बारा । दुई सातादेखि सञ्चालित गढीमाई मेलामा दिनहु यौनहिंसाका घटना भइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयको अनुमतिमा भारतबाट ल्याइएका चारवटा थिएटर (अश्लील पहिरन र गीतमा नृत्य गर्ने महिलाको समूह) र मदिरा त्रिक्रिको असरले यौन क्रियाकलाप भइरहेको प्रहरीको अनुमान छ । यस्ता थिएटरमा सादा र पोसाकसहितको प्रंहरीको उपस्थिती बाक्लो देखिन्छ ।
मेलाको सुरक्षाका लागि १३ सय सुरक्षाकर्मी खटाइएको छ । प्रहरीका अनुसार यौनदुव्र्यहारमा परेका २५ युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
मेलामा सुरक्षामा खटिएका प्रहरी नै लुकीछिपी थिएटरमा छिरेर महिलामाथि यौनहिंसा गर्ने गरेको पाइएको छ ।
त्यस्ता प्रहरीमाथि कारवाही हुने प्रहरी निरीक्षक देवकुमार श्रेष्ठले बताए ।
पीडित महिलाका अनुसार प्रहरीले भिड व्यवस्थापन गर्ने बहानामा संवेदनशील अंगमा छुने गरेका छन् । आजको कान्तिपुरमा समाचार छ ।

काठमाडौं, मंसिर १८ – केही समयअघि नेपालमा सुटिङ भएको अक्षय कुमारको नयाँ चलचित्र ‘बेबी’ को ट्रेलर सार्वजनिक भएको छ ।
हिजो सार्वजनिक भएको उक्त ट्रेलरमा नेपालमा केही दृश्य समेत समावेश गरिएको छ । समाचार तयार पर्दासम्म यसलाई झण्डै ९ लाख पटक हेरिसकिएको छ ।
निरज पाण्डेद्वारा निर्देशित यस एक्सन चलचित्रमा अक्षय कुमार र तपसी पन्नुको मुख्य भूमिका रहेको छ । यसमा राना दगुबती, अनुपम खेर, डेनी डेन्जोम्पा आदिको पनि भुमिका रहेको छ ।
यसलाई सन् २०१५ को जनवरी २३ मा रिलिज गर्ने बताइएको छ । एजेन्सी
काठमाडौं । मलेसियामा बसेर अपराधिक क्रियाकलाप गर्दै आएका भारतीय नागरिक रमनदीप सिंहले नेपालबाट एकै दिन दुईवटा नागरिकता लिएको पुष्टि भएको छ ।
सिंहले ०६३ मा नागरिकता टोलिबाट एकै दिन दुई छुट्टाछुट्टै नेपाली नागरिकता लिएको खुलेको हो ।
सिंहले नेपाली नागरिकता लिएको पुष्टि भएपछि गृह मन्त्रालयले दुवै नागरिकता रद्द गरेको छ ।
गृह प्रवक्ता लक्ष्मीराज ढकालले सिंहले लिएको नागरिकता रद्द गरी नागरिकता दिने व्यक्ति र कर्मचारीमाथि छानबिन थालिएको बताए ।
गृह स्रोतका अनुसार नेपाली नागरिकताकै आधारमा पासपोर्ट बनाएर सिंहले मलेसिया पुगि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

मंसिर– सरकारले १८ औं सार्क सम्मेलनका क्रममा काठमाण्डुको प्रदर्शनीमार्गस्थित सडकका दायाँबायाँ राखिएको गमला हटाएको छ ।
विद्यार्थीहरुको दुई समूहबीच भएको झडपमा गमला फुटाएका कारण सडक विभागले ती गमला उठाएको हो ।
केटी जिस्काएको विवादले निहुँमा आरआर र त्रिचन्द्र क्याम्पसका विद्यार्थीबीच झडप भएको थियो । त्यस क्रममा विद्यार्थीले केही गमला फुटाएका थिए ।
आरआरका स्ववियु सभापतिका अनुसार त्रिचन्द्रका विद्यार्थीले पुस्कर बास्तोला, राजन घिमिरे र विकास अधिकारीमाथि हातपात गरेका थिए ।
यसैबीच काठमाण्डु महानगरपालिकाले गमला फुटाउने कार्यमा संलग्नलाई जरिवाना लगाउने भएको छ । महानगरपालिकाका अनुसार एउटा गमला फुटाउनेलाई दुई हजार जरिवाना लगाइने छ ।
kathmandutoday.com
काठमाण्डु, १७ मंसिर– व्यवस्थापिका– संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा ५४ करोड भ्रष्टाचार भएको ठहर गरेको छ ।
समितिले भ्रष्टाचारमा संलग्न मन्त्री, सचिवसहित र नेपाल विद्युत प्राधिकरणका उच्च कर्मचारीलाई कारबाही गर्न अख्तियारलाई निर्देशनसमेत दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बुधबार बैठकले दार्चुलामा निर्धाणाधीन ३० मेगावाटको चलेसियाको भेरिएसन नम्बर ३ मा ५४ करोड भ्रष्टाचार ठहर गरेको सभापति जनादर्शन शर्माले बताए ।
समितिद्वारा गठित काँग्रेस सभासद् राजन केसी संयोजकत्वको उपसमितिले चमेलियामा भएको अनियमितताबारे छानबिन गरी प्रतिवेदन बुझाएको थियो । केसीको समितिेल भेरिएसनका साथै निर्मार्ण सामग्री खरिद, कर्मचारी तलब भत्ता लगायत शीर्षकमा चरम अनियमितता भएको प्रतिवेदन बुझाएको छ ।
सन् २०११ मा ८ अर्बमा निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना अझै अधुरो छ । लागत बढेर १५ अर्ब पुगिसकेको छ ।
काठमाडौं, मंसिर १७ – पछिल्लो १२ महिनामा नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको एक प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको भ्रष्टाचार अनुमान सूचांक (सीपीआई) मा नेपाल गत वर्षभन्दा १० स्थान तल खस्किएको छ ।
ट्रान्सपरेन्सी नेपालले जारी गरेको प्रेस वक्तव्यका अनुसार नेपाल बंगलादेश र अफगानिस्तानपछि दक्षिण एसियाको सबैभन्दा भ्रष्ट मुलुक बन्न पुगेको छ ।
यस वर्ष सीपीई मा नेपाल १७५ देशहरुमा १२६ औं स्थानमा रहेको छ । नेपालले १०० अंकमा मात्र २९ अंक पाएको छ । यसअघि सन् २०१३ मा नेपाल ३१ अंकका साथ ११६ औं स्थानमा रहेको थियो ।
सीपीईमा १०० अंकमा ० पाउने सबैभन्दा भ्रष्ट र १०० पाउने सबैभन्दा कम भ्रष्टाचार भएको मुलुक मानिन्छ ।
दक्षिण एसियामा भुटानमा सबैभन्दा कम भ्रष्टाचार हुने देखिएको छ । भुटान ६५ अंका साथ ३० औं स्थानमा रहेको छ । भारत र श्रीलंका ३८ अंकका साथ ८५ औं स्थानमा रहेको छ । भारतले यसअघिको स्थितिमा सुधार गरेको हो । उता, चीन भने यसमा खस्किएको छ ।
विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क पहिलो र न्युजिल्याण्ड दोस्रो रहेको छ भने सबैभन्दा धेरै भ्रष्टाचार हुनेमा सोमालिया र उत्तर कोरिया रहेका छन् । एजेन्सी

धादिङको जोगिमारा स्थित हुग्दी खोलामा ट्रक खस्दा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट चितवन जाँदै गरेको ग १ ख ३९८६ नम्बरको ट्रक जोगिमारा–२ हुग्दी खोलामा मध्यान्ह १२ बजे दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा पर्साको चोर्नी गाविसका फुल महमद, अनिल महमद र अनवर महमदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतक अर्का एकजनाको सनाखत भएको छैन ।
घाइते चालक र सहचालकलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

१७ मङ्सिर, काठमाडौँ । उपत्यकामा आपराधिक घटना तथा प्रहरीबारे जानकारीका लागि राखिएको १०० नम्बरमा बढी ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान भएका छन् । आपराधिक घटना र प्रहरीले दुख दिए जानकारी लिन, आपराधिक घटना भए तत्काल प्रहरी परिचालन गर्न, हराएको चोरिएको लगायतका घटनाबारे उपत्यकाका प्रहरी कार्यालयलाई अलर्ट राख्ने कामका लागि महानगरीय प्रहरी कार्यालयमा कन्ट्रोल रुमका ड्युटीमा रहेका प्रहरीले तत्काल नजिकको प्रहरी कार्यालय र सिआरभी भ्यानलाई घटनाबारे जानकारी दिएर लोकेसनसहित परिचालन गर्दै आएको नागरिक दैनिकमा समाचार छ ।
त्यसका लागि २७ प्रहरी खटिएका छन् । तर, गलत सूचना आउँदा उनीहरु हैरान भएका छन् । आकस्मिक जानकारीका लागिएको १०० नम्बरमा फोन गरेर पुरुष प्रहरी जिस्काउने, हुदै नभएको घटना भयो भनेर जानकारी दिने र ममिले गाली गर्नुभयो भनेर फोन गर्ने बालबालिकाको संख्या पनि उत्तिकै छ । एआइजी विज्ञानराज शर्माका अनुसार कात्तिक महिनामा आएका कलमध्ये १२ हजार ६ सय ४९ वटा ब्लफ कल थिए । एजेन्सी

काठमाडौं । क्यासिनो भित्रको रंगिन दुनियाँमा रमाएर आफ्नो जिन्दगीलाई श्याश्वेत बनाउनेहरु राजधानीमा धेरै छन् । तीनैमध्ये एक हुन अनिशभक्त सुवाल । राजधानीको एक घरानिया परिवारमा जन्मिएका सुवाल पढाईले् आईटी इन्जिनियर हुन् । आईटीसम्बन्धि सीपमा उनी निकै दक्ष थिए । त्यही दक्षताको कारण हिमालयन बैंकमा जागिर पाइहाले । आफ्नो क्षमता देखाउदै छोटो अवधिमै उनी बैंकको कार्ड सेन्टरको प्रमुख समेत बने ।
तर गलत संगतले विस्तारै उनको जीवनशैली फेरिदै गयो । बैंकमा भन्दा उनी बाहिर रमाउन थाले । हरेक साँझ उनी क्यासिनोको रंगिन दुनियाँमा हराउन थाले । साथीभाईका साथ नयाँ नयाँ युवती लिएर उनी क्यासिनोमा जुवा खेल्न जान्थे । अधिकांश समय होटलमै बास हुनथाल्यो । त्यसपछि उनलाई बैंकको तलब र परिवारको सम्पतीले पुगेन ।
पैसा नपुगेपछि तिक्ष्ण दिमागलाई गलत बाटोमा प्रयोग गरे । बैंकलाई थाहै नदिई बैंकबाट लाखौं निकाल्न थाले । कार्ड सेन्टरको प्रमुख भएकाले एटिएम सम्बन्धि सम्पूर्ण नियन्त्रण उनकै हातमा थियो । त्यसकारण उनले बैंकलाई सजिलै झुक्याउन सक्थे । एटिएमबाट आफुलाई चाहेअनुसार पैसा निकाल्थे । सामान्यतया एटिएमबाट बैंकले तोकेको लिमिट भन्दा धेरै पैसा निकाल्न मिल्दैन । तर उनले आफ्नो एटिएमबाट जतिपनि पैसा निकाल्न सक्ने गरी सफ्टवेयर मिलाएका थिए । जती पैसा निकाले पनि उनको खाताबाट पैसा घट्द्नथ्यो, कारण सबै सफ्टवेयर उनकै हातमा थियो ।
त्यसरी पटक पटक गरेर उनले ५ करोड ७४ लाख ४८ हजार २ सय ५० रुपैयाँ निकाले । पछि बैंकले थाहा पाएपछि उनीमाथि अनुसन्धान थाल्यो । त्यही क्रममा उनी भारत भागे । २०६९ साल भाद्र २८ गते भागेका सुवाल तीन वर्षभन्दा लामो समय भारतमा लुक्न सफल भए । तर सधैं लुक्न सकेनन् । आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी भागेलगत्तै बैंकले प्रहरीमा उजुरी गरिसकेको थियो । लामो प्रयासपनि उनलाई पक्राउ गर्न सफल भइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए । कार्कीका अुनसार त्यसरी ठगी गरेकोमध्ये करिब ५० लाख रुपैयाँ उनले क्यासिनोमा सिध्याएका थिए । भारतमा भागेपनि उलने भारतबाटै अवैध रुपमा पैसा निकालेका थिए ।
सुवालका एक साथीका अनुसार उनले एक समयमा नेपालका अधिकांश नायिका र मोडलहरुलाई आफ्नो प्रेमिका बनाइसकेका थिए । ‘हरेक महिना नयाँ मोडललाई आफ्नो गर्लफ्रेन्ड भन्दै चिनाउने गर्दथे,’ ती साथी भन्छन्,‘ कहाँबाट पैसा ल्याउछ भनेर हामी अचम्म मान्थ्यौं, भागेपछि पो थाहा भयो ।’ बैंकको मात्र नभई उनले परिवारको पनि एक करोड भन्दा धेरै पैसा उडाएको स्रोत बताउछ । अनलाइन दैनिक

नयाँ दिल्ली, मङ्सिर १६ – एक गुडिरहेको बसमा आफूमाथि छेडछाड गर्ने पुरुषलाई कुटपिट गर्ने दुई दिदीबहिनीको कार्यको भिडियो सार्वजनिक भएपछि उनीहरूले सोमबार पैसा र प्रशंसा प्राप्त गरेका छन् ।
२२ तथा १९ वर्षीया आरती तथा पूजा कुमारी नाम भएकी यी दिदीबहिनीलाई गत साता उनीहरू भीडयुक्त बसमा हरयाणा राज्यको आफ्नो घर रोहतक फर्किरहेको समयमा यी पुरुषहरूले छेडछाड गरेका थिए ।
यी दिदीबहिनीले ती पुरुषको विरोध गरेका थिए भने उनीहरूबीच हात हालाहाल भएको थियो । यसपछि उनीहरूले पनि आफ्नो पेटी तथा हातको प्रयोग गरेका थिए । यसो गर्दा अन्य यात्रु भने दर्शक मात्र भएका थिए ।
एक गर्भवती यात्रुले उक्त घटनाको चित्र आफ्नो मोबाइल फोनमा खिचेकी थिइन र उनले सामाजिक सञ्जालमा त्यसलाई राखिदिएपछि भारतको अनेकौँ २४ घण्टे टेलिभिजनले त्यसलाई अनेकौँपटक देखाए । आइतबार प्रहरीले ती पुरुषहरूलाई पक्राउ गरेको बताइएको छ ।
धेरैले यी दिदीबहिनीको बहादुरीको प्रशंसा त गरे उनीहरूले दर्शक भएर बस्ने यात्रुको आलोचना पनि गरे । उक्त घटना हुँदा केही यात्रु भने हाँसिरहेको उक्त भिडियो चित्र देखाइएको छ ।
ट्विटहरूमा यी बहादुर दिदीबहिनीको प्रशंसा गरिएको छ भने ती हाँसिरहेको दर्शकको आलोचना गरिएको छ ।
भारतमा सन् २०१२ मा एक गुडिरहेको बसमा सामूहिक बलात्कारमा परि ज्यान गुमाएकी २३ वर्षीया छात्रालाई ‘ब्रेभहार्ट’ को नाम दिइएको छ ।
घटनामा पक्राउ परेका आरोपीहरु
केहीले यस घटनाले अरुलाई पनि यस्ता घटनामा आफूलाई विरोधमा उभ्याउन अभिप्रेरित गर्ने बताएका छन् । भारतमा महिलाले दैनिक रूपमा यस्ता दुव्र्यवहार भोग्नु पर्ने देखिएको छ ।
रोहतकका प्रहरी प्रवक्ता वेद सिंह नैनले शुक्रबार भएको यस घटनाका विषयमा छिटो अनुसन्धान गरिने बताउनुभयो । यी महिलाले ती पूरुषले आफूलाई दुव्र्यवहार गरेको तर आफूहरूले सहन नसकेको बताए ।
हरयाणाका मुख्यमन्त्री एम.एल. खट्टरले यी महिला प्रत्येकलाई ३१ हजार भारतीय रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । उहाँले यसले अरुलाई यस विषयमा संवेदनशील बनाउने बताउनुभयो ।
उनले पत्रकारहरूलाई यी बालिकाहरूले गरेको काम प्रशंसायोग्य भएको बताए । एजेन्सी

बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्।
….. ‘कोठा खोज्नुभाको हो सर? कति घण्टालाई हो?’ सोमवार बिहान सुन्धाराको एक होटलका बोर्डमा आँखा डुलाउँदै गर्दा एकजना किशोरले पछाडिबाट साउती गरे। ‘केटी पाइन्छ भाइ?’ हामीले आफ्नो रिपोर्टिङको ध्येय अनुसार प्रश्न गर्यौँ। ‘त्यो त साहुजीलाई सोध्नुपर्छ,’ ती किशोर खुर्रर कुदेर होटलतिर लागे। एकछिनमा आएर भने, ‘तपाईंले नै केटी बोलाउनुभएको छैन?’ छैन भन्ने संकेतले टाउको हल्लाएपछि उनी निराश हुँदै धरहरातिरबाट आइरहेको ट्याक्सीभित्र हेर्न थाले।
राजधानीका मुख्य क्षेत्रका होटलमा निगरानी बढाएको प्रहरी प्रशासन अचेल छापा मार्न जाँदा कहिलेकाहीँबाहेक रित्तो हात फर्किने गरेको छ। प्रहरीका आँखामा राजधानीको ठमेल, सुन्धारा, पुरानो बसपार्क र चाबहिललगायत क्षेत्रमा समेत केही समयदेखि ‘यौन जोडी’ देखिन छाडेका थिए। यसको अर्थ पछिल्लो समय यस्ता क्रियाकलाप हुनै छाडेछन् भन्ने लाग्न सक्छ धेरैलाई।
हरेक कुराको विकल्प खोज्न माहिर अहिलेको पुस्ताले जहाँ इच्छा, त्यहाँ उपाय लागु गरिहाल्छ। अरूका लागि जे भए पनि प्रवीण थापाको यौनप्यास मेट्न प्रहरीको निगरानी बाधा बनेको छैन। सोमवार बिहान सुन्धारामा भेटिएका उनी शुरुमा नजिकै बसोबास भएकाले टुँडिखेलमा एक्सरसाइज गरिसकेर चिया पिउन उक्त होटल पुग्ने गरेको बताउँदै थिए। जब हाम्रो चिनजानका होटल मालिकले हामीतिर इंगित गर्दै ‘उहाँ पनि तपाईंजस्तै चिया पिउने साथी हो’ भने त्यसपछि उनी खुल्दै गए।
न्युरोडको एउटा कपडा पसलमा काम गर्ने उनी हप्ताको दुई दिनजति यौन तलतल मेटिने ‘चिया पिउन’ आउँछन्। ताहाचलमा आमाबुवा र एकजना भाइसँग बस्ने उनी एक्सरसाइज गर्न भन्दै घरबाट निस्किन्छन् र उस्तै बहाना बनाएर आउने गर्लफ्रेन्डसँग ‘सेक्सरसाइज’ गरेर घर फर्किन्छन्। नियमित आउने भएपछि तीन सय रुपैयाँमै दुई घण्टाका लागि रुम पाउँछन् उनी। यसअघि उनी शनिवार दिउँसो गर्लफ्रेन्डलाई सुन्धारा बोलाउँथे। उनीसँग गफिँदै गर्दा स्पोर्ट्स ड्रेसमा एक अधबैँसे पुरुष ‘ऊ आई’ भन्दै होटलमा छिरे। काउन्टरमा बसेका युवकले जबाफ फर्काए, ‘६ बजे नै आइसक्नुभयो, हजुर किन ढिला?’ ती भलाद्मी ‘सरी’ भन्दै उसले भनेको रुम नं ३०१ तिर लागे।
यही कारण घामको तातो लागेपछि मात्रै छापा मार्ने ड्युटीमा पुग्ने प्रहरीको र झिसमिसेमै धन्दा सकेर बाटो तताउनेहरूको जम्काभेटै हुँदैन। ट्याक्सीका चालकहरू सडकमा बालिएको आगो ताप्दै गफिँदै थिए। कति ढिलो गरेका हुन्, आज त धेरै ढिला पो गरे त एकजना बोले। अर्काेले थपे, ‘हामीलाई पो जाडो लाग्या छ र ढिलो भो, उनीहरू तातेकै होलान्।’ यो संवादले उनीहरूले यौनप्यास मेटाएर फर्किने ग्राहकलाई पर्खेको प्रस्ट्याउँथ्यो। थप कुरा सुन्ने निहँुमा सँगै आगो ताप्न पुग्दा एक अधबैँसे ट्याक्सी ड्राइभरले हामीलाई जिस्क्याए, ‘अरूलाई तताउने उमेरमा के आगो तापेर बसेको भाइहरू? माल चाहिएको हो भने भन्नुस्।’ यतिन्जेल धरहराको टुप्पोमा घाम पुगिसकेको थियो।
पसिनैपसिना भएर मर्निङवाकवालाहरू पनि सडकमा बाक्लै देखिन थाले। होटलबाट निस्किँदा बाई गर्दै छुटेकाहरू पाँच फिट बाटो क्रस गर्दा अपरिचित भइसकेका थिए। त्यसैले केटा उत्तरको बाटोबाट कुद्यो भने केटी दक्षिणको बाटो समात्थिन्। मुख्य सडकमा आइपुग्दा त दौडिँदै, ढाड मर्काउँदै, हातखुट्टा तन्काउँदै वरपर नियाल्दै गरेका देखिन्थे। गर्मी मौसममा चार बजेदेखि नै सुरु हुने होटलतिरको मर्निङवाक अहिले पाँच बजेपछि मात्रै हुन्छ। अहिले होटल व्यवसाय चलाउने माध्यम नै यही बनेको छ, केही बाहेकका सबै होटलहरूलाई।
उनीहरूलाई कोठा दिनु हाम्रो व्यवसाय हो, एक व्यवसायी भन्छन्, उनीहरू जेसुकै गरुन्। हाम्रा लागि पाहुना हुन्, स्वागत गर्नुपर्छ। आफूहरूले केटीको व्यवस्था गरिदिने काम नगरेकाले श्रीमान्श्रीमती पनि हुन सक्ने तर्क गर्छन् उनीहरू। होटल सञ्चालकका अनुसार यौन प्यास मेट्ने यो नयाँ आइडिया चाहिँ होइन, तर अहिले व्यापक भएको छ। कर्ल गर्लसँग सरसंगत गर्ने पुरुषलाई उनीहरूले बिहानै बोलाउन थालेका छन्। यसकारण यो व्यापक भएको ठान्छन्, होटल सञ्चालक। तर, सञ्जीव लामालाई बिहान यौनप्यास मेटाउने आइडिया आफ्नै रहरले सुझाएको हो। अनामनगरबाट सधैँ गर्लफ्रेन्डसँग भृकुटीमण्डपसम्म सँगै कुदेर आउने उनलाई एक वर्षअघि एक दिन सँगै हिँड्दा यौन भावना जागृत भएको थियो।
उनले गर्लफ्रेन्डलाई फकाएर बागबजारको एक होटलमा लगेका थिए। अहिले त्यसले निरन्तरता पाएको छ। उनी भन्छन्, ‘बिहान कसैले शंका पनि गर्दैन, प्रहरीले छापा पनि मार्दैन।’ यौनकर्मी पनि कम फरवार्ड छैनन् भन्छन्, खेम तामाङ। क्रिकेट खेलाडी उनी टुँडिखेलमा एक्सरसाइज गर्दै गर्दा साथी बन्न पुगेकी सपना यौनकर्मी भएको तीन दिनपछि थाहा पाए। ‘राम्री नै थिई, सस्तोमै कुरा मिल्यो,’ उनले भने। त्यसपछि हप्ताको एक दिन एक्सरसाइजको सट्टा बिहानै सुन्धाराको होटलमा सेक्सरसाइज गर्न थाले उनी।
उनी भन्छन्, उनीहरूलाई त प्रहरीले नै भन्छ कि क्या हो! शुक्रवार सधैँ भेट्ने उसले अबदेखि आइतरवार भेटौँ भनी। कुरा बुझ्दै जाँदा शुक्रवार र शनिवार बिहान पनि प्रहरीले निगरानी बढाउने सुइँको उसले पहिल्यै पाइछ।’ दुई हप्तादेखि उनले गर्लफ्रेन्ड भेटेका छन्। त्यसैले गएको सोमवार ती यौनकर्मीलाई होइन, आफ्नै गर्लफ्रेन्डलाई पर्खिरहेका थिए, पुरानो बसपार्कमा। बाआमाले बिहानभरि जति ढोका ढकढक्याए पनि कलेज जानका लागि नब्युँझिने स्कुले ठिटाठिटी पनि अचेल बिहानै उठ्न थालेका छन्। पाँच बजे नै कलेजको बाटो तताउने उनीहरू यौनप्यास मेटेर कलेज पुग्न भ्याउँछन्।
बिहानको झिसमिसेमा चाबहिलस्थित एक होटलबाट कलेज ड्रेसमै निस्किएको थियो एक जोडी। मास्क लगाएर निस्किएका उनीहरू मोटरसाइकलमा हुइँकिए। उक्त होटलका सञ्चालकका अनुसार विद्यार्थीहरूले ‘रुम रेन्ट’ भने अगाडि तिरेर छिर्छन्। होटलका एक स्टाफ भन्दै थिए, ‘यस्ता जोडी त कति आउँछन्, कति। कसले हेक्का राख्छ र? पहिलापहिला त अझ धेरै हुन्थे। अचेल त पुलिसले र्याक गर्छ नि, त्यो भएर धेरै घटेका छन्।’ ‘प्रहरीको मात्रै कहाँ हो र? आँखा त परिवारको पनि छल्नुपर्छ नि, मंगलवार बिहान ललितपुरको युएन पार्कमा भेटिएका कुबेर प्रसार्इंले भने। उनका अनुसार कक्षा १२ पढ्दै गरेकी उनकी गर्लफ्रेन्ड दिउँसो कलेज जान्छिन्। कलेजबाट अलि ढिलो गर्यो कि ‘बाआमाले मार्छन्’ भन्दै तर्किन्छन्।
त्यही भएर शंखमूल बस्ने उनी एक्सरसाइज गर्न युएन पार्क आइपुग्छिन्। दुवैजना त्यहीँ भेटेर बुद्धनगरस्थित कुबेरको कोठामा पुग्छन्। तनको चाह पूरा भएपछि वरिपरिकालाई छक्याउन हातमा किताव बोकेर बाहिरिन्छन्। दुई महिनादेखि यो क्रम हप्ताको एक दिन चल्छ। गर्लफ्रेन्ड कीर्तिपुरस्थित गर्ल्स होस्टेलमा बस्ने भएकाले कीर्तिपुर क्याम्पसमै पढ्ने कुमार काफ्लेलाई बिहान भेट्ने आइडिया सोच्न तीन महिना लाग्यो। ‘उनको मोबाइल बिग्रेकाले नयाँ मोबाइल दिन एकदिन बिहानै रुममा बोलाएको थिएँ, मन र तन दुवै शान्त भयो,’ उनले भने, ‘गजबको उपाय फुर्यो त्यसपछि।
अचेल उनकी गर्लफ्रेन्ड होस्टेलबाट ‘एक्सरसाइज गर्न जान्छु’ भन्दै उनीकहाँ पुगेर फर्किन्छन्। पशुपतिको छेउछाउतिर मर्निङवाकमा निस्किनेहरू यौनको क्रय र विक्रयमा लिप्त हुन्छन्। मंगलवार १४ जनालाई प्रहरीले रंगेहात समात्यो। महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहका अनुसार मित्रपार्कस्थित एक घरमा छ महिनादेखि बिहानैदेखि यौनधन्दा सुरु हुने गरेको सुराकका आधारमा राति १०:४० बजे छापा मारिएको थियो। पक्राउ पर्नेमा १८ देखि ३४ वर्षसम्मका यौनकर्मी छ जना ग्राहक र एक सञ्चालक छन्। सामाजिक मर्यादा कायम राख्न भन्दै प्रहरीले वेश्यावृत्तिविरुद्ध कारबाही बढाएको छ।
सूचना र नियमित अनुगमनका क्रममा यौनकर्मीहरू पक्राउ पर्छन्। अनुगमन प्रायः बेलुकामात्रै हुन्छ। बिहान सूचना आएमात्र प्रहरीले बेलुका छापा मार्छ। एक्सरसाइजको समयमा हुने सेक्सरसाइजबारे जानकारी पाएकाले निगरानी बढाएको प्रहरी स्रोतले जनाएको छ। यो हप्ता पनि सयौँको संख्यामा धन्दासँग आबद्धहरू र यौनकर्मीहरू समातेको डिएसपी सिंहले बताए। देशभरि नै यौनधन्दाविरुद्ध प्रहरीले ‘विशेष अपरेसन’ पनि थालेको छ। ‘प्रहरी अपरेसनकै कारण धन्दावालहरूले पनि नयाँ तरिका अपनाएका सुनिन आएको छ,’ डिएसपी सिंह भन्छन्। हिजोआज प्रहरीले लगातार छापा मार्ने गरेकोमा पनि यौनकर्मी र होटल, लज सञ्चालकहरू प्रहरी प्रशासनदेखि रुष्ट छन्। उनीहरू आफ्नो रोजीरोटीमा पुलिसले धावा बोलेको गुनासो गर्छन््। यसलाई बन्द गर्नेभन्दा पनि व्यवस्थित बनाउनुपर्ने बताउँछिन्, एक जना यौनकर्मी रीता लामा।
भन्छिन्, ‘हाम्रो त रोजीरोटी नै खोसिएको छ। बाटाबाटामा त गरेका छैनौँ नि। हामीलाई पनि गरिखाने बाटो चाहियो नि। उनी एकपटक पक्राउ पनि परिसकेकी छिन्। उनीसँगै पक्राउ परेका ग्राहकको भनसुनमा चार दिनमै छुटिन् उनी। होटल व्यवसायीले त पुलिसलाई लगातार छापा मारेर सोझा ग्राहक पनि भड्काइदिएको आरोप लगाएका छन्। ‘रिझाउन र भिजाउन’ सके प्रहरी ‘लाइनमा आउने’ व्यवसायीहरूको आरोप छ। एक व्यवसायी भन्छन्, ‘पुलिसलाई पनि टन्न ख्वाउनपिलाउन सके सताउने थिएनन्। पक्राउ गर्न आएकाहरू पनि खर्चपानी टारेपछि गेट बाहिरैबाट फर्कन्छन्। कमाइको हालत यस्तो छ, कहाँबाट पाल्ने पुलिसहरूलाई।
आफ्नै घरमा होटल चलाएका छौँ, आफ्नै परिवार स्टाफ छन्, हामीले यस्तो गरे त आफ्नै गाउँघरको लाज हुन्न र?,’ भक्तपुर साँगा क्षेत्रका एक होटल व्यवसायी केही दिनअघि भन्दै थिए, ‘आफ्नै घरमा कसरी गर्न सक्छौँ यौनधन्दा? होटलमा आउने जोडीहरूलाई हामीले कसरी छेक्न सक्छौँ?’ डिएसपी सिंह भने निगरानीको आधारमा छापा मारिने भएकाले निर्दाेषलाई दुःख नदिएको दाबी गर्छन्। भन्छन्, ‘केही होटल सञ्चालकहरूले गुनासो गरेका छन्। तर, हामीले निर्दोषलाई सताएका छैनौँ। पर्याप्त प्रमाणका आधारमा छापा हानिएको छ। हामी पनि कसैलाई मर्का पार्न चाहन्नौँ।’ विशेष गरी बिदाका दिनमा धन्दा अलि बढी चल्ने भएकालेे शुक्रवार र शनिवार बिहानैदेखि निगरानी बढाइएको उनले बताए। ....साभार स्वास्थ्य खबर पत्रिकाबाट

दैनिक एक लाख ५० हजार लिटर दूधको अभावलाई सम्बोधन गर्न सरकारले चीनबाट उन्नत जातका १० हजार गाई ल्याउने प्रयास जारी राखेको छ।
भारतबाट सोही सङ्ख्यामा उन्नत जातका गाई ल्याउन प्राविधिक कठिनाइ भएपछि सरकारले चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो।
चीनका कृषि सचिव वेइ चावन नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डलसँग सोमबार पहिलोचरणको वार्ता गरेपछि कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले आज चीनसँग कृषि, पशुपालनलगायत पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताए।
चिनियाँ प्रतिनिधिमण्डलसँगको वार्ता सकारात्मक रहेको जानकारी दिँदै उनले चीनबाट १० हजार गाई ल्याउने प्रक्रिया निरन्तर जारी रहने बताए। उनले भने 'चीनको केन्द्रीय सरकारसँग यहाँस्थित राजदूतावासमार्फत गाई ल्याउने प्रयास जारी राख्छौँ।'
चीनको सिचुवान प्रान्तबाट गाई ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले सोमबारको वार्तामा उच्च जातका रेशम, धान र उखुका बीउ प्रदान गर्न चिनियाँ पक्ष सकारात्मक रहेको बताए। चीनबाट नेपालका लागि अर्थपूर्ण एवम् प्रतिफल प्रदान गर्ने कृषि परियोजनामा सहयोग जुटाउन आफू लागिपरेको पनि मन्त्री पराजुलीले बताए।रासस
काठमाण्डु, १६ मंसिर– मधेसलाई नेपालबाट अलग गर्नुपर्ने अभियान चलाउँदै आएका सीके राउतले मधेसलाई नेपालको औपनिवेशिकताबाट जुनसुकै हालतमा मुक्त गराउने बताएका छन् ।
राउतले मधेसलाई नेपाली औपनिवेशीकरणबाट स्वतन्त्र गराउनु नै आफ्नो उद्देश्य रहेको बताए ।
‘म जतिपटक जेल जान पनि तयार छु’, जनकपुरमा मंगलबार भएको सभामा राउतले भने, ‘तर मधेसलाई नेपालबाट अलग नगराई बिश्राम लिने पक्षमा छैन ।’
मधेसलाई नेपालबाट अलग गर्ने अभियान चलाएका राउतलाई सरकारले राज्य विप्लवको मुद्धा चलाएको थियो ।
उनी विशेष अदालतले तोकेको २८ हजार ५ सय धरौटी बुझाएर केही समयअघि मात्र रिहा भएका हुन् ।
राउतले जानकी मन्दिरमा गर्न खोजेको सभा प्रहरीले रोकेको थियो । राउतले सभाको तयारी गरेको सूचना पाएपछि स्थानीय प्रशासनले बाक्लो संख्यामा सुरक्षा तैनाथी गरेको थियो । प्रशासनको अवरोधपछि राउतले सडक नै जाम गरेर सभा गरे ।
उनका समर्थकले भने जानकी मन्दिरमा सभा गर्न रोक लगाएको भन्दै सरकारविरुद्ध उत्तेजक नाराबाजी गरेका थिए ।

काठमाडौं । देशमा भइरहेको सुन तस्करीमा उच्च राजनीतिक तथा प्रहरी नेतृत्वको संलग्ता खुल्दै गएको छ । तातोपानी नाका हुँदै भइरहेको सुन तस्करी र लुटपाटमा एमाओावादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको कनेक्सन भेटिएको छ । गत काभ्रेको पाँचखालबाट ३५ केजी सुन लुटिएको थियो । सो घटनाको योजनाकारमा प्रकाश संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रचण्डका पूर्व गाडी चालक काभ्रेका उज्जवल तामाङको सूचनामा प्रकाश लगायतका व्यक्तिले सुन लुटेका हुन् । एक चिनियाँ व्यापारीले गोम्बु शेर्पालाई सुन काठमाडौं पठाएका थिए । घिउको बट्टामा सुनका बिस्कुट हालेर तस्करी गर्न लागिएको थियो । तर शेर्पाले प्रचण्डका पूर्वचालक तामाङलाई त्यसबारे पहिले नै खबर गरेर लुटपाट गराउने योजना बनाएका थिए । तामाङले प्रकाशलाई समेत खबर गरी थप योजना बनाएका थिए । सोही योजनाअनुसार १५ कात्तिक १५ माख सुन पाँचखालमा लुटिएको थियो । पनि शेर्पाले चिनिया व्यापारीले आफूलाई अपहरण गरी सुन लुटेका खबर गरेका थिए । खासमा योनजाबद्ध रुपमा नै माओवादीका उच्च नेताहरु समेत मिलेर लुटिएको स्रोत बताउँछ । सो विषयमा प्रहरीका विभिन्न निकायमा अनौपचारिक रुपमा उजुरी भइसकेको छ तर माओवादी नेतृत्वको दबाबका कारण प्रहरीले अनुसन्धान गर्न सकेको छैन ।
पक्राउ पर्लान् शँक्य ?
सुन पसलको आवरणमा तस्करी गर्दै आएका राजधानीमा सुन व्यापारीहरुको आइतबार सात्तो गएको छ । प्रहरीले तस्करीको दुई किलो सुनसहित आरके ज्वेलर्सका कर्मचारी सन्नी श्रेष्ठलाई पक्राउ गरेपछि तस्करीको सुन बेच्दै आएका अन्य व्यापारीहरुलाई तनाव भएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले सन्नी श्रेष्ठलाई २ केजी सुन लिएर पसल जाँदै गरेको अवस्थामा दरबारमार्गबाट पक्राउ गरेका थियो । तस्करीको सुन ल्याउने आरके ज्वेलर्सका दरबारमार्ग र न्यूरोडमा दुई वटा पसल छन् । सो ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य हुन् । स्रोतका अनुसार उक्त पसलमाथि प्रहरीले निगरानी गर्दै आएको थियो । शाक्यलाई भने प्रहरीले पक्राउ गरेको छैन । थप अनुसन्धान बाँकी नै रहेको अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए । प्रारम्भिक अनुसन्धान उक्त सुन तातोपानी नाका हुँदै तस्करी भएर आएको खुलेको छ । सुनमा बिस्कुटमा ९९९ अंक लेखिएको छ ।
केही समययता राजधानीका सुन पसलेहरुले तस्करीको सुन बेच्दै आएको प्रहरी अधिकारीहरु बताउछन् । वर्षमा सबैभन्दा धेरै सुन बिक्री हुने मंसिरको महिनामा बैंकहरुको सुन बिकेको छैन । दिृष्टीका अनुसार व्यापारीहरुले तस्करी गरेर ल्याएको सुन बेच्दै आएका छन् । स्रोतका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट समेत प्रहरी र भन्सारका कर्मचारीको मिलेमतोमा सुन तस्करी हुँदै आएको छ ।
राजधानीका अधिकांश सुन पसलबाट तस्करीको सुन बिक्री हुँदै आएको प्रहरी अधिकारीहरु बताउँछन् । गत १९ कत्तिकमा राजधानीको सुन पसलकै लागि सात किलो सुन लिएर आएका ताप्लेजुङका दोर्जे शेर्पा पक्राउ परेका थिए । झापाबाट थानकोट आउने क्रममा उनी पक्राउ परेका थिए । तर प्रहरीले विस्तृत अनुसन्धान नगर्दा सुन पसलेले उन्मुक्ति पाएका थिए । तिब्बतबाट ताप्लेजुङको हुँदै उक्त सुन काठमाडौंसम्म ल्याइएको थियो ।
चाडपर्वको समयमा अरु बेलाभन्दा सुनका गहनाको व्यापार दोब्बर हुने गरेको छ । तर, बिदेशबाट सुन आयात गर्ने अधिकार पाएका बैंकहरुमा यो वर्ष सुन झन् थुप्रियो । मूल्य घट्दा पनि दशैं तिहारमा सुनका गहनाको बिक्री धेरै खस्किएको हो त ? सुनको व्यापार खस्किएको होइन । ठूला सुन व्यवसायीहरुले तस्करीको बाटोबाट आएको सुन बिक्री गरेकाले बैंकहरुको सुन नबिकेको हो । स्रोतका अनुसार विमानस्थल र चीनका नाकाहरुबाट उच्च तहको सेटिङमा सुन तस्करी हुदै आएको छ । हरेक दिन करिब एक सय किलो सुन भारत पुग्ने गरेको छ । नेपाली बजारमा पनि बिक्री हुनेमध्ये आधा जसो तस्करीकै सुनको कारोबार हुने गरेको छ ।
गत बुधबार बिहान ताप्लेजुङका दोर्जे शेर्पा सात किलो सुन सहित नागढुङगामा पक्राउ परे । सामान्यतया एयरपोर्ट र तातोपानी नाकाबाट आउने सुन तराईका जिल्ला हुदै भारत जाने गरेको थियो । तर शेर्पा ताप्लेजुङबाट सुन लिएर काठमाडौं आएका थिए । छानबिनका क्रममा एक तिब्बती तस्करले काठमाडौंका एक सुन व्यापारीलाई उक्त सुन पठाएको अनुसन्धानमा खुलेको छ । तर प्रहरीले राजश्वको काम भन्दै विस्तृत अनुसन्धान गरेन ।
स्रोतका अनुसार काठमाडौंका केही ठुला सुन पसलेहरु दुबई र हङकङको सेटिङ मिलाएर सुन तस्करी गर्दै आएका छन् । यसमा प्रहरी र भन्सारका हाकिमहरुको समेत मिलेमतो छ । ब्राण्डेड जुत्ता लगायतका सामानभित्र ¥यापिङ गरेर सुन तस्करी हुने गरेको स्रोत बताउछ ।
तातोपानी नाकाबाट भित्रने सुन बेला बेला पक्राउ पर्ने भएपछि एयरपोर्टबाट ठुलो मात्रामा हुने सुन बरामद हुने गरेको छैन । प्रहरी अधिकारीहरुले नै तस्करीको बढीमा १० प्रतिशत मात्र बरामद हुन सक्ने बताउछन् । सुन लुकाउन सजिलो हुने भएकाले र प्रहरीले गाडिमा सबैतिर खानतालासी गर्न सक्दैन । कहिले काही सुराकी आउदा मात्र पक्राउ गरिने प्रहरी अधिकारीहरु बताउछन् । एयरपोर्ट प्रहरी प्रमुखमा बिजयलाल कायस्थको सरुवा भएपछि सुन बरामदका घटना कम भएको र तस्करी बढेको स्रोत बताउछ ।
सुन तस्करहरुलाई घुस लिदै छुटाएको घटनामा एयरपोर्ट भन्सारका कामु प्रमुख सुदीपचन्द्र शाह निलम्बनमा परीसकेका छन् ।
सुन तस्करीमा संलग्न केही व्यक्ति उच्च राजनीतिक तथा प्रहरी नेतृत्वसँग घनिष्ठता छ । त्यहीकारण उनीहरुले तस्करीको सुन ल्याएर बिक्री गर्दै आएका छन् ।
किलोमा चार लाख नाफा
प्रहरी अधिकारीहरुका अनुसार तस्करी गरेर ल्याइएको सुनमा बैंकबाट किन्दा भन्दा व्यापारीहरुलाई प्रतिकिलो चार लाख नाफा हुन्छ । त्यसमध्ये करिब २ लाख सेटिङमा खर्च हुन्छ । २ लाख भने व्यापारीलाई खुद नाफा हुने गर्दछ । सिजनको समयमा राजधानीका ठुला पसलले दिनमै करिब एक किलो सुन बेच्छन् । बैंकको सुन किनेर बेच्दा किलोमा करिब २५ हजार मात्र नाफा हुन्छ । त्यहीकारण बैंकहरुको सुन बिक्न सकेको छैन ।
व्यापार घाटा नियन्त्रण गर्न सरकारले कोटा तोकेर बैंकहरुलाई मात्र सुन आयात गर्ने अधिकार दिएको छ । तर बैंकको सुन बिक्री भएको छैन । सुन बिक्री नभएपछि बैंकहरुले आयात घटाउ“दै लगेका छन् । बैंकहरुमा यतिबेला करिब चार सय केजी सुन थुप्रिएको छ ।
केही महिनायता सुनको मूल्य घटेकाले बिक्री पनि भइरहेको छ । पसलबाट सुन बिक्री हुने तर बैंकबाट पसलेहरुले नकिन्ने गरेबाट नै बजारमा तस्करीको सुन बिक्री भइरहेको प्रष्ट थियो ।
onlinedainik.com/newspage.php?&nid=2666

२६ वर्षे एक यात्रुले हवाइजहाज भित्रै हस्तमैथुन गर्न थालेपछि उडिरहेको जहाजलाई आकस्मिक अवतरण गराउनु परेको छ । सुन्दैमा आश्चर्य लाग्ने यो घटना अरु कहीँको नभएर अमेरिकाकै हो ।
गत सोमबार बोस्टनबाट लसएन्जल्सका लागि उडेको भर्जिन अमेरिका एयरलाइन्सको यात्रु डग एडम्सले जहाज आकाशमा उडिरहेकोबेला हस्तमैथुन गर्न सुरु गरेको र जहाजको ढोका खोल्ने प्रयास गरेपछि यस्तो आपत् परेको हो ।
उनको यस्तो व्यवहारले अन्य यात्रुसँग झगडा पर्यो र पाइलटले उक्त जहाजलाई नेब्रास्कामा आकस्मिक अवतरण गराएको हफिन्टन पोष्टले जनाएको छ ।
जहाज अवतरण भएलगत्तै प्रहरीले एडम्सलाई पक्राउ गरी हतकडी लगाएर लगेको थियो । उनलाई मानिसक परिक्षणका लागि अस्पतालमा लगिएको एनबीसी लसएन्जल्स डट कमले उल्लेख गरेको छ ।
उक्त जहाजका एक यात्रुका अनुसार बाथरुम गएर आएपछि एडमले आफ्नो छेउँमा बसेकी महिलासँग झगडा गर्न थालेका थिए । त्यसपछि उनले विमान कर्मचारीलाई ती महिलालाई आफ्नो छेउँबाट हटाउन आग्रह गरे ।
सोही विषयमा उनको जहाजका यात्रुसँग झगडा पर्यो । त्यसपछि उनले जहाजको इमर्जेन्सी ढोकामा लगाएको प्लास्टिक हटाएर ढोका खोल्नका लागि तान्न थाले ।
धन्न उक्त जहाजमा यात्रु भएर बोस्टन प्रहरीका केही अधिकारीहरु समेत चढेका रहेछन् । प्रहरी अधिकारीहरुले उनलाई तत्कालै च्याप्पै समाते । त्यसपछि चालक दलका सदस्यहरुलाई विमान कर्मचारीहरुले खबर गरे र विमानको आकस्मिक अवतरण गरिएको बताइएको छ ।

ताप्लेजुङ, मंसिर १६ । विश्वमा दुर्लभ प्रजातिका रुपमा चिनिएको रेडपाण्डा ताप्लेजुङ नगरपालिका–६ सुकेटारस्थित सानोपाथीभरा क्षेत्रमै पाइएको छ ।
स्थानीय ज्ञानबहादुर गुरुङले पालेको कुकुरले नजिकैको जंगलबाट लखेट्दै गर्दा रेडपाण्डा फेला परेको हो । रेडपाण्डा जिल्ला वन कार्यालयमा बुझाइएको छ । उक्त वयस्क रेडपाण्डा जिल्ला बन कार्यालय र रेडपाण्डा संरक्षणमा काम गरिरहेको संस्था हिमाली संरक्षण मञ्चको पहलमा फेरि बनमै छाडिएको छ ।
ताप्लेजुङको अधिकांश उच्च स्थानमा पाईने रेडपाण्डा अहिले संरक्षणसम्बन्धि कार्यक्रम र बन जंगलको बृद्धिसँगै सदरमुकाम आसपास पनि पाईन थालेको वन कार्यालयले जनाएको छ ।
केहि वर्ष यता ताप्लेजुङको फावाखोला, हाङ्देवा र फुरुम्बु गाविसमा फरक फरक समयमा ६ वटा रेडपाण्डा मृत अबस्थामा फेला परेका थिए । दुर्लभ रेडपाण्डा बढि जसो घरपालुवा कुकुरको शिकार हुने गरेका छन् ।

दोहा – यूएईमा मृत्युदण्ड सुनाइएका अनीश खालिङलाई बचाउन देशविदेशमा रहेका नेपालीले सहयोग गरे । चाहिनेभन्दा तीन गुणा बढी उठ्यो पनि । अनीश खालिङ बचाउ अभियानले परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावास यूएईमा पठाइदियो ।
त्यो रकम लिएर नेपाली दूतावासका अधिकारी अदालत पुग्दा अचम्मको सूचना सुनियो–व्डमनी( क्षतिपूर्ति) स्वरुप बुझाउनुपर्ने रकम जम्मा भइसक्यो ।
कसले बुझाइदियो होला त्यो रकम ? त्यो पनि थोरै होइन,नेपाली एक करोड रुपैयाँ बराबर ।
यूएईका लागि नेपाली राजदूत धनञ्जय झा आफैं आश्चर्यमा छन् । ‘हामी तीन लाख र पाँच हजार दिरामका दुईटा चेक बुझाउन अदालत पुगेका थियौं’, राजदूत झाले भने,‘अदालतले पहिल्यै जम्मा भइसकेको छ भन्दै चेक फिर्ता गरिदियो । तर त्यो व्यक्ति को हो बताउन चाहेन ।’उनका अनुसार अदालतले रकम पठाइसकेकोबारे दूतावासलाई पत्रसमेत पठाएको छ । पत्रमा पनि रकम तिरदिनेबारे खुलाइएको छैन ।
पाकिस्तानी नागरिकको हत्या गरेको पुष्टी भएपछि मत्स्यपोखरी–३,संखुवासभाका खालिङलाई यूएई अदालतले डेढ वर्षअघि मृत्युदण्ड सुनाएको थियो । उनलाई बचाउन तीन लाख दिराम व्लडमनी चाहिन्थ्यो । वकिलका लागि थप पाँच हजार । विपन्न परिवारका उनको जीवन रक्षार्थ रकम संकलन अभियानै सुरु गरियो । त्यसका लागि आवश्यक ८१ लाख एहजार ९ सय ५९ रुपैयाँ वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको खातामा साउन साउन २८ गते जम्मा गरेको अभियानका अध्यक्ष नारद खालिङले बताएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
तस्बिरःसाभार इकान्तिपुर

सबै भाडा तथा सहयोगका गाडी फर्काइए
चन्द्रशेखर अधिकारी
सार्कको १८ औं शिखर सम्मेलनमा सहभागि हुन आएका बरिष्ठब्यक्तित्वका लागि भाडामा ल्याइएका ३२ वटागाडीको भाडा सरकारले दुई करोड पचास लाख रुपैयातिर्नुपर्नभएको छ ।
पाँच दिनको प्रतिगाडी सात लाख ३० हजार रुपैयाँ दिने शर्तमा ३२ वटा गाडी भारतीय कम्पनीबाट ल्याइएको थियो । यहाँ प्रयोग गर्दाको इन्सुरेन्स, चालक परिवर्तन, भनिएको भन्दा बढि उपयोगलगायतले केही रकम थपिएर प्रतिगाडी आठ लाख रुपैयाँ पुगेको जानकारी परराष्ट्रका अधिकारीले दिए । सम्झौताअनुरूप नै गाडी भाडा बढेको दाबीसमेत ती अधिकारीको छ ।
सरकारसंग गाडी नभएको समाचार आएपछि भारत सरकारकै सक्रियतामा ती गाडी दिल्लीदेखि भाडामा काठमाडौं ल्याइएको हो । गाडी खरिद गर्ने विषय लामो समय विवादमा परेपछि 'बुलेट प्रुफ' गाडीबाहेक मर्सिडिज र विएमडब्लुको सामान्य 'सेडान' समेत भारतबाट नै भाडामा ल्याइएको हो । तर अति विशिष्ट ब्यक्तिहरुका लागि भने भारतले निशुल्क पाँच बुलेटप्रुफ गाडी उपलब्ध गराएको थियो । भारत र पाकिस्तानका प्रधानमन्त्रीले भने आफूले उपयोग गर्ने गाडी स्वयंले लिएर आएका थिए । भारतको सहयोगको गाडी उपयोग नगर्ने भन्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भने आफैं गाडी ल्याएका थिए ।
भारतबाट ल्याउने विषयमा चर्को विवाद नहुने भएपछि त्यो बाटो अपनाइएको परराष्ट्रका एक अधिकारीले खुलाए । ति अधिकारी भन्छन, 'अरु मुलुकबाट पाउने सहयोगमा नै विरोध हुने भएपछि भाडामा भए पनि भारतबाट ल्याउने र सम्मेलन सम्पन्न गराउनेतर्फ लाग्यौ । पैसा जति लाग्छ सरकारले ब्यहोर्ने भएपछि त्यसतर्फ लागेका हौ ।' भाडामा ल्याइएका गाडी विदेशमन्त्री, प्रथम महिला, विदेशमन्त्रीका स्पाउजलाई उपयोग गर्न दिइएको ती अधिकारीले बताए ।
'नेपालमा रहेका होटल तथा ट्राभल एजेन्सीले पनि त्यस्तो गाडी भाडामा दिन सक्ने हुदा हुदै पनि दिल्लीबाट यसप्रकारको गाडी ल्याइएकामा आलोचना हुनु स्वभाविक हो, तर समय अभावका कारण यस्तो निर्णय लिइएको हो' तिअधिकारी भन्छन । किन यति महंगो दरमा भाडामा ल्याएको भनेर अख्तियारले चासो दिएकाले केही असहजता आएको पनि अधिकारीहरु बताउछन् ।
परराष्ट्र प्रवक्ता खगनाथ अधिकारीले कान्तिपुरसंग भने 'यो भन्दा सस्तोमा गाडी भेटिएन अनि भारतबाट ल्याइएको हो । समय अत्यन्त कम भएकाले कतिपय कुरा अन्तर सरकारी गर्नु पर्ने भयो । त्यही अनुरुप यस्तो निर्णय भएको हो ।' सरकारले सार्वजनिक सूचनाबिना नै दुई करोड ३४ लाख रुपैयामा ती गाडीमा भाडामा लिएको हो । त्यसरी भाडामा लिनुबाहेक अर्को विकल्प परराष्ट्र मन्त्रालयसंग नभएकाले मन्त्रिपरिषदको स्विकृतीमा त्यो बाटो अख्तियार गरिएको अधिकारीले बताए ।
'शिखर सम्मेलन सम्पन्न हुनु राम्रो हो तर त्यसमा देखिएको अनियमितताको खोजी हुनुपर्छ भन्ने हाम्रो पनि धारणा छ' एक अधिकारीले भने । सरकारले यो बीचमा २० वटा सेडान कार टेण्डर प्रक्रियाबाट हुण्डाई कम्पनीबाट खरिद गरेको थियो । सरकारले २० वटा गाडी खरिद गर्दा दुई गाडी उपहार स्वरुप पाएको थियो । यसरी नै अन्य सेडान पनि सरकारले खरिद गर्न सक्थ्यो, तर गरेन ।
सरकारलाई अन्य छिमेकी तथा दातृ मुलुकले सार्क शिखर सम्मेलनको लागि बुलेटप्रुफ गाडी नै सहयोग गर्ने भनिरहेको अवस्थामा त्यसतर्फ चासो नदेखाई भाडामा लिन हतारिएको र त्यसलाई छोप्न भारतबाट सित्तैमा बुलेटप्रुफ गाडी आउने बाटो तय गरेको जानकारी एक अधिकारीले दिाए ।
प्रवक्ता अधिकारीले यसलाई त्यसरी हेर्न नहुने उल्लेख गर्दै छोटो समयमा कसरी ब्यवस्थापन गर्यो भन्ने विषय नै महत्वपूर्ण भएको बताए । उनले भने, 'यो सबै पारदर्शी ढंगले नै भएको छ । यसमा कुनै अनियमितता छैन । हामीले एक करोड ३६ लाख भारतिय रुपैयाँ पेश्की स्वरुप भारतीय कम्पनीलाई बुझाएर ल्याएका हौ । त्यसबापत पाँच दिनको हामीले सम्झौता गरेका हौ । पाँच दिन गाडी चले, त्यसमा नेपालमा आउदा गरिने इन्सोरेन्स र यहाँको चालकले चलाएको र भनिएको भन्दा बढि पनि चलेको अवस्थामा केही रकम बढ्न सक्छ । सम्झौता अनुरुप थप रकम बुझाउने छौ, अझै बिल आउन बाँकी छ' उनले भने ।
'अख्तियार या सार्वजनिक लेखा समितिले गाडीको मात्र नभई शिखर सम्मेलनका क्रममा विभिन्न निकायले गरेको खर्चका बारेमा छानबिन गरुन् भन्ने हाम्रो धारणा छ' परराष्ट्रका वरिष्ठ अधिकारीले भने । कतिपय मुलुकमा यस्ता सम्मेलनमा जथाभावी रकम खर्च गर्दा कतिपय मुलुकका राजनीतिज्ञ तथा कर्मचारी जेल गएको उदाहरणसमेत छन् ।
आइतबार प्लेनबाट बुलेटप्रुफ र सडक मार्गबाट अन्य ३२ गाडी पठाइएको जानकारी परराष्ट्रका अधिकारीले दिए । सरकारले सबै गरेर २ सय ६५ वटा गाडी शिखर सम्मेलनमा उपयोग गरेको थियो ।
सार्कमा खटिएकालाई पदक
शिखर सम्मेलन भब्य र सभ्य बनाउन सहयोग गर्ने सबै कर्मचारीलाई प्रधानमन्त्री सुशील कोइरालाले सम्मान गर्ने भएका छन् । उनले १८ औं सार्क शिखर सम्मेलनको तयारीमा खटिएका सम्पूण्र्ा कर्मचारी र सुरक्षाकर्मीलाई प्रंशसा स्वरुप 'सार्क मेमोरियल मेडल' प्रदान गरिने बताएका हुन् ।
सार्क तयारीका लागि प्रधानमन्त्री कोइरालाको अध्यक्षतामा गठित मूल तयारी समितिले शिखर सम्मेलन समीक्षा गर्ने क्रममा उक्त निण्र्ाय गरेको हो । प्रधानमन्त्रीले सम्मेलनको तयारी र सफलतामा प्रत्यक्ष र अप्रत्यक्ष योगदान पुर्याउने सबैलाई धन्यवाद दिदै भने, 'राष्ट्रको लागि काम गर्ने जिम्मेवारी सबैको तर यस समयमा खटिनेहरुलाई विशेष सम्मान दिन उचित ठान्छु ।'
सम्मेलनको सफलताका लागि बनेको उक्त समिति भंग गर्नुअघि बसेको बैठकले सफलतापूर्वक सम्पन्न भएको र यसबाट राष्ट्रको प्रतिष्ठा बढेको निष्कर्ष निकाल्यो । सम्मेलनको सफलतामा योगदान पुर्याउने राष्ट्रपति रामवरण्ा यादवदेखि, मन्त्री, कर्मचारी, सुरक्षाकर्मी, बुद्धिजीवी, पत्रकार, होटल, विदेशी पाहुना सबैमा धन्यवाद व्यक्त गरेका छन् । तर सरकारले सम्मेलनलाई पत्रकारको पहुँचबाट टाढा राख्न धेरै प्रयास गरेको थियो ।
सकारात्मक सन्देश विश्वभर
शिखर सम्मेलन अवधिमा राजधानी काठमाण्डौं र समग्र मुलुकमा भरपर्दो शान्ति सुरक्षा कायम गरी नेपालमा पूर्णत शान्ति कायम भएको सन्देश विश्वभर फैलिएको समिक्षा भएको छ । प्रधानमन्त्री कोइरालाले यो सम्मेलनको सफलताले नेपालमा राष्ट्रिय एकताको भावनालाई अझ मजबूत बनाएको सन्देश विश्वभर गएको बताए ।
एजेन्सी
महिला मोडेलहरुलाई उत्तेजक पोजमा प्रस्तुत गरिएका विज्ञापनका होर्डिङ बोर्डहरुका कारण सवारी दुर्घटना बढेको ठहर सहित काठमाण्डौ सहरमा त्यस्ता उत्तेजक होर्डिङ बोर्ड राख्न निषेध नै गरिएको छ ।
उत्तेजक होर्डिङ बोर्डहरुमा पुरुष चालकका आखा पर्ने र उनीहरुले चलाइरहेको गाडी अनियन्त्रित भै दुर्घटना हुने ठहर प्रहरीले गर्ने गरेको छ । यस्तो दुर्घटना हाम्रो देशमा मात्र होइन रुसमा समेत अझै भयानक रुपमा हुन
थालेको छ ।
रुसमा महिलाका वक्षस्थलका कारण दैनिक ५ सय सडक दुर्घटना हुने गरेका छन् । समाचार अनुसार महिलाको वक्षस्थलको तस्वीर देखाइएको एक विज्ञापन अभियानका कारण मस्कोमा दैनिक ५ सय ट्राफिक दुर्घटना हुने गरेको छ ।
हातको समाइएको र निप्पल्समा निलो पोतेर ‘यिनीहरुले आकषिर्त गर्छन्’ भन्ने नारा लेखिएको महिलाको वक्षस्थलको नग्न तस्वीर सहितको भिमकाय विज्ञापन बोर्ड बोकेका ३० वटा ट्रक दिनभर मस्कोका सहरमा गुड्ने गरेका छन् । मस्कोमा यस्ता विज्ञापनयुक्त तस्वीर गुडिरहँदा सडकमा गाडि चलाइरहेका अन्य पुरुषहरुको आँखा उतैतर्फ पर्ने र मन अस्थिर भएर गाडि नै अनियन्त्रित भएर ठोक्काउने गरेको बताइएको छ । सोही कारण मस्कोमा एक दिनमा ५ सय १७ वटासम्म ट्राफिक दुर्घटना भएका छन् ।
महिलाको वक्षस्थलका कारण दिनमा ५ सय सवारी दुर्घटना
एक विज्ञापन एजेन्सीले सुरु गरेको यस्तो मोबाइल विज्ञापन विधि पुलिसका लागि टाउको दुखाइएको विषय बन्यो र अन्ततः पुलिसले त्यस्तो अश्लिल विज्ञापनयुक्त ट्रकबाट वक्षस्थलका तस्वीर झिक्न लगायो ।
यस्तो मूर्खतापूर्ण विज्ञापन विधिको प्रयोग गर्ने सराफन विज्ञापन एजेन्सीले भने आफ्नो कामको बचाउ गर्दै आफुले नयाँ विज्ञापन विधिको आविष्कार गरेको दाबी गरेको छ ।
उता वक्षस्थल विज्ञापनका कारण दुर्घटनामा परेका सवारी धनीहरुले भने विज्ञापन एजेन्सी सँग क्षतिपूर्ति र विमा रकम दाबी गरेका छन् । एजेन्सीले भने विमा कार्यक्रमबाट विमा नपाउने कारधनीहरुलाई आफुले क्षतिपूर्ति दिने स्पष्ट पारेको छ ।

फिचर
1
काठमाडौं । समय र परिस्थितिले मानिसको सम्बन्धलाई कतिसम्म प्रभावित गर्दोरहेछ भन्ने कुराको उदाहरण नेपाली राजनीतिका दुई चर्चित पात्र बनेका छन्। एमाओवादी अध्यक्ष प्रचण्ड र काङ्गे्रस महामन्त्री कृष्ण सिटौलाबीचको सम्बन्ध एक समय यति कसिलो मानिन्थ्यो कि प्रचण्डसँगको मित्रताकै कारण काङ्गे्रसभित्र सिटौलालाई माओवादीको मान्छेका रूपमा लिइन्थ्यो।
०६३ असार १ गते कास्की पुगेर प्रचण्ड–बाबुरामलाई काठमाडौं ल्याउने कार्य गरेयता सिटौलालाई सधै प्रचण्डनिकटका व्यक्तिको रूपमा हेनेए गरिएको थियो। तर, संविधानसभाको दोस्रो निर्वाचनपछि दुई नेताबीचको सम्बन्ध हिउँझैँ चिसो हुन पुगेको छ। प्रचण्डको विचारमा ‘सिटौला एक खुँखार षड्यन्त्रकारी’ हुन् र उनकै कारणले एमाओवादीलाई अप्ठ्यारो परिरहेको छ। प्रचण्डले सिटौलाको बारेमा आफ्ना निकटका व्यक्तिहरूसँग उल्लिखित टिप्पणी गर्न थालेको धेरै भए पनि सिटौलाको मुखैमा ‘षड्यन्त्रकारी’ भनिदिएकोचाहिँ धेरै भएको छैन। दुई साताअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा प्रचण्डले सिटौलाको भूमिकाप्रति असन्तुष्टि प्रकट गर्दै भन्नुभएको थियो, ‘यो सब षड्यन्त्र गर्ने तपाईं नै हुनुहुन्छ। तपाईंकै कारण सहमति बन्न सकिरहेको छैन।’ त्यसरी सिटौलालाई षड्यन्त्रकारी भनिसकेपछि उहाँहरूबीच खासै संवादको स्थिति रहेको छैन र बुझिएअनुसार प्रचण्डले सिटौलासँग कुनै संवाद गर्न चाहनुभएको पनि छैन। प्रचण्डझैं सिटौला आफ्नो स्वभावअनुसार प्रतिक्रिया जनाउने या नकारात्मक टिप्पणी गर्ने गर्नुहुन्न।
तर, पछिल्लो समयमा प्रचण्डसँग संवाद गर्न त्यति उत्साही पनि उहाँ हुनुहुन्न। दुई नेताबीच अहिले सामान्य बोलचालसमेत हुन सकेको छैन। प्रचण्ड रक्षात्मक अवस्थामा पुगेपछि धेरैले उहाँको साथ छोडिसकेका छन्, त्यसैले सिटौला वक्री हुनुलाई अनौठो भने मानिएको छैन।
www.weeklynepal.com
www.weeklynepal.com