पहिलो चोटी ब्लु फिल्म हेर्दा बान्ता गरे

मोडल एवम् नवनायिका संगीता बुढाथोकीले पहिलो पल्ट आइप्याडमा नीलो चलचित्र हेर्दा बान्ता नै आएको बताएकी छन् । केही वर्षअगाडि साथीहरुको लहलहैमा कौतुहलता मेटाउन सन्नी लियोनको ब्लु फिल्म हेर्न नै नसकेर बान्तै आएको त्यो क्षणलाई अझै पनि नबिर्सेको बुढाथोकीले भनेकी छन् । त्यो समयदेखि हालसम्म पनि ब्लु फिल्म हेर्ने भनेमा वाक्क लाग्ने यथार्थता बताउँदै यस्ता चलचित्रले राम्रोभन्दा नराम्रो कुरा सिकाउने गरेको तर्क उनको रहेको छ ।

अर्कोतर्फ सेक्स रिलेसनको सम्बन्धमा आफू अनभिज्ञ रहेको बताउँदै यसबारेमा आफूलाई खासै आइडिया नभएको उनले भनेकी छन् । २१ वर्षको परिपक्व उमेरमा पुगिसक्दा पनि कसैसँग पनि रिलेसन नभएको र प्रेमी पनि हालसम्म फेसबुकमा मात्र सीमित भएकाले आफू भर्जिन भएको प्रतिक्रिया दिइन् । नराम्रो बानीको रुपमा प्लस टु पढ्दा कलेजका साथीहरुले चुरोट तानेको देखेर त्यसलाई सिको गर्दा चुरोट खान जानेको, तर त्यसलाई चाहेर पनि हाल छाड्न नसकेको पनि उनले भनेकी छन् ।

प्लस टु जेनेरेसनको यो एउटा ठूलो समस्या भएको स्वीकार्ने उनी ड्रिङ्क्स पनि मज्जाले गर्छिन् । कहाँ, कसले सिकायो ? जिज्ञासामा ‘घरैबाट सिकेको’ जवाफ दिइन् । विभिन्न पर्वविशेषमा घरमा पिउने, पिलाउने चलन भएकाले यसलाई सामान्य रुपमा लिएकी उनलाई दुई पेग भएमा काफी हुने बताउँछिन् । धेरै पिएर मातिने कार्य आफूबाट नभएको र परिवार तथा साथीभाइसँग बसेर लिमिटमा पिउने बानी भएको उनले भनेकी छन् ।

११ वर्षअघि करिश्मा मानन्धर अभिनित चलचित्र साथी हेरेपछि चलचित्रको नायिका बन्ने रहर जागेको तथा सोही रहरलाई पूरा गर्न नेपाली फिल्मलाइनमा छिरेको बताएकी उनी करिश्मालाई आफ्नो रोल मोडल मान्छिन् । करिश्मा अभिनित प्रायः चलचित्र हेर्न नछुटाउने उनी करिश्माजस्तै टप नायिका बन्ने धुनमा कम्मर कसेर लागिरहेकी छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.