काठमाण्डु– भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै नेपाल टेलिभिजनले लोकप्रिय हाँस्य शृंखला तीतो सत्यको प्रसारण रोकेको विषयले सञ्चार माध्यमले राम्रो कभरेज दिए ।
सामाजिक सञ्जालमा उक्त विषय भाइरल बन्यो ।

तीतो सत्यको प्रसारण रोकिएको विषयमा क्षमा माग्दै सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले उक्त शृंखलाको प्रसारण आगामी बिहीबार गर्न नेपाल टेलिभिजन व्यवस्थापनलाई निर्देशन दिइसकेका छन् । अब दर्शकले रोकिएको उक्त विवादास्पद शृंखला हेर्न तीन दिन प्रतीक्षा गर्नुपर्ने छ ।
उक्त प्रकरणमा तीतो सत्यका निर्देशक एवम् प्रमुख कलाकार दीपकराज गिरीले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चर्चा पाए । तर नक्कली मोदीको भूमिकामा अभिनय गरेका कलाकारको भने कमै मात्र चर्चा भयो ।
हेरौं को हुन् र कस्ता छन् नक्कली मोदी
शिबहरि पौडेल र जितु नेपालको अर्को हास्य शृंखला जिरे खुर्सानीमा सभासद्को भूमिका गर्दै आएका शिवहरि बैरागी तीतो सत्यमा नक्कली मोदी बनेका छन् । ‘काठमाण्डु टुडेसँगको कुराकानीमा उही रसिक पारामा बैगारीले भने, ‘म उही जिरे खुर्सानीको पार्टीलाई सहयोग गरेको समानुपाकितमा परेको सभासद् के त ?’ बलेका ‘बाउ’ उनको यो थेगो गाउँदेखि सहरसम्म सबैको जिब्रोमै झुण्डिएको छ ।
खास गरी संविधानसभामा दलहरुले समानुपातिकतर्फबाट सभासद चयन गर्दा भएको आर्थिक चलखेलको पाटोलाई ब्यंग्य गर्न ‘पार्टीलाई सहयोग गरेको समानुपाकितमा परेको’ थेगो प्रयोग गरेको उनी बताउँछन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हर्के हल्दारमा भने उनी लाहुरेको सम्झी झम्के काकाको भूमिकामा देखा पर्छन् । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस–९ मा जन्मिएका बैरागीको अभिनय यात्राले तीन दशक पार गरिसक्यो । सन् १९८५ मा नदरेन्द्र थापा अभिनित सानो पर्दाको चलचित्रबाट अभिनय यात्रा थालेका उनी अहिले सफलताको शिखर चुमेका छन्, खास गरी हाँस्य ब्यंग्यको क्षेत्रमा । उनलाई शिवरि भनेरै कमैले र पार्टीलाई सहयोग गरेको सभासद् भनेर धेरैले चिन्ने गरेका छन् ।
‘बाटामा देखे भने मानिसहरु ऊ हेर त हेर ‘पार्टीलाई सहयोग गरेर समानुपातिकमा परेको सभासद’ भनेर देखाउँछन्’, उनी भन्छन् । उनले उपकार, जिन्दगानी, शुभकामना, नयाँ नेपाल एक्सप्रेस, आउँदै गरेको ‘नाई न भन्नु ल थ्री’ सहित दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।
सोमबार दीपकराज गिरीको चलचित्र ‘वडा नम्बर ६’ को छायाकनका क्रममा काठमाण्डुको नलिनचोकमा रहेका उनले टेलिफोन कुराकानीको बिट मार्दै भने, ‘निर्देशकले एक्सन भने, मैले फोन राखिदिएँ है ।’ अचम्म त के छ भने हास्य ब्यग्य क्षेत्रमा यति धेरै सफलता हात पारेका उनी औषधि व्यवसायी हुन् । बीपी स्मृति अस्पताल वसुन्धारामा उनको औषधि पसल छ । सोही अस्पतालको शेयर होल्डर पनि हुन् । ‘धेरैलाई थाहै छैन, औषधि बेच्छु, कालीमाटी रविभावनमा औषधि बेचेर कमाएको केही र नौटंकीबाट कमाएको केही थपेर बासको व्यवस्था गरेको छु’ उनले भने ।
गएको वर्ष साउनमा गाइजात्राको केही समयअघि भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदी पहिलोपटक औपचारिक नेपाल भ्रमणमा आएका थिए । त्यसबेला मोदीलाई ‘देखाउन’ सरकारकले काठमाण्डु उपत्यकामा सडक बनाउनेदेखि लिएर सडकका किनारामा सरसफाई र रातारात बोटविरुवा रोपेको थियो भने काठमाण्डुका छाडा गाई/गोरुलाई गाडीमा राखेर चोभार कटाइएको थियो । पशुपतिमा रहेको साँढेको कुरुवा प्रहरीको डिएसपी थिए ।
मोदी आउने भएपछि गरिएको सरकारी चुरीफुरीलाई गाइजात्रामा विषय बनाउने सोचे जिरे खुर्सानीका मुन्द्रे अर्थात जितु नेपालले । तर नक्कली मोदी बन्ने कोही पाइएन । उनले आफ्नै ‘सभासद’ अर्थात बैरागीलाई नक्कली मोदीका रुपमा देखाए । भृकुटी मण्डपमा देखाइएको मोदीको प्रहसन धेरैले रुचाएका थिए ।
‘दीपकराज गिरीलाई मोदी आएपछि रातारात विकास भएको देखाउन मन लागेछ’, उनले भने, ‘गाइजात्रामा जस्तै यसपटक तीतोसत्यमा मोदीको भूमिका खुल्दिनुप¥यो दाई भने, नार्इँं भन्न सकिन र नक्कली मोदी बनें ।’ उनले नक्कली मोदी बन्न आफूले न्यूरोडको एक टेलरबाट तलदेखि माथिसम्मको पोशाक र चश्माका लागि ७ हजार बढी खर्च गरे । अनौचारिक ‘फम्र्याट’ मा प्रस्तुत भएका बैरागीले भने, ‘चश्माको मात्र १८ सय परो, के कुरा गर्नु र ?’

उनले आफूले मोदीकै जस्तो आवाज निकल्ने कोसिस नगरे पनि अभिनयमा भने उनकै जस्तो गर्न खोजेको बताए । ‘आवाज चाहिं निकाल्न कोसिस गरेको छैन’, उनले भने, ‘मै ने बोल्दिया है’ भन्ने मोदीको बाक्वयमा अलिकति पारा ल्याउन खोज्छु ।’
क्यारिकेचर सिक्न समयले भ्याएसम्म टेलिभिजनमा मोदीले बोलेको हेर्ने गरेको उनले बताए ।
kathmandutoday.com
जिन्स अव जीवनको अभिन्न पाटो बनिसकेको छ । जिन्स कपडा प्रयोग नगर्ने नयाँ पुस्तामा सायदै कोही होलान् । नेपाल भारत वा अमेरिका जहाँ बसेपनि मानिसहरुको सबै भन्दा मन पर्ने पहिरनमा पर्छ जिन्स । अमेरिकी राष्ट्रपति देखि विश्वकै धनाड्य ब्यक्ति विल गेट्सलाई पनि जिन्सका पहिरन मन पर्छन् । चीनमा सबै भन्दा विक्ने पनि जिन्स जापानमा सबैलाई मन पर्ने पनि जिन्स नै । बलिउड देखि हलिउडका स्टारले लगाउने पनि जिन्स सडकमा भारी बोक्नेले लगाउने पनि जिन्स ।
जिन्सको पहिलो प्रयोग
जिन्सको पहिलो प्रयोग सन् १८६४ मा भएको विश्वास गरिन्छ । अमेरिका वा इटालीमा जिन्सको प्रयोग पहिलो पटक भएको विश्वास गरिन्छ तर कहाँ हो भन्ने स्पष्ट प्रमाण छैन । तर एउटा कुरा भने निश्चित के हो भने यो जिन्सको पहिलो प्रयोग काम गर्ने कामदारहरुले गरेका थिए । जटिल काम गर्ने श्रमिकहरुलाई लक्षित गरेर बनाइएको थियो जिन्स । युरोप र अमेरिकामा मानिसहरु अहिले जिन्स सबै भन्दा बढी प्रयोग गर्छन् । सुपर मोडेल देखि राष्ट्रपति र घरमा काम गर्ने महिला सम्मले जिन्सलाई सबै भन्दा मन पराउँछन् । जिन्स अधिकाँशका लागि शोखको विषय नै हो ।
मानिसहरुलाई सोध्ने हो भने जिन्स लगाउनुको विषयमा फरक फरक जवाफ आउन सक्छन् । कसलाई जिन्स लगाउन सजिलो लाग्छ भने कसलाई टिक्ने भएका कारण जिन्स मन पर्छ । कतिलाई यसले स्टाइलिस देखाउने मान्छन् भने कतिपयलाई जिन्स लगाउँदा सहज महसुस हुन्छ । जवाफ फरक र अनौठा आउँछन् ।
′ब्लू जिन्स′ नामको पुस्तक नै प्रकाशित गरेका मानवशास्त्री डेनी मिलर भन्छन्- “जिन्सको लोकप्रियता किन यति सारो भयो भन्ने विषयमा खास अध्यन नै भएको छैन।”
मिलरले फिलिपिन्स, टर्की, भारत र ब्राजिल जस्ता देशको यात्रा गरेर हरेक देशका कम्तिमा आधा जनसंख्याले जिन्स लगाउने तथ्य पत्ता लगाएका थिए । उनका अनुसार दक्षिण एशिया र चीनका केही ग्रामिण इलाका बाहेक सबै ठाउँमा जिन्स सबै भन्दा लोकप्रिय कपडा हो ।
मिलरले आफ्नो पुस्तकमा लेखेका छन् कि फिटिङ र सहजताका कारण जिन्स दुनियाँमा सबै भन्दा लोकप्रिय कपडा बनेको हो । विश्वव्यापीकरण बढ्दै जाँदा पश्चिमी देशबाट कम विकशित देशमा जिन्स प्रशारित गरेका थिए मल्टी नेशनल कम्पनीहरुले । यद्यपी नेपाल जस्ता देशमा पाइने जिन्सको गुणस्तर पश्चिमी देशमा पाइने स्तरकै भने छैन ।
छिमेकी भारतमा पहिलो पटक सन् १९९५ मा जिन्स आएको थियो । अरबिन्द मिल्स नामक कम्पनीले जिन्स भारत भित्र्याएको थियो । त्यसपछि भारतमा विभिन्न ब्राण्डका जिन्सहरु भित्रिएका थिए । भारतसँगै नेपालमा पनि त्यसबेला नै जिन्स भित्रिएको विश्वास गरिन्छ ।
कहाँ बनेको थियो पहिलो जिन्स ?
कतिपय इतिहासकारहरुले पहिलो पटक जिन्सको प्रयोग अमेरिकामा भएको मान्छन् । लेबीस्ट्रास नामक कम्पनीले जिन्स पहिलो पटक बनाएको मानिन्छ । तर परिधानकोरुपमा लोकप्रिय भने जिन्सको प्रयोग अमेरिकामा एक यहुदी युवाले गराएको मानिन्छ । सन् १९८१ मा जर्मनीबाट अमेरिकामा आउका उनले खानीमा काम गर्ने मजदुरका लागि जिन्सका कपडा प्रयोगमा ल्याएका थिए । पछि विभिन्न कम्पनीहरुले जिन्सलाई बलियो कपडाकोरुपमा बजारमा चर्चित गराए । यस्तो पहिलो प्रयोग भने ज्याकोब डेविस नामका सूचीकारले गरेको विश्वास गरिन्छ । पछि डेविस र स्ट्रासले जिन्सको पेटेन्ट राइट नै लिए जुन अहिले सम्म विश्वमा धमाका गरिरहेको ब्राण्ड बनिरहेको छ ।
शुरुमा जिन्स मजदुरहरुले लगाउँदा लामो समय सम्म टिक्ने भएर बनाइएको हुनुपर्छ । तर अहिले यही जिन्स विश्वमा सबै भन्दा चल्ने कपडाको ब्राण्ड बनेको छ । जिन्सको आधिकारिक जन्मदिन भने २० मे सन् १९७३ को दिनलाई मानिन्छ । त्यतिबेला अमेरिकी कम्पनी डेभिस स्ट्रासले जिन्सको पेटेन्ट लिएको थियो । यद्यपी जन्सको प्रयोगबारे लिखित इतिहास भने छैन ।
मंसिर २२ गते
आफन्तले नै झुक्याएर यूएई ल्याई ६ महिनासम्म बिभिन्न दुःख भोगेकी शान्ता मिजार घर फर्कन पाउने भएकी छिन् ।
बिगत केहि समयदेखि नेपाली राजदुतावास आबुधाबीको महिला सेल्टरमा बस्दै आएकी मिजार आइतवार आबुधाबी इमिग्रेसन जाँदैछिन् । उनलाई आबुबिधाको इमिग्रेसनले टिकट लगायतका लागि १५ सय दिर्हाम जम्मा गराउन भनेको तर आफूसँग उक्त पैसा नभएकाले सहयोगको अपिल गरेकी थिइन् । सेप्टेम्बर ३० का दिन सिन्धुपाल्चोक सेवा समाज यूएईको पहलमा समस्यामा परेकी मिजारलाई उद्धार गरी दुतावास पुर्याइएको थियो। इमिग्रेसनले मागे बमोजिमको उक्त रकम प्रवासी नेपाली मञ्च यूएई, सिन्धुपाल्चोक सेवा समाज यूएई र काभ्रे सम्पर्क समिती यूएईले संयुक्त रुपमा प्रदान गरेका हुन् ।
गत आइतवार दुतावासमा यूएईका लागि नेपाली राजदुत धनन्जय झाका सामु मञ्चका महासचिव उत्तम अधिकारी, गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्णप्रसाद भुसाल तथा नेपाली बिजनेस काउन्सिल दुबईका सचिव दिपकराज पौडेलसहितको उपस्थितिमा सो रकम प्रदान गरिएको थियो । त्यस क्रममा मिजारले आफू चाँडै इमिग्रेसन जाने र २ दिन जति त्यहाँ (इमिग्रेसनको डिपोर्ट सेन्टर) बसेपछि मुलुक फर्कन पाउने सूचना आफूलाई प्राप्त भएको बताइन् । इमिग्रेसनमा उक्त रकम जम्मा गराएपछि नेपाल जाने टिकट त्यहीं प्राप्त हुने जानकारी आफूले पाएको उनले बताइन् ।
आफन्तको ललाईफकाइमा यूएई आइपुगेकी उनको कथा यस्तो छ:
आफन्तको ललाईफकाईमा उनी भारतको बाटो हुँदै थाहै नपाई यूएई आइपुगेकी थिइन् । काभ्रे भकुन्डेवेसी स्थायी घर भएकी उनलाई सिन्धुपाल्चोककी सानीआमा नाता पर्ने मिना र तिनकी साथी कविताले फकाएर काठमाडौँ पुर्याएका थिए । त्यहाँबाट कविताको श्रीमान रामबहादुर तामांगले रात्रिवस चढाएर गत जेष्ठ १४ गते भारत पुर्याएको उनी बताउँछिन् । आफूले जान्न खोज्दा १ दिनपछि नेपाल पठाउने भन्दै आफ्नो जानकारीबिना नै दुबई ल्याइएको र यी सबैकुरा आफूलाई थाहा नै नभएको मिजारले बताएकी छिन् । “यहाँ आएपछि मलाई बिभिन्न स्थानमा बिभिन्न घरायसी काम गर्न लगाइयो, कुटपिट पनि गरियो र कसैसँग सम्पर्क र भेटघाट गर्न पनि दिइएन। तब मैले आफूलाई बेचिएको रहेछ भन्ने थाहा पाएँ”-उनी भन्छिन् ।
उनको साथमा पासपोर्ट तथा त्यसको प्रतिलिपि नहुँदा र पासपोर्टको बिबरण तथा यूएई छिरेको एयरपोर्टको समेत उनलाई ज्ञान नभएका कारण दुतावासलाई उनको पासपोर्ट प्राप्त गर्न निकै कठिनाई भएको थियो । अब भने आफ्नो मातृभूमि फर्कन पाएकामा उनले ढुक्क महशुस गरेकी छिन् । भन्छिन् “म विदेश आउदिन”।
स्रोत - दैनिक नेपाल बाट

धादिङ, मंसिर २२ । सवारी दुर्घटना अब नौलो समाचार रहेन । दिनहुँ हुने दुर्घटनाको कहालीलाग्दो तस्वीर अत्यासलाग्दो छ । दुर्घटना न्यूनीकरणका लागि सरकारले विभिन्न योजना र कार्यक्रम ल्याएपनि दुर्घटनाको ‘ग्राफ’ घटेको छैन ।
दुर्घटना क्षणभरमा हुने कुरा हो । एक मिनेटमा दुर्घटनाबारे सचेतना दिए दुर्घटना घट्ने विश्वाससाथ धादिङमा नयाँ अभियान सुरु भएको छ ।

विराटनगर, मंसिर २२ । श्रीमानको हत्यामा संलग्न भएको आरोपमा श्रीमतिसहित ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ केरौन गाविस ६ का छत्रबहादुर कटुवालको हत्या आरोपमा श्रीमती देउमाया कटुवालसहित ६ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अन्य २७ वर्षीया जयबहादुर तिम्सिना, १९ वर्षीया झुमा नेपाल, ५० वर्षीया विष्णुमाया पौडेल, ३० वर्षीया रिता तिम्सिना र २० वर्षीया सुरज लिम्बुलाई सार्वजनिक गरेको हो ।गत मंसिर १३ गते बयरवनस्थित ओझा टोल जाने बाटोमा धारिलो हतियार प्रहार गरी कटुवालको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । कटुवाल ११ महिना अघिमात्र मलेसियावाट घर फर्केका थिए ।
घटनाको अनुसान्धानमा खटिएका इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालका अनुसार कटुवालकी श्रीमती देउमायाले श्रीमानको हत्याका लागि झापा जिल्ला महेशपुर १ का सुरज लिम्बु र बयरवन ७ का जयप्रकाश तिम्सिनालाई ५० हजार रुपैयाँ दिएको खुल्न आएको बताए ।
प्रहरीले घटनामा श्रीमती देउमाया पनि संलग्न भएको पाएपछि क्रियापुत्रीमा बसेको अवस्थामा नै पक्राउ गरी ल्याएको थियो ।
२२ मङ्सिर, एजेन्सी ।
यमनको पश्चिम तटीय क्षेत्रमा अफ्रिकी आप्रवासीहरु चढेको डुंगा डुब्दा कम्तिमा ७० जनाको मृत्यु भएको छ । तीव्र गतिको हावा र समुन्द्री छालका कारण डुंगा डुबेको अनुमान गरिएको छ ।
डुंगामा सवार अधिकांश व्यक्तिहरु इथियोपियाका नागरिकहरु रहेको यमनी अधिकारीले बताएका छन् । हरेक वर्ष यमन हुँदै हजारौँ अफ्रिकी नागरिकहरु रेड सी पार गर्ने गर्दछन् । यसक्रममा दर्जनौँ दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।
युरोप तथा मध्य एसिया प्रवेश गर्न खोज्ने हजारौँ अफ्रिकी नागरिकहरुका लागि यमन मुख्य प्रवेशद्धारका रुपमा चिनिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो १२ महिनामा युरोप प्रवेशका लागि निस्किएका आप्रवासीहरु सवार डुंगा दुर्घटनामा कम्तिमा दुई सयजनाको मृत्यु भइसकेको छ ।

सुर्खेत, मंसिर २२ - सुर्खेत दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । क्षमताभन्दा दोब्बर यात्रुसहितको बस कर्णाली राजमार्गको कालेखोलामा सडकबाट चिप्लेर खस्दा अन्य ४९ जना घाइतेको उपचार भइरहेको छ भने ५ जना उपचारपछि घर फर्किएका छन् ।आइतवार साँझ सुर्खेतको पोखरीकाँडास्थित कल्यानकाँधमा मध्यपश्चिम यातायातको ना ४ ख ६८५७ नम्बरको रात्री बस भीरबाट ८० मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएका छन् । १४ जनाको घटना स्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते यात्रृको जिल्ला अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक योगेन्द्र हमालका अनुसार चालक र सहचालक फरार छन्। सुर्खेत र दैलेखबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले रातभर उद्धार कार्य जारी राखेको थियो।
घटनास्थलमा उद्धार कार्यमा संलग्न स्थानीय बासिन्दाका अनुसार साँझ साढे ६ बजे बस भीरबाट खसेको थियो। प्रारम्भिक जानकारी अनुसार कालिकोटबाट ५१ जनाको चलानी भएपनि चालकले दैलेखमा इन्ट्री गराउँदा ३० जना यात्रु रहेको बताएको पाइएको छ।

काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बरामद गरेको तस्करीमा भित्रिएको ३५ किलो सुनको कमिसन अनियमितता प्रकरण झन् चर्किएको छ ।
कमिसनवापतको १५ प्रतिशत सुन वास्तविक सुराकीलाई नदिएको भन्दै तीनजना सुराकी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिमा पुगेपछि यस प्रकरण थप चर्किने संकेत देखिएको छ ।
समितिले सुनकाण्डबारे जानकारी लिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बोलाए पनि आइतबार उनी अनुपस्थित रहे ।
सुन बरामदपछि सुराकीवापत पाइने झन्डै १ करोड ७७ लाख रुपैयाँमा ब्यूरो र सुराकीबीच डेढ वर्षदेखि विवाद छ ।
चीनको खासाबाट बा ३ ख २५७० नम्बरको टाटा बक्स कन्टेनरमा पल्स बटम बनाएर काठमाडौं ल्याइँदै गरेको सुन २०७० साल असार २६ गते कोटेश्वरबाट बरामद भएको थियो ।
प्रहरीले भने सुराकी भनिएका तीन जना व्यक्तिले केन्द्रीय अनुसन्धान ब्यूरोमा कुनै सुचना नदिएको दाबी गरेको छ । गृह सचिव सूर्य सिलवालले पनि तीनै जना सुराकीले छुट्टै सुराक दिए नदिएको ब्यूरोमा भएको काजगातहरुमा नखुलेकोु प्रष्टिकरण दिएका छन् ।
भन्सार ऐन २०६४ ले राजश्व चुहावट नियन्त्रणमा संलग्न कर्मचारी एवं प्रतिवेदकलाईसमेत १५ प्रतिशत कमिसन दिनुपर्ने व्यवस्था गरेको छ । यस्तो रकम मुद्दाको अन्तिम किनारा लागेपछि कर्मचारी र सुराकीले पाउँछन् ।
तर, प्रहरीका उच्च अधिकारीहरुले वास्तविक सुराकीको नाम नराखी आफन्त र नातागोतालाई ुनक्कली सुराकी खडा गरेकोु सभासदहरुले आरोप लगाएका छन् । ुवास्तविक सुराकीले कमिसन पाएनन्, उनले भने, प्रहरीले कस कसलाई सुराकी बनाएर कमिसन दिएको छ स्पष्ट पार्नुपर्यो ।
कांग्रेसका धनराज गुरुङले वास्तविक सुराकीलाई प्रहरीले धम्कि दिएको आरोप लगाए । आजको कान्तिपुरमा समाचार छ ।

-नेपालमा कुन देशबाट कति रेमिटान्स आउँछ ?
नेत्रक्रिवक्रम चन्द (विप्लव) ले नयाँ पार्टी बनाउनुसँगै विप्लवसहित सहभागी भएको २०४७ को ‘कालो पुल समूह’ (नाम मेरो होइन) को चर्चा पनि बढेको छ ।
तथाकथित कालो पुल समूहबारे केही मिडियाहरुमा चर्चा देखेपछि त्यसबारे केही लेख्ने जरुरत महसुस भयो । कालो पुल समूहमा आवेग त धेरै थियो तर विवेक त्यति थिएन, जोश र उत्साह त अपार थियो, होशको मात्रा निक्कै नै कम थियो । तत्कालीन पार्टी, त्यसको नेतृत्व तह र तिनका ढोंगहरुप्रतिको निराशाको उपज थियो कालो पुल समूह । त्यो समूह बन्यो, छलफल धेरै गर्यो, ठूलठूला योजनाहरु पनि बनायो तर त्यसले केही गरेन र अन्त्यमा आफैं विघटन भयो । त्यसमा साँच्चीकै केही गर्ने र काम होइन गफ चाहिं ठूलो गर्ने दुवै थरिका मान्छेहरु थियौं ।
त्यसैले त्यो केही नगरी आफैं सकियो । कालो पुलको छेउछाउमै बस्नेहरुको त्यस समूहमा म पनि सहभागी भएकाले यतिखेर दावाका साथ भन्न सक्छु कि विप्लवको यो पहल पनि त्यही कालो पुलकै मानसिकताबाट अघि बढेको छैन र यो यतिखेरको नेपाली समाजको समस्याहरुको समाधानका लागि नभएर थप समस्या सिर्जना गर्ने अस्त्रबाहेक केही बन्ने छैन ।
२०४६ मा कांग्रेस र वाममोर्चाको नेतृत्वमा फागुन ७ बाट पञ्चायती शासनका विरुद्धमा आन्दोलन शुरु भयो । त्यतिखेरका हाम्रा नेताहरुले आन्दोलनले गति लिन्छ भन्ने कल्पनै गरेका थिएनन् । जब आन्दोलनले गति लियो, तव छुटिने भइयो भन्ने हाम्रा नेताहरुलाई लाग्न थाल्यो र रातारात संयुक्त जनआन्दोलन समिति बनाए र कांग्रेस वाममोर्चाको पिछलग्गु नबनेर सर्वहारावर्गको स्वतन्त्र धार निर्माण गरेको दावी गरे । दावीमा जेसुकै भए पनि सडकमा निस्कने जम्मा दुईवटा कार्यक्रम सार्वजनिक गरे । ती कार्यक्रम थिए, चैत्र ५ गते जुलुश र सभा तथा चैत्र २४ गते नेपाल बन्द । ती दुई कार्यक्रमका दृश्य मैले कहिल्यै भुलेको छैन र भुल्ने पनि छैन ।
चैत्र पाँच गते विरोध जुलुश र सभाको कार्यक्रम थियो, हामी असनमा जम्मा भयौं र नारा लगाउँदै त्यौडसम्म गयौं । त्यो जुलुशमा १२ या १३ जना थियौं । तथाकथित सभामा त्यौडको डबलीमा उभिएर नन्दकुमार प्रसाईंले पाँच मिनेटजति बोले र सकियो । पाँच गतेको काठमाण्डुको कार्यक्रम जम्मामा यत्ति हो । २४ गते आइपुग्दासम्म काँग्रेस वाममोर्चा नेतृत्वको आन्दोलनले धेरै गति लिइसकेको थियो । त्यसलाई मत्थर गर्ने नियतले २४ गते बिहानै राजाले एक सम्बोधनमार्फत् मरिचमानको मन्त्रीमण्डल विघटन गरी आन्दोलनकारीहरुसँग वार्ता गरी समस्या समाधान गर्न भनेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा नयाँ सरकार घोषणा गरे ।

यो घोषणाबाट राजाले सडकको आन्दोलनलाई तिरस्कार गरेको सबैले बुझे, पार्टीहरुले केही भन्नै परेन, उपत्यका पूरै ठप्प भयो । पाटन र कीर्तिपुर केही दिन अघिबाट नै आन्दोलनकारीहरुको कब्जामा थिए । २४ गते काठमाडौंको अवस्था पनि त्यस्तै बन्न गयो । फलस्वरुप राजाले कफ्र्यु लगाउनु पर्यो र कफ्र्युकै बीचमा २६ गते राति बहुदलीय ब्यवस्थाको घोषणा गर्नुपर्यो ।
२४ गते साँच्चीकै एउटा जनविद्रोह थियो, राजाको सम्बोधनको विरुद्ध, अनि राजाकै विरुद्ध । पार्टीहरुमा संगठित र असंगठित सबै सचेत मान्छेहरु सडकमा थिए तर ती सडकहरुमा संयुक्त जनआन्दोलका नारा हामीजस्तै एकाध कार्यकर्ताहरुले भीडमा मिसिएर लगाउने बाहेक योजनाबद्ध केही पनि भएन । त्यसपछिका दिनहरुमा चैत्र २४ को हाम्रो कार्यक्रमले राजालाई गलायो र बहुदल आयो भनेर भाषण गर्न हाम्रा नेताहरुले कतै छुटाएनन् । तिनलाई यसोभन्दा कहिल्यै लाज पनि लागेन । योभन्दा ठूलो ढोंग के हुन सक्छ र ? जनयुद्धको तयारी गर्दैगर्दा जनआन्दोलन उभारमा आएको र पार्टीभित्र पनि साँच्चीकै युद्धमा जान सबै तयार नभएकोले पार्टी एकतामा जानुपरेको भन्ने तर्क हुन्थ्यो नेताहरुको । यो तर्कमा पनि चैत्र २४ कै जस्तो ढोंग छ कि ? भन्ने लाग्न थालेको थियो ।
त्यतिखेर उपत्यकामा हाम्रो पार्टीका उपलब्ध हुने नेताहरु आलोक र दिनेश शर्मा थिए । तिनले अब युद्धमा गइन्छ भनेर भ्यालीका केही युवाहरु आफ्नो गाउँ काभ्रेको चौंरीमा मान्छे कुट्न लगेछन् तर फेरि फर्केर आएपछि कुनै कार्यक्रम छैन । यस्तै यस्तैबाट नेताहरुप्रतिको विश्वास सकिएर आजीत भएको टिम थियो कालोपुल समूहमा । हामीभित्र हुर्किरहेको असन्तोष, पार्टी नेताहरुप्रतिको अविश्वास र तिनका ढोंगी क्रियाकलापहरुप्रतिको आक्रोशलाई समूहमा बदल्ने मुख्य पहलकर्ता विप्लव नै थिए । त्यसमा विप्लव र उनका साला पर्ने महेन्द्र पुन, गंगा कार्की, रवि कार्की, धनबहादुर पन्त, खड्क लिम्बू र म नियमित थियौं भने केही छलफलहरुमा गोरखाका हरिश्चन्द्र र शिव श्रेष्ठ (दुवै सहिद) लगायत केही साथीहरु पनि सहभागी भएका थिए ।
हामी अब युद्धमा गइहाल्नु पर्छ तर हाम्रा नेताहरुले केही गर्दैनन् र तिनका भ्रममा पर्नुहुन्न भन्ने मान्यता राख्थ्यौं । माओभन्दा चे को बढी प्रभाव थियो हामीमा । पञ्चायतकै अन्तिम दिनहरुबाट हामी निरन्तर छलफलमा थियौं तर पहिलाका छलफलहरुमा पार्टी र नेताहरुप्रति ब्यंग्य र अविश्वासका कुराहरुमात्रै हुन्थे । बहुदलको प्राप्ति र अझ भदौतिर मसाल, चौथो महाधिवेशन र सर्वहारवादी श्रमिक संगठनका बीचमा पार्टी एकताको प्रक्रिया सुरु भइसकेपछि अब के गर्ने भन्ने योजनाका विषयमा केन्द्रित भयौं । युद्धमा जाने भएपछि स्वाभाविक रुपमा हतियारको प्रश्न आइहाल्छ, हामी हतियार कसरी प्राप्त गर्ने भन्ने सोच्दा भारतमा किन्न पाइने कुरा विप्लवले गरे ।

अहिले सम्झँदा पनि हाँसो लाग्छ, उनी भारतको खोई कता कता घुमेका थिए । बन्दुकका पसल देखेका रहेछन् । पैसा लिएर ती पसलमा गएपछि किन्न पाइहालिन्छ भन्ने उनमा परेको रहेछ । पहिला त बुझ्नुपर्यो । हामीले कहाँ पैसा पाउने, कमाउने कोही थिएनौ, समूहमै भएका धनबहादुरले एक हजार र खड्ग लिम्बूले सात सय दिएपछि हामीसँग सत्र सय भयो । त्यही लिएर विप्लव र महेन्द्र पुन बनारस गए । तिनीहरु सरासर बन्दुकको पसलमा गएर सोधेछन् । पसलेले थर्काएर कसको हत्या गर्न चाहन्छौ ? भनेछ र फर्किएर आए । अब भारतका पसलबाट बन्दुक किन्ने योजना सकियो ।
त्यसपछि तराईतिर बढी हतियारको प्रयोग हुन्छ, भन्ने सुनिन्थ्यो । हाम्रै साथीहरुका बीचका या पार्टीहरु र गुटहरुका बीचका झगडामा पनि हतियार प्रयोग भएको सुनेका थियौं । डकैतका घटना पनि तराईमै बढी हुन्थे । त्यतिबेला रौतहटमा बागमती नहरको काम भइरहेको थियो र मैले चिनेका केही साथीहरु पनि नहरको काममा रौतहटमा थिए ।

एकचोटी नहरमा काम गरिरहेको काभ्रेको एकजना साथीसँगै म रौतहट गएँ । त्यहाँ केही त्यस्ता मान्छेहरु खोजियो र हतियारको कुरा गरियो । एक जनाले कटुवा पिस्तोल देखायो र जति पनि उपलब्ध गराउन सक्ने कुरा गर्यो र मुल्य भने एउटाको दुई हजार भन्यो । गोली पनि देखाउनका लागि केही लिएर आएको थियो र पचास रुपियाँका दरले दिन सक्ने कुरा गर्यो । हेरेरमात्रै पछि आउने कुरा गरेर म काठमाडौं फर्कें । ती साथी जसले मलाई लिएर गए र त्यस्तो मान्छे भेटाइदिए तिनले हाम्रो समूह होइन पार्टीकै काम बुझेका थिए । हतियारको मूल श्रोत त पुलिस र सेनाबाट खोसेर नै प्राप्त हुन्छ भन्ने थियो तर प्रारम्भिक पहलका लागि भने केही हामीसँग हुनै पर्यो । त्यसका लागि केही किन्ने र केही घरहरुमा भएका लाइसेन्सी बन्दुकहरु मागेरै लिन सकिने कुरा थियो ।
अब प्रारम्भिक केही हतियार किन्न र हामी आफ्नै परिचालनका लागि पैसा चाहियो । यो कसरी प्राप्त गर्ने रु हामीले केही दिन छलफल गर्यौं र हामीलाई सजिलो पर्ने स्थानमा रहेका बैंकहरुमध्ये कुनै एक कब्जा गर्ने निष्कर्षमा पुग्यौं । त्यस्ता सम्भावित बैंकहरुबारे पनि सोंचियो । यसपछि सबै कुराको योजना तयार भयो र अब भूमिगत हुने, काठमाडौं छोड्नेबारे छलफल हुन थाले । दुई चार दिन भित्रमै हिंड्ने भन्ने छलफल हुँदै गर्दा धनबहादुर पन्तले, मैले त श्रीमतीलाई केही भनेको छैन, छ महिना मलाई बिदा दिनुपर्छ भने । हामी सबै आश्चर्यमा पर्यौं । यो घर परिवारबाट बिदा लिएर, भनेर हिंड्ने कुरा होइन, श्रीमती र छोरीको ब्यवस्था अब उनैले गर्छिन । हामी त त्यो भन्दा धेरै ठूलो मुलुकको व्यवस्थामा लाग्ने हो । हामी केही गरी मरिहाल्यौं भने घर परिवार कसले हेर्दिन्छ त ? आदि धेरै कुरा भए तर धनबहादुर मान्दै मानेनन् ।

अब के गर्ने ? हामी साँझ जुट्थ्यौं र १०र११ बजेसम्म त्यही धनबहादुरको सिसा पसल गौशालामा बस्थ्यौं । त्यो दिन कुनै पनि निष्कर्ष बिनै हामी उठियो । भोलीपल्ट धनबहादुर बाहेक अर्कै स्थानमा बस्यौं । सबै योजना उसलाई थाहा छ, ऊ छ महिना बिदामा बस्ने, हामी काबाहीमा जाँदा कतै उसले लिक गरिदिने त होइन रु कतै ऊ योजनामै त छैन ? जासुस पो हो कि ? धेरै शंका र उपशंकाका कुराहरु भए । हामी युद्धमा जाँदैछौं, स्वाभाविक त्यहाँ रगत बग्छ, मान्छे मारिन्छ, यस्तोमा योजना जति धनबहादुरलाई छाडिदिएर जानु भन्दा उसलाई सिध्याइदिएर पो हिंड्नु पर्छ कि रु भन्ने भयो । त्यसपछि खड्ग लिम्बूले आफ्नै साथी मार्नु त हुँदैन मचाहिं त्यसमा सहमत हुन सक्दिन भने । अब अर्को समस्या थपियो । त्यो दिन पनि बिना निष्कर्ष नै उठियो ।
त्यसपछि हामी कहिल्यै बसेनौ ।
त्यसपछि हामी कहिल्यै बसेनौ ।
हाम्रा योजना त्यत्तिकै सकिए । अहिले सम्झदा लाग्छ, हामीमा पटक्कै परिपक्वता थिएन । सात आठ जनाले सब कुरा गर्न सक्छौं भन्ने ठान्थ्यौं । संगठनात्मक रुपमा त हामी साह्रै काँचा थियौं । हामीसँग संगठनको खास योजनै थिएन । एक्सन गरेपछि मान्छेहरु हामीलाई खोज्दै आइहाल्छन् संगठन बनिहाल्छ भन्ने थियो । हाम्रो दिमागमा सबभन्दा ठूलो हतियार थियो र त्यसलाई प्राप्त गर्नु र बोक्नु गौरवको कुरा थियो । लाग्छ हामी गइहालेको भए बैंक त कब्जा गरिहाल्थ्यौं कि तर त्यसपछि बच्ने सम्भावना ज्यादै न्युन थियो । हामीसँग पार्टी पनि थिएन । हामी समातिएपछि क्रान्तिकारी होइन डााका हुन्थ्यौं । ठीकै भनेछन् धन बहादुरले ।
झिल्कोबाट
kathmandutoday.com
काठमाडौं : राजधानीको बबरमहलमा आईतबार साँझ बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालिकाको मृत्यु भएको छ।
काठमाडौं जिल्ला अदालत अगाडी धुलिखेल जाँदै गरेको बा २ ख ३७ नम्बरको बसले बा ६३ प ४३२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
वसले ठक्कर दिएपछि स्कुटर वसमुनी छिरेको थियो। ठक्करले स्कुटर चालिका म्याग्दीकी शान्ता हमालको मृत्यु भएको छ।
उनलाई उपचारको लागि माईतिघर स्थित अन्नपूर्ण न्यूरो हस्पिटल पु:याईएपनि उपचारको क्रममा मृत्यु भएको जानकारी महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका प्रमुख निरिक्षक मनोज कुमार शाहीले दिए। प्रहरीले वस र चालक धुलिखेलका रञ्जित कोजुलाई नियन्त्रणमा लिएको छ।

सुर्खेत । कालिकोटबाट कैलालीको टीकापुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । सुर्खेतको पोखरीकाँडा गाविस कल्याणकाँधस्थित भीरबाट खसेर यात्रुबाहक बस दुर्घटनामा परेको हो ।
ना ४ ख ६८५७ नम्बरको यात्रुबाहक बस साँझ साढे ६ बजेतिर भीरबाट खसेर दुर्घटना भएपनि अबेलासम्म विस्तृत जानकारी आउन सकेको छैन ।
दुर्घटनामा परेका केही घाइते सम्पर्कमा आएका छन् भने बस र अन्य यात्रुको खोजी कार्य जारी छ । यात्रुको उद्दारका लागि जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट नायव उपरीक्षक राजिव बस्नेतको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ ।
बसमा कति यात्रु थिए भन्ने बारेमा केही खुलेको छैन । भीरबाट बस कर्णाली नदीमा डुबेको हुनसक्ने आशंका गरिएको छ ।

काठमाडौं, २१ मंसिर । नयाँ बानेश्वरस्थित कान्तिपुर कलेजमा अध्ययनरत एक छात्राको दिन दहाडै छुरी हानी हत्या भएको छ ।
घटना भएको २४ घण्टा बितिसक्दा पनि प्रहरीले हत्यारालाई समाउन नसकेको भन्दै अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले आइतबार सिंहदरबार नजिकै मृतक छात्राको तस्वीर बोकेर प्रदर्शन गरेका छन् ।
शनिबार दिउँसो मैदीदेवीस्थित सेतोपुल भन्दा केही तल अनामनगरतर्फ हिँडिरहेको अवस्थामा एक युवकले रीतु महासेठमाथि एक्कासी ५/६ पटक छुरी रोपेका थिए ।
रीतुलाई तत्कालै ट्याक्सीमा हालेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई महाराजगञ्जस्थित शिक्षण कलेजमा पुर्याइएको थियो । रीतुको शनिबार अपरान्ह साढे ४ बजे शिक्षण अस्पतालमा निधन भएको हो ।
जनकपुरबाट काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्न आएकी रीतु मैतीदेवीस्थित ‘फेमिली गल्र्स होस्टल’मा बस्थिन् । उनी बानेश्वरको कान्तिपुर कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत थिइन् ।
शनिबार दिउँसो साथीको विवाहका लागि होस्टलबाट निस्केकी रीतुमाथि दिनदहाडै छुरी प्रहार गरेर अपराधी उम्कन सफल भएको छ ।
राजधानीजस्तो देशको प्रशासनिक केन्द्रमा दिनदहाडै महिलामाथि छुरी प्रहार हुँदा पनि प्रहरीले अपराधीलाई समात्न नसकेको भन्दै विभिन्न विद्यार्थी संगठनले हत्यारालाई तत्काल कारवाहीको माग गरेका छन् ।
स्रोतहरुका अनुसार रीतुलाई छुरी प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसके पनि विद्यालयकालदेखि नै उनलाई एकतर्फी प्रेमका लागि पछ्याइरहेको जनकपुरतिरकै किशोरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
हत्यारा नसमातिए आन्दोलन : लामा
यसैवीच एमालेसमर्थित अनेरास्ववियूकी महासचिव नविना लामाले सरकारले तत्काल हत्यारालाई पक्राउ नगरे आन्दोलनमा उत्रने बताएकी छन् ।
महिला विद्यार्थीमाथि हिंसा हुँदा पनि प्रहरी मूकदर्शक बनेको उनले बताइन् । यसबारे अखिलले गृहमन्त्री वामदेव गौतमलाई भेटेर ध्यानाकर्षण गराउने उनले बताइन् । रीतुका हत्यारालाई कारवाहीको माग गर्दै अनेरास्ववियू र मधेसी विद्यार्थी संगठनका नेताहरुले आइतबार हनुमानस्थानमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा तमलोपाका केही नेताहरु झण्डासहित आउन लागेको र आफूहरुले रोकेको नविनाले अनलाइनखबरलाई बताइन् । यस्तो घटनालाई राजनीतिकरण वा कुनै पनि रंग दिन नहुने र सबैले मिलेर महिला हिंसाको विरुद्ध लाग्नुपर्ने उनले बताइन् । हत्यारालाई फाँसी दिइनुपर्ने उनले बताइन् ।
हत्या विरुद्धको प्रदर्शनमा सहभागी पत्रकार राजेश अहिराजले सिंहदरबारको नजिकै विद्यार्थीको हत्या हुँदा पनि हत्यारा पक्राउ पर्न नसकेपछि बाहिरबाट काठमाडौंमा अध्ययन गर्न आउने विद्यार्थीहरुले असुरक्षित महसुस गर्ने बताए । सेतो परेवाबाट साभार

ऋुतु महासेठ । २० वर्षको लाउलाउँ खाउँखाउँको उमेर । जनकपुर तुलसियाहीबाट काठमाडौंमा पढ्दै थिइन् ।
विद्यालयसमेत सँगै भएका उनीहरु मिल्ने साथी थिए पप्पु पूर्वे । मायाप्रेम थियो, उनीहरुको । केही वर्षअघि पप्पु वैदेशिक रोजगारीका लागि बिदेशिए ।
पप्पु विदेशिएपछि पनि ऋतुको पढाइमा कुनै कमी आएन । पढाईमा अब्बल रहेकी उनी काठमाडौंको मैतीदेवीमा होस्टलमा बसेर पढ्दै थिइन् । तर, दुई जनाको सम्बन्धमा भने केही समयदेखि दरार उत्पन्न भएको थियो ।
२०७१ साल मंसिर २० गते बिहान ११ बजेतिर गुहेश्वरीमा साथी गीताको बिहेमा जाँदै गर्दा सेतोपुल नजिकको पेट्रोल पम्पमा पप्पु राक्षस भएर निस्किए । अनुपा र कञ्चन नाम गरेका दुई जना साथीसँगै रहेकी ऋतुलाई ‘धोकेबाज’ पप्पुले लगातार पाँच पटक छातीमा छुरी धसे ।
छातीमा छुरी धसिएकी ऋतुलाई तत्कालै उद्दार गर्न प्रहरी आएन । ऋतुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल लगियो । उपचार सम्भव भएन । लगत्तै शिक्षण अस्पताल महाराजगन्ज लगियो । केहीबेरमै उनलाई चिकित्सकलाई मृत घोषणा गरे । अनलाइन दैनिक बाट साभार

पपुवा न्युगिनीमा आइतबार ६.८ रेक्टर स्केलको भूकम्प गएको समाचार छ ।
उक्त जानकारी आइतबार अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले आइतबार दिएको छ । तर यस भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन् ।
सो भूकम्पको केन्द्रविन्दु बोउगाइनभिल्ले द्वीपको पानगुनासहरदेखि ११६ किलोमिटर टाढा १० किलोमिटर गहिराईमा रहेको पनि सो संस्थाले जानकारी दिएको छ ।
उक्त ६.८ रेक्टर स्केलको भूकम्पपछि ५.२ र ५.० रेक्टरको भूकम्प गएको बताइएको छ ।
हालसम्म यस भूकम्पबाट मानवीय हताहती र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।
सन् २०१३ सोलोमोन द्वीपमा गएको ८.० रेक्टर स्केलको भूकम्पपछिको आएको सुनामीमा कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै सयौ घरहरु ध्वस्त भएका थिए ।
त्यसैगरी सो सुनामीका कारण हजारौ व्यक्ति घरवारबिहीन भएका थिए । एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक नेपाल आएर एक साताअघि नै फर्के पनि सामाजिक सञ्जाल र सञ्चार माध्यम अझै मोदीमय छन् । नक्कली मोदीलाई तीतोसत्य नामक हाँस्य टेलिश्रृङ्खलामा खेलाइएकै कारण नेपाल टेलिभिजनले गएको विहिवारको यो टेलिसिरियल भाग प्रशारणमा रोक लगायो । त्यसयता मोदी, तीतोसत्य र दीपकराज गिरी चर्चामा छन् । यसै बिषयमा तीतोसत्यका निर्देशक, हाँस्यकलाकार दीपकराज गिरीसँग अनलाईन दैनिकले कुराकानी गरेको छ ।
तीतो सत्यको ५ सय ७६ औं भाग रोकिएको जानकारी कसरी पाउनुभयो ?
गएको विहिबार साँझ , म फिल्मको सुटिङ सकेर कठमाडौं फर्कदै थिएँ, घर नपुग्दै बाटोमा मलाई नेपाल टेलिभिजनबाट नीता सापकोटा (जस्ले तीतो सत्यको डिपार्ट हेर्छिन् ।) को फोन आयो,उनले मोदीलाई व्यङग्य गरिएको, हिन्दी भाषा प्रयोग गरिएकोभन्दै यसपालीको अङ्क प्रशारण गर्न नसकिने बरु अघिल्लो अङ्क नै पुनःप्रशासरण गर्ने जानकारी दिइन् ।त्यसपछि मैले उनलाई कन्भिन्स गर्ने प्रयास गरेँ तर नमानेछि पूरानो भाग देखाइयो ।
मोदीलाई कस्तो भूमिकामा राख्नु भएको छ र ?
एउटा विकट गाउँमा विकास, निर्माणका काम गर्न ढिलासुस्ती हन्छ । त्यसै परिवेसमा मोदी जस्तै पात्र देखाईएको छ । त्यो पात्र आएपछि र उसले अनुदान घोषणा गरेपछि मात्र गाउँलेहरु र राजनीतिक दलका नेता, कार्यकर्ता विकास, निर्माणका काममा तयार भएको देखाईएको छ । विकासमा पनि कमिसन चल्छ भन्ने कुरालाई व्यङ्ग्य गरिएको छ । यो श्रृङ्खलाको मुख्य उद्वेश्य विकास, निर्माण प्रतिको हाम्रो धारणा र सहभागितामाथि व्यङ्ग्य गर्नु हो ।
अनि नेपाली टिभीमा भारतीय प्रधानमन्त्रीको क्यारिकेचर गर्दा अपमान होला भन्ने बारे ख्याल गर्नुपर्थेन ?
तीतो सत्य व्यङ्ग्य प्रधान कार्यक्रम हो । प्रशारण रोक लगाइएको अङ्कमा देखाइएका पात्र सक्कली मोदी होइनन् । भारतका प्रधानमन्त्री भनेर पनि त्यहाँ प्रस्तुत गरिएको छैन । मोदीकै देश भारतमा पनि उनको क्यारिकेचर भइरहेका छन्, ती कार्यक्रममा उनी (मोदी ) जान्छन्, हाँस्छन् । बाराक ओबामाको पनि अमेरिकामा क्यारिकेचर हुन्छ तर उनले सहजै लिन्छन् । तितो सत्यमाथि अन्यायपूर्ण रुपमा सेन्सरको डण्डा बजारिएको छ । हचुवाका भरमा त्यो श्रृङ्ंखला रोकियो, कुनै चित्त बुझ्दो जवाफ बिनै ।
कलाकार हो भन्दैमा मनपरी गर्न मिल्छ ?
लोकतन्त्रमा सत्ता, सरकार, शासक वर्गको आलोचना गर्ने अधिकार आम नागरिकलाई जस्तै कलाकारलाई पनि हुन्छ । अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा कहाँ ध्यान दिने भन्ने बारेमा हामी आफै सचेत हुन्छौं । तपाई भन्नुस – एउटा लेखक, निर्देशक, प्रोड्यूसर, कलाकार स्वविवेकमा चल्न पाउँदेनन् ?
अनि नक्कली मोदी पात्रलाई नेपाली भाषामा बोल्न लगाएको भए के हुन्थ्यो नि ?
तीतोसत्यमा कथा र परिवेश अनुसार पात्रहरु कहिले अङ्ग्रेजी, कहिले स्थानीय अरु भाषामा बोल्छन् । नेपाल टिलिभिजनमा हिन्दी बोल्नै नहुने भए अघिल्लो पटक मोदी आउँदा संसदमा हिन्दी मै भाषण गरे, ठूला भनिएका नेताहरुले टेवल ठोके, यही नेपाल टिभीले गौरवका साथ प्रत्यक्ष प्रशारण गरेको होइन < हाम्रै नेताहरुले पनि संसदमा हिन्दीमा बोल्ने र नेपाल टेलिभिजनले प्रशारण ग¥या छैन र ? त्यसैले जे, जस्तो बहानामा तीतोसत्यको भाग रोकियो, त्यसमा कुनै सत्यता छैन । मोदीलाई सम्मान गर्नुपर्छ, सम्मान गरौँ तर त्यसको नाउँमा चाकडी नगरौँ भन्ने मेरो धारणा हो ।
२०५६ सालमा रेडियो नेपालले पनि तपाईलाई यस्तै बिषयमा कारबाही गरेर निकालेको हो । सजग नहुनु तपाईको कम्जोरी हो नि ?
त्यस बेलाको विषय अर्कै थियो । रेडियो नेपालको प्राङ्गणमा कार्यक्रम भइरहेको थियो । तत्कालिन राजा वीरेन्द्र पनि सहभागी थिए । सुत्केरी भत्ताको विषय त्यसबेला खुब चर्चामा थियो । अनि मैले पनि तत्कालिन २ सय ५ जना सांसदलाई व्यङ्ग्यगर्दै दुई सय पाँच किरा नामक प्रहसन गरेको थिएँ,त्यसैका कारण मलाई रेडियो नेपालबाट हटाइयो । त्यसैले अहिले र पहिलेको कुरा भिन्न हो ।
अनि तपाईको सिरियल रोकिएपछि सञ्चारमन्त्री मीनेन्द्र रिजालसँग चुक्लि लगाउनुभयो रे ?
चुक्लि लगाको होइन, हिजो संयोगले एउटा कार्यक्रममा भेट भयो, अनि मैले तीतोसत्य रोकिएको बारेमा जानकारी गराउने नै भएँ । अनि उहाँले एनटीभीका अध्यक्ष, निर्देशकसँग बुझेर म चाँडै समस्या समाधानन गर्छु, यो बिषय धेरै नउठाउँ है दीपक जी भन्नुभयो ।
नेपाल टेलिभिजनसँग अहिलेसम्म कुनै छलफल भएको छ ?
अनौपचारिक छलफल भइरहेको छ । जसले तीतो सत्य रोके, उनीहरुले गल्ति महसुस गरेजस्तो लागेको छ । २१ मंसिरमा छलफलका लागि बोलाएका छन् ।
काँटछाँट गरी प्रशारण गर्ने प्रस्ताव आए तपाईले मान्ने हो ?
म मान्दैन । यदी उहाँहरु एनटीभी पक्षले मलाई कन्भिन्स गर्नुभयो भने व्यग्लै कुरा, होइन भने रोकिएको तीतोसत्यको भाग जस्ताकोत्यस्तै प्रशारण हुनुपर्छ ।
के तपाईको रोकिएको भाग फेरि प्रशारण होला त ?
हुनुपर्छ भन्ने मेरो अडान कायमै छ । गल्ती भएको छ भने कारणसहित मलाई कारबाही गर्नुप¥यो । होइन भने बिभिन्न बहानामा मलाई दुःख दिने काम भएको छ । अघिल्लो विहिवार साँझ प्रशारण हुनुपर्ने भाग नगएसम्म म नयाँ भागको सुटिङ गर्दैन ।
एनटीभीमा समस्या छ भने अरु निजी च्यानलमा जान तपाईलाई कस्ले रोकेको छ ?
रोकेको होइन, मैले सुरु नै एनटीभीबाट गरेँ, दर्शकसँग एक प्रकारको सम्बन्ध बनेको छ र यसले एनटीभीलाई पनि फाइदा पुगेको छ । तर यस्तै व्यवहार, अनावश्यक सेन्सर गर्ने काम भइरहयो भने म छोड्न सक्छु ।
अनलाइन दैनिक बाट साभार

नेपाली हास्य ब्यङ्ग क्षेत्रका चर्चित कलाकार मनोज गजुरले नेपालमा मात्र नभएर भारतीय मिडियामा पनि चर्चामा छन् । उनले भारतीय प्रधानमन्त्री मोदीको नक्कल गरेपछि भारतीय मिडियामा उनी हेडलाइन बनेका हुन् ।
भारतका चर्चित पत्रिका देखि अनलाइन संस्करणहरुले मोदीको नक्कल गरेर चर्चित भएको भन्दै मनोज गजुरेलको समाचार हेडलाइन बनाएका छन् ।
भारतको चर्चित पत्रिका अमर उजाला, हिन्दुस्तान टाइम्स लगायतले पनि मोदीको नक्कल गरेर हिट भएका गजुरेलको तस्विर सहित समाचार प्रकाशित गरेका छन् ।
अमर उजालाले मोदी विदेश यात्रामा जाँदा चर्चित भए जस्तो मनोज पनि मोदीकै अभिनय गरेर चर्चित भएको लेखेको छ । मोदीले नेपाली अनुहारमा खुसी ल्याइदिएको दावी गर्दै मनोजले पनि नेपाली अनुहारमा हाँसो ल्याउन सकेको दावी समेत अमर उजालाले गरेको छ ।
अमर उजाला लेख्छ ' एकातिर मोदीले विदेश यात्राका क्रममा चर्चा पाइरहकेा छन्, अर्का तर्फ नेपालका मनोज गजुरेल मोदीको नक्कल गरेर वाहवाही लुटिरहेका छन् । नेपाली नेताको नक्कल गरेर करिअर सफल बनाएका मनोजले पछिल्लो समय मोदीलाई नक्कल गरेर सफलता पाइरहेका छन् ।'
त्यसैगरी हिन्दुस्तान टाइम्सले पनि नेपाली कमेडियन मनोज गजुरलले मोदीको अभिनय गरेर देशभित्र र देश बाहिर समेत चर्चा कमाएको भन्दै समाचार लेखेको छ । मोदीले २ पटक नेपाल भ्रमण गर्दा दिएका भाषणको नक्कल गरेर मनोजले वाही वाही पाइरहेको भनेको छ ।
नेपाली टाम्सले लण्डनमा मोदीको कार्यक्रमबारे समाचार प्रकाशित गरेपछि यसको प्रभाव भारतीय मिडियामा पनि देखिएको हो ।
हिन्दुस्तान टाइम्सले मोदीकै नक्कल गरिएका कारण नेपाली टेलिभिजनको सिरियल तितो सत्यको एपिसोड रोकिएको कुरालाई समेत समाचार बनाएको छ ।
त्यसै गरी एबीपी न्यूजले पनि तितो सत्य रोकिएको विषयमा समाचार प्रकाशित गरेको छ ।

मोरङ : पत्नी अर्कैसँग हिँडेपछि बिरक्तिएका एक व्यक्तिले दुर्इ छोराछोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् । मोरङको बेलबारी–२ का ३५ वर्षीय ताराजुन राईले दुर्इ छोराछोरीलाई पासो लाएर हत्या गरेपछि आफूले पनि शनिबार राति आत्महत्या गरेका हुन् ।
उनले तीन वर्षीया छोरी दीपिका र ५ वर्षीय छोरा दीपेन्द्रलाई पासो लगाएर मारेपछि आफू पनि झुन्डिएका थिए । उनले छोराछोरीलाई पासो लाएर मारेपछि आफूले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ताराजुन र उनका छोराछोरीको शव आइतबार बिहान घरैमा झुण्डिएको अवस्थामा भेटिएको थियो । ताराजुनकी पत्नी एक हप्ताअघि अर्कैसँग भागेपछि उनी तनावमा थिए । एजेन्सी

काठमाडौं । प्रत्येक महिना मतदाता भेटघाट गर्न गृह जिल्ला आउने पूर्व प्रधानमन्त्री बावुराम भट्टराईको यसपालिको उद्देश्य अलिक फरक थियो । यसअघि पार्टी कार्यकर्ताले भरिभराउ हुने उनी सहभागी कार्यक्रम यसपटक भने इष्टमित्र, नातागोताले ओगटेका थिए ।
जन्मथलो खोप्लाङ-४ बेलबासमा जग्गे लगाइएको थियो । बावु भोजराज भट्टराई १९८७ भाद्रमा जन्मेको घरको भग्नावेश स्थलमा १५ जना पण्डितले विधिपूर्वक पाठ गरिरहेका थिए । गाडीबाट ओर्लेर जेठा छोरा बावुराम टुप्लुक्क जग्गेमै पुगें । मुल पण्डितले उनलाई देखेपछि जग्गेमै घुमेर पिता सँगै बस्न सुझाए ।
भट्टराई अघिअघि पत्नी हिसिला यमी पछि पछि जगिए घुमेर बसे । पण्डितले भट्टराई दम्पत्तीलाई टिका माला लगाई दिए । टिका लगाउँदै पण्डितले आर्शिवाद दिए ुसमयमा नै राम्रो संविधान लेख्नु ।
सभासद समेत रहेका भट्टराईले आर्शिपादको साँटो धन्यवाद फर्काए ।
फुलपाती लिएर जगिएमा बस्ने पण्डितको आग्रहलाई पालाना गरे । ुजसो जसो बाहुन बाजे उसैउसै स्वाहाु भन्दै एमाओवादी नेता दुई हात जोडेर जगिएमा बसे । सप्ताह र चौरासी पुजा हाँसो र खासखुस सँगै सुरु भयो ।
घरमा रंगीचङ्गी तोरन डागिएको थियो । सँगै भोजभत्तेर पाक्दै थियो । महिलाहरु प्रसाद बनाउन व्यस्त देखिन्थे । बावु चौरासीका लागि ७ दिनअघि नै घर आएर बसेका हुन् । गाँउभरिका लागि निम्तो दिइएको थियो ।
छिमेकी गाविसहरुबाट समेत पण्डित र इष्टमित्र आएका थिए । संविधान निर्माणमा सहमति जुटाउन स्वविवेक प्रयोग गर्ने अधिकार पाएका उनी प्रतिवेदन बुझाए लगत्तै चौरासी पुजामा सहभागी हुन यहाँ आईपुगेका थिए । त्यहि मौकामा पण्डितहरुले टिकाटाला गरेर संविधान बनाउन आर्शिबाद दिएका हुन् ।
जग्गेमै बावु सँगै बसेपछि उनले दुई दिन अघि कुलदेवता पुजामा झापा गएर आएको सुनाए । ुबुवाको चौरासी पुजामा मेरो सदभाव छ भन्दै उनी जग्गेबाटै उठ्न खोजे । पत्नी हिसिला यमीले फोटो खिच्न भन्दै रोकिन् । फोटो खिचेपछि जग्गेमा छोराले गर्नु पर्ने काम भाइ शिवले गर्ने भन्दै उनी बाहिरिए ।
आफ्नै घरको आँगनमा पहिलेका साथीसंगी र इष्टमित्र सँग उनको भलाकुसारी सुरु भयो । मुल पण्डित भिमराज कोइराला चौरासी छोराछोरीले पितृ (बावुआमा० को उद्धारका लागि छोराछोरीले गर्नु पर्ने ठुलो यज्ञ (चौरासी० हो भन्दै थिए । आजको कान्तिपुरमा समाचार छ ।

रोजिरोटीको व्यवस्था भए को यौन पेशामा लाग्छ ?
बाग्लुङ्गबसपार्कमा यौन धन्दा बन्द भएर अन्त बिस्तार भएको छ ।
प्रहरीको सक्रियताको कारण पोखराको बाग्लुङ्गबसपार्क क्षेत्रमा संचालन हुँदै आएको यौन धन्दा बन्द भएको छ । तर यौनधन्दा भने पोखराका अन्य क्षेत्रहरुमा संचालन हुँदै आएका छन् । यौन कर्मीहरुले पनि काम पाईरहेका छन् । उनिहरुको पेशा अहिले झन बढि बिस्तारित भएको छ । प्रहरीको यो अभियानको बारेमा र यौन व्यबसायका बारेमा यौनकर्मीहरुको धारणा कस्तो छ भनेर बुझ्नका लागि उनिहरुसँग नै छलफल गर्ने निष्कर्षसहित यौनकर्मी समिक्षासँग(नामपरिवर्तन) छलफलमा आधारित उनको कुराकानी जस्ताको तस्तै राखिएको छ ।बाग्लुङ्गबसपार्कमा यौन धन्दा बन्द भएर अन्त बिस्तार भएको छ ।
‘घरमा सौताने आमा बा आमाको लहलहैमा लाग्थे दिदिको पनि उमेर नपुगी बिबाह भयो । म एसएलसीको तयारीमा जुटेको थिएँ । टेस्ट परिक्षा दिएर बसेको मेरो घरमा बिहेको कुरा चलिरहेको थियो । तर मलाई बिहे गर्न मन लागेको थिएन । एसएलसी दिएकै दिन काठमाडौँतिर हानिए साथमा एक हजार रुपैयाँ मात्र थियो । काठमाडौमा केहि दिन काम गरेँ त्यहाँ काम गरेको पैसाले मलाई कोठा भाडा तिर्न पनि पुग्थेन । काठमाडौमा नै गाउँका साथीहरुसँग भेट भयो । साथीहरु काठमाडौमा बाँच्न नसकिने निष्कर्षसहित पोखरा जाने योजना बनाएका थिएँ । मेरो कमाईले म काठमाडौमा बाँच्न सक्ने स्थितीमा थिईन । उनिहरुको आश्रय लिएर म बसेको थिएँ । मेरो जिवनको त्यसबेला सम्मको सबैभन्दा ठुलो चाहना भनेको फेवाताल हेर्ने थियो । काठमाडौँमा आफुलाई बाँच्न गाह्रो भईरहेको थियो । उसो पनि फेवाताल हेर्ने रहरले र साथीहरुको लहलहैमा लागेर पोखरा आएँ । ’
उनि अलि भाबुक हुँदै भनिन् – ‘ रहरहरुमा थुप्रै बाध्यता निम्तीदारहेछन दाई ! फेवाताल हेर्न पोखरा आएको मेरो फेवाताल हेर्ने सपना त पुरा भएन तर बाहिरी संसारमा रमाउने तागत पनि मसँग भएन । तँपाईलाई पत्यार नलाग्न पनि सक्छ , पोखरा आएपछि मात्र मेरो कुमारित्व तोडीएको थियो । कण्डमको बारेमा मैले पढेको थिए तर पोखरा आएपछि कण्डम यस्तो हुन्छ भनेर देखेँ । बाग्लुङ्ग बसपार्ककको एउटा होटलमा तिनमहिनासम्म म कोठामा थुनिएर बसेँ ।
तिन महिना कटाउन मलाई थुप्रै्र बर्ष कटाएको भान भएको थियो । रहरले निम्त्याएको बाध्यतासँग मेरो पश्चताप थियो तर पश्चताप गर्नका लागि समय र उचित ठाउँ थिएन । नयाँ ठाँउ , नयाँ पेशा , नयाँ मान्छेहरुको बिचमा मैले मेरा असहमती राख्ने आँट नै गर्न सकिन । मैले दिनमा दश जना ग्राहकहरुलाई गरेको सेवाबाट पैसा कमाएको साहुले मलाई पैसा पनि दिदैन थियो ।
तिन महिना बस्दा मैले त्यहाँको परिस्थिती बुझिसकेको थिए । त्यसपछि मैले त्यहाँबाट निस्कने योजना बनाए । तर होटलको साहुले सजिलै निस्कन दिदैन थियो । न पैसा दिन्थ्यो न निस्कन दिन्थ्यो । मैले साहुलाई मुद्दा हाल्ने योजना बनाए । त्यो बेलासम्म मेरो प्रहरीहरुसँग पनि चिनजान भएको थियो । मेरो योजना थाहा पाएपछि साहु पनि पछाडी हट्यो । म त्यहाँबाट निस्किए तर अझै पनि मैले त्यो होटलमा ७० हजार रुपैयाँ लिन छ । ’
‘शिक्षित अशिक्षित सबै प्रकारका यौनकर्मीहरु यौनधन्दामा सहभागी छन् । यौनकर्मीहरुका पनि थुप्रै समस्याहरु छन् । मैले यौन धन्दा छाडेपछि पोखराका थुप्रै ठाउँमा काम खोज्नको लागि हिडेँ तर तिनहजार पैँतिससय भन्दा बढीको काम पाउन सकिएन । तँपाई नै भन्नुस दाई तिनहजार पैँतिससयामा पोखरामा बाँच्न सकिन्छ कि सकिदैन ? त्यसपछि बाग्लुङ्ग बसपार्कको एकजना दाईको होटलमा मैले काम गर्न थालेँ तर त्यो समय यौन कार्यमा संलग्न भईन । त्यसपछि पुलिसहरुले बाग्लुङ्ग बसपार्क बन्द ग¥यो र म बाहिर बस्दै आएको छु ।
होटल पनि बन्द भएपछि बाँच्नको लागि केहि त गर्न प¥यो भन्दै फेरी यहि पेशा अँगाल्ने निष्कर्ष निकालँे । म अहिले पनि छाडा रुपमा यौन व्यबसाय संचालन गर्दै आएको छैन । म सँग सम्पर्कमा केहि ग्राहकहरु छन् उनिहरुसँग मात्र मैले काम गरिरहेको छु । एकदिनमा एकजनासँग मैले बढिमा २५ हजार रुपैयाँसम्म लिएको छु । मलाई त खासै समस्या परेको छैन् । म पैसावाला मान्छेसँग मात्र जान्छु । मेरो बानीका कारण पनि ग्राहकहरु सन्तुष्ट छन् । ग्राहकहरुले नै मलाई यो पेशा छाड्नको लागि सुझाब दिएका हुन्छन् । तर लो क्लासका ग्राहकहरुसँग काम गर्दा मेरो साथीहरुले थुप्रै प्रकारका समस्या पाएका अनुभुतिहरु पनि सुनाएका छन् । उसो त साथीहरुको बानी पनि राम्रो छैन । यौनकर्मी साथीहरुको पनि जाडरक्सि र गाँजा खाने बानी हुन्छ । त्यहि कारणले गर्दा उनिहरुको र ग्राहकको झगडा पर्छ । ग्राहकलाई मनाउन सक्ने आफुसँग तरिका भयो भने कुनै प्रकारको दुख आईपर्दैन । मैले अहिलेसम्म कण्डम नलगाईकन एकजना ग्राहकसँग यौन सम्पर्क गरेको छैन । कोहिकोहिले त कर पनि गर्छन तर उनिहरु सम्झाएपछि सम्झन्छन । ’
‘बाग्लुङ्ग बसपार्क क्षेत्रबाट यो पेशा हटाउदैमा यो समस्या समधान हुन्छ भन्ने मलाई लाग्दैन । बरु अरु क्षेत्रहरुमा यो पेशा संचालन हुँदै आएको छ । पोखरा झन अन्य ठाउँहरुमा पनि यो पेशा संचालन भएको छ तर रोकिएको छैन । अहिले पनि मेरा साथीहरु लेकतिरको होटलमा बसेर यौन पेशा संचालन गर्दै आएका छन् । रहरमा पेशामा लागेका मान्छे बाहेक अन्य यौनकर्मीहरु सरकारले रोजीरोटीको समस्याको हल ग¥यो भने बिकल्प खोज्नको लागि तयार छन् । तर प्रहरी प्रशासन बाग्लुङ्ग बसपार्क बिस्तापित गरेकोमा रमाईरहेको छ । यस्ले मात्र यो समस्याको हल हुँदैन । यो तरिवाट त पोखरा पुरै यो समस्याबाट ग्रस्त हुने संभाबना रहेको हुन्छ । यो ब्यवसाय संचालन गर्न पाउन पर्छ भन्ने हाम्रो माग पनि होईन । तर उचित प्रकारको बिकल्प दिनुपर्छ भन्ने मात्र हाम्रो माग हो र कसैलाई यो पेशा नै संचालन गर्न मन छ भने पनि निश्चिर क्षेत्र तोकीनुपर्छ । त्यसो भयो भने यो समस्याको व्यबस्थित हल हुन सक्छ । म आफु पनि यो पेशा रहरमा गरिरहेको छैन । मलाई सरकारले रोजीरोटीको ब्यवस्था गरोस र केहि काम दिओस म गर्न तयार छु । ’
‘ जवसम्म हाम्रा गाला राता राता हुन्छ त्यो बेलासम्म मात्र हाम्रो बजार भाउ हुन्छ । अहिले म महिनमा ५० हजार न्युनतम कमाउन सक्छु । तर सधै यो कमाई गर्न सक्दिन । त्यसैले म यो पेशाको बिकल्प खोजिरहेको छु । म अहिले बिदेश जाने तयारी गरिरहेको छु । मेनपावरमा प्रोसेस चलिरहेको छ । अबको केहि समयमा म देश छाड्दै छु । म एक जनाले यो पेशा छाड्दैमा पुरै समस्या समधान हुन्छ जस्तो लाग्दैन । बेश्याबृत्ति समधानका लागि राज्यले उचित प्रकारको बिकल्प प्रस्तुत गर्न सक्यो भने मात्र पुर्ण रुपमा समस्याको समधान हुन्छ । त्यतातिर सरकारले पनि ध्यान दिओस । बिदेश गएर आएपछि पोखरामा एउटा घर बनाएर बस्ने लक्ष्य छ हेरौँ भाग्यले कति साथ दिन्छ । फेवाताल हेर्ने रहरले यो पेशामा लागियो अब पोखरामा घर बनाउने रहर छ त्यसकारण मैले यो पेशा छाडेर बिदेश जाने योजना बनाएको छु त्यसले कहाँ पु¥याउछ त्यो भने हेर्न बाँकी छ । ’
समाजमा अबैध तर प्रशस्त मात्रामा चलेको यौनधन्दा एउटा सामाजिक समस्याको रुपमा रहदै आएको छ । यो समस्याको समधानमा सरोकालवालाको उचित ध्यान जाओस । अनि मात्र हामी सभ्य समाज निर्माण गर्न सक्छौँ ।