महिलाहरुको आयु पुरुषको भन्दा बढि हुनुको खास कारण-

वैज्ञानिकहरुले महिलाहरुको आयु पुरुषको भन्दा बढि हुनुको खास कारण पत्ता लगाएको दाबी गरेका छन् । झिंगामा गरिएको अध्ययनले महिलाको आयु पुरुषको भन्दा बढि हुनुको कारण पत्ता लागेको उनीहरुको भनाइ छ । त्यसक्रममा वैज्ञानिकहरुले प|mुट फ्लाइ नामको झिंगाको कोषका माइटोकोन्डि्रयाका डिएनएको अध्ययन गरेका थिए ।


अस्ट्रेलियाको मोनास विश्वविद्यालय तथा बेलायतको ल्यानकाष्टर विश्वविद्यालयका शोधकर्ताहरुले १३ वटा विभिन्न समूहका झिंगाको अध्ययन गरेका थिए । शोधकर्तामध्येका एक डाक्टर डमेइन डलिङका अनुसार उक्त अनुसन्धानबाट प्राप्त नतिजाले भाले जातिको आयुमा प्रत्यक्ष प्रभाव पार्ने तथा बुढ्यौली गराउने माइटोकोन्डि्रयाका डिएनएमा भएका उत्परिवर्तनको बारेमा स्पष्ट पारेको बताए । जबकी यस्ता उत्परिवर्तनले पोथीको जैविक पक्षमा कुनै असर पूराउँदैनन् । त्यसैले जुनसुकै जिवको भालेको पोथी भन्दा आयु बढि हुन्छ र सोही नियम मानिसको भाले अर्थात् पुरुष र पोथी अर्थात् महिलामा पनि लागु हुन्छ ।

माइटोकोन्डि्रयालाई कोषको पावर हाउस पनि भनिन्छ । शरीरमा उर्जा उत्पादन गर्ने कोषको महत्वपूर्ण भागको रुपमा रहेको माइटोकोन्डि्रयाका जिनमा हुने उत्परिवर्तन वा नकारात्मक परिवर्तनका कारण त्यस्तो उर्जा उत्पादनमा बाधा पुग्न गइ कोष बुढो हुनथाल्छ । त्यसैले कुनैपनि जिवको आयु तथा बुढ्यौलीको टुंगो माइटोकोन्डि्रयाको कामकाजले तय गर्छ ।



महिलाहरु पुरुषभन्दा बढि बाँच्नुको एक महत्वपूर्ण जैविक कारण महिलाको कोषभित्रको माइटोकोन्डि्रयाका डिएनएको उत्परिवर्तन भएपनि अरु विभिन्न आर्थिक तथा सामाजिक कारणले पनि यसमा प्रभाव पार्ने बताइएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.