिलाको आर्टरी खुलाउन सफल भए । यसरी आर्टरी खुलेपछि ती महिलाको मुटु फेरी चल्न थाल्यो र उनी पुनः सामान्य अवस्थामा फर्किइन् । यस घटनाबाट चिकित्सकहरू समेत निकै चकित र खुसी भएका थिए ।
मृत घोषणा भएकी महिला भेनेषाले भनिन्, ' म करिब १ घण्टा मरेर फर्किए, अनौठो लागेको छ ।'
उनले आफ्नो हृदयघात भन्दा पहिलेको अवस्था र पछिको अवस्थालाई सम्झँदै भनिन्, 'म घरको बरण्डामा बसिरहेको थिए । त्यही बेला मलाई हृदयघात भयो र भुईमा ढलेँ, र मलाई कसैले उठाएर अस्पताल ल्याएको थाहा छ । र मलाई अस्पतालमा दुई दिन राखिएको बारे भने केही थाहा छैन् ।'
चिकित्सकहरूले मृत घोषित गरेको ४२ मिनेटपछि महिला उठिन !!
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses