यमनको मध्यभागमा सिया विद्रोही तथा अल–कायदासँग आवद्ध सुन्नी आदिवासी समुदायबीच भएको सङ्घर्षमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ भने अमेरिकी चालकविहीन विमान भनी आशङ्का गरिएको विमानबाट भएको आक्रमणमा १० जिहादीको मृत्यु भएको जानकारी आदिवासी स्रोतले दिएका छन् ।
fighter plane
हुथीस विद्रोहीले राजधानी साना तथा रेड सीको बन्दरगाहयुक्त नगर हुदेइदामा आफ्नो नियन्त्रण कायम गरेका छन् भने उनीहरूलाई थप विस्तार हुन नदिन अल–कायदाका लडाकू तथा आदिवासी समुदायले रोकेका छन् ।
शुक्रबार हुथी लडाकूले बाइदा प्रान्तको रादा नगरको पहाडी भागलाई नियन्त्रण गर्न प्रयास गरेपछि सङ्घर्ष आरम्भ भएको हो ।
आदिवासी स्रोतले हुथीसलाई प्रत्येकपटक निकै क्षति पुगी फकाईएको जानकारी दिएका छन् । उनीहरूले यस सङ्घर्षमा हुथिसतर्फ दर्जनौँ व्यक्तिको मृत्यु भएको बताए ।
उक्त स्रोतले हुथी लडाकूलाई यमनी सैनिकले पनि सहयोग गरेको दाबी गरे । यस विषयमा स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।
यसबीच उक्त सङ्घर्ष क्षेत्रमा अल–कायदाका लडाकू लिएर गएको दुई गाडीमा मानवविहीन विमानबाट क्षेप्यास्त्र प्रहार हुँदा १० व्यक्तिको मृत्यु भएको जानकारी आदिवासी स्रोतले दिएका छन् ।
अल–कायदासँगको युद्धमा यमन अमेरिकाको प्रमुख सहयोगी हो र यस मुलुकले यस समूहविरुद्धको युद्धमा आफ्नो क्षेत्र प्रयोग गर्न दिएको छ ।
गत साता रादा वरपर दुई दिनसम्म भएको सङ्घर्षमा कम्तीमा ६० व्यक्तिको मृत्युभएको थियो ।
सन् २०१२ मा यमनमा लामो समयसम्म शासन गर्ने राष्ट्रपति अली अब्दुल्लाह सालेहलाई पदमुक्त गरिएपछि हुथीले यस मुलुकको ठूलो भाग नियन्त्रणमा लिन प्रयास गरिरहेको छ र यहाँ अस्थिरता छाएको छ ।
राष्ट्रपति अब्द्रबुह मनसुर हादीको सुन्नी सरकारले उनीहरूको विस्तारलाई रोक्न सकेको छैन ।
nepaliheadlines.com
फ्यानको मन जित्न मोडलहरु के के गर्दैनन ? सायद ब्रिटिस मोडल एमिली रताजकोस्की त्यस्को एउटा उदाहरण हो, जसले फ्यानका लागि आफ्ना गोप्य अंग देखाउनु सामान्य बनेको छ । यसअघि कैयौँपटक आफ्ना नाङ्गा तस्बिरहरू खिचाइ सकेकी छिन् उनले हालै एक शुभेच्छुकको आग्रहमा अर्धनग्न तस्बिर खिचेर सार्वजनिक गरेकी छिन् ।
कम्मरभन्दा माथिको भागमा कुनै वस्त्र नलगाएकी एमिनीको तस्वीर यतिबेला इन्टरनेटमा छ्याप्छ्याप्ती पाइन्छ । अति कामुक दृश्यमा उनले आफ्ना सम्वेदनशील अंगलाई हातले छोप्ने प्रयास गरेकी छन् ।
२३ वर्षीया यी ब्रिटिश मोडल न्यूडमा अति सुन्दर पनि देखिएकी छन् । एमिनीले पाइन्टको चेन खोलेकी छन् । चेन खुलेपछि भित्र लगाइएको पेन्टी प्रष्ट देखिन्छ । तस्बिर हेर्दा एमिनीको चाहना आफ्ना संवेदनशील अंग देखाउनु रहेको प्रस्ष्ट बुझिन्छ । एजेन्सी
http://dainiknepal.com
अफ्रिकाबाट शुरू भएर हाल कम्तिमा तीन महादेशसम्म फैलिइसकेको इबोला रोगले संसारभर मानिसहरुलाई त्रस्त बनाएको छ । तर, यो त्रासबाट माथि उठेर हेर्ने हो भने के देखिन्छ भने जन स्वास्थ्यका लागि यो एउटा मात्र जोखिम हैन।
पछिल्ला दशकहरुमा देखा परेका विश्वव्यापी स्वास्थ्य संकटहरुमध्ये एचआइभी एड्सजस्ता रोगहरुसित बाँच्न हामीहरु अभ्यस्त भइसकेका छौं भने सार्स र स्वाइन फ्लू भनिने एचवन एनवन इन्फ्लुएन्जाजस्ता संकटहरु चर्चामा आउँदै हराउँदै गरेका छन् र बर्ड फ्लू भनिने एभियन इन्फ्लुएन्जा चाहिं लोड गरिएको तर ट्रिगर दबाउन बाँकी राइफलजस्तै बनेर हाम्रै वरिपरि घुमिरहेको छ।
तीव्र रुपमा बढिरहेका उच्च रक्तचाप र मधुमेहजस्ता मोटोपनजन्य रोगहरु र क्यान्सरजस्ता नसर्ने रोगहरु मात्र नभएर एन्टिबायोटिक—प्रतिरोधी संक्रमणजस्ता सर्ने रोगहरु पनि अब जनस्वास्थ्यका सदाकालीन चुनौतीका रुपमा देखा परेका छन् ।
तर यो तथ्यले के कुरालाई नकार्दैन भने, त्यस्ता धेरै जोखिमहरुमध्ये अहिलेका लागि इबोला प्रमुख जोखिम भएर देखा परेको छ ।
१) बिरामीको शरीरबाट आउने तरल पदार्थहरु तथा छाला–छालाबीच हुने सम्पर्कबाट
क) थुकः जुठो खाँदा, चुम्बन गर्दा, बिरामीको स्याहार गर्दा
ख) छालाको सम्पर्कबाटः
हात मिलाउँदा, आलिंगन गर्दा, साझा लुगा, ओछ्यान, टावेल आदि प्रयोग गर्दा
बिरामीले छोएको सतह –जस्तै भित्तो, अन्य पर्खाल, बस्ने ठाउँ, बेड, आदि खाली हातले छुँदा
यात्राको बेला बिरामीले छोएको सीटको सतह, डण्डी, ढोका, आदि खाली हातले छुँदा
साझा साधनहरु –जस्तै कुचो, ब्रश र दैनिक जीवनका अरु सामाग्री खाली हातले समातेर प्रयोग गर्दा
पैसाको नोट समात्दा, बिरामीले प्रयोग गरेको एटीएम मेशिन आदि चलाउँदा
खास पेशामा मानिसहरुको शरीर खानतलासी लिने आदि काम गर्दा
ग) स्वासप्रश्वास र खोकीको बेला निस्किने मिहीन थोपाहरु (जनावरहरुमा सर्ने प्रमाणित भइसकेको तर मानिसमा यसरी सर्छ नै भन्ने प्रमाण नभेटिएको)
राम्रो भेन्टिलेशन नभएको कोठामा बिरामीसँगै बस्दा
साँगुरो सवारी साधनमा कोचिएर यात्रा गर्दा
अस्पताल, बैंक वा अन्य ठाउँमा भीडमा उभिएर वा बसेर पालो कुर्दा
विना मास्क बिरामीको सेवा गर्दा वा बिरामीलाई भेट्न जाँदा
ट्राफिक प्रहरीले आफ्नो नाकले सुँघेर मादक पदार्थ सेवनको जाँच गर्दा
घ) वीर्य
संक्रमण भएको साढ़े तीन महिनासम्म वीर्यमा भाइरस देखिइरहन सक्ने भएकाले खास गरी रोग निको हुनेहरुमा रोग निको भइसकेपछिका लागि रोग सर्ने यो तरिकाबारे ध्यान दिनु जरुरी छ ।
ङ) आँशु
रोगीसित साझा रुमाल आँखा पुछ्न प्रयोग गरेमा
च) मृत शरीरबाट
इबोलाको कारण कसैको मृत्यू भएपछि पञ्जा नलगाई लाशका कपडा खोल्ने, लाश चलाउने, आदि गरेमा
मृतकले प्रयोग गरेका बिछ्यौना, लुगाफाटा र अन्य सामानहरु सुरक्षित रुपमा व्यवस्थापन नगरेमा
त्यस्तो मृतकको पोष्ट मार्टम गर्नु परेको खण्डमा उचित सावधानी नअपनाई शरीरको कुनै तरल पदार्थ छालाको सम्पर्कमा आएमा
छ) स्वास्थ्यकर्मीहरुका लागि
स्वास्थ्यकर्मीले बिरामी जाँच्दा वा बिरामीमा अन्य कुनै प्रोसिजर गर्दा युनिभर्सल प्रिकसन नअपनाएमा
निडल प्रिक एक्सिडेन्ट भएको अवस्थामा
ज) अन्यः
संक्रमित चमेरो, सुँगुर, आदि प्राणीसित सम्पर्क भएमा
इबोला नसर्ने अवस्थाहरु
यथेष्ट अध्ययनको अभावमा अरु रोगहरु झैं यसो गर्दा इबोला सर्दै सर्दैन भनेर तोकिएको अवस्था अहिले छैन, जुन विवरण भविष्यमा चाहिं आउने सम्भावना छ । त्यसको एउटा अपवाद लामखुट्टेको टोकाइ हो जसबाट इबोला सर्दैन भनिएको छ ।
आफ्नो जिन्दगीबाट हार खाइसकेका व्यक्तिहरुले आफ्नो जिन्दगी बर्बाद गर्नका लागि थुप्रै तरिका अपनाउने गर्दछन् । फाँसी लगाएर आफ्नो जिवनको अन्त्य गरेको, हातको नशा काटेर मरेको घटना त तपाईंले बारम्बार सुनिरहनुभएको होला । तर बैंककमा एक महिलाले आत्महत्या गर्ने एउटा निकैबिभत्स तरिका अपनाएकी छिन् ।
वानपेई इन्याई नामक ६५ वर्षीया यी थाई महिलाले आत्महत्या गर्नका लागि बैंककको एक टुरिष्ट फर्ममा गोहीसँग भरिएको तालमा हाम फालेकी छिन् । घटना यस्तो प्रकारको थियोः बैंककभन्दा करिब एक घण्टा टाढा अवस्थित पर्यटकहरुका लागि खोलिएको यो फार्ममा ती थाई महिला पनि त्यहाँ आइपुगेकी थिइन् ।
उक्त फार्मममा सानो चिडियाघर क्षेत्रमा पर्यटकहरुले गोही खाना खुवाउन अनुमती दिइएको थियो। शुक्रबार बेलुका ती महिलाले गोहीले भरिएको तालको बिचमा हाम फालेकी छिन् । जानकारीका अनुसार यो तालमा सयौँ गोहीहरु रहेका छन् । पुलिस प्रवक्ता प्रीचा लाम– नुईका अनुसार त्यहाँका गोही सबै वयस्क छन् । उनले भने, मर्ने महिलाकी बहिनीका अनुसार उनी तनाव र डिप्रेसनको शिकार थिइन् ।
थाइल्याण्डको पर्यटन स्थलहरुको सुरक्षा प्रबन्धको बारेमा धेरैजसोबहस हुने गरेको छ । यो फार्मका ताल वरिपरि लगाएको बार पनि निकै कम उचाइको रहेको बताइएको छ । उक्त फार्म सन् १९५० मा खोलिएको थियो जसलाई संसारको सबैभन्दा ठूलो गोहीको फार्म भनेर कम्पनीले आफ्नो वेभसाइटमा दाबी गरेको छ । (एजेन्सी)
www.ratopati.com
कायरो, कात्तिक ८ – इजिप्टको सीमा क्षेत्र इजरायल र गाजा स्ट्रीप नजिकैको एक स्थानमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरी प्रहरी र सर्वसाधारण गरी ३० जनाको हत्या भएपछि सो क्षेत्रमा सङ्कटकाल लगाइएको समाचार छ ।
प्राप्त समाचारमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले सो सङ्कटकालको घोषणा गर्नुभएको राजधानी कायरोबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
गएराति अज्ञात व्यक्तिहरुले सो स्थामा आक्रमण गरी तीस जनाको ज्यान लिएका थिए । सो हत्याकाण्डपछि अकस्मात राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाइएको थियो । सो बैठकपछि त्यहाँ सङ्कटकालको घोषणा गरिएको बताइएको छ । साथै सो हत्याकाण्डपछि त्यहाँ शनिबारबाट तीन दिनसम्म राष्ट्रिय शोकको पनि घोषणा गरिएको छ । सो चौकीमा गरिएको आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । आक्रमणमा परी अरु करिब २८ जना घाइते पनि भएका बताइएको छ । इजिप्टमा हालैका दिनमा यस्ता हत्या र आक्रमणका घटनामा वृद्धि भइरहेको छ ।
http://www.ratopati.com
पाकिस्तानको एक आर्थिक स.स्थानले अनजानमा एक भयानक गल्ती गरेको छ ।
आउँदो साता हुने दीक्षान्त समारोहकी अध्यक्षताका लागि ‘पाकिस्तानी इस्लामी गणतन्त्रका राष्ट्रपति मनमोहन सिंह’ उल्लेख गरेर निम्तो पत्र बनाएर वितरण गर्दै सो संस्थानले गल्ती गरेको हो ।
पाकिस्तान इन्स्टीच्यूट अफ डेभलवमेन्टले २८ अक्टोबरमा हुने दीक्षान्त समारोहका लागि अध्यक्षताका लागि देशका राष्ट्रपति मामनून हुसैनलाई बोलाउनुपर्ने थियो तर कार्डमा नाम मनमोहन सिंहको छापियो ।
कार्डमा गलत नाम छापिएको पछि पत्तो पाएपनि समय ढिला भइसकेको थियो । किनकी केही निम्तो पत्रहरु केही गन्यमान्यकोमा पुगिसकेको थियो ।
हाम्रो देश सुन्दरताको धनी देश हो । यहाँको प्राकृतिक सुन्दरता अवलोकन संसारका कुना कुनाबाट मानिसहरु यहाँ आउँछन् । तर यहाँ दुनियाँका त्यस्ता स्थानहरुको सूची प्रस्तुत गरिएको छ जहाँ जीवनमा एक पटक पुग्नै पर्ने भनिन्छ । हालै गरिएको एक अध्यनबाट संसारका पाँच स्थान जीवनमा पुग्नै पर्ने स्थानको सूचीमा सूचीकृत भएका छन् ।
नायगरा फल्स
क्यानडा र अमेरिकाको बीचमा पर्ने ती विशाल झरनाको नाम हो नायगरा फल्स । यहाँको पानीको सुन्दरता विश्वमै सबैभन्दा मन लोभ्याउने दृष्यमा पर्छ । न्यूयोर्क र ओन्टारियो प्रान्तकोबीचमा पर्ने यो नायगरा फल्स हेर्न लाखौं मानिस यहाँ पुग्ने गर्छन् ।
नर्दन लाइट्स्
(उत्तर ध्रुवीय आभा) उत्तरी ध्रुवको आकाशमा देखिने विद्युतीय आभा पनि जीवनमा हेर्नै पर्ने दृष्यको सूचीमा परेको छ । बेलायती हवाइ क्षेत्रमा देखिने यस्ता दृष्य विमानबाट पनि सबैभन्दा हेर्न लायक दृष्यकोरुपमा पनि मानिन्छ । बेलायत सहित यस्तो लाइट उत्तरी अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड र अन्टार्कटिकामा देखिन्छ ।
ग्रेट केन्योन कोलोराडो
त्यसैगरी अमेरिकाको कोलोराडोमा रहेको ग्रेट केन्योन पनि विश्वका हेर्न लायक ठाउँको सूचीमा परेको छ । विशाल चट्टानी यो क्षेत्रका विषयमा १६ औं सताब्दी देखि अनेकन किस्सा लेखिएका छन् । ग्रान्ड केन्योन राष्ट्रिय निकुन्ज भएर कोलोराडो नदी पनि बग्छ ।
इजिप्टका पिरामिड
इजिप्टका पिरामिण मानव शभ्यताकै सबैभन्दा पुराना पिरामिण मानिन्छन् । तत्कालीन राजपरिवारका सदस्यका शवलाई सुरक्षित राखिएका यहाँका पिरमिण भ्रमण गर्न वर्षेनी हजारौं मानिस विश्वकाका कुनाकुनाबाट इजिप्ट पुग्ने गरेका छन् ।
ग्रेटवाल अफ चाइना
चीनको ग्रेटवाल पनि विश्वका आश्चर्यमा समावेश छ । चन्द्रमाबाट समेत देखिने भनिएको यो ग्रेटवालको अवलोकन गर्न वर्षेनी हजारौं देशी विदेशी पर्यटक ग्रेटवाल पुग्छन् । यो पनि जीवनमा एक पटक पुग्नै पर्ने ठाउँको सूचीमा सूचीकृत छ ।
http://nepaliheadlines.com

वासिङ्टन,८ कात्तिक । अमेरिकी विदेशमन्त्री जोन केरीले पनि अमेरिकामा हिन्दूहरुको महान चाड दिपावली मनाएका छन् । उनले बिहीबार अमेरिकी विदेश मन्त्रालयमा दिपावली गरेर हिन्दूहरुको चाड दिपावली मनाएका समाचार एजेन्सीहरुले जनाएका छन् ।
उज्यालोको चाड दिपावली भारतका हिन्दु नागरिकले गत तीन दिनदेखि मनाइरहेका छन् । यो चाड अमेरिकी विदेशमन्त्रीले पनि विदेश मन्त्रालयमा बिहीबार मनाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन् ।
दर्जनौँ मैनबत्तीको उज्यालोमा सजिएको विदेश मन्त्रालयको बेन्जामिन फ्रयाङ्कलिन हलमा विदेशमन्त्री केरीले भने, ‘दिपावली उज्यालोको चाड हो र यसले मानवमात्रलाई उज्यालो जीवनका लागि प्रेरित गर्ने गर्दछ ।’
दिपावलीको उज्यालोले अध्यारोलाई विस्थापित गरेजस्तै मानवको अन्तरमनमा रहेको उज्यालोले पनि अध्यारोलाई विस्थापित गर्नसक्ने उनको धारणा थियो ।
मानिसको दिमाग र उत्साहलाई पुनर्ताजगी गर्ने काम यस दिपावलीको उज्यालोले गर्नसक्छ भन्दै उनले अगाडि भने, ‘दिपावलीको उज्यालोजस्तै हामी मानवमा पनि एक मानव अर्काेका लागि कसरी उज्यालो बन्न सक्छौँ भनेर सोच्नुपर्छ ।’
विश्वमा यतिखेर पनि हिंसा र द्वन्द्व विद्यमान नै छ भन्दै तर त्यो हिंसाको अन्त्यका लागि कसरी दिपावलीको उज्यालोजस्तै प्रकास छर्नसक्छौं भनेर सबैलाई सोच्न पनि उनले आग्रह गरे ।
जसरी अध्यारोले अध्यारो हटाउन सक्दैन र त्यहाँ उज्यालोको आवश्यकता पर्दछ त्यसैगरी घृणाले पनि घृणा हटाउन सक्दैन त्यहाँ माया र प्रेम चाहिन्छ भन्ने मार्टिन लुथर किङको भनाईलाई उनले उद्दरण गरे ।
उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि एक भिडियो सन्देश पठाउदै उज्यालोको यस पर्वले सबैमा उज्यालो छर्न सकोस भनी कामना गरे । रासस / एएफपी

काठमाडौं, कार्तिक ८ । इजिप्टमा मुस्लिम अतिवादीहरुहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ३१ सैनिकको मृत्यु भएको छ । उत्तरी सिनाई प्रायद्धिपको तनावग्रस्त एल एरिस् सहरको सैन्य चेकपोस्टमा गराइएको कार बम विष्फोटमा २८ सैनिक मारिएका हुन् ।
यसैगरी, सोही सहरमा भएको अर्को एउटा गोलीकान्डमा परी तीन सैनिक मारिएका छन् । घटनामा २८ जनाभन्दा बढी घाइते भएका छन.् ।
एकैदिन ३१ सैनिकको मृत्यु भएपछि इजिप्ट सरकारले सिनाई प्रायद्धिपका केही भागमा संकटकाल लगाएको छ । यस आक्रमणलाई पछिल्लो एक महिनाको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।
यो प्रान्त पूर्व राष्ट्रपति होस्नी मुबारकलाई सन् २०११ मा सत्ताबाट हटाइए पछि कानुनविहीन अवस्थामा रहेको छ ।
आक्रमणको आशंकामा सुरक्षाकर्मीले सहरका विभिन्न भागबाट शंकास्पद जिहादी समूहका सदस्यहरुलाई पक्राउ गरिएको जनाएको छ । हालसम्म आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । (एजेन्सी)
http://imagekhabar.com

बेइजिङ । चीनले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान शुक्रबार प्रक्षेपण गरेको छ । चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तस्थित शीचाङ्ग स्याटलाइट केन्द्रबाट सो अत्याधुनिक यान चन्द्रमामा प्रक्षेपण गरिएको हो ।
‘ल्यूनर अर्बिटर’ नाम गरेको सो यान ‘लङ्ग मार्च ३ सी’ रकेटमार्फत् प्रक्षेपण गरिएको हो ।
चन्द्रमा खोजयात्रा परियोजनाको तेस्रो अभियान अन्तरगत सो यान प्रक्षेपण गरिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यो यानबाट बिभिन्न जानकारीहरु संकलन गरी ‘छाङ हो–५’ नामक चन्द्रयान पठाइने छ । यसलाई छाङ हो–५ चन्द्रयानको प्राविधिक परीक्षणको रुपमा लिइएको छ ।
यो मिसन पूरा गर्न करिब ८ दिन लाग्ने चिनियाँ बैज्ञानिकहरुले बताएका छन् ।
शुक्रबार प्रक्षेपण गरिएको ‘ल्यूनर अर्बिटर’ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरिसकेको छ । यसमा प्रयोग गरिएका अधिकांश प्रविधि छाङ हो–५ नामक चन्द्रयानमा प्रयोग गरिने छ । निकट भविष्यमा पठाइने छाङ हो–५ चन्द्रयान सन् २०१७ मा पृथ्वीमा फर्किने चिनियाँ बैज्ञानिकहरुले बताएका छन् ।
यसअघि चीनले सन् २००७ मा पहिलोपटक ‘छाङ हो–१’ चन्द्रमामा पठाएको थियो । गत बर्ष डिसेम्बर महिनामा पनि यस्तै चन्द्रयान चीनले चन्द्रमामा पठाएको थियो ।
http://www.onlinekhabar.com

शिकागो – अमेरिकाको राष्ट्रपति बाराम ओबामा, संसारका सबैभन्दा शक्तिशाली सेनाका कमान्डर र संसारको सबैभन्दा शक्तिशाली देशको मुखिया हुन् तर जब एक प्रेमीले उनलाई धम्की दिए तब उनी यति शक्तिशाली हुँदाहुँदै पनि उनको यस्तो प्रतिक्रियामाथि केहि बोल्न सकेनन् । यो घटना त्यतिबेलाको हो जब ओबामा शिकागोमा मध्यावधी चुनावका लागि आफ्नो भोट हाल्न पुगेका थिए । मेरी प्रेमिकालाई प्लिज नछुनुस् ओबामा जतिबेला शिकागो पुगे त्यहाँ भोट हाल्नका लागि उनको अगाडि एक निकै पोजेसिव प्रेमी आइपुगे । यी प्रेमीले भोटिङको समयमा ओबामालाई भने, ‘तपाईं कुनै शक्तिशाली देशको राष्ट्रपती त हुनुहोला तर मेरी प्रेमिकालाई छुने गल्ती कहिले पनि नगर्नुहोला ।’ वास्तवमा यी प्रेमीकी प्रेमिका ओबामासँगै उभिएकी थिइन् र आफ्नो भोट हाल्दै थिइन् । यद्यपी ओबामाले ती पुरुषको धम्कीलाई त्यति गम्भीर रुपमा लिएनन् । मार्टिन लुथर किंग जुनियर कम्युनिटी सेन्टरमा भोट हाल्नका लागि आइया कपुर नामकी ती महिला ओबामासँगै उभिएकी थिइन् । ओबामालाई देखेर मानिसहरु भए आश्चर्यचकित आइयाले आफ्नो प्रेमीद्वारा गरिएकाृ उक्त प्रतिक्रियाका लागि ओबामासँग माफी मागेकी छिन् । उनले भनिन्, ‘मलाई थाहा थियो कि जोन्सले केहि रमाइलो कुरा नै गर्नेछन् तर मलाई थाहा थिएन उनले के यो बोल्नेछन् ।’ यद्यपी पछि राष्ट्रपति ओबामाले आइयालाई अंगालो हाल्दै चुम्बन गरे । पछि जोन्सले भने कि राष्ट्रपति बाराक ओबामालाई त्यहाँ देखेर सबैजना आश्चर्यचकित भएका थिए । (एजेन्सी)
http://www.ratopati.com
http://www.ratopati.com
काठमाडौं, कार्तिक ५ – भारतको विहारको पूर्वी चम्पारण जिल्लाको मोतिहारी गुण्डाका लागि भारतमै टाउको दुखाईको विषय बनेको छ । पप्पु यादव, छोटे राजन, बब्लु श्रीवास्तव, छोटेलाल सहनी, मुन्ना सिंह, मुन्ना शर्मा, मनोज सहनी, राजुसिंह राठौर सिंहलगायतका ठूला ठूला गुण्डाहरु मोतिहारीबाट नै परिचालित थिए । यी गुण्डाका नाईकेहरुले मोतीहारीलाई आ–आफ्नो आखाडा बनाई नेपालमा आफ्नो गतिविधि बढाएका थिए । नेपालको सीमासँग जोडिएका कारणले नेपाल आउँ जाउँ तथा अपराध गर्न सजिलो भएका हुनाले मोतिहारीलाई आखाडा बनाएका थिए ।
यीमध्येका कतिपय गुण्डाहरु मोतीहारी जेलमा बसेर पनि अपराधिक क्रियाकलाप अगाडि बढाउने काम गर्थे । जेलबाट नै कसैलाई मार्ने सुपारी (जिम्मेवारी) लिने तथा रकम असुल्ने, अपहरण गर्ने काम ती गुण्डाहरुले गर्थे । नेपालमा यस्ता धेरै घटनाहरु मोतिहारी जेलसँग जोडिएका छन् । तीमध्येका सुनिल सिंहका समुहले अहिले नेपाली उद्योगीबीच आतकं मचाएका छन् । तीन महिनाअघि भारतमै समातिएका सुनिल सिंह समूहका गुण्डाहरुले बारा र पर्सा जिल्लाका उद्योगीहरुलाई फोन गरी रकम माग गरिरहेका छन् नदिए ज्यान मार्ने धम्की समेत दिइरहेका छन् ।
भनिन्छ, सीमापारिका सुरक्षा निकायसँग पछिल्लो समयमा नेपाल प्रहरीको समन्वय बिग्रिएका कारण आपराधिक समूहको मनोवल बढेको र त्यसलाई नियन्त्र गर्न समस्या भएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष आशोक वैद्यले भने, हामीलाई फोन गर्दा ‘हम मोतीहारी जेलसे बोल रहे हैं मेरे आदमी जाएगें उनको ५० लाख रुपैयाँ देदेना हैं नही तो गाली मार देगें’ भन्छन् । यस प्रकारको फोन पहिला पनि आएको हो तर यसपाली जुन तरिकाले फोन आइरहेका छन् त्यसले हामीलाई चिन्तित बनाएको छ ।’ यस प्रकारको धम्की आएको विषयमा प्रहरीलाई जानकारी गराई सकेको बताउँदै उद्योगपति बैद्यले प्रहरीले छानविन गर्दै होला तर पनि अझै धम्कीपूर्ण फोन आइरहेको बताए ।
मोतिहारी जेलबाट भारतीय अपराधी सुनिल सिंह समूहको नामबाट धम्की आएको खुलासा भए पनि वीरगन्जमा धम्कीको आतंक नियन्त्रण हुन सकेको छैन । त्यो समूहको पहिचान भइसकेपछि हामी बिहारस्थित भारतीय प्रहरीसँग समन्वय गरेर नियन्त्रण गर्ने प्रयत्नमा लागेका छौं, पर्साका डिएसपी वीरबहादुर ओलीले रातोपाटीसँग कुरा गर्दै भने, सीमावर्ती भारतीय सुरक्षाकर्मीसँग हाम्रो सम्बन्ध राम्रो छ र उनीहरुसँग हाम्रो कुराकानी भइरहेको छ चाँडै सफलता मिल्ने छ ।’ भारतीय नम्बरको टेलिफोनबाट धम्क्याएर व्यापारीहरुलाई आतंकित पारेको आरोपमा जितेन्द्र गिरीलाई केही पहिले आफूहरु नियन्त्रणमा लिएको बताउँदै व्यापारीहरुले भनेको जस्तो आतंक यहाँ नरहेको दावी पनि उनले गरे । हामी पनि बजारमा अनुगमन गछौं मान्छेसँग बुझ्छौ तर त्यस्तो केही फेला पारेका छैनौ केही सानातिना धम्की आएका होला तर आतंक नै छन् भन्नु गलत हो उनले भने । सुनिल सिंह समूहले धम्की दिन प्रयोग गरेकोमध्ये ००९१८२९४६०२५९१ नम्बरको भारतीय मोबाइल वीरगञ्जका उद्योगीहरुले सार्वजनिक गरेका छन् । तैपनि प्रहरीले यसमा चासो लिएको छै न। यसमा प्रहरीहरुले चासो नलिए बारा र पर्साका उद्योगीहरु यसको समाधानका लागि अगाडि बढ्ने बताइएको छ ।
उनीहरुले केन्द्रीय अनुसन्धान ब्युरोको टोलीलाई आग्रह गरी विहारको राजधानी पटना लगि त्यहाँका सुरक्षा निकायसँग वार्ता गराउने पनि तयारी गरिरहेका छन् । वारा र पर्साका व्यपारीलाई विहारका विभिन्न ठाउँबाट बारम्बार यस्ता धम्की आउने, अपहरण गर्ने, हत्या गर्नेलगायतका कामहरु भइरहेका हुनाले तत्कालै यसको समाधानका वाणिज्य संघले पहल गर्न लागिएको बुझिएको छ । हुनत सीमावर्ती नेपाल भारत सुरक्षानिकायबीच हुने छलफलहरुमा उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु पनि सहभागि हुन्छन् त्यहाँ सबै कुरा मिलेका हुन्छन् सुरक्षाको पुरै प्रत्याभुति दिएका हुन्छन् तर बैठक सकिएपछि कसैले चासो लिएको देखिदैन, वैद्यले भने । भारतीय आपराधिक समूहको सांघातिक आक्रमणको शिकार भएका दर्जनौंमध्ये वीरगन्जका उद्योगी व्यापारी र नोकरी पेसाका गरी आधादर्जन मानिसले विगतमा ज्यान गुमाएका थिए । यसपटक पनि अलमल गर्यो भने कतिपयको ज्यान पनि जाने र धान पनि जाने सम्भावना हुनसक्छ । सीमापारिबाट हुने अपराधिक गतिविधि करिब ३ वर्षदेखि रोकिएर राहत पाएका उद्योगी व्यवसायी आफूहरु पुनः आतंकित बनेको वीरगञ्जका व्यपारीहरु बताउँछन् । विगतमा वीरगन्जमा आपराधिक गतिविधि गर्ने छोटेलाल सहनी, मुन्ना सिंह, मुन्ना शर्मा, मनोज सहनी, राजुसिंह राठौर लगायत गिरोहको पछिल्लो कडीका रूपमा सुनिल सिंहको नाम चर्चामा छ । अढाइ दर्जनभन्दा बढी धम्कीका घट्नामध्ये केही महत्वपूर्ण धम्कीको सम्पूर्ण जानकारी प्रहरीमा गराइए पनि समाधानको आशा कतैबाट देखिएका छैन । प्रहरीमा गएर त्यसको कुनै सुनुवाई नभएपछि उद्योगीहरु झन डराएका छन् । प्रहरीबाट आफूहरुको बारेमा कुरा लिक हुने हो कि भनि डर प्रहरीमा उजुरी गर्न समेत जाँदैन । उद्योगी वैद्यले संघको तर्फबाट पदाधिकारीसमेतको टोली पुगी लिखित रुपमै धम्कीका घट्नाबारे प्रहरीमा जाहेरी दिएको बताए । जाहेरीलगत्तै धम्की दिएको आरोपमा प्रहरीद्वारा पक्राउ गरिएका गिरीमाथि भने ३० ग्राम लागूऔषध हिरोइन बोकेको मुद्दा चलाइएको छ । फिरौतीको मुद्दामा प्रमाण नजुटेपछि लागूऔषधको काल्पनिक मुद्दामा गिरीलाई फसाइएको बताइएको छ ।

काठामाडौं, कार्तिक ६ । क्यानाडाको संसद भवन अगाडि भएको गोली हानाहानमा दुई जना मारिएलगत्तै प्रधानमन्त्री स्टेफेन हार्परले आक्रमणबाट आफ्नो देश नडराउने बताएका छन् ।
संसद भवन अगाडि भएको घटनामा एक सुरक्षाकर्मी र एक जना बन्दूकधारी मारिएका थिए । संसद चलिरहेको बेला सुरक्षाकर्मीलाई गोली हानेर बन्दूकधारी संसद भवनभित्र घुसेको थियो । पछि सुरक्षा कार्वाहीमा आक्रमणकारी मारिएको थियो ।
प्रधानमन्त्री हार्परले आफ्नो जमीनमा आक्रमणको षडयन्त्र रच्नलाई कुनै हालतमा नछाड्ने चेतावनी पनि दिनुभएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि घटनालाई क्रूरताको संज्ञा दिँदै यसविरुद्ध सजग रहनुपर्ने टिप्पणी गरेका छन् ।
राजधानी ओटावास्थित संसद भवन अगाडि मारिने बन्दूकधारी माइकल जिहाफ बेब्यू रहेको प्रहरीले जनाएको छ । उक्त समयमा प्रधानमन्त्री स्टेफेन हार्परले सांसदहरुलाई सम्बोधन गरिरहेका थिए । घटनामा एकभन्दा बढी व्यक्ति सामेल भएको आशंकामा राजधानी अटोवामा सुरक्षा सतर्कता बढाइएको छ ।
शहरका विभिन्न भवन, ओटावा विश्वविद्यालय, अमेरिकी दूतावासलगायतका कार्यालय बन्द गरिएको थियो । बन्दूकधारी कुन संगठनसँग सम्बन्धित रहेको भन्ने खुलेको छैन ।
यसअघि सोमवार मात्र अर्को यस्तै घटनामा क्यूबेक प्रहरीको कार्वाहीमा एक जना मारिएका थिए । मुसलमान धर्म मान्ने उक्त व्यक्तिले जानाजान दुई सैनिकमाथि आक्रमण गर्दा एक सैनिक मारिएका थिए भने अर्का सैनिक घाइते भएका थिए ।

कार्तिक, काठमाडौं ।
हालै पुर्व पोर्नस्टार रहेकी बलिउड नायिका सन्नी लियोनमाथी एक युवकले आक्रमण गरेका छन् । एमटिभीको रियालिटि शो ‘स्पिट्सविला’ को सुटिङको क्रममा यस्तो दुर्घटना भएको हो । तर यो आक्रमण युवकको भुलबश भएको गल्ती हो ।
‘स्पिट्सवाला’को एक प्रतियोगी श्रवण रेड्डीले अर्का प्रतिस्पधीतर्फ प्रहार गरेको बक्स ले झुक्किएर सन्नीलाई लाग्न पुग्यो । सन्नी लियोन उक्त कार्यक्रमको होस्ट गरिरहेकी थिइन ।
बक्सले लागेपछि सन्नी रिसले यति आगो भइन कि उनले श्रवणलाई मुखभरिको गाली दिइन । श्रवणले गल्ती भएको भन्दै माफी माग्दासमेत उनको रिस शान्त भएन र उनलाई कार्यक्रम युनिटको सबैले सम्झाउनुपर्यो । बल्ल तल्ल सन्नीको रिस शान्त भएपछि पुन कार्यक्रमको सुटिङ गरिएको थियो ।
रोचक कुरा त के छ भने सुरुमा सन्नी स्वयमले कहिल्यै रिसाउनुहुदैन भन्दै अर्ती दिएकी थिइन ।
http://sajhasabal.com/news

काठमाण्डाै – ब्रह्माण्डको चारैतिर फैलिएर रहेको अदृश्य पिण्ड ‘डार्कम्याटर बारे नेपाली खगोलशात्रीले नयाँ तथ्य फेला पारेका छन् । अस्ट्रेलियामा अनुसन्धानरत डा. प्रज्वल काफ्ले आकाशगंगा (मिल्की वे) मा रहेको डार्कम्याटरको तौल यसअघि मानिएको भन्दा करिव आधा मात्र रहेको पत्ता लगाएका हुन् ।
अष्ट्रेलियाको पर्थस्थित युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया अन्तर्गत इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमि रिसर्च (आइसिआरएआर)मा कार्यरत जनकपुर– ४ का काफ्लेका अनुसन्धानअनुसार डार्कम्याटरको तौल ८ खर्ब सूर्य पिण्डबराबर मात्र छ ।
यो अनुसन्धानले सौर्यमण्डलसमेत रहेको आकासगंगालाई परिक्रमा गर्ने ठूलो आकाशगंगा तीनवटा मात्रै किन छन् ? भन्ने खगोलशास्त्र क्षेत्रमा दुई दशकदेखि जारी खोज अनुसन्धानको जवाफ दिएको छ ।
http://netpatrika.com

अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ । जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ । बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ । समाचारका अनुसार उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ ।
यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

काठमाडौं, कार्तिक ५ । युरोपेली प्रहरी संगठन प्रमुखले आतंकवादी समूह इस्लामिक स्टेट आईएसका कारण युरोप खतरामा रहेको चेतावनी दिएका छन् । बीबीसीसँगको साक्षात्कारमा युरोपोल प्रमुख राब वेनराइटले नियन्त्रणका लागि ठोस कदम चाल्न विश्वले ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए ।
इराक र सिरियामा आईएसका करीब ३१ हजार लडाकु युद्धमा रहेको भन्दै वेनराइटले ती लडाकु नै खतरा बनेको औंल्याए । आईएसको सञ्जाल निकै नै फैलिएको भन्दै वेनराइटले नियन्त्रणका लागि बषौं लाग्ने बताएका छन् ।
सिरियामा हजारौं जनताको ज्यान जोखिममा रहेको भन्दै वेनराइटले यसका लागि सोशल मिडिया र इन्टरनेट सेवाको दुरुपयोग नियन्त्रणमा जोड दिए ।
सोशल मिडिया र इन्टरनेटको दुरुपयोगका कारण गलत सन्देश फैलिएको बताउँदै उनले आईएसले यसको फाइदा उठाउँदै सिरिया र इराकमा एकैसाथ आतंकबादी गतिबिधि गर्दै आएको बताए । यता, अमेरिकाले इराक र सिरियामा आईएसबिरुद्ध हवाई आक्रमण भने जारी राखेको छ ।

काठमाडौँ, कात्तिक ५– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता दिएका छन् । सार्कको १८ औँ शिखर सम्मेलन आगामी मङ्सिर १०–११ मा काठमाडौँमा हुँदैछ । प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणापत्र लिएर भारतको राजधानी नयाँ दिल्ली पुगेका मन्त्री पाण्डेले सार्क शिखर सम्मेलनमा नेपालले गरेको तयारी तथा क्षेत्रीय सहकार्यका विषयमा भारतीय प्रधानमन्त्री मोदीलाई मंगलबार जानकारी गराएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । निमन्त्रणा ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले सबै सार्क सदस्यलाई सुदृढ गरी सार्कलाई अमूल्य संस्थाका रुपमा निर्माण गर्नुपर्ने बताए । सो अवसरमा सार्कअन्तर्गतका छिमेकीलाई तथा क्षेत्रीय सहकार्यमा प्रधानमन्त्री मोदीले प्राथमिकता दिएकामा परराष्ट्रमन्त्री पाण्डेले प्रशंसा गर्दै भारतले मङ्गलयानको उडान गरेकामा बधाई दिए । सोही अवसरमा परराष्ट्रमन्त्री पाण्डेले आफ्ना समकक्षी सुष्मा स्वराजसँग गरेको भेटवार्तामा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरमा भएको नेपाल–भारतको संयुक्त आयोगले गरेका निर्णय कार्यान्वयनलगायत द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल गरेका थिए।
http://www.ratopati.com
http://www.ratopati.com
एजेन्सी । महिलाहरुको सुन्दरता नाप्ने विभिन्न तरिकाहरु हुन सक्छन् । विभिन्न पत्रपत्रिकाले सुन्दर र सेक्सी महिलाहरुलाई वर्गीकरण गर्ने गरेका छन् । तर केही यस्ता महिलाहरु जो वास्तममा नै सुन्दर लाग्छन् ।
१. राजकुमारी थियोडोराः
संसारकी सबै भन्दा धेरै सुन्दरी डेनमार्ककी राजकुमारी थियोडोरा हुन् । उनले राज परम्परा तोडेर फिल्म क्षेत्रमा पाइला अघि बढाएकी थिइन । उनले द बोल्ड एण्ड ब्युटीफुल मुभीमा पहिलो पटक खेलेकी थिइन । थियोडोराकी आमा डेनमार्क राजवंश हुन् । ब्राउन युनिभसिर्टीमा पढाई गरेकी थियोरोडाको जन्म सन १९८३ मा लण्डनमा भएको हो ।
२. लेडी किटी स्पेंसरः
२८ डिसेम्बर १९९० मा जन्मेकी किटी स्पेंसर प्रिसेंस अफ वेल्स डायनाकी भतिजी हुन् । उनी चाल्स स्पेंसरकी जेठी छोरी हुन् । १९९५ मा किटीका बाबु दक्षिण अफ्रिकामा गएका थिए । किटीका आमा र वुवा सम्बन्ध बिच्छेदपछि दक्षिण अफ्रिको रहेकी किटी २००७ मा सार्वजनिक कार्यक्रममा देखा परिन् । त्यसपछि उनको सुन्दरताको चर्चा हुन थालेको हो ।
http://www.nepalsandesh.com/2014/10/21

काठमाडौं, कार्तिक ४ । मस्कोमा जेट दुर्घटनामा परी टोट्याल कम्पनीका प्रमुखको मृत्यु भएको छ । मस्को बिमानस्थलबाट उडान भरेको ब्यापारिक जेट बिमान आइसको ढिक्कासंग ठोकिएर दुर्घटना भएको हो ।
बिमानमा टोट्याल कम्पनीका प्रमुख क्रिस्टोफ दे मारगेरी सहित चालक दलका तीन सदस्य सवार रहेको बुझिएको छ । मारगेरी सन् २००७ मा फ्रान्सेली लुब्रिक्यान कम्पनी टोट्यालका प्रमुख बनेका थिए ।