उनी सुनकोसीमा जमेको तालको सतह घट्दै गएपछि डुबेको घर देखियो कि भन्ने आसमा आइतबार सबैरै आएकी थिइन् । जब जुरेस्थित आफ्नो डुबेको घर नजिक गइन्, तब उनको आँखा रसाईहाल्यो । ‘मैरै मात्र घरदेखिएन, ’ डुबेको घरमाथि छिमेकीको पिढीमा बसेर ४८ वर्षीय जानुकादेवी पराजुलीले पीडा पोखिन् । घर डुब्न थालेपछि भागेर जोगिएकी उनी परिवारसहित ३ किलोमिटर पर बाह्रबिसे बजारमा ३५ दिनदेखि आश्रित छन् । आजको कान्तिपुर दैनिक लेख्छ, तालको सतह घटे घरभित्र रहेको ११ तोला सुन तामा, पित्तलका भाडावर्तन भेटिएलाकी भन्ने उनको आस छ । जुरेकै ६ घर देखिएपनि आफ्नो घर नदेखिएपछि जानुका आइतबार दिनभर खिन्न भइन् । नौ रोपनी जग्गा समेत तालले छोपेपछि सुकुम्बासी भएको बिलौना गरिरहदा छिमेकी महिलाहरु उनलाई सम्झाउँदै थिए । उनले देखाएको आधारमा अझैपनि जुरेका सबै घर देखिन ७ मिटर पानी घट्नुपर्छ ।
सबैको घर देखियो, मेरो मात्र देखिएन
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses