तीन वर्षमा ६६ पटक बिहे
त्यहाँको संस्कृतिअनुसार बिहे गरिहाल्छन् । तर, यो जोडीले कानुनी रुपमा भने बिहे गर्न बाँकी नै छ । चार वर्ष सँगै बसेपछि सन् २०११ म उनीहरुले संसार घुम्ने योजना बनाएका छन् ।त्यसका लागि उनीहरुले आफ्ना सबै सामान बेचेर घरसमेत भाडामा लगाएका छन् । लिसाले आफ्नो जागिर छोडेकी छिन् भने एलेक्सले कार मर्मत पसल बेचिदिएका छन् । उनीहरु विवाह गर्नका लागि सबैभन्दा अनौठा र अपवादयुक्त स्थानहरुको खोजी गर्दछन् ।
उनीहरु भन्छन्,‘हामी अरु संस्कृतिमा कसरी बिहे हुन्छ भन्ने अनभव गर्न चाहन्छौं । एउटा एउटा संस्कार भने संसारभरीको एउटै छ त्यो हो, एकता ।उनीहरुले अमेरिकीदेखि लिथुवानिया, पानामादेखि पाकिस्तानसम्मका आधुनिक देखि असाध्यै आदिम तथा आदिवासी परम्पराअनुसार बिहे गरेका छन् । उनीहरु हरेक बिहेका फोटो खिचाउछन् र आफ्नो ब्लगमा पोष्ट गर्छन ।
0 comments
Write Down Your Responses