काठमाडौं, २० मंसिर (ओएनएस) : एमबीबीएस छात्रबृत्तिको लागि शिक्षा मन्त्रालयले लिने परिक्षाको प्रश्नपत्र परिक्षापूर्व नै सार्वजनिक गर्ने ७ जना लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।शनिबार राजधानीका बिभिन्न नौ वटा केन्द्रमा परिक्षा संचालन हुनुपूर्व पुरानो बानेश्वरस्थित गोल्डेन गेट कलेजबाट प्रश्नपत्र आउट भएको थियो ।
प्रश्नपत्र आउट भएपछि लगत्तै अख्तिायरको विशेष टोलीले घटनामा संलग्न दुई प्राध्यापकलाई पक्राउ गरेको थियो । रातोपुलनिर उक्त एम.वि.वि.एस. परिक्षाको प्रश्नपत्र खण्ड क र ख को १०/१० पाना प्रश्नपत्रहरू विभिन्न ९ जना परिक्षार्थिहरूलाई प्रश्नपत्र दिलाईदिन्छु भनि रकम कारोवारको मध्यस्थता गर्ने डा. प्रभात कुमार कुशवाहलाई दिंदा दिंदैको अवस्थामा निर्देशक देवीराम पाण्डे र डा. प्रभात कुमार कुशवाहलाई आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।
साथै सो घटनामा संलग्न देखिएका सोहि कलेजका शिक्षक हरिहर भन्ने खेचरलाल सापकोटा, विद्यार्थीहरूसंग रकमको असुल्ने अर्का मध्यस्थकर्ता महेश्वर प्रसाद यादव समेत ७ जनालाई नियन्त्रणमा लिई निजहरू उपर थप अनुसन्धान भैरहेको छ ।
गोल्डेन गेट कलेजका लागानीकर्ता पाण्डे रसायन शास्त्र तथा सापकोटा अर्थशास्त्रका प्राध्यपक हुन् ।दुबैले प्रश्नपत्र आउट गर्नको लागि विद्यार्थीसँग २५ लाख माग गर्दै बार्गेनिङ गरेका थिए ।
१० लाख रुपैयामा सहमति भएपछि विद्यार्थीले पास भएपछि प्राप्त हुने गरि एनआईसी एसिया बैंकको चेक दिएका थिए । प्रश्नपत्र आउट हुनेसक्ने जानकारी पाएपछि अख्तियारको बिषेश टोलीले एक महिनाअघि देखि अनुसन्धान गरेको थियो ।
बेइजिङ, यूनिभर्सिटी जस्तो ठाउँमा छात्र-छात्राहरू पढेर आफ्नो करिअर बनाउन आउँदछन । तर सोच्नुस त, यस्तो ठाउँमा यदि देह-व्यापार को धन्धा भयो भने के होला ?
ईचाइनासिटीजमा प्रकाशित एक खबर अनुसार चीनको वुहानमा एक कलेजमा वेश्यावृत्ति निकै लामो समयदेखि चलिरहेको कुराको खुलासा भएको छ । केही समय अघि मात्र चीनका कलेज तथा यूनिभर्सिटीहरूमा घट्ने आपत्तिजनक घटनाहरूमा बृद्धि भैरहेको समाचारहरू प्रकाशनमा आएका थिए ।
वुचाङ पोलिटेक्निक स्कूल का केही छात्रहरूले प्रहरीमा उनीहरूको होस्टलको बाहिरनै एक गुप्त होटल चलिरहेको बताएका थिए । यो होटल क्याम्पस हाता भित्रनै रहेको छ ।
होस्टलमा यस प्रकारको गतिबिधि हुने कुराको सूचना पाएको प्रहरी हर्कतमा आइहाल्यो । जाँचका क्रममा प्रहरीले उक्त गुप्त होटल कुनै होटल नभए त्यसको आडमा चलिरहेको एक वेश्यालय रहेको पाएका थिए ।
यस वेश्यालयमा यदि छात्र-छात्राहरू आफ्नो आई-कार्ड देखाउँदछन भने उनीहरूलाइ स्पेशल छूट पनि हुने गर्दछ । अब होटलको म्यानेजमेन्ट र कलेजका अधिकारी जांचको घेरामा परेका छन । यस अघि पनि चीनका कलेजहरूमा प्रोफेसरहरूले छात्राहरूसंग जबरजस्ती किस गराउने र सेक्स एजुकेशनको नाममा आपत्तिजनक काम गर्ने गरेको कुराले निकै चर्चा पाएको थियो । एजेन्सी

काठमाडौं,मंसीर २० – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यंग गरेको भन्दै नेपाल टेलिभिजबाट प्रसारण हुने चर्चित टेलिश्रृङखला ‘तितो सत्य’ प्रशारणमा रोक लगाइएपछि देशव्यापी चर्चा भइरहेका बेला यसलाई लिएर भारतीय मिडियामा समेत हंगामा मच्चिएको छ ।केहि दिनअघि मोदीको नक्कल गरिएको दृश्य टेलिभिजनले पाएपछि यसलाई प्रसारण हुनबाट रोकेको थियो ।
द इन्डियन एक्सप्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यंग गरिएको भन्दै हास्य टेलिश्रृङखलाको प्रसारणमा रोक लगाइएको लेखेको छ ।कार्यक्रम निर्देशक प्रकाशजंग कार्कीलाई उदृत गर्दै इन्डीयन एक्सप्रेसले भनेको छ ‘भारतीय प्रधानमन्त्रीको नक्कल गरिएको छ तर मोदीको इज्जत जाने खालको कुनै पनि नक्कल गरिएको छैन ।’
भारतीय चर्चित पत्रिका द हिन्दुको अनलाइन संस्करण द हिन्दु डटकम, इडियन एक्सप्रेसलगायत अनलाइनले प्रमुखताका साथ यो समाचार प्रकाशित गरेका छन् । भारतीय टेलिभिजन च्यानल जी न्यूजले पनि तितो सत्य प्रसारणमा लोक लगाइएको विषयलाई स्थान दिएको छ ।
द हिन्दु दैनिक पत्रिकाको अनलाइन संस्करणमा तितो सत्यको ५५६ औं भाग प्रशारणमा रोक लगाइएको बताइएको छ । जी न्युज टेलिभिजनको अनलाइनसंस्करणले पनि यो विषयलाई स्थान दिएको छ ।‘यो अभिव्यक्ति स्वतन्त्रताविरोधी हर्कत हो’,तितोसत्यका दिपकराज गिरीले जि अनलाईनसाग कुराकानी गर्दै भनेका छन्,‘मोदी आफैं पनि भारतमा उनीमाथि व्यंग गरिएका कार्यक्रम हेर्छन् ,अमेरिकाका राष्ट्रपति बाराक ओवामा पनि उनी माथि व्यंग गरिएका कार्यक्रम हेर्छन् । तर यहा विचित्र भएको छ । हामी मोदीको सम्मान गछौं,अनादर गर्दैनौं ।’
भारतको दैनिक पत्रिका भाष्करको अनलाइन संस्करणले ‘नेपाल सरकार ने नहीं उड़ाने दिया नरेंद्र मोदी का मजाक, शो बैन करने पर भड़के निर्माता’ शीर्षकमा समाचार लेखेको छ । सोही अनलाइनमा ‘नरेन्द्र मोदीका उपहास उडानेवाले नेपाली टिभी सो के प्रसारण पर रोक’ शीर्षक दिएर अर्को समाचार समाचार पनि प्रकाशित छ ।

राजघाट, २० मङ्सिर, मोरङको राजघाट—७ भोटेपुलमा हिजो साँझ आगलागी हुँदा दुई विगाहा खेतमा लगाइएको धानको पराल जलेर नष्ट भएको छ । हिजो साँझ ८ बजे स्थानीय मैया श्रेष्ठको धानको परालमा आगलागी भएको हो ।
स्थानीयबासी, प्रहरी र दमकको वारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि पराल भने पूर्ण रुपमा नष्ट भएको छ । आगोलागीकोबाट ५० हजार बराबरको क्षति भएको छ भने मानविय क्षति भएको छैन् ।
आगो नियन्त्रण गर्न ४ घण्टा समय लागेको थियो । बालबालिकाले लुकेर चुरोट सेवन गरी फालेको आगोले आगलागी भएको हुन सक्ने स्थानीयबासीको अनुमान रहेको छ । aajakokhabar.com

काठमाडौ मंसिर २०
परीक्षामा सोधिने प्रश्नले विद्यार्थीको मनोभावमा ठेस पुर्याउनुहुन्न। यो, शैक्षिक मान्यता नै हो, आजको नयाँ पत्रिका दैनिकमा समाचार छ, तर निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनले कक्षा १०का विद्यार्थीका लागि तयार गरेको प्रश्नपत्रमा मनोभावमा मात्रै ठेस पुर्याएन, छात्रलाई मात्र सम्बोधन गरेर प्रश्न सोधिएको छ।
‘आफू धन कमाएर घर फर्किँदा आफ्नी श्रीमती पोइल गएपछि आफ्ना मनमा उठेका भावहरू समेटी एक मनोवाद लेख्नुहोस्’ एसएलसी पूर्वयोग्यता परीक्षा ०७१ अन्र्तगत शुक्रवार नेपाली विषयको प्रश्नपत्रमा सोधिएको एक प्रश्न हो यो।
‘कक्षा १०मा अध्ययन गर्ने छात्राले यसबारेमा कस्तो मनोभाव लेख्लिन् ? यस्तो नकारात्मक भाव फैलाउने प्रश्न गरेर शिक्षकले कस्तो मनोभाव बुझ्न खोजेको हो? शिक्षाविद् डा.सुसन आचार्य भन्छिन् ‘प्रश्नकर्ता शिक्षकको मनोभाव यसैबाट प्रष्ट हुन्छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले १ हजार जना व्यक्तिको सम्पति गोप्यरुपमा अनुसन्धान भइरहेको बताएका छन्। संसदको सुशान तथा अनुगमन समितिमा बोल्दै कार्कीले शंकास्पद व्यक्तिहरुको खातामा ५ सय मात्रै भेटिएकाले अनुसन्धानमा चुनौति देखिएको बताए।
कार्कीले भ्रष्टाचार सानो ठूलो नहुने बताए। उनले उजुरीका आधारमा अनुसन्धान गर्ने भएकोले सानालाई समात्ने र ठूलालाई छोड्ने गरेको आरोपमा सत्यता नभएको बताए।
कार्कीले अख्तियारले क्षेत्राधिकार ननाघेको दाबी गरे। अख्तियार सुशान समितिको मातहतमा रहेकाले आफ्नो कामको बारेमा यहाँ आएर जानकारी गराउन तयार रहेको उनले उल्लेख गरे। 'नियमावली अनुसार सुशान समितिमा अख्तियार रहेको बताउँदै सबै समितिमा आउनु पर्ने भए त्यो पनि उल्लेख गरेको भए हुन्थ्यो' कार्कीले भने। समितिका सभापति शेरधन राईले नियमावलीको ब्याख्या नगर्न र समितिहरुको सम्मान गर्न कार्कीलाई निर्देशन दिएका थिए।
www.nagariknews.com

काठमाण्डु, १९ मंसिर– ‘हिन्दू राष्ट्र स्थापनाको अभियानमा जुटेका केही व्यक्तिले आफूहरु मर्न र मार्न तयार रहेको चेतावनी दिएका छन् ।
‘सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति’ ले शुक्रबार काठमाण्डुको तिनकुनेमा गरेको कार्यक्रममा उनीहरुले यस्तो धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् ।
कार्यक्रममा सन्तश्री निवास आचार्यले हिन्दू राष्ट्र नभए आफूहरु मर्न र मार्न पछि नपर्ने धम्की दिए ।
शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको भन्दै रत्नपार्ककको अनसनबाट बलपूर्वक हटाइएकामा आपत्ति जनाउँदै फेरि अनसन थाल्ने उदघोष गरे ।
सभामा सन्त आचार्यका साथै हिन्दू राष्ट्र संघर्ष समिति संयोजक हरिबोल भट्टराई, माधव भट्टराई, कुमार रेग्मीलगायतले सम्बोधन गरेका थिए ।
उनीहरुले नेपाल हिन्दू राष्ट्र कायम नभएसम्म आन्दोलन नरोकिने बताए ।
- kathmandutoday.com
उनीहरुले नेपाल हिन्दू राष्ट्र कायम नभएसम्म आन्दोलन नरोकिने बताए ।
बलिउड अभिनेत्री माधुरी दीक्षितलाई डन ‘छोटा राजन’ को नाम दिएर धम्की दिने व्यक्ति पक्राउ परेका छन् । मुम्बई प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
माधुरीलाई ती व्यक्तिले फोनबाट धम्क्याउँदै मोटो रकम मागेका थिए । त्यो व्यक्तिले माधुरीलाई पैसा नदिए
छोराछोरी अपहरण गर्ने र मार्ने सम्मको धम्की दिएका थिए ।
मुम्बई प्रहरीले धम्कीको बारमा जानकारी प्राप्त भएपछि खोजतलास सुरु गरेको थियो । पक्राउ परेको व्यक्तिबारे प्रहरीले थप केही जानकारी दिएको छैन ।
एजेन्सी ।

काठमाडौ–नेकपा माओवादीका संयोजक नेत्रबिक्रम चन्दसहितका नेता कार्यकर्तालाई निगरानीमा राख्न नेपाल प्रहरीलाई गृहमन्त्री बामदेव गौतमले निर्देशन दिएका छन् । राज्यले आफुहरुलाई दमन गरे बन्दुक उठाउने चेतावनी दिदै आएका विप्लवलाई सवैभन्दा बढि निगरानी गर्न गृहमन्त्रीले आइजीपी उपेन्द्रकान्त अर्याललाई निर्दशन दिएका छन् ।
गृहमन्त्रीको निर्देशनपछि नेकपा माओवादीका नेता कार्यकर्तालाई प्रहरीले निगरानीमा राख्न थालेको छ । तर संयोजक विप्लवको सेल्टर भने प्रहरीले पत्ता लगाउन नसकेको जानकारी गृहमन्त्रालयलाई गराएको छ । उनी कहाँ र को सँग के गरिरहेका छन त्यसको जानकारी तत्काल आफुलाई दिन गृहमन्त्रीले आईजीपीलाई निर्देशन दिएका थिए ।
गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीको प्रतिआतंकवाद नियन्त्रण महाशाखा, आईजीपी अर्यालको सचिवालय, केन्द्रीय अनुसन्धान ब्यूरो सक्रिय भएको छ । सक्रिय प्रहरीको टोलीले चन्द लगायतका नेताहरुको निगरानी बढाउदै उनीहरुको गतिविधी नियाली रहेको छ । दिनभर पाएको सुचना साँझ गृहमन्त्री गौतमलाई दिने गरेको गृहमन्त्रालय स्रोतले बताएको छ ।
आगमी पुसमा महाधिबेशन गर्न लागेको नवगठित नेकपा माओवादीले जिल्ला तहको संगठन निर्माणमा लागि रहेको छ । चन्द पक्षका बलियो भएको जिल्लामा पनि सुरक्षा निगरानी बढाउन गृहमन्त्रालले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । अनलाइन दैनिक

भारतको अमृतसरमा एक गाईले दिनमा तीन पटक १८ लिटरका दरले दुध दिन्छ। अमृतसरमा भएको पशु मेलामा राखिएको सो गाई आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ। यो एचएफ क्रस नस्लको गाई हो।
गाईका मालिक हरविन्दर सिंहले भारतीय नस्लका गाईलाई नै विकास गरी यस्तो गाई बनाइएको बताए। उनले गाईको दुध बेचेर बार्षिक ४ लाख भारु कमाउने गरेको पनि बताए।
पशुपालन विभाग डा.हरविन्दर सिंह सिन्धेका अनुसार विभागले यो नस्लका गाई देशका अरु भागमा पनि फैलाउने योजना बनाएको छ। एजेन्सी

घर भाडामा लिएर वेश्यावृत्ति सञ्चालन गर्दै आएका एक दम्पतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर–१३ स्थित सोमबारे हाट नजिकै घर भाडामा लिएर महिनौँदेखि वेश्यावृत्ति सञ्चालन गर्दै आएका २५ वर्षीया सुष्मा राई उनको पति ३० वर्षीय सन्तोष कटुवाल र तीनजना युवतीलाई वडा प्रहरी कार्यालय विराटनगरको टोलीले आज बिहान पक्राउ गरेको हो ।
सङ्खुवासभा सिद्धपोखरी–६ घर बताउने सुष्मा र भोजपुर घर बताउने सन्तोषले ग्राहकसँग सम्झौता गरेर रेस्टुरेन्टमा काम गर्ने महिलालाई बोलाएर वेश्यावृत्ति गराउने र केही युवतीलाई आफ्नो नातेदार बताउँदै घरमै राखेर यौनधन्दा चलाउने गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दराज काफ्लेले बताए ।
खुलेआम हुँदै आएको यौन धन्दाले गर्दा आजित भएका स्थानीयवासीले प्रहरीलाई गोप्य सूचना दिएपछि घरमा निगरानी गरेर छापा मारेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस

भारत प्रशासित कास्मिरको उरीमा रहेको सैन्य क्याम्पमा हतियारधारीहरुले आक्रमण गर्दा दुई प्रहरीसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान हतियारधारीले क्याम्पमा आक्रमण गरेपछि दोहोरो भिडन्त भएको भारतीय सेनाले जनाएको छ।
मुस्लिम बाहुल्य भएको कास्मिरमा विधानसभाका लागि गत नोभेम्वर २५ देखि पाँच चरणमा चुनाव भइरहेको छ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यङ्ग्य गरेको आरोप लगाउँदै नेपाल टेलिभिजनले लोकप्रिय हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’को ५७६ औं श्रृखंलाको प्रसारण रोकेको छ।
नेपाल टेलिभिजनले बिहिबार एक हप्ता अगाडि प्रसारित श्रृखंलालाई नै पुन प्रसारण गरेको छ।
टेलिभिजनको सेन्सर बोर्ड शाखाले टेलिभिजनमा सरकार एवम् छिमेकी राष्ट्रलाई विवादित पार्ने सामान्य प्रकृतिका सामाग्रीलाई पनि रोक लगाउने गर्छ।
नेपालको अभिव्यक्ति स्वतन्त्रताको कानुनसँग पटक्कै मेल नखाने क्रियाकलाप सरकार नियन्त्रीत सञ्चारमाध्यमले गर्दै आएका छन् ।
करिब एक दशक अगाडि पनि सरकारको मातहत चल्ने अर्को सरकारी मिडिया रेडियो नेपालको स्व राजा वीरेन्द्र उपस्थित वार्षिकोत्सव कार्यक्रममा दीपकराज गिरीले २०५ सभासदलाई व्यङ्ग्य गरिएको प्रहसन प्रस्तुत गरेपछि रेडियो नेपालबाट बाहिरिनु परेको थियो।
नेपाल टेलिभिजनको यो रवैयाप्रति असन्तुष्ट हुँदै दिपकराज गिरीले फेसबुकमार्फत आफ्नो कडा विरोध जनाएका छन,
उनले फेसबुक वालमा यस्तो लेखे–

काठमाडौं- राजधानीको नयाँबसपार्कमा फेन्सी पसल चलाउँदै आएकी सन्तकुमारी शर्मालाई बिहीबार एक ग्राहकले दिएको नयाँ नोट समाउनासाथ शंका लाग्यो। उनले बारम्बार नोट छामिन्, साबिकभन्दा केही खस्रोजस्तो महसुस भयो। कतै नक्कली त होइन? उनको पसलमा कपडा किन्न आएका नारायणपुर–९, दाङका आशिष चौधरीले दिएको ५ सय नेपाली रुपैयाँको नोटमा शंकालु नजर दौडाएकी शर्माले तुरुन्त प्रहरी बोलाइन्।
प्रहरीले वर्काईफर्काई नोट नियाले।
यकिन भएन, नजिकैको बैंकमा लगेर जँचाए।
नभन्दै, शर्माको शंका सही निस्कियो। नोट नक्कली नै रहेछ।
झटपट चौधरीलाई नियन्त्रणमा लिएर खानतलास गर्दा उनको साथबाट त्यस्ता थप १४ वटा नोट फेला परे, जुन सबै नक्कली थिए।
'छाम्दा केही खस्रो लाग्यो भनेर खबर आयो,' महानगरीय प्रहरी वृत्त, महाराजगन्जका प्रमुख सानुराम भट्टराईले नागरिकसँग भने, 'सक्कलीको तुलनामा केही खस्रो भए पनि हेर्दा सक्कलीझैं देखिएपछि बैंकमा लगेर परीक्षण गरायौं, नक्कली नै रहेको खुल्यो।'
लगत्तै चौधरीलाई पक्राउ गरी प्रारम्भिक बयान लियो प्रहरीले। प्रहरीका अनुसार चौधरीले तुरुन्तै स्विकारे र दाङमा रहेको आफ्नै घरमा रंगीन फोटोकपी गरेर नक्कली नोट तयार पारेको सूचना दिए। लगत्तै दाङ प्रहरीले उनको घर छापा मार्दा पनि नक्कली नेपाली रुपैयाँ फेला परेको भट्टराईले जानकारी दिए।
चौधरीले नक्कली नोट तयार पारेर बिहीबार पहिलो परीक्षण गर्न कपडा पसल पुगेको प्रहरी बयानमा दाबी गरेका छन्। प्रहरी भने उनको भनाइ पत्याइहाल्न तयार छैन। प्रहरीको आशंका छ– चौधरी नक्कली नोट गिरोहकै सदस्य हुन सक्छ। किनकि, बजारमा नेपाली नक्कली नोट फेला परेको यो पहिलो घटना होइन।
'दाङको घरमा समेत केही नक्कली नोट फेला परेका छन्,' भट्टराईले भने, 'प्रारम्भिक बयानमा आफू एक्लैले काम गरेको बताएका छन्, समूह नै छ या उनी एक्लै हुन् भन्ने पाटोमा अनुसन्धान भइरहेको छ।'
नक्कली भारतीय रुपैयाँका कारोबारी नेपाललाई 'हब' नै बनाएर भारतमा कारोबार फैलाउन सक्रिय देखिएकै बेला पछिल्लो समय नक्कली नेपाली रुपैयाँ फेला पर्ने क्रमसमेत बढेको देखिन्छ। यसरी पक्राउ पर्नेमा भारतीय नागरिकको संख्या बढी छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०६६ यता १६ लाख नक्कली नेपाली रुपैयाँ फेला परिसकेको छ।
२०६९ मा नक्कली नेपाली रुपैयाँ फेला पर्ने क्रम ह्वात्तै बढेको थियो। २०७१ मा आएर पुनः नक्कली नेपाली रुपैयाँका कारोबारी सक्रिय हुने प्रयासमा रहेको देखिन्छ।
प्रहरी तथ्यांकअनुसार एक महिनाअघि मात्र झापामा ५० हजार नक्कली नेपाली रुपैयाँ फेला परेको थियो। प्रहरीले कात्तिक १९ गते ५० हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक राजगढका श्याम महाली र सिनु महालीलाई पक्रेको थियो।
पाँच महिनाअघि बारामा पनि १ लाख नक्कली नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका थिए। असार २५ गते समातिएका उनीहरू भारतीय महम्मद मुस्तकिम र नेपाली रामदयाल ठाकुर लोहार थिए। यो घटनाबाट भारतको प्रेसमा छापिएका नक्कली नेपाली नोट बजारमा छरिएको खुलेको थियो। प्रहरीले यी दुवै जनाविरुद्ध खोटा चलन मुद्दा चलाए पनि यो समूहका अन्य सदस्य फेला पर्न सकेनन्।
२०७० भदौ १९ मा विराटनगरमा ८ हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक किसनकुमार भगत पक्राउ परेका थिए। जोगबनी नाकाबाट विराटनगर छिरे लगत्तै उनी पक्राउ परेका थिए। उनको साथबाट फेला परेको ८ वटै हजार नोटको नम्बर एउटै देखेपछि सशस्त्र प्रहरीले सहजै नोट नक्कली भएको भेउ पाएको थियो।
२०७० वैशाखमा नारायणी प्रहरीले वीरगन्जमा १ लाख ३८ हजार नक्कली नेपाली रुपैयाँसहित स्थानीय वहिद अन्सारीलाई पक्रेको थियो।
संगठित समूह
तीन वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा नक्कली नेपाली रुपैयाँका कारोबारीले वीरगन्जलाई हब बनाएको खुलेको थियो। नक्कली नेपाली रुपैयाँ फेला परेका जिल्लाका आधारमा बारा, कञ्चनपुर, चितवन, कैलाली, नवलपरासी, धनुषा, गोरखा, काठमाडौं, नुवाकोट, गुल्मी, तनहुँमा कारोबारी बढी सक्रिय देखिन्छन्।
२०६८ मंसिरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ लाख ११ हजार नक्कली नेपाली रुपैयाँसहित विनोदकुमार साह र शिवशक्ति पोखरेललाई काठमाडौंमा पक्रेको थियो। ब्युरोको अनुसन्धानमा साह भारतीय नक्कली नोटको कारोबार छाडेर नेपाली नक्कली नोटको कारोबारमा संलग्न भएको खुलेको थियो।
साह २०६६ चैतमा नक्कली भारुसहित पक्राउ परेर धरौटीमा रिहा भएपछि कपडा व्यापारी पोखरेलसँग मिलेर नेपाली नोट कारोबारमा लागेका थिए। पछिल्लो समय पक्राउ परेका कारोबारी अधिकांश भारतीय नागरिक रहेको देखिन्छ। ब्युरोको अनुसन्धानमा यस्ता कारोबारी सहरी क्षेत्रभन्दा बढी तराई र पहाडका ग्रामीण क्षेत्रमा सक्रिय रहेको खुलेको थियो।
केन्द्रीय प्रहरी प्रवक्ता माधव जोशी फाट्टफुट्ट नक्कली नेपाली रुपैयाँ फेला परिरहे पनि यसले संगठित स्वरुप लिइनसकेको बताउँछन्। हालसम्म पक्राउ परेका कारोबारी र उनीहरूको कार्यशैली हेर्दा व्यक्तिगत तहमै यो अपराध रहेको उनको तर्क छ।
'संस्थागतभन्दा व्यक्तिगत रूपमा नक्कली नेपाली नोट कारोबारको प्रयास भइरहेको देखिन्छ,' उनले भने, 'अहिलेसम्म संगठित स्वरुप लिइसकेको देखिएको छैन।'
भारतीय प्रेसमा नेपाली नोट
प्रहरीले २०६७ सालमा ललितपुरको ठैबमा २ लाख ९२ हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्रेको थियो। जहाँगिर सेखको ठैबस्थित डेरामा प्रहरीले छापा मार्दा गुणस्तरीय कागजसँगै रंगीन फोटोकपी मेसिनसमेत फेला पार्योज। परीक्षणमा फेला परेका नोट फोटोकपी गरिएको खुल्यो।
बारामा फेला परेको नोट भने फोटोकपी थिएन। सामान्य रूपमा आँखाले हेर्दा सक्कली बराबरकै गुणस्तर रहेको नोट परीक्षणमा आधुनिक प्रेसमा छापिएको खुलेको थियो। बारामा पक्राउ परेका लोहार दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट सामानुपातिकतर्फबाट उम्मेदवार बनेका र उनले निर्वाचनमा मतदाता प्रभावित पार्न नक्कली नोट बाँडेको समेत खुलेको थियो। उनले आफ्नो बयानमा भारतीय प्रेसमा छापेर नक्कली नोट नेपाल ल्याएको खुलाए पनि अनुसन्धान त्यहाँबाट अगाडि बढ्न सकेन।
प्रहरीले बरामद गरेका नक्कली नोटमा अधिकांश ५ सय र हजारका छन्। सयका नोटसमेत फेला पर्ने गरे पनि त्यसको संख्या न्यून छ। डिआइजी जोशीले प्रविधिको सहज प्रयोगका कारण नक्कली नेपाली नोटको गुणस्तरीयता बढेको हुनसक्ने बताउँदै सानो परिमाणमै कारोबार हुनु पनि अर्थतन्त्रलाई चुनौती हुने भएकाले नक्कली नोट कारोबार नियन्त्रणलाई प्रहरीले उच्च प्राथमिकतामा राखेको बताए। नागरिक समाचारबाट साभार ...

काठमाडौं,मंसिर १९ – मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन चक्रपथभित्र ६ किलोमिटर सडक भत्काउने भएको छ । भत्काइने सडकको अधिकांश भाग भर्खर मात्रै कालोपत्रे भएका छन् । आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ – मेलम्ची खानेपानी आयोजना –२ अन्तर्गतको आयोजना कार्यान्वयत निर्देशनालयका बरिष्ठ इन्जिनियर लीलाप्रसाद ढकालले पाइप विछ्याउन सडक खन्न लागिएको बताए ।
भर्खरै कालोपत्रे गरिएको भए पनि सडक भत्काउनुको विकल्प आफूहरुसँग नभएको उनको भनाई छ । ‘चक्रपथभित्र ६ सय किलोमिटर पाइप बिछ्याउन ठेक्का लागिसकेको छ । केही स्थानमा काम सुरु भइसकेको छ,केही हुन बाँकी छ । अबको केही दिनभित्र सबै स्थानमा काम सुरु हुन्छ । यसक्रममा कतिपय स्थानमा कालोपत्रे सडक भत्काउनैपर्ने हुन्छ । हामीसँग त्यसको बिकल्प छैन’, ढकालले भने,‘विकास निर्माणका क्रममा केही असुविधा हुन्छ,त्यसलाई स्वभाविक मान्नुपर्छ । रतोपाटी

१८ मंसिर, काठमाडौं । विदेशी पीआर र ग्रीनकार्ड बोकेका निजामति कर्मचारीमाथि कारवाही गर्ने कानुन बनाउनका लागि संसदमा छलफल भइरहेका बेला केही मन्त्रीहरुकै पीआर तथा ग्रीनकार्ड माथि छानविन हुनुपर्ने सभासदले आवाज उठाएका छन् ।
संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा डिभी, पिआर र ग्रिनकार्डधारी कर्मचारीको विवरण माग्नुपर्ने बहस चलेको थियो ।
एमाले सभासद यज्ञराज सुनुवारले भने केही मन्त्रीको समेत त्यस्तो विदेशी नागरिकता रहेको आशंका गर्दै उनीहरुमाथि छानविन हुनुपर्ने बताएका छन् ।
निजामति सेवा ऐन संशोधन विधेयकमाथि छलफल चलेकाले सुनुवारको भनाइलाई बैठकमा त्यति धेरै महत्व दिइएन । तर, सभासदहरुले अर्को बैठकमा मन्त्रीको पीआरका बारे गम्भीर ढंगले कुरा उठाउने तयारी गरेको उनले बताए ।

आफूले जनता र मिडियाले उठाएको विषयलाई संसदभित्र प्रवेश गराएको सुनुवारले बताए । ‘निजामति विधेयकलाई मन्त्रिपरिषदबाट अघि बढ्नै नदिन केही मन्त्री लागेको सुनियो’ सुनुवारले भने ‘दुई/तीनजना मन्त्रीको ग्रीडकार्ड र पीआर रहेको कुरा मिडियामा समेत आएकाले सत्य तथ्य बाहिर आउनुपर्छ’ ।
पीआर लिएका निजामति कर्मचारीलाई कारवाही गर्ने सम्बन्धी निजामति ऐन संशोधनको प्रावधानमा अर्थमन्त्री डा. रामशरण महत, सञ्चारमन्त्री मिनेन्द्र रिजाल र शहरी विकास मन्त्री डा. नारायण खड्काले बिरोध जनाएका थिए ।
डा. महत र रिजाल राजनीतिमा पूर्णकालीन हुनुअघि अमेरिका बसोबास गर्थे भने खड्का क्यानाडाका निवासी थिए । खड्काले विहेसमेत विदेशीसँगै गरेका छन् ।
एमाले सभासद सुनुवारले मन्त्रीहरु समेत पीआरधारी रहेको भनी समितिमा उठाएको विषयलाई छलफलमा ल्याउनुपर्ने धारणा राष्ट्रिय जनमोर्चाका सभासद चित्रवहादुर केसीले पनि राखे ।
‘सरकार चलाउने व्यक्तिले दुई देशको नागरिकता लिएको हो भने त्यो भन्दा अपराध अरु हुन सक्दैन’ केसीले भने ।
तर, डीभी पीआर लिएको विषयलाई ऐन बनाएर नियन्त्रण गर्ने प्रक्रिया ठीक नभएको कांग्रेस सभासद अमरेशकुमार सिंहले बताए ।
तीन दिनभित्र पीआरधारी कर्मचारीको विवरण माग्ने निर्णय गरिसकेको राज्य व्यवस्था समितिमा निजामतिमात्र होइन, सेना प्रहरी लगायत सभासद र मन्त्रीहरुको डीभी तथा पीआरको पनि छानविन हुनुपर्ने भाग सभासदहरुले उठाएका छन् ।
बन्दै गरेको घरअगाडि सडकको रेलिङ काट्नेलाई काठमाडौं महानगरपालिकाले करिब १५ हजार रुपैयाँ जरिवाना तिराएको छ। नागरिक दैनिकमा समाचार छ । बिनास्वीकृति सार्वजनिक सम्पत्ति बिगारेको भन्दै महानगरपालिकाले बुधबार ४ बजे सो जरिवाना असुल गरेको हो।
मंगलबार दिउसो ३ बजेतिर त्रिपुरेश्वरस्थित संगीता मास्केको निर्माणाधीन घरअगाडि बाटोको रेलिङ काट्दै गरेको अवस्थामा महानगरपालिका प्रहरीले काट्नेलाई पक्राउ गरेको थियो। अनुगमनमा संलग्न नगर प्रहरी श्याम तिमल्सिनाका अनुसार बन्दै गरेको घरलाई बाटो नहुँदा रेलिङ काटेको भेटिएको थियो।
उनका अनुसार घरको जिम्मा लिई काम गर्दै आएका आरजु डेभलपर्सका सुपरभाइजर डिल्लीप्रसाद खनाललाई पक्राउ गरी कारबाही गरेको हो। बिनास्वीकृति सार्वजनिक सम्पत्तिलाई बिगारेको खनालले स्वीकारेको उनले बताए।
सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरेबापत गल्ती नदोहर्या उने सर्तमा घरधनी मास्केलाई जरिवाना तिराइएको महानगरपालिका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले बताए। ‘घरैअगाडिको सार्वजनिक सम्पत्तिको रक्षा गर्नुसाटो काट्नेलाई सम्पत्तिको संरक्षणमा दायित्वबोध गर्न यस्तो कारबाही जरुरी छ,उनले भने।
स्थानीय स्वायत शासन ऐन २०५५ को दफा १६५ को उपदफा १ ङ मा सार्वजजिक सम्पत्ति नोक्सान गर्नेलाई महानगरपालिकाले १५ हजार रुपैयाँसम्म जरिवाना गरी हानी नोक्सानीको बिगोसमेत असुलउपर गरी वा साबिक अनुसार तयार गर्न लगाउन सक्ने व्यवस्था छ।
प्रहरीले बैंक खाता सञ्चालन र एटीएम प्रयोग सम्बन्धी एक सूचना निकाले सबैलाई सचेत हुन आग्रह गरेको छ ।
सूचनामा बैंक खाता सञ्चालन गर्दा चनाखो हुनु पर्ने र एटिएमको प्रयोगमा सचेत हुन आग्रह गरिएको छ ।
यस्तो छ प्रहरीको सूचना

जनकपुर–जनकपुर बमकाण्डका मुख्य अभियुूक्त निलम्बित सभासद् सञ्जय शाहलाई थुनामै राखी कारवाही अगाडी बढाउन अदालतले आदेश दिएको छ । धनुषा ४ बाट संविधानसभामा निर्वाचत सभासद् सञ्जय शाहलाई जनकपुर बमकाण्डको मुख्य योजनाकारको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेका शाहलाई जिल्ला अदातलले थुनामै राखि कारवाही अगाडी बढाउन यस अघि आदेश दिएको थियो । जिल्ला अदातलको आदेशबिरुद्ध पुनरावेदन पुगेका शाहलाई पुनरावेदन अदालतले पनि पुर्वपक्षका लागि धुनामै राखी कारवाही अगाडी बढाउन आदेश दिएको छ ।
जिल्ला अदालतको फैसलालाई सदर गर्दै पुनरावदेनले पनि बिहीबार उनलाई थुनामा राखि कारवाही अगाडी बढाउन आदेश दिएको छ ।
साहले निर्दोष रहेको भन्दै पुनरावेदन अदालत जनकपुरमा दायर गरेको १७ नम्बर र बन्दी प्रत्यक्षीकरणको बहसपछि विहीबार यस्तो आदेश दिएको हो । न्यायाधीश पुरुषोत्तम भण्डारी र सत्यराज गुरुङको संयुक्त इजालसले साहलाई थुनामै राख्न आदेश दिएको हो ।
१८ बैषाख ०६९ मा जनकपुरको रामानन्द चौकमा पाँचजनाको ज्यान जाने गरी भएकोे बमकाण्डको मुख्य योजनाकार भएको भन्दै उनीविरुद्ध ज्यान मुद्दा दायर गरिएको छ ।
उक्त बमकाण्डमा मिथिलाकी चर्चित महिला कलाकार रञ्जु झासहित पाँचजना निर्दोष व्यक्तिको ज्यान गएको थियो । घटनमा ३५ जना बढी घाइते भएका थिए । अनलाइन दैनिक

काठमाडौ–अविवाहित एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महिला स्वकीय सचिव सुशन कर्मचार्यबिचको सम्बन्ध यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा निकै चर्चामा छ ।
लामो समयदेखि नारायणकाजीको सचिवालय समाल्दै आएकी ललितपुर निवास कर्मचार्यले प्रचण्डसँग गुनासो गरेपछि यो सम्बन्धले चर्चा पाएको हो । माओवादी कार्यकर्ताले कर्मचार्यसँग नारायणकाजीको अनैतिक सम्बन्ध रहेको चर्चा गर्न थालेपछि स्वकीय सचिव सुशन लाजिमपाट पुगेकी थिइन । लाजिम्पाटमा उनले आफ्नो भुमिका नारायणकाजीसँग सहयोगिको मात्र भएको बताएपछि चर्चा चुलिएको हो ।
माओवादी उपाध्यक्ष नारायणकाजी अविवाहित हुन् । ललितपुर निवासी सुशन विवाहित हुन् । तर उनीहरुको क्रियाकलाप अनैतिक सम्वन्धसम्मको भएको टिप्पनी माओवादी कार्यकर्ताले बिगत केही बर्षदेखि गर्दै आएका छन् । माओवादी कार्यकर्ताले अनैतिक सम्बन्ध भएको चर्चा गर्न थालेपछि श्रीमानलाई लिएर उनी प्रचण्ड निवास लाजिमपाट पुगेकी थिइन ।
उनले आफ् कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यकी भतिजी भएका कारण नारायणकाजीको सचिवालय समालेको जानकारी समेत अध्यक्ष दाहाललाई दिएकी थिइन । ‘अध्यक्ष कमरेड पार्टीका साथीहरुले अनैतिक सम्बन्धको चर्चा गर्न थालेका छन् यो रोक्नु परयो ।’
नारायणकाजी र स्वकीय सचिव सुशन कर्मचार्यबिच अनैतिक सम्बन्ध रहदै आएको चर्चा अध्यक्ष प्रचण्ड निकट कार्यकर्ताले लगाउँदै आएका छन् । प्रचण्ड निकटका नेता कार्यकर्ताले यस्तो चर्चा गर्न थालेपछि सुशन लाजिम्पाट पुगेकी थिइन । एजेन्सी