काठमाडौं ।
०५१ सालमा उपेन्द्र महतो र कृष्ण आचार्यजस्ता धनाढ्यहरुको पैसा लगनी गरेर पत्रिका चलाउन खोज्दा जिल खाएको एमालेको सिको टिप्दै एमाओवादी त्यसको २० वर्षपछि आएर बल्ल चेतबाबा काशी हुँदैछ ।
०५१ सालमा उपेन्द्र महतो र कृष्ण आचार्यजस्ता धनाढ्यहरुको पैसा लगनी गरेर पत्रिका चलाउन खोज्दा जिल खाएको एमालेको सिको टिप्दै एमाओवादी त्यसको २० वर्षपछि आएर बल्ल चेतबाबा काशी हुँदैछ ।
व्यवस्थापन राम्रो भएन भने पैसाले मात्र थेग्दो रहेनछ भन्ने कुराको ताजा उदाहरण थियो सगरमाथा र एभरेष्ट हेराल्ड दैनिकको शहादत । मूलधारका मिडियालले माया नगरेको भन्दै जथाभावी रेडियो र पत्रपत्रिका चलाउँदा एमाओवादकिो लगानी बालुवामा पानी हुन लागेको हो । पाँचतारे होटल याक एण्ड यतिकै छेउमा छ उसको सबैभन्दा ठूलो रेडियो स्टेशन मैत्री एफ.एम । जसलाई अहिले तीन करोडमा बिक्री गर्न लागिएको छ ।
२१ जना कर्मचारी मासिक खर्च ५ लाख । केही समयअघिसम्म चीनले २ लाखको दरले उपलब्ध गराउँथ्यो । त्यो निकाशा बन्द भयो । अमृत उपाध्याय जापान भासिए । कल्पना बिसुराल र सचन रोक्काहरुलाई तलब दिन छाडियो ।
देशभरका ४०० सामुदायिक रेडियोमध्ये ५० वटा एमाओवादीनिकट छन् । जसमध्ये जनआवाज नेपालगञ्ज र हिमाल एफ.एम सुर्खेत बन्द भइसकेका छन भने अन्यको हालत चिहिलबिहिल छ ।
आजको जनआस्था साप्ताहिक लेख्छ, वैद्यनिकट काठमाडौंको मिर्मिरे, सुदूर पश्चिमको एउटा र धरानको रेडियो गणतन्त्र कसरी चलेका हुन् तिनलाई नै थाहा होला । सबै एम.एम मा २४ देखि ६० लाखसम्मको हिसाबले रेडियो क्षेत्रमा एमाओवादीको डेढ अर्ब लगानी छ । तर रहरै रहरमा खुलेका यी रेडियोलाई टिकाउने उपाय भने प्रचण्डले निकाल्न भ्याइ हालेका छैनन् । किनकि विज्ञापनको बजार सानो छ, थैलो पनि रित्तिँदै गएको स्थिति छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-12-02-35-34.html#sthash.cbVlnxbW.dpuf
भारतीय प्रधानमन्त्री र सीताराम विवाहका अवसरमा अयोध्याबाट आउने जन्तीका लागि जानकी मन्दिरलाई सिँगार्ने काम तीव्र गतिमा अघि बढाइएको छ ।
यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र सीताराम विवाहका अवसरमा अयोध्याबाट नै रामायणकालीन विवाह उत्सव झैँ सरिक हुन जन्ती आउने भएकाले मन्दिरलाई विशेष रुपले सिँगार्ने कार्य भइरहेको छ ।
नेपालको ताजमहलका नामले विख्यात जानकी मन्दिरमा यसअघि भारतीय राष्ट्रपति निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंहको जानकी मन्दिरमा आगमन भइसकेको छ । यस पटक प्रधानमन्त्री मोदीको आगमनले यहाँका साधुसन्तलगायत मिथिलावासी उत्साहित बनेका छन् ।
मिथिला स्वयम् नै मन्दिररुपी पवित्र विशाल घर हो, जुन माटोमा माता जानकी उत्पन्न हुनु, यहाँका माटोको कणकणमा जानकीले लडिबुडी गरी बालक्रीडा गर्नु, भगवान् राम यहाँ आई शिवधनुष भङ्ग गर्नु जस्ता प्रसङ्गले वैदिककालदेखि नै मिथिलालाई दर्शनीय स्थल बनाएको जानकी मन्दिर आरम्भदेखि नै सम्मानित, पूजनीय एवम् आस्था र विश्वासका प्रतीकका रुपमा रहेको छ ।
अहिले यो मन्दिर नौलाखा, जानकी भवन र शशिमहल नामले पनि प्रख्यात रहेको छ । मुगल वास्तुशैली र हिन्दू वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको यो मन्दिर हेर्दा वास्तुकलाकारिताको विलक्षण प्रतिभालाई उजागर गर्दछ । भगवान् रामकी अर्धाङ्गिनी सीताको सम्झनामा मिथिलाको प्राचीन राजधानी जनकपुरमा बनाइएको मन्दिरको सुन्दरता र भव्यता आफैँमा विशिष्ट रहेको छ । मिथिला शब्दलाई स्वयम्मा मोक्ष र पुण्यदायक मानिने चलन भएका कारणले पनि जानकी मन्दिरको नित्य नाम लिँदा पनि सर्वपाप नाश हुन्छ मान्यता पनि रहेको छ । उनानचास हजार ५५५ वर्गफिटमा फैलिएको सो मन्दिर करिब ५० फिट अग्लो छ । पूर्वतर्फ फर्किएको सो मन्दिरको शोभा चारैतिरका ठूला र साना गुम्बजहरुले सजाइएको छ भने चारैतिर विभिन्न रङ्गका रङ्गीचङ्गी फूलबुट्टाहरुबाट सिँगारिएको छ ।
यस मन्दिरमा ६० वटा कोठा रहेका छन् । यी मध्ये शशि गर्भगृह विशेष महत्वपूर्ण छन् भने मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक छ । चारै कुनामा तीन–तीनवटाका दरले बनाइएका बाह्रवटा कलात्मक बुर्जाका साथै अन्य साना ठूला बुर्जा र गुम्बजहरुमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर, अर्धवृत्त आकारको प्रवेशद्वार र प्रवेशद्वारको दुवैतिर र माथि बनाइएका विभिन्न चित्रहरुले मन्दिरको भव्यतालाई अझ बढाएको देखिन्छ ।
यस स्थानको परिचय दिने श्रेय यस मन्दिरका पहिलो महन्त सुरकिशोर दासलाई दिइन्छ । प्राचीन विदेह वा मिथिलाको राजधानी जनकपुर अहिलेको जनकपुर रहेको स्थल नै हो भनी पहिचान गराउने श्रेय पनि उनै महन्तलाई दिइन्छ ।
वर्तमान जानकी मन्दिर रहेको स्थानमा पहिले एउटा नीमको रुख थियो । सत्रौँ शताब्दीको अन्ततिर सोही स्थानमा ती महन्त विश्राम गर्न सुतेका थिए । उनलाई त्यसै बखत सपनामा देवी सीताले यसै स्थानमा आफ्नो पिताको दरबार रहेको थियो भनेर बताएको जनश्रुति पाइन्छ । त्यसपछि महन्तले त्यस स्थानमा एक झुपडी बनाई पूजाआजा गर्न थाले । यिनकै समयदेखि यसको ख्याति बढ्न थाल्यो र मानिसहरु घनाजङ्गलभित्र रहेको स्थानमा पूर्णिमा तथा पवित्र पर्वहरुको अवसरमा यहाँ आई स्नान र पूजाआजा गरी फर्कन्थे ।
त्यस समयमा बाघ, भालुजस्ता जङ्गली पशुको निकै डर रहने भए पनि मानिसहरु अस्त्रशस्त्र लिई यस स्थानमा मेला भर्न आउँथे । अन्वेषक नारायण रिमालका अनुसार महन्त सुरकिशोर दास वस्तुतः आधुनिक जनकपुरको संस्थापक र सीताको उपासना पद्धतिका प्रचारक, महान् सन्त एवम् कवि थिए ।
यी महन्तपछि यहाँ उनकै शिष्य प्रयाग दास महन्त भए । यस ठाउँको ख्याति सुनेर मकवानपुरका राजा मणिकसेनले विसं १७८४ मा एक हजार ४०० बिगाहा सीतारामको भोगरागका लागि जमिन दान गरेका थिए ।
यस्तै विसं १७९० साल फागुन ७ गतेका दिन हेमकर्णसेनले जग्गाको सिमाना गुठी थामिदिएको र नेपालको एकीकरणपछि पृथ्वीनारायण शाहले सो जग्गा कुशविर्ताकै रुपमा उपलब्ध गराएको विसं १८६७ को गीर्वाणयुद्ध वीरविक्रम शाहको लालमोहरमा उल्लेख छ ।
यसै लालमोहरबाट गीर्वाणयुद्ध विक्रम शाहले विर्ता पक्का ठहराई चार किल्लाको सिमाना तोकी लालमोहर ताम्रपत्र गरी जानकीको नित्य पूजा गरी सदाव्रत चलाई शिष्य परम्पराअनुसार भोग गर्ने आदेश दिएको बताइन्छ । यसै आदेशबाट राजगुठीअन्तर्गत पूर्णरुपमा स्वतन्त्र भई गुरु–शिष्य परम्परा रहेको र सञ्चालन व्यवस्थापनको जिम्मा महन्तमा रहेको देखिन्छ ।
सो मन्दिरको निर्माणको सन्दर्भमा स्थानीय किंवदन्ती अनुसार भारतका टिकमगढका एक राजा यस क्षेत्रतर्फ सिकार खेल्न आएका बखत यहाँको ख्याति सुनी आफ्नी रानीलाई लिई एकदिन तीर्थ गर्न भनी यहाँ आए । ती राजा निःसन्तान थिए । यिनकी रानीले पुत्र प्राप्त गरेमा रु नौ लाख लगाई एक भव्य मन्दिर बनाउने बाचा गरिन् ।
कालान्तरमा रानीलाई पुत्र प्राप्त भयो र उनले रु नौ लाख लगाई यो मन्दिर निर्माण गराएका कारण यो मन्दिर नौलाखा मन्दिरका नामले पनि चिनिन्छ । सहप्राध्यापक शिवेन्द्रलाल कर्ण सो मन्दिरको निर्माण टिकमगढका राजा नरेशप्रताप सिंह र उनकी पत्नी वृषभानु कुँवरीले गराएका र मन्दिर पूरा हुन १२ वर्ष लागेको बताउनुहुन्छ ।
मन्दिरमा रहेको शिलालेखअनुसार सो मन्दिरको शिलान्यास विसं १९५२ माघ २८ गते र मूर्तिप्रतिष्ठा विसं १९६७ माघ २८ गते भएको हो ।
मूर्तिको प्रतिष्ठाको अवसरमा महारानी वृषभानुको मृत्यु भइसकेकाले दोस्रो महारानी गणेश कँुवरीको सहभागिता रहेको पाइन्छ ।
हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवन, इमारतलाई सबभन्दा उत्तम दर्जाको एकाइमा भन्नुपर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरेकाले पनि नौ लाखा भनिएको हुन सक्ने तर्क सहप्राध्यापक कर्ण अघि सार्नुहुन्छ ।
उहाँका अनुसार यस मन्दिरको निर्माण त्यस बेलाका बेलायती महारानीका चाँदीका सिक्काहरु रु तीन चार लाख खर्च भएको थियो ।
अन्वेषक रिमाल यो मन्दिर बनाउन रु नौ लाख सङ्कल्प गरिए पनि करिब रु १५ लाख खर्च भएको बताउनुहुन्छ ।
यस मन्दिरमा प्रत्येक धार्मिक पर्वहरु विशेष गरेर विवाहपञ्चमी, रामनवमी, झुलन पर्व, जानकीनवमी, कोजाग्रत पूर्णिमा र अन्नकुट धुमधामका साथ मनाइन्छ । यी पर्वहरुमा देशविदेशका असङ्ख्य श्रद्धालुहरुको सहभागिता हुने गरेको छ ।
मन्दिरको शिलालेखअनुसार सो मन्दिरका महन्तहरुमा सुरकिशोर दास, प्रयाग दास, जनकविदेही दास, हरिनारायण दास, बलराम दास, सुमरन दास, विश्वम्भर दास, रामगुलेला दास, नरसिंह दास, हरिभजन दास, रामकृष्ण दास, नवलकिशोर दास र रामशरण दासले मन्दिरको गुरुशिष्य परम्परालाई निरन्तरता दिएको पाइन्छ ।
महन्त रामतपेश्वर दास भारतीय प्रधानमन्त्रीले स्वयम् जानकी मन्दिरको दर्शन र पूजापाठ गर्ने भावना व्यक्त गर्नुभएकाले मिथिलावासीलगायत साधुसन्त उहाँको आगमनको व्यग्रतापूर्वक प्रतीक्षामा रहेको बताउनुहुन्छ । रासस
hamrakura.com
फोटो :राजन गाउँले
सिन्धुली : नेपाललाई उपनिवेश बनाउन आएका अंग्रेज फौजलाई परास्त गर्दै नेपालीले विजय हासिल गरेको एेतिहासिक सिन्धुलीगढी किल्लामा सोमबार विजयोत्सव मनाउने क्रममा नेपाली झण्डा फहराएको छ।
नेपाली पुर्खाहरुले साम्राज्यबादी अंग्रेज सेनालाई परास्त गर्दै विजय हासिल गरेको दिनको स्मरण गर्दै सिन्धुलीगढीमा नेपाली झण्डोत्लन गर्नुसाथै नेपाली सेनाले सलामीसमेत दिएको छ। नेपाली झण्डासहितको मोटरसाइकल, गाडीको र्याली जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट गढी किल्ला पुगेको थियो।
विजयोत्सवमा सभासद, स्थानीय राजनीतिक दलका प्रतिनिधि र विशिष्ठ व्यक्ति, सयौँ सर्वसाधरण, नेपाली सेना, सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि सहभागी थिए। पत्रकार महासंघ सिन्धुली र जिविसले विजयोत्सव आयोजना गरेको हो।
विजयोत्सवमा संस्कृति, पर्यटन तथा नागरीक उढ्यन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले गुरुयोजना बनाएर आए सिन्धुलीगढीको ऐतिहासिक स्वरुपको पुन: निर्माणमा सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे।
उनले भने, 'सिन्धुलीगढीको इतिहास राष्ट्रमा मात्र नभएर अन्तरराष्ट्रमा समेत महत्वपूर्ण छ। यसको संरक्षण र प्रबद्र्धनका लागि गूरुयोजना बनाएर लाग्नु पर्छ।' उनले गढीजस्ता ऐतिहासिक र पुरातत्विक महत्वका संपदाको संरक्षणमा राज्य, राजनीतिक दल, नागरीक बासी एक भएर लाग्नुपर्ने आवश्यकता औॅंल्याए।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सिन्धुलीगढी क्षेत्रमा पुराना संरचनाको पुन: निर्माणको साटो नयाँ भौतिक संरचना निर्माणले पुरातात्विक अस्तित्व लोप हुनसक्ने खतरामा सचेत गराए। गढीको स्वामित्व र संरक्षण कसले गर्ने भन्ने विषयमा अन्योल हुँदा यसको विकासले गति लिन नसकेको उनले बताए।
गढीको जिम्मेवारी लिने गरी सिन्धुलीगढी वृहत्तर विकास समिति गठन गरी काम थाले पुरानै शैलीमा भौतिक संरचना निर्माण गर्न सघाउने प्रतिबद्धता उनले गरे।
सभासद मोहनप्रसाद बराल, गणेशप्रसाद पहाडी र हरिबोलप्रसाद गजुरेलले जिल्लाको विकाससँगै सिन्धुलीगढी क्षेत्रको विकासका लागि आफू र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनीहरुले नेपाली र अंग्रेजविचमा भएको उपनिवेश विरुद्धको युद्ध र विजयको प्रसंग उल्लेख गर्दै गढीलाई राष्ट्रिय महत्वको पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्नुपर्न बताए।
विजयोत्सवमा सिन्धुलीगढीको इतिहास र महिमा झल्कने सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिका भेषभुसासहितको झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो। ऐतिहासिक सिन्धुलीगढी दरबारको पुन: निर्माण, सिन्धुलीगढीसँगै जिल्लालाई नै पर्यटकीय गन्तव्यका लागि आकर्षक जिल्ला घोषणालगायत विषयसमेत उठाइएको थियो।
विसं १८२४ कात्तिक २४ नेपाली फौजको नेतृत्व गर्दै श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले अंग्रेज फौजलाइ सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहासमा उल्लेख छ।
http://annapurnapost.com/News.aspx/story/2195#sthash.wJzIhodn.uCrEkexb.dpuf
गोकुल कार्की । ‘सभ्यताको उषाकालदेखि नैं मानिसहरु घटनालाई असम्बन्धित र व्याख्यारहित रुपमा हेरेर सन्तुष्ट भएका छैनन र उनीहरुले जगतभित्र विद्यमान व्यवस्थालाई बुझ्ने चेष्टा गरेका छन् र आज पनि हामी यहा किन छौं र कहाँबाट आयौं भन्ने कुरा जान्न उत्सुक छौं ।’ –स्टेफन हकिंग
एकपटक एकजना सुपरिचित वैज्ञानिक (कसैले भन्छन उनि वर्टन्ड रस्सेल थिए) ले खगोल विज्ञानको बारेमा एउटा सार्वजनिक व्याख्यान दिएछन् । उनले कसरी पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ र कसरी फेरि सूर्यले हाम्रो तारपुन्ज भनिएको ताराहरुको विशाल समूहलाई परिक्रमा गर्दछ भन्ने कुराको वर्णन गरेछन् । त्यो व्याख्यानको अन्त्यमा, कोठाको पछाडिबाट एउटी स–सानी वृद्ध महिला उठिछन् र भन्न थालिछन्, ‘तिमीले हामीलाई भनेको कुरा बकवास हो, यो संसार बास्तवमा एउटा चेप्टो थाल हो, जुन एउटा बिशाल कछुवाको ढाडमाथि अडेको छ ।’ ती वैज्ञानिकले यो उत्तर दिनुभन्दा पहिले एउटा उच्च मुस्कान दिएछन्– ‘अनि कछुवा चै के मा अडिएको छ नि ?’ ‘तिमी धेरै चलाख छौ भाइ, धेरै चलाख ।’ ती वद्ध महिलाले भनिछन्, ‘तर त्यो त तलैसम्म कछुवै–कछुवा छ निं !’
अधिकांश मानिसहरुले कछुवाहरुको अनन्त स्तम्भको रुपमा हाम्रो ब्रह्माण्डको चित्रलाई बढी हाँस्यास्पद पाउलान्, तर हामी किन सोच्छौं कि हामीले राम्रोसंग जान्दछौं ? यो ब्रह्माण्डको बारेमा हामीले के जान्दछौं ? यसलाई कसरी जान्दछौं ? यो ब्रम्हाण्ड कहाबाट आयो अनि कहा जादैछ ? के यो ब्रम्हाण्ड आदि (सुरुआत) थियो ? र, यदि थियो भने त्यस भन्दा अगाडि के भयो ? के यो कहिल्यै अन्त्य होला ? कुनै दिन यी प्रश्नका उत्तरहरु हामीलाई त्यत्ति नै स्पष्ट हुन सक्दछन्, जत्ति कि आज हामी स्पष्ट छौं, पृथ्वीले सूर्यलाई परिक्रमा गर्दछ भन्ने कुरामा । के हुन सक्दछ भन्ने कुरा समयले नै निर्धारण गर्नेछ ।
ईशापूर्व ३४० अगाडि नै युनानी दार्शनिक एरिस्टोटलले आफ्नो पुस्तक ‘स्वर्गबारे’ मा, ‘यो पृथ्वी चेप्टो थाल जस्तो भन्दा पनि गोलो डल्लाजस्तो छ भन्ने कुरा बिश्वास गर्नका लागि दुइटा राम्रा तर्क अघि सारेका थिए । पहिलो, उनले महशुस गरे कि, चन्द्रमाका ग्रहणहरु सुर्य र चन्द्रमाको बिचमा पृथ्वी आउनाले हुन् जान्छन् । चन्द्रमामा पृथ्वीको छाया सदा गोलो हुन्छ ।
जुन यदि पृथ्वी गोलाकार भएमा मात्रै सत्य हुन्छ । त्यसको अलवा पृथ्वी यदिचेप्टो चक्का भएको भए चक्काको केन्द्रको सिधै मुनी सुर्य हुदा सधैं ग्रहण देखिने अवस्था बाहेक त्यो छाया लामो र दीर्घ वृत्ताकार हुन्थ्यो होला । र देश्रो, युनानीहरुले आफ्ना यात्राहरुबाट थाह पाए कि, आकाशमा उत्तरी ध्रुव तारालाई उत्तरी ध्रुव क्षेत्रबाट हेर्दा भन्दा दक्षिणतिरबाट हेर्दा तल देखिन्छ ।
उत्तरी धु्रबतारा उत्तरी धु्रबमाथि रहने भएकाले, उत्तरी ध्रुबमा रहेको अवलोकनकर्ताको लागि सिधै माथि देखिन्छ । तर भूमध्य रेखाबाट अवलोकन गर्नेहरुका लागि भने त्यो ठीक क्षितिजमा रहेको देखिन्छ । इजिप्ट र युनानमा उत्तरी ध्रुब ताराको उक्त प्रत्यक्ष अवस्थितिको भिन्नताबाट एरिस्टोटलले पृथ्वीको वरिपरी दुरी ४,००,००० स्टेडिया (१ स्टेडिया.२०० यार्ड अनुमानित) छ भन्ने अनुमान पेश गरे । जुन अनुमान वर्तमानको स्वीकृत आँकडा भन्दा दुगुणा हुन् आउछ । एरिस्टोटलले सोच्थे कि, पृथ्वी स्थिर छ । र, सुर्य–चन्द्रमा र ताराहरु पृथ्वीको वरिपरी वृत्ताकार कक्षहरुमा चल्दछन् । उनले विश्वास गरे, किनभने उनले रहश्यमय कारणहरुबाट महशुस गरे कि पृथ्वी यो ब्रम्हाण्डको केन्द्र हो ।
उनको यो बिचारलाई ई.सं. को दोश्रो शताब्दीमा टोलेमीद्वारा एउटा पूर्ण ब्रम्हाण्ड विज्ञानको ढाचामा बिशदीकरण गरियो । पृथ्वी आठ ओटा मण्डलहरुद्वारा घेरिएर केन्द्रमा रह्यो, जसले चन्द्रमा, सुर्य, ताराहरु र त्यस बेलाका ज्ञात पाच ग्रहहरु बुध, शुक्र, मंगल, बृहस्पति र शनिलाई बहन गर्दथे । यी आठ मण्डलभन्दा बाहिरको सत्ता इश्वरको लागि छोडिदिएको कारणले तत्कालीन पादरीहरु सन्तुष्ट नै थिए ।
तर पनि सन् १५१४ मा पोल्याण्डका एकजना पादरी निकोलस कोपनिर्कसद्वारा एउटा ढाचा प्रस्तावित गरियो । जुन यसभन्दा अगाडिका मान्यता भन्दा बिपरित थिए । सुर्य केन्द्रमा स्थिर छ, पृथ्वी र अन्य ग्रहहरु सुर्यको वरिपरी वृत्ताकार कक्षहरुमा चल्दछन् । धर्मभीरुबाट बिरोध आउन सक्ने सम्भावनाको कारण उनले आफ्ना बिचारहरुलाई छद्मनामबाट संप्रेषण गरे ।
यो बिचारलाई गम्भीरतापूर्वक लिनलाई करिब एक शताब्दी अवधि लाग्यो र त्यसपछि दुई खगोल शास्त्रीहरु जर्मनीका जोहानस् केप्लर र इटालीका ग्यालिलियो ग्यालिलीले कोपनिर्कस सिद्धान्तलाई सार्वजनिक रुपमा समर्थन गर्न थाले । ग्यालिलियोले रातको समयमा भर्खरै आविष्कार भएको आफ्नो दूरदर्शन यन्त्रद्वारा आकाशीय पिण्डहरुको अवलोकन गर्न थाले । जसमार्फत पनि कोपनिर्कसको सिद्धान्तलाई पुष्टि गर्यो । परिणामस्वरुप सन् १६०९ मा एरिस्टोटलीय–टोलेमिक सिद्धान्त पूर्ण रुपमा गलत सिद्द भयो ।
कोपनिर्कसको ढाचा टोलेमीको खगोलीय मण्डलहरुबाट मुक्त भयो, र तिनीहरुसंगै, यो व्रम्हाण्डको एउटा प्राकृतिक सिमना छ भन्ने विचारबाट पनि मुक्त भयो । ‘स्थिर ताराहरु’ हाम्रो सूर्य जस्तै, तर अत्यन्तै टाढा अवस्थित वस्तुहरु हुन् । न्युटनले महशुस गरे कि, उनको गुरुत्वाकर्षणको सिद्धान्त, जुन १६८७ मा प्रतिपादित भएको थियो, अनुसार हरेक ताराहरुले एक अर्कोलाई आकर्षण गर्नु पर्दछ ।
गुरुत्वाकर्षण सिद्धान्त अनुसार यो ब्रम्हाण्डमा प्रत्येक वस्तु एउटा बलद्वारा प्रत्येक अर्को वस्तुतिर आकर्षित हुन्छ, जुन ती वस्तुहरु जति बढी पिण्डवान हुन्छन् र एक अर्काप्रति जति बढी नजिक हुन्छन्, त्यत्ति प्रवल हुन्छ । यस सिद्धान्त अनुसार संसारका कुनै पनि वस्तुहरु स्थिर छैनन भन्ने तर्कलाई बल प्रदान गर्दछ । हरेक वस्तुहरु आफ्नो औकातले भ्याएसम्म तानातानको यो खेलमा मग्न छन् भन्ने पुष्टि गर्दछ ।
कछुवाको कथाबाट सुरु भएको ब्रम्हाण्डको कुरा समयको गतिसंगै निक्कै अगाडी फड्को मारिसकेको छ । नवीनतम खोज एबम् अनुसन्धानहरुबाट हामीले खगोल सम्बन्धि थुप्रै जानकारीहरु प्राप्त गरिसकेका छौं । सन् १९२९ मा एडविन हब्बलले युगान्तकारी अवलोकन गरे कि, तपाईं जहासुकैबाट हेर्नुस्, दूरवर्ती तारापुञ्जहरु तीव्रतापूर्वक हामीबाट टाढा गइरहेका छन् । अर्को शब्दमा भन्नु पर्दा, यो ब्रम्हाण्ड विस्तार भइरहेको छ ।
यसको अर्थ के हो भने प्रारम्भिक समयमा वस्तुहरु परस्पर नजिक थिए होलान् । वास्तवमा यो देखियो कि, करिव दश वा बीस मिलियन वर्ष अगाडि एक समय थियो, जुन बेला तिनीहरु सबै ठीक एउटै स्थानमा थिए । त्यसै कारण जुन बेला यो ब्रम्हाण्डको घनत्व असीमित थियो । यो खोजले अन्तत ब्रम्हाण्डको प्रश्नलाई विज्ञानको क्षेत्रभित्र ल्याइदियो । विभिन्न पेजबाट लिईएका उल्लेखित जानकारीहरु A BRIEF HISTORY OF TIME नामक पुस्तकमा लेखक तथा वैज्ञानिक स्टेफन हकिंगले उल्लेख गरेका छन् । जसलाई सबै नेपालीले पढ्न सक्ने भाषामा अनुदित गरिदिएका छन् अनुवादक रमेश सुनुवारले । सर्वप्रथम उलाई कृतज्ञता जाहेर गर्दछु ।
कुनै पनि भौतिक सिद्धान्त सदा काम चलाउ नैं हुन्छ, यस अर्थमा कि त्यो केवल एउटा परिकल्पना मात्रै हो । तपाइले त्यसलाई कहिल्यै सिद्द गर्न सक्नु हुन्न । प्रयोगहरुका नतिजाहरु कुनै सिद्धान्तसँग जतिसुकै पटक मेल खाऊन्, तपाईं कहिल्यै पनि निश्चित हुन सक्नुहुन्न कि अर्को पटक ती नतिजाहरु उक्त सिद्धाान्तसँग बाझिने छैनन् । अर्कोतिर तपाईंले कुनै पनि सिद्धान्तलाई एउटै मात्र तथ्य पत्ता लगाएर पनि गलत साबित गर्न सक्नुहुन्छ, जुन त्यो सिद्धान्तको भविष्यवणीसँग मेल खादैन ।
त्यसैले विज्ञानको अन्तिम लक्ष एउटा सिङगो सिद्धान्त प्रदान गर्नु हो जुन हरेक प्रश्नको उत्तर अकाट्य रुपमा सङ्गत होस् । यसका लागि हामीलाई दुइ वटा कुराको जानकारी दिने सिद्धान्त जरुरी हुन्छ । पहिलो, ती नियमहरु हुन् जसले हामीलाई यो ब्रम्हाण्ड समयको साथ कसरी बदलिन्छ भन्ने बारेमा जानकारी प्रदान गराओस् । अनि दोश्रो, यो ब्रह्माण्डको आरम्भिक अवस्थाको प्रश्नको तथ्यसङगत उत्तर देओस् ।
हकिंगको यी भनाइहरुले के संकेत गर्दछन् भने, उनले आजसम्म विस्तारवान ब्रम्हाण्डको लागि सङगत देखाउने जुन तर्कहरु पेश गर्दै आएका छन्, स्वयंमा पनि विस्वस्त हुन सकिरहेका छैनन । उनको किताबमा थुप्रै विषयहरु छन् । आज यो आलेखमा चै ब्रह्माण्डको फैलावट सम्बन्धि, विज्ञानको वर्तमान धारणामा केन्द्रित रहदै चर्चा गर्न गइरहेको छु ।
ब्रम्हाण्ड फैलदै छ भन्ने कुराको प्रमाण :–
१९२४ मा अमेरिकी खगोलविद अड्विन हब्बलले पत्ता लगाए कि, हाम्रो तारापुन्ज जस्ता अरु धेरै तारापुन्जहरु छन् । जसको बिचमा विशाल खाली ठाउहरु छन् । यो कुरालाई सिद्द गर्नका लागि उनले यी अन्य तारापुन्जहरुसम्मको दुरीहरु निर्धारण गर्नु पर्दथ्यो, जुन यति टाढा छन् कि, नजिकका ताराहरुका विपरित तिनीहरु साच्चै नै स्थिर देखिन्छन् । त्यस कारण उनलाई यी दुरीहरु नाप्नको लागि अप्रत्यक्ष विधि प्रयोग गर्न बाध्य भए । ताराहरुको चम्किलोपन दुई कुरामा निर्भर रहन्छ । पहिलो, त्यसले कति प्रकाश छोड्छ । दोश्रो, त्यो हामीबाट कति टाढा छ ।

नजिकको ताराहरुको सम्बन्धमा, हामी तिनको प्रत्यक्ष चम्किलोपन र दुरी नाप्न सक्छौं, त्यसकारण हामी तिनीहरुको उज्यालोपन पत्ता लगाउन सक्छौं । त्यसैगरी यदि हामीले अन्य ताराहरुको उज्यालोपन जान्यौं भने, तिनको प्रत्यक्ष चम्किलोपन नापेर तिनको दुरी पत्ता लगाउन सक्छौं । हब्बलले पत्ता लगाए कि, निश्चित प्रकारका ताराहरुको प्रायः उही स्तरको उज्यालोपन हुन्छ । साथै उनले यो पनि तर्क राखे कि, यदि हामीले यस्ता ताराहरु अरु तारापूंजहरुमा भेट्टायौं भने, हामीले मान्न सक्छौं कि, तिनीहरुको पनि उही उज्यालोपन छ । यसरी त्यो तारापुञ्जसम्मको दुरी मापन गर्न सक्छौं । यदि हामीले एउटै तरपुञ्ज भित्रका अरु धेरै ताराहरुको सम्बन्धमा यसो गर्न सक्यौं भने र हाम्रा गणनाहरुले सधै उही दुरी देखाए भनें, मान्नु पर्ने हुन्छ कि, हामी हाम्रो हिसाबमा सहि छौ ।
यसरी उनले नौं विभिन्न तारापुन्जहरुको दुरीहरु पत्ता लगाए । ताराहरु यति धेरै टाढा हुन्छन् कि हाम्रा लागि तिनीहरु प्रकाशका विन्दुहरु जस्ता मात्र लाग्दछन । हामीले तिनका आकार या स्वरुप यस्तै छ भनेर जान्न सक्दैनौं । तर पनि हामीले त्यहाबाट उत्सर्जन भएको प्रकाशको रङग (वर्णपट) हेरेर तिनको दुरी अनुमान गर्न सक्छौं । डप्पलर प्रभाव (doppler effect) अनुसार कुनै पनि प्रकाशको श्रोत हामीबाट टाढा हुदै गइरहेको छ भने हामीले प्राप्त गर्ने तरंगहरुको अवृति निम्न हुनेछ । र त्यसैगरी प्रकाशको श्रोत हामीतर्फ आउदै गरेको छ भने तरंगको आवृत्ति उच्च हुनेछ । तरंग आवृत्ति निम्न हुदा त्यो वर्णपटको रातो किनारातिर (red shifted) सरेका हुन्छन् । र हामीतिर आइरहेका ताराहरुको तरंग आवृत्ति उच्च हुने हुदा वर्णपट नीलो किनारातिर (blue shifted) सरेका हुन्छन् । आवृत्ति र गतिबीचको यो सम्बन्धलाई डप्पलर प्रभाव भनिन्छ ।
अन्य तारापुन्जहरुको अस्तित्वको प्रमाण थाह भए पछिका दिनहरु हब्बलले तिनका दुरीहरु सूचीकरण गर्दै बिताए । र साथसाथै तिनका वर्णपटहरु पनि अवलोकन गरे । आश्चर्य, अधिकांश तारापञ्जहरु रातोतिर सरेका (red shifted) थिए । त्यो सराइमा पनि स्वेच्छाचारिता थिएन, बरु हामीबाट त्यो तारापुञ्जको दुरीसँग समानुपाति छ । अर्को शब्दमा, तारापुञ्ज जत्ति बढी टाढा हुन्छ, त्यत्ति नै बढी त्यो छिट्टो गइरहेको हुन्छ । र, यसको अर्थ भयो, ब्रम्हाण्ड स्थिर हुन सक्दैन, जस्तो कि मान्छेहरुले पहिले सोच्ने गर्दथे । भिन्न तारापुञ्जहरुबीचको दूरी सधै बढिरहेको छ, यानकी, ब्रम्हाण्ड विस्तार भइरहेको छ ।

यस कारणले खण्डन गरियो :–
अवलोकनबाट अधिकांश तारापुंजहरुको वर्णपट रातो (red shifted) देखिएपछि खगोलविद्हरु यो निष्कर्समा पुगे कि, सबै तारापुञ्जहरु क्रमशः हामीबाट टाढा हुदै गइरहेका छन् । यो नैं ब्रम्हाण्ड विस्तार हुनुको प्रमाण हो । माथिको अध्ययनबाट हामीले विस्तारवान ब्रम्हाण्ड सम्बन्धि वैज्ञानिक अवधारणालाई जान्न सक्यौं । स्रोत साधनको अभाव बिचमा जन्मिएका हामी (नेपाली) जस्ता मान्छेहरुले यस्ता खोज तथा अवलोकनहरुलाई विनम्रताकाम साथ स्वीकार्नुको विकल्प छैन र तर पनि हामी आफ्नो बिचारमा स्वतन्त्र छौं र सम्प्रेषण गर्न सक्छौं र आफ्नो दृष्टिकोण पस्कन सक्छौं र अवधारणाहरुको निर्माण गर्न सक्छौ ।

अवलोकन गर्ने साधनहरु साथमा नभएता पनि मैले जिएको यो धर्तीमा धेरै पटक सूर्य उदाएका छन् । झुल्कंदाखेरीको शिशु किरण देखि अस्ताउनु पूर्वको अन्तिम वृद्ध किरणसम्मलाई मैले हमेशा साथ दिंदै आएको छु । यो आधारमा मैले उसका धेरै रुप–रंग–वर्ण–स्वरुपहरुलाई नियालेको छु । खगोलविद्हरुले देख्ने गरेको red shifted-blu shifted वर्णपटहरु मात्र हैन, yello shifted वर्णपटहरु पनि देख्दै आएको छु ।
खुल्ला आकाश भएको दिनमा यी सबै खाले स्वरुपहरु १२ घण्टा कै अवधिमा देख्न सकिन्छ । बिहानको पहिलो किरण हल्का पहेंलो हुन्छ । दिउसो मध्यान्नतिर त्यो झर्झराउँदो नीलो–बैजनी हुन्छ । साझपख क्रमश पहेलिंदै रातो हुन्छ र त्यो अस्ताउछ ।
कुरा रातो वर्णपट–नीलो वर्णपटको हैन । टाढा–नजिकको पनि हैन । बरु आज अस्ताउने बेलामा रातो वर्णपटमा देखिएको सूर्य भोलि फकिर्एर आउँछ या आउँदैन भन्नेको हो । तर मैले आज सम्म बाचेको यो धर्तीमा हिजो साझमा रातो भएर हराएको सूर्य हरेक मिर्मिरेसँगै आफ्नो पूर्व पंहेलो स्वरुपलाई कायम राख्दै हाजिर भएकै छ । दिनको मध्यान्नमा देखिने प्रचण्ड तेज सहितको नीलो वर्णपटमा कत्ति पनि सुस्तता भेटिदैन । यी चित्रहरुले पनि हामीलाई बताईरहेको छ ।
मान्छे यदि बिहान जन्मिएर बेलुकी मथ्र्यो भने उसले अवस्य पनि सोच्थ्यो, सुर्य अब कहिले पनि नफर्किने बाटोमा गइसक्यो † सूर्य रातो हुनु भनेको, यो हामीबाट फुत्किएर बिरानो बन्नु हो । धन्य छ यो प्रकृतिलाई, जसले हामीलाई केही थप अरु दिनहरु बाच्ने अबसर प्रदान गरेको छ । त्यसैले त हामीले यी भ्रमहरुलाई चिर्ने अबसर पाएका छौं । हरेक दिनहरुमा सुर्य हामीलाई साथ दिन आइरहेको छ ।
कुरा फेरि पनि तारापुञ्ज कै छ । कुरा red shifted वर्णपट कै छ र खगोलविद्हरुले आज भन्दा ८०–९० वर्ष अगाडि पत्ता लगाएको रातो वर्णपटधारी तारापुञ्ज कै छ । ताराहरु कहिले पनि नफर्किने गरी हामीबाट टाढा–टाढा हुदै गएको वियोगको कुरा छ ।
तर मेरो दावी छ, यो हुन् सक्दैन । कुनै पनि तारापुञ्जहरु भलै आज (टाढा पुगेर रातो देखिएका यदि हुन् भनें) रातो वर्णपटमा देखिउन, समयको चक्रमा त्यो एक दिन नीलो वर्णपट धारण गरेर फर्कने छ । जसरी हामीले हिजो साझमा रातो देखेको सूर्य आज नीलो बन्न सक्ने गरी झुल्कन सक्दछ । हामीले सिर्फ समयलाई पर्खन सक्नुपर्छ । ३६५ दिनमा हामी (पृथ्वी) ले सूर्यलाई एक चक्कर मार्न सक्छौ ।
यति नजिकको हामी र सूर्य बिचको सम्बन्धमा त हामीले यो रातो–नीलो–पँहेलो स्वरुपको प्रक्रियालाई हेर्न १२–१२ घण्टाको अवधिलाई प्रतिक्षा गर्नु पर्दछ भने यहा त प्रकाश वर्षका कुराहरु छन् । एउटा तारापुञ्जबाट अर्को तारापुञ्जमा जान लाग्ने अवधि अरबौ–खरबौ प्रकाश वर्षका कुराहरु छन् । त्यसैले हामीले हिजो ८०–९० वर्ष अगाडि देखेका रातो वर्णपटधारी ताराहरु हाम्रै यही जुनीमा नीलो वर्णपटधारी बनेर आउँछन भनेर अपेक्षा साध्नु हुदैन ।
रातो–नीलो वर्णपटधारी सूर्यको कुरा पछाडि सायद हामीलाई यो निष्कर्षमा पुगिहाल्न जरुरी छैन कि, ताराहरु रातो भएकै कारणले, क्रमश टाढा–टाढा हुदै गएकै कारणले यो ब्रम्हाण्ड विस्तारवान छ । हरेक तारापुञ्जहरु आपसको आकर्षणमा टिक्ने हुनाले हाम्रो तरापुञ्जसँग त्यसको सम्बन्ध बिच्छेद हुन्छ र, गुरुत्वाकर्षणको नियमसँग समेत असंगत हुने गरी त्यो धागो चुडिएको चंगा झै यत्रतत्र दौडन्छ भन्नु संगतयोग्य कुरा हुदैन ।
ताराहरुको सिस्टम त एउटा चर्खे पिङ झै गरी संचालन भएको हुनुपर्छ । यो चर्खे पिङमा देखाए झै जमिनछेउमा आइपुगेको मानिस घुम्दै–फन्को मार्दै माथि अनि टाढा पुग्छ, अनि त्यसैगरी जमिनको बिपरित माथि रहेको मानिस घुम्दै–फन्को मार्दै जमीन नजिक आइपुग्छ । यहि प्रक्रिया अनुसार करोडौ प्रकाश वर्षपछि आजका रेड सिफ्टेड (red shifted) ताराहरु उच्च तरंग आवृत्तिका साथ् ब्लु सिफ्टेड बनेर झुल्कने छन् । आज पनि हाम्रो सौर्यमण्डल एउटा बिशाल आकाशगंगाको परिक्रमाको क्रममा छ । हाम्रो यो यात्रा क्रममा कुनै एउटा बिन्दुमा एउटा आशालाग्दो Blue shifted तारासंग अवश्य नै भेट हुने नैं छ । तारा हामीबाट फुत्कियो भनेर शोक मनाउन जरुरी छैन । तर त्यसलाई हेर्ने नै हो भने हामीले आजैदेखि अजमरी बुटी खानु अपरिहार्य हुन आउछ !
महाबिस्फोटको धक्काको प्रभाव अझै बाकी छ र ?
एउटा माटोको गाग्रोलाई भूइमा पछार्नुस, टुक्रा टुक्रा भएर फुट्छ । ती टुक्राहरु यत्रतत्र छरिन पुग्छन् । त्यसरी छरिंदा त्यहा कुनै नियम पालना हुदैन । नियम पालना हुदैन भन्नुको मतलब फेरि पनि अर्को पटक त्यस्तै तरिकाले निर्माण भएको, त्यस्तै माटोको गाग्रो, त्यत्ति नै बल प्रयोग गरेर, त्यही दिशा, त्यही दुरीमा, त्यसरी नै भूइमा पछार्नुस, टुक्रा–टुक्रा भएर त फुट्छ, तर, फुटेका टुक्राहरु त्यहीं पुग्दैनन, जुन पहिलो गाग्रो फुटाउदाका बखत पुगेका थिए ।

यसको मतलब यो भयो कि जबर्जस्ती ढङगले हुत्याइएका वस्तुहरुको कुनै निश्चित गन्तव्य हुदैन । कुनै नियमितता हुदैन । तर वैज्ञानिकहरुले हाम्रा सारा ज्ञात पिण्डहरुको एउटा निश्चित नियम–पद्धति, गति–सङगति हुन्छ भनेर घोषणा गरिसकेका छन् । यसबाट के प्रमाणित हुन्छ भने बिग ब्यांङको (महाबिस्फोट) समयमा त्यस्ता पिण्डहरु जति हुत्तिनु थियो, हुत्तिसकेका छन् ।
अब तिनले आफ्नो स्थान खडा गरिसकेका छन् । नियम पद्धति बसालीसकेका छन् । त्यसैले ताराहरु महाबिष्फोटको धक्का खाएर आजसम्म पनि परपर जादैछन् भन्ने तर्क र यो चित्रमा देखिएको पानीको फोका, जो हावामा विनियमका साथ उडिरहेका छन्, मा के नै अन्तर छ र ? उतिसारो सङगतपूर्ण देखिंदैन । यसबाट त कुनै पनि ताराजन्य पिण्डहरु अनकन्टार बिरानो ठाउमा पुगेर अनियन्त्रित हुदै पानीका यिनै फोकाहरु जस्तै उड्दा–उड्दै प्याट्ट फुटी जाने सङकेत पो देखियो त ! के यस्तो सम्भव होला ?
चित्त नबुझ्दो ब्रम्हाण्ड खोज विधि :–
महासागरको बिचमा बसेर माछा पौडिएको हेर्दैमा सागरको गहिराई थाह पाइंदैन । न त सागरको किनारा नै ठम्याउन सकिन्छ । हामीलाई जिज्ञासा सिङगो ब्रम्हाण्ड स्वरुपको हो । ब्रम्हाण्ड जान्नलाई त हामीले आकाश तत्वको बारेमा जान्नु पर्दछ । आकाशको स्वरुप खोज्नु पर्दछ । यसको क्षितिज कता हो, किनारा कहा गएर टुंगिएको छ, त्यता तर्फ ध्यान दिनु पर्ने हो ।

तर लाग्दछ, वैज्ञानिकहरु सागरको गहिराई खोज्ने नाममा माछाको पुच्छर हेर्न मैं भुलिरहेका छन् । जो पनि आउछन्, पिण्डतिरै टासिन्छन् ! समस्त पिण्डहरुसंगै पौडने अनि तिनैसग दौडने वर्तमानको विधिलाई त्यागेर जुन दिन यो आकाश तत्व बारेमा खोज सुरु हुनेछ, ब्रम्हाण्डको सक्कली खोजको दिन आरम्भ हुनेछ । किनकी पिण्डहरु आकाशमा उम्रिएका छन्, आकाशमैं पलाएका छन्, अनि आकाशमै हुर्कदै छन् भने देखि खोजी गर्नुछ यो सजीव वृक्ष उमार्ने भूमि, जो स्वयं कहा समाहित छ ?
भौतिक संसारको व्याख्या भौतिक विधिसम्मत हिसाबले नै दिनु पर्दछ र यसमा कुनै अलौकिक शक्तिको (इश्वरीय शक्ति) करामतलाई जोडेर तथ्यसंग भागेर कोही पनि मानिस ज्ञानी बन्न सक्दैन । तर पनि वैज्ञानिक खोजहरुको आलोचना–असहमति यसकारणले गर्नुपर्छ, ताकी त्यसले हाम्रो यात्रालाई अझै सहि मार्गतर्फ इंगित गराउन सकियोस् ।
/www.nepalsandesh.com/2014/11/10/109343#sthash.oCKzIGAm.ZBGxodVQ.dpuf
तनहुँ, कार्तिक २४ - बाबुआमाको मृत्यु हुँदा छोरीले शव बोक्नु हुँदैन भन्ने मान्यता छ। तर दमौलीका महिलाले आइतबार ज्येष्ठ नागरिक आश्रममा मृत्यु भएकी ९० वर्षीया आइतुमाया थापाको शव बोकेर घाटसम्मै पुर्याए । जातीय परम्पराअनुसार अन्त्येष्टिमा समेत सघाए।
'आश्रममा बस्दै आउनुभएको आमाको मृत्युमा महिलाहरूले नै काँध थापेर घाटसम्म पुर्यायौं,' आश्रमकी सहसचिव सरु श्रेष्ठले भनिन्, 'उहाँको मृत्युमा हामी कोही पनि एक छाक खाना खाँदैनौं।' थापाको शवलाई आश्रम सञ्चालक समितिकी अध्यक्ष ५० वषर्ीया सावित्री श्रेष्ठले सबैभन्दा पहिले काँधमा बोकेकी थिइन्। त्यसपछि सचिव निर्मला मल्ल, राष्ट्रिय परोपकार महासंघ नेपाल तनहुँकी अध्यक्ष कल्पना गौली, आशा बानियाँ, गौरी थापा, अरुणा श्रेष्ठ, सतिा खनाललगायतले काँधमा बोकेर घाटसम्म पुर्याएका थिए।
आफ्नो आमाजस्तै गरी पालनपोषण पोषण गर्दै आएको थापाको मृत्युले आफूहरूलाई ठूलो चोट पुगेको सहसचिव श्रेष्ठले बताइन्। आश्रममा बस्ने सबै वृद्धा आफ्ना आमाबाबुजस्तै आफूहरूले ठान्दै आएको उनले बताइन्।
'आश्रममा बस्नेमध्येको मत्यु भएको यो पहिलो घटना हो,' आश्रम सञ्चालक समिति अध्यक्ष सावित्री श्रेष्ठले आँसु पुछ्दै भनिन्, 'आफ्नै आमाबुबा गुमाएजस्तो चोट पुग्दो रहेछ।'
रोगी र कमजोर अवस्थाकी थापालाई करिब डेढ वर्षअघि ल्याएर आफूहरूले रेखदेख गर्दै आएकाले मृत्युपछि शव उठाउने बेलामा आफंैले काँध थापेको उनले सुनाइन्। छोराछोरी बराबरी भन्ने धारणालाई व्यवहारमा नै लागू गर्न आफूहरूले शव बोकेको उनले जनाइन्।
'मेरी आमा पनि एक वर्षअघि गुमाएँ। यसरी नै काँध थाप्न खोजेकी थिएँ,' उनले भनिन्, 'त्यसबेला कमजोर अवस्था भएकी भन्दै अन्यले काँध थाप्न दिएनन्। अहिले आफन्त कोही नआए दागबत्तीसमेत दिन्छु भनेकी थिएँ। आफन्त आएर दागबत्ती दिए।' थापाको शवलाई उनका भतिजाले मादी सेतीघाटमा दागबत्ती दिएर अन्त्येष्टि गरेका थिए। आश्रममा आबद्ध २ सय २० महिलाले छाक छाडेर शोक व्यक्त गर्ने उनले बताइन् । आश्रममा अहिले जिल्लाका ७ वृद्धा बस्दै आएका छन्।
http://www.ekantipur.com/np/2071/7/24/full-story/398341.html
व्यवस्थापिका–संसद् बैठकमा नियमित जाने सभासदको संख्या एक तिहाई पनि पुग्दैन । त्यसमा पनि संसदमा प्रभावकारी ढंगले जनताका विषय प्रवेश गराउने सभासदको संख्या त औंलामै गन्न सकिन्छ । तेश्रो ठूलो दल एमाओवादी प्रमुख प्रतिपक्षीको हैसियतमा संसदमा छ । तर, उसले प्रतिपक्षको भूमिका खेल्न सकेको छैन । सत्ता पक्षकै केही सभासद्ले प्रतिपक्ष कमजोर हुुनुको फाइदा उठाइरहेका छन् । सरकारका नराम्रा कामको आलोचना गर्ने, भ्रष्टाचार र मूल्यवृद्धिविरुद्ध आवाज उठाउने सीमित सभासद छन् । सत्तारुढ पार्टीकै भएर पनि प्रतिपक्षले गर्नुपर्ने भूमिका निर्वाह गर्ने सभासदमध्येका एक हुन्, ओखलढुंगाका काँग्रेस सभासद रामहरि खतिवडा । खतिवडा संसदमा बोल्न तयार भएपछि सभामुख, मन्त्री र सभासदहरुको कान ठाडा हुने गरेका छन् । पछिल्लोपटक एन्फा अध्यक्ष गणेश थापामाथि सार्वजनिक लेखा समितिमार्फत भ्रष्टाचार छानबिन सिफारिस भएपछि उनको चर्चा थप चुलिएको छ । थापामाथि कारबाहीको विषय समितिमा उनैले पहिलोपटक प्रवेश गराएका थिए । हुन त संसदमा बोल्न जान्ने धेरै सभासद छन्, तर उनीहरु जनताका एजेण्डा कमै बोल्छन् । खतिवडाका कारण काँग्रेसकै गगन थापादेखि एमालेका रवीन्द्र अधिकारी र गोकर्ण विष्टसम्म छायाँमा परेको बताउँछन् लामो समयदेखि संसदीय रिपोर्टिङ गर्दै आएका पत्रकार बोमलाल गिरी । ‘खतिवडा धेरै विषयमा ज्ञान राख्छन् र जनताका एजेण्डा संसदमा प्रवेश गराउँछन्’, गिरी भन्छन्, ‘संविधानसभामा उनले आफ्नो बलियो हैसियत बनाएका छन् ।’ खतिवडासँग काठमाण्डु टुडलेले विविध विषयमा लामाे कुराकानी गरेकाे छ ।
बानेश्वरमा संविधानसभा विघटन गराउने भूत घुम्न थालेको छ
अहिले मुलुकमा काँग्रेस–एमालेको गठबन्धन सरकार छ । यो सरकार इतिहासकै सबैभन्दा बढी बलियो जनसमर्थन प्राप्त सरकार हो । सरकार बनेको १० महिना बितिसकेको छ । यो बीचमा एक दिन पनि बन्द र हड्तालजस्ता सरकारविरोधी कार्यक्रम भएको सुनिएको छैन । प्रतिपक्षीले ४२ दिनसम्म संसद् अवरुद्ध गर्यो । उनीहरु पनि संयमित र मर्यादित नै देखिए । अहिले सरकारको काम गराई धेरैलाई चित्त बुझेको छैन । तर सरकारको कामकारबाहीबारे जनताले प्रश्न गरेको छैन । किन भने संविधान यही सरकारको नेतृत्वमा माघ ८ मै आओस् भनेर हो । तर फेरि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वरिपरि पहिलो संविधानसभा विघटन गराउने भूत घुम्न थालेको छ ।
सभासद् नेपालको तर परिचयपत्रमा नेपाल नै छैन
हामीलाई संविधानसभा सदस्य–२०७० को परिचय पत्र दिइएको थियो । एकापट्टि अंग्रेजी र अर्कापट्टि नेपालीमा लेखिएको परिचयपत्रमा व्यक्तिको नाम र दल मात्र उल्लेख रहेछ । मुलुकको नाम नै छैन । कति लाजमर्दो कुरा । अघिल्लो संविधानसभा ४ वर्षसम्म रहँदा पनि कसैले यो विषयमा एक शब्द बोलेको थिएन । कतै विदेश जानु पर्यो र कार्ड देखाउनुपर्यो भने मुलुककै बेइज्जत हुने अवस्था रहेछ । हामीलाई कुन देशको सभासद भनियो भने जवाफ के दिने ? मैले संसदमा प्रश्न गरें कि हामी कुन देशका सभासद् हौं ? परिचयपत्रमा खुल्नु पर्दैन ? मैले भनेको थिएँ सभासद नै नेपालको नभएपछि के नेपालका लागि संविधान बन्छ त ? गिरिजाप्रसाद, प्रचण्ड, गगन थापाजस्ता चर्चित नेताहरुले परिचयपत्रमा रहेको त्यति ठूलो गल्ती नदेख्नु दु:खको कुरा हो । मैले कुरा उठाएपछि अहिले सुधार भएर संविधान सभा सदस्य–२०७०, नेपाल भन्ने राखियो । हामी पहिलोपटक नेपालको सभासद भएका छौं ।

नेपालीको लास आउन ८ महिना ?
नेपालमा पर्याप्त उद्योग धन्दाको विकास हुन सकेको छैन । राज्यले रोजगारीका अरु अवसर दिन सकेको पनि छैन । त्यसैले अहिले दैनिक १ हजार ५ सयका दरले रोजगारीको खोजीमा नेपाली युवा विदिशिने क्रम चलेको छ । दिनमा सरदर ३ जना नेपालीको विदेशमा ज्यान जाने गरेको छ । तर बिडम्बना के छ भने लास नेपाल आउन ७/८ महिना लाग्छ । कमाउन गएको छोरो विदेशमा मर्दाको पीडा बाबुआमा र परिवारलाई छँदैछ । त्यसमाथि विदेशको भूमिमा लास कुहिएर बस्दा र अन्त्येष्टि गर्न नपाउँदा कति पीडा हुन्छ यो राज्यमा बसेका कसैले महसुस गर्दैनन् । मलाई लाग्यो कि यो गम्भीर सवाल हो । प्रतिपक्षले समेत यो कुरा संसदमा नउठाएपछि मैले उठाएँ । सभामुखबाट सम्वद्ध पक्षको यानाकर्षण गराउने काम पनि भएको हो । तर अझै कार्यान्वयन भएको छैन ।
५ हजारको पासपोर्टलाई ७० हजार ?
हामी अहिले संघीयताको कुरा गर्दै छौं । यति र उति प्रदेश चाहिन्छ भनिएको छ । तर नेपालको अवस्थाअनुसार संघीय मोडेलको कुरा कसैले गरेको छैन । हुम्लाको मानिसले एमआरपी लिन ७० हजार खर्च गर्नुपर्छ । तर हामी जनतालाई खुब लोकतन्त्र दिएको दाबी गर्दैछौं । हुम्लाबाट नेपालगञ्जको प्लेन टिकट १२ हजार । नेपालगञ्जबाट काठमाण्डुको ८ हजार । दुईतर्फ टिक खर्च ४० हजार । एक हप्ता काठमाण्डुको होटलमा बसेर खाँदा २० हजार अनि ‘फास्ट्ट्रयाक’ बाट पासपोर्ट बनाउँदा लाग्ने राजश्व १० हजार गरेर ७० हजार पुग्छ । त्यसैले जनतालाई लोकतन्त्रको उधारो सपना बाँडेर ५ हजारको पासपोर्ट बनाउन ७० हजार खर्च नगराऔं । हरेक जिल्लाबाट राहदानी वितरणको व्यवस्था मिलाउनुपर्छ भनेर संसदमा पहिलोपटक बोल्ने रामहरि खतिवडा हो । यो कुरा संसदको रेकर्डमा गएर हेर्नुस्, बढी बोलेको होइन ।
जनतालाई एम्बुलेन्स छैन, नेतालाई एयर एम्बुलेन्स ?
गाउँगाउँमा जनता सिटामोल र जीवनजल जस्तो सामान्य औषधि नपाएर भटाभट मरिरहेका छन् । गाउँमा एम्बुलेन्स गुडाउन विदेशीका अगाडि दाह्रा देखाउनुपर्ने अवस्था छ । एउटा जिल्ला र अर्को जिल्ला जोड्ने पुल छैन । तर नेताहरु टाउको देख्यो भने एअर एम्बुलेन्स मगाएर विदेशका महंगा अस्पतालमा उपचार गर्न पुग्छन् । राज्यले उनीहरुको लाखौं उपचार खर्च व्यहोर्छ ।
यसरी लुटिन्छ सरकारी रकम
प्राइभेट कम्पनीले ८ देखि २० करोड लागतमा एक मेघावाट विद्युत उत्पादन गर्न सक्दो रहेछ । चमेलिया जलविद्युत आयोजनाका लागि वर्तमान उर्जामन्त्री राधा ज्ञवालीले असार मसान्तमा १ अरब नौ करोड अनुदान दिने तयारी गरेकी थिइन् । त्यसमा पनि ६० प्रतिशत भुक्तिनी गर्ने देखियो बाँकी कहाँ जाने हो भन्ने देखिएन । चमेलिया ३० मेघावाटको आयोजना हो । उर्जामन्त्रीको पाराले काम गर्ने हो भने त एक मेघावाट विद्युत बराबार ५४ करोड खर्च लाग्ने देखियो । ३० मेघावाटको प्रोजेक्टका लागि १८ अर्ब ? जब कि निजी क्षेत्रलाई दिएको भए ७/८ अर्बमा आयोजना सकिन्छ । बाँकी १० अर्ब त सिधै खान खोजेको खाने देखियो । मैले संसदमा यही डाटा पेश गरेर भनें कि राज्य कोषबाट यस्तो ब्रम्हलुट गर्न मिल्छ ? यसरी खानु भनेको आमाकै रगत चुसे बराबर हो । त्यसपछि त्यो पैसा दिने काम रोकियो । यसरी प्राधिकरणले अनावश्यक योजना छनौट गर्ने र सरकारका मानिसहरु मिलेर खाने प्रवृत्ति छ ।
गणेश थापालाई ठेगान लगाइयो
एन्फा अध्यक्ष गणेश थापाले २० वर्षसम्म एकछत्र रुपमा फुटबलमा राईंदाईं गर्दै आएका थिए । नेपालमा गणतन्त्र आयो तर फुटबलमा गणतन्त्र आएन । उनीसँग त सभासद नै डराउने । उनका बारेमा बोल्नै हुँदैन भन्ने । कमल थापाका भाई तीन तारे जर्णेलका दाई भन्ने जे गरे पनि बोल्नै नसक्ने । कोही बोल्न नसक्ने भएपछि को भो र ? कहिले छोराको नाममा विदेशमा भोट हाल्न जाँदा कहिले श्रीमतीका नाममा पैसा ल्याएको छ, खाएको छ । नाम चाहिं नेपाल राष्ट्र र फुटबल क्षेत्रको गएको छ । सबैभन्दा पहिला मै हुँ उनीमाथि छानबिन गरेर कारबाही गरौं भन्ने प्रस्ताव लैजाने । हामीले भ्रष्टाचार गरेको प्रमाणसहित कारबाहीका लागि सिफारिस गरेपछि फिफाले पनि कारबाही गरेको छ । पर्यटन बोर्डमा पनि सुवास निरौलाको दादागिरी उत्कर्षमा पुगेको थियो । हामीले नै ठीक पारेका हौं ।
अब पालो अख्तियारको
अख्तियारको मनलाग्दी गतिविधिले सीमा नाघेको छ । भ्रष्टाचार नियन्त्रणको नाममा खरिदार र मुखिया, हवल्दार र पुलिस मात्र समातेर हुन्छ ? अरु ठूला भ्रष्टलाई छुट दिएर सानातिनामा मात्र अख्तयार किन लागेको छ ? यो विषयलाई हामीले संसदमा प्रवेश गराइसकेका छौं । संसदको सार्वजनिक लेखा समिति, सुशासन समिति र अर्थ समितिले अख्तियार प्रमुखलाई बोलाएर बयान लिइसकेका छन् । अख्तियारले भर्खरै मात्र त्रिभुवन विमानस्थलका नासुका घरबाट ७५ लाख रुपैयाँ घूस खाएको पैसा नियन्त्रणमा लिएको कुरा बाहिर आएको छ । नासुको घरबाट ७५ लाख फेला पर्छ भने विमानस्थलको डिजीको घरबाट कति उठ्छ होला ? त्यसबारे अख्तियारले सोच्नुपर्दैन ?
विद्युत प्राधिकरणको हालत यस्तो
नेपाल विद्युत प्राधिकरण प्रत्येक दिन एक करोड २७ लाख रुपैयाँ घाटामा छ । ७ अर्ब ९५ करोड बिजुली महसुलको बक्यौता उठाउन बाँकी छ । त्यसमध्ये सडक बत्तीको एक अर्ब छ जुन सरकारले तिर्नुपर्ने हो । बिजुलीको पैसा नतिर्ने सबै नेता, उच्च पदमा बसेका सरकारी कर्मचारी, व्यापारी र पहुँचवाला छन् । विद्युत चुहावट त्यत्तिकै छ । प्राधिकरणकै तत्याङ्क अनुसार सात अर्ब ३५ करोडको विद्युत चुहावट भइरहेको छ । गोकर्ण विष्ट उर्जामन्त्री भएका बेलामा लाइन काट्दै हिँडनुभयो । यी दुई कुरा गरिदिएको भए प्राधिकरण कहाँ पुगिसक्थ्यो । अरुले ८ करोडमा करोडमा गर्ने योजनाको लागत प्राधिकरण आफैं ५४ करोड पुर्याउँछ । तामाकोशी प्रतियुनिट ९ करोडमा बन्ने अनि चमेलियाको लागत कसरी प्रतियुनिट कसरी ५४ करोड पुग्ने ? यस्तो योजना छानेर हुन्छ ? काठमाण्डु बसेर दोब्बर भत्तार लिने तर फिल्डमा कोही नजाने प्रवृत्ति प्राधिकरणका उच्च पदमा बस्नेहरुमा छ ।
जिल्ला धेरै जान्छु
मैले चुनावका बेला गरेको बाचाअनुसारै हप्ता वा १५ दिनमा एकपटक ओखलुंगाको आफ्नो निर्वाचन क्षेत्र पुग्छु । एक फ्लाइटको ३२ सय रुयैपाँ लाग्छ । कहिले गाडीमा पनि जान्छु । मेरो निर्वाचन क्षेत्र रामेछाप र सिन्धुलीसँग जोडिएको क्षेत्र हो । कहिले रामेछाप र सिन्धुलीको सीमानामा कार्यक्रम हुन्छ । दुवैतिरका मान्छे जम्मा हुन्छन् । केही कुरा बोल्यो, सँगै चिया खाजा खायो । सबै खुसी हुन्छन् । यताबाट केही साथीहरु पनि लैजान्छु । रमाइलो हुन्छ । चुनावपछि हरेक गाउँ कम्तिमा तीनपटक पुगेको छु । अरु चुनाव जितेपछि फेरि अर्को चुनावमा जान्थे यो त आइरहन्छ भन्छन् । मतदाता खुसी छन् ।

हावाले उडाएको पुल बनाएँ
चुनावका बेला ओखलढुंगाको हर्कपुर र घुर्मी जोड्ने पुल एक वर्षमा बनाउँने बाचा गरेको थिएँ । सभासदको सपथै नलिई तत्कालिन भौतिक योजना तथा सहरी विकासमन्त्री छविराज पन्त, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक सबै लिएर गएँ । पुलको अवस्था देखाएँ । मन्त्रीले त्यहींबाट तत्काल पुल बनाउन निर्देशन दिनुभयो । काम सुरु भएको थियो । विमलेन्द्र निधि मन्त्री हुनुभयो । ट्रस बनाउने सामान हुलाउस स्टीलले गर्दै थियो । केही ढिला भएपछि ओखलढुंगा, सोलुखुम्बु र खोटाङका चार जना सभासद आफ्नै खर्चमा टिकट काटेर हुलासको काराखाना बाराको सीमारा गयौं । सबै कुरा भन्यौं र एक रात बसेर सामान तयार गर्न लगायौं । अर्को दिन सामान पुल बनाउने ठाउँमा पुग्यो । महिनामा आफ्नै पकेटबाट पाँच हजार दिने गरी एक जना स्थानीयलाई ड्युटी खटाएको थिएँ । उनले पुल निर्माणको अवस्थाबारे हप्तामा एक पटक रिपोर्ट बुझाउँथे । काम भए नभएको अनुममन गर्ने हो भने सम्न्धित निकायले पनि राम्ररी भूमिका निर्वाह गर्दोरहेछ । एक वर्षमा बनाउने भनेको पुल एक वर्षमै बनाएर छाडें ।

सभासदको तलब भत्ता मतदातालाई
मेरो निर्वाचन क्षेत्रमा २६ गाविस छ । हरेक गाविसमा एक महिनाको तलब दिन्छु भनेको छु । अहिले बैंकमा जम्मा गरेर राखेको छु । सभासद भएको २६ महिनापछि लगेर बाँड्छु । प्रत्येक गाउँको विकासका लागि पैसा दिन्छु । जसले मलाई मत दिएर सभासद बनाए उनैलाई पैसा दिन्छु । जे गर्नुपर्छ उनीहरुले नै गाउँको विकासमा खर्च गरुन । तर मन्दिर बनाउन एक पैसा पनि दिन्न । किन भने मन्दिर बनाएर धर्म हुँदैन । बरु पानी लिन चार घण्टा हिंड्नेलाई मैले एक लाख रुपैयाँ दिँदा पानी पिउन पाउन्छन् भने त्यो नै ठूलो धर्म हो । काठमाण्डुको नक्साल, दरबारमार्ग र ठमेलमा गरी मेरा चार वटा रेष्टुरेण्ट छन् । महिनामा डेढ दुई लाख रुपैयाँ त्यहींबाट आउँछ । त्यही आम्दानीले घर र आफ्नो खर्च धानेको छु ।
संसदमा झण्डै भिडन्त
ओखलढुंगामा बस दुर्घटना भएर ११ जनाको को मृत्यु भएको थियो । दुर्घटनाका मृतकका परिवारलाई राहत र घाइतेको उपचार व्यवस्था मिलाउन माग गर्ने योजनाले सभामुखसँग बोल्ने समय मागेको थिएँ । उहाँले बोल्न अनुमति दिनुभो । म बोल्न भनेर के उठेको थिएँ । एक्कासि कमल थापाका भाई गणेश थापाले तँ भिड्न खोजेको होस् ? आइज भने । धर्मको विषय उठाएर राप्रपा नेपालले संसदमा अवरोध गर्न खोजेको थियो । उनीहरुले ठानेछन् कि मैले प्रतिवाद गर्न खोज्यो । प्रत्यक्षमा एक सिट समेत ल्याउन नसक्ने हुतिहाराको म किन प्रतिवाद गर्थें र ? उनीहरुले संसदीय मर्यादाको पनि कुनै ख्याल गरेनन् । सभासदले बोल्दा सभामुखतिर हेरेर बोल्ने हो । तर सभामुखतिर पिठ्युँ फर्काएर मलाई लड्न आइज भने । मलाई पनि साह्रै रिस उठ्यो । मैले उसलाई भनें ल भिड्ने भए भिडौ आइज । मैले भनें कि म धर्मको राजनीतिमा विश्वास गर्दिन । हिन्दू धर्म कुनै एउटा पार्टीको पेवा हो ? म बाहुनको छोरा हुँ जनै लगाएको छु । के हिन्दू राज्यको चर्को कुरा गर्ने कमल थापाले जनै लगाएको छ ? यो तोरो फुटबल खेल्ने ठाउँ होइन । जहाँ तैंले वर्षौंदेखि मण्डले चरित्र देखाउँदै आएको छस् । तेरो पेवा हो धर्म र संसद ? तेरो बाऊ राजाले तह लगाउन नसकेको हामीलाई तैंले तह लगाउन सक्छस् ? तिमीहरु आज लोकतन्त्रका चर्का कुरा गर्छौ । तिमीहरु को हौ हामीले चिनेका छैनौं ? पञ्चायत कालमा रुख रोप्दा बिपी र पुष्पलाल जन्मन्छ भनेर रुख रोप्न दिइएन । बिरामीलाई रगत दिन खोज्दा यिनीहरुको रगत बिरामीलाई दियो भने बीपी र पुष्पलाल जन्मन्छ भनेर रक्तदान गर्न प्रतिबन्ध लगाउने तिमीहरु होइनौ ? तिमीहरुको दबदबा रहेको बेलामा हामीलाई जबर्जस्ती ‘एउटै भाषा एउटै भेष प्राण भन्दा प्यारो छ’ भनेर पढ्न लगाएको होइन ? आज हामीसँग स्वतन्त्रता कुण्ठित गरेको भनेर निहुँ खोज्छौ ? तिमी मण्डलेहरुले गरेको अपराधअनुसार आज जेलमा हुनुपर्ने हो । तर हामीले गणतन्त्रको स्वतन्त्रता प्रयोग गर्न दिइरहेका छौं । यो हाम्रो ठूलो उदारता हो । तर पनि मण्डले प्रवृत्ति देखाउन खोज्छौ भने हामी सहनेवाला छैनौं । मैले यति भनेपछि उनीहरु पछि हटे । बास्तवमा एन्फामा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भनेका कारण ऊ मामाथि खनिएको थियो ।

शीर्ष नेताको घर घेर्छौं
दोश्रो संविधानसभाबाट पनि संविधान बन्ने हो वा होइन निश्चित छैन । यदि यो पटक पनि संविधान बनेन भने हामी रित्तोहात गाउँ फर्कने छैनौं । अघिल्लोपटक जसरी हामी लुरुक्क परेर छाड्ने पक्षमा छैनौं । समयमै संविधान बनाउन शीर्ष नेताको घरमा धर्ना दिनुपरे पनि दिन्छौं । त्यसका लागि सबै दलका भावना मिल्ने युवा सभासदहरुको मोर्चा बनाउँदै छौं । । तर पहिलाको ककसको चरित्रको मोर्चा होइन । अहिलेका शीर्ष नेता बढीमा ५ देखि १० वर्षसम्म सक्रिय राजनीतिमा रहलान् । त्यसपछि त मुलुक हाँक्ने हामीले हो । अहिल्यै हामी असफल भएको सन्देश दिन चाहँदैनौं । कथमकदाचित यो पटक पनि संविधान बनेन भने म तेश्रो संविधानसभा निर्वाचनका लागि चाहिं उम्मेदवार बन्दिन ।
- See more at: http://kathmandutoday.com/2014/11/59311.html#sthash.jM0IQmh0.dpuf
दोश्रो संविधानसभाबाट पनि संविधान बन्ने हो वा होइन निश्चित छैन । यदि यो पटक पनि संविधान बनेन भने हामी रित्तोहात गाउँ फर्कने छैनौं । अघिल्लोपटक जसरी हामी लुरुक्क परेर छाड्ने पक्षमा छैनौं । समयमै संविधान बनाउन शीर्ष नेताको घरमा धर्ना दिनुपरे पनि दिन्छौं । त्यसका लागि सबै दलका भावना मिल्ने युवा सभासदहरुको मोर्चा बनाउँदै छौं । । तर पहिलाको ककसको चरित्रको मोर्चा होइन । अहिलेका शीर्ष नेता बढीमा ५ देखि १० वर्षसम्म सक्रिय राजनीतिमा रहलान् । त्यसपछि त मुलुक हाँक्ने हामीले हो । अहिल्यै हामी असफल भएको सन्देश दिन चाहँदैनौं । कथमकदाचित यो पटक पनि संविधान बनेन भने म तेश्रो संविधानसभा निर्वाचनका लागि चाहिं उम्मेदवार बन्दिन ।
काठमाडौ-यो कुनै काल्पनिक प्रेमकथा होइन । वास्तविक कथा हो तर कुनै पनि महान् कथाकारले लेखेभन्दा धेरै महान् प्रेमकथा । यो प्रेमकथा हो, निक भुजिसिक र उनकी श्रीमती कने मियाहाराको । यीनको कथा इन्टरनेटभरी डँढेलोझैँ फैलिएको छ र फैलिरहने निश्चित छ । निक विना हातखुट्टा नै यो र्धिर्तमा जन्मे । र, उनले आफुले प्रेमिका पाउने कुरा कहिल्यै सोेचेनन् , जोसँग पुरा जिन्दगी बिताउन पाइयोस् ।
'मलाई पटक्कै विश्वास थिएन, मैले कुनै दिन कोही भेटाउने छु जो मँसँग सारा जिन्दगी बिताउन तयार होस् ।' उनले केही पहिला एउटा अन्तरवार्ताका क्रममा भनेका छन् । १० वर्षको उमेरमा निकले आत्महत्याको असफल प्रयास गरे तर त्यसपछि भने कहिल्यै पछाडी फर्केर हेरेनन् । आत्मविश्वास बढाउँदै लगे । हार नमान्ने प्रण लिए । जित्छु भन्ने भिष्मप्रतिज्ञा गरे ।
अनि त एक दिन उनले आफ्नो राजकुमारी कनेलाई भेटाए । पहिलो झमटमै उनिहरुले एक अर्कालाई मन पराए । ‘जस्तो रुपमा उनी छन् , त्यही रुपमा मैले उनलाई मन पराएँ । मैले शारिरीक भोकलाई प्राथमिक ठानेर त्यो भन्दा पहिले अर्को केटासँग सम्वन्ध स्थापित गरेको थिएँ तर मलाई दिक्क लाग्यो ।
मैले जे खोजेको थिएँ , निकबाट पाएँ ।’ कने भन्छिन्, ‘उ भौतिक रुपमा मात्रै मेरो पति होइन, आत्मिय रुपमा पनि मेरै ।’ जब उनले निकलाई २००८ मा भेटिन् , उनलाई निकको आत्मविश्वास र हँसाउने कलाले मोहित पायो । ‘उ ह्यान्ड्सम र मेरा लागी योग्य बर थियो ।’ निकलाई पनि त्यस्तै लाग्यो । भन्छन्, ‘चट्याङ परेजस्तो । यो केटी मेरी नै भइदिए हुन्थ्यो भन्ने लाग्यो । नभन्दै..।’
विवाहको प्रस्ताव आयो । पश्चिमा मुलुकमा विवाहको प्रस्तावका लागि औँठी लगाउने चलन छ । धेरैले ठान्लान् , निकले कसरी औँठी लगाइदिए ? तर, यो समस्याको समाधान पनि भयो । निकले अनौठो तरिका निकालिहाले । ‘प्रिय के म तिम्रो हातलाई चुम्न सक्छु ?’ उनले कनेलाई सोेधे । कनेले ठानिन् , निक उनको औँलामा किस गर्दैछन् । तर निकले औठी मुखमा राखेका थिए र जब उनले कनेलाई चुमेझैँ गरे, औठी पनि ठ्याक्कै औालाभित्र पसिहाल्यो । अनि उनले संवत २०१२ मा विहे गरे ।
‘प्रिय म तिमीलाई माया गर्छु र तिमी के मसँग पुरा जिन्दगी बिताउन तयार छौ ?’ कने भावविह्वल भइन् । आँशु मोती बने ।
कतिलाई लाग्दो हो, निकको शारिरीक अशक्तताको कारण उनीहरुको सम्वन्धमा अप्ठ्यारोपना त आउँदैन ? निक भन्छन् ,‘केही समस्या छैन । ओहो, त्यस्तो छँदै छैन । हामी एक अर्काप्रति बहुत आशक्त छौँ ।’ कने भन्छिन् । ‘उसलाई र मलाई आवश्यक सबै चिज उसँग छ ।’ विहा गरिसकेपछी उनिहरुले अमेरिकाको दक्षिण क्यालिफोर्नियामा घरजम गरे । निक प्रेरणा र आत्मविश्वासका बारेमा लेख र भाषण गर्दै संसार डुल्छन् । कने एउटी असल श्रीमतीका रुपमा घरमै काम गर्छिन् ।
खुशीमाथी अर्को खुशीको कुरो, एक दिन कने गर्भवति भइन् र एउटा स्वस्थ बच्चालाई जन्म दिइन् । निक १९८२ अस्टेलियाको मेल्बर्नमा जन्मे । आप्mनै प्रयत्नमा १७ वर्षमा लाइफ विदवाउट लिम्ब नामको संस्था स्थापना गरे । उनको खुट्टा नभएपनि दुइटा पाइताला छन् र एउटा पाइतालमा दुइवटा औँला छन् । ३२ वर्षे यी युवाले प्रेरणा सम्वन्धि भाषण गर्दै विश्वका दर्जनौँ देश घुमिसकेका छन् । लाखौँका श्रोतामाझ आफ्नो अनुभव साटेका छन् ।

काठमाडौं, कार्तिक १८ । आतंकवादी समूह अलकायदाले ध्वस्त पारेको अमेरिकाको न्यूयोर्कस्थित ‘वल्र्ड ट्रेड सेन्टर’को नवनिर्मित भवन व्यापारिक प्रयोजनका लागि खुला गरिएको छ । ११ सेप्टेम्बर सन् २००१ मा अलकायदा आतंकवादीहरुले विमान ठोकाएर ध्वस्त पारेको वल्र्ड ट्रेड सेन्टरका दुईओटा गगनचुम्बी भवनको ठाउँमा निर्माण गरिएको नयाँ भवन हिजोबाट व्यापारिक प्रयोजनकालागि खुल्ला गरिएको हो ।
यसलाई अमेरिकाले आतंकवादविरुद्धको लडाइँमा हात पारेको पछिल्लो सफलताको प्रतीकका रुपमा लिइएको छ ।
ध्वस्त ‘ट्वीन टावर’को ठाँउमा निर्माण गरिएको एउटा मात्र भवन १ सय ४ तले रहेको छ । ३ अर्ब ८० करोड अमेरिकी डलरको लागतमा निर्माण गरिएको नयाँ टावर अमेरिकाको हालको सबैभन्दा अग्लो भवन हो ।
यसको उचाई ५ सय ४१ मिटर रहेको छ । (एजेन्सी)

काठमाडौं, १६ कात्तिक । एमाओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले ओली निवास बालकोट भक्तपुर पुगेर एमाले अध्यक्ष ओलीलाई भेट्नुभएको हो । भेटमा अध्यक्ष प्रचण्डले ओलीलाई संघीयताका मर्म विरुद्ध गए देशमा अनिष्ट हुने तर्फ सचेत रहेर जिम्मेवार बन्न सुझाव दिनुभएको थियो । ओलीले भने आगामी सत्ता गठवन्धन र पावर शेयरिङमा सहमति गरौ भन्ने प्रस्ताव गर्नुभएको थियो । घुमाउरो तरिकाले ओलीले संविधान घोषणा पछि तपाईं राष्टपति र म प्रधानमन्त्री बन्ने गरी सहमति गरौं भन्ने प्रस्ताव राखेको स्रोतको भनाई छ । जबाफमा प्रचण्डले संविधानमा विशेषगरी शासकीय स्वरुप र संघीयताका विषयमा सहमति नभएसम्म अरु कुरामा प्रवेश गुर्नको कुनै अर्थ नभएको बताउनुभएको थियो ।
सत्तारूढ कांग्रेस र एमालेले छ प्रदेशसहितको संघीयता मोडेलमा साझा धारणा बनाएको भोलिपल्ट प्रचण्डले ओलीलाई भेट्नुभएको हो ।
भेटमा संविधानका विवादित विषयमा छलफल भएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
https://www.blogger.com/
काठमाडौँ, कार्तिक १५ – नेपालको हिमाली क्षेत्रमा रहेको विश्वास गरिएको हिममानव ‘यती’ले विश्वकै ध्यान आकृष्ट गर्न सफल भएको छ । हालै यतीको खोजी गर्न नेपाल आएको जापानी ‘एनएचके टेलिभिजन’को टोलीले प्रा रामकुमार पाँडेसँग चार घन्टा अन्र्तवार्ता लिएको छ । यतीसम्बन्धी अध्ययनमा व्यस्त प्रा पाँडे सन् १९७७ मा ‘यती टेल्स’ (यती भन्छ) र पछि क्रमशः थप दुई कृति ‘यती अकाउन्ट्स’ (यती विवरण) र ‘यती मिस्ट्री’ (यती रहस्य) गरी तीन कृति अङ्ग्रेजीमा लेखी प्रकाशनमा ल्याइसकेका छन् ।
चौथो पुस्तक यती सर्च (यतीको खोज)का लाग्नुभएका प्रा पाँडेका अनुसार यतीका बारेमा नेपालमा प्रशस्त जानकारी भएको र यसकै कारण विश्वको ध्यान नेपालमा बढिरहेको छ । “पर्यटकीय दृष्टिले पनि यसको व्यापक अध्ययन र अनुसन्धान गर्नुपर्छ, भुटानले जस्तै नेपाली यतीसम्बन्धी हुलाक टिकट प्रकाशनमा ल्याउनुपर्छ”, उचाइ भूगोलका प्रा पाँडेले सुझाव दिए । यती महालङ्गुर क्षेत्रका शेर्पा संस्कृतिमा अभिन्न रहे पनि यो हजारौँ वर्षअघिदेखि नेपालको हिमाली क्षेत्रका विभिन्न ठाउँमा रहेको र यसबारे पर्वतारोहीहरूले प्रकाश पारेका छन् । दुर्गम क्षेत्रका बासिन्दालाई समेत यसबारे जानकारी छ ।
www.ratopati.com
काठमाडौं, कात्तिक १५– आउँदो डिसेम्बर महिनाको ६ दिन संसार पुरै अन्धकार हुने खबर भ्रामक, झुटो र कपोलकल्पित भएको खगोलविद्ले बताएका छन् । भ्रामक हल्ला चलाउने समूहले डिसेम्बर १६ देखि २२ तारिखसम्म विश्व पुरै अँध्यारो हुने दावी गर्दै आएका छन् ।
खगोलविद सुरेश भट्टराईले केही समूहको जमातले इन्टरनेटमा साम्राज्य जमाउन यस्ता भ्रामक हल्ला गर्ने गरेको भन्दै यसमा कुनै सत्यता नभएको बताउनुभयो ।
नासाले पनि हल्लाको खण्डन गरिसकेको छ । ६ दिन संसार अँध्यारो हुने हल्लामा कुनै सत्यता नभएको नासाले स्पष्ट पारेको छ ।
विश्व अन्धकार हुने भन्ने कुरा गलत भएको नेपाल खगोलियन समाजले जानकारी गराएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्न सकिन्छ ।
खगोलविद् सुरेश भट्टराईका अनुसार सूर्यले आफ्नो ११/११ वर्षको जीवनचक्रमा एउटा न एउटा क्रियाकलाप जस्तै शान्त, क्रुर, तिखो देखाउँछ । ‘यस्तो बेलालाई सूर्य धेरै सक्रिय बेला पनि भनिन्छ’ खगोलविद भट्टराई भन्नुहुन्छ ।
http://ujyaaloonline.com/news
उत्पत्ति:-
सुर्य एक बिशाल आणविक बादलको अंशबाट आज भन्दा करिब ४.५७ अरब बर्ष पहिले निर्माण भएको हो । हाम्रो सुर्यभन्दा दश हजारदेखि दश लाख गुणासम्म ठुला अणुहरुको बिशाल भीमकाय बादललाई बिशाल आणविक बादल भनिन्छ । यो कहिलेकहिँ सैयौं प्रकाश बर्षको ब्याससम्म पुग्दछ ।जहाँ हाम्रो सौर्यमण्डलको ब्योमको कणहरुको घनत्व एक कण प्रति घनसेन्टिमिटर हुन्छ, त्यहाँ यस्तो बादलमा १०,००० देखि १०,००,००० कण प्रति घन सेन्टिमिटरसम्म पुग्न सक्छ । यस घनत्वमा यी बादल भित्र बिबिध किसिमका आकृतिहरु बन्न पुग्दछन् । जस्तो कि, गोलो-बाटुलो-गुच्चाकार आदि इत्यादी । सोहि घनत्वको आधारमै सुर्यले पनि आफ्नो आकार प्राप्त गरेको छ, जसलाई आज हामी नियाल्न सक्छौं ।
अधिकांश हाइड्रोजन अनि हिलियम ग्याँसबाट सुर्यको निर्माण भए झैँ अन्य ताराहरु पनि सोहि बिधि अनुसार निर्माण भएको हुन् सक्ने बैज्ञानिकहरुको अनुमान छ । सुर्यको सम्बन्धमा जुन आयु निकालिएको छ, यो ‘तारकीय विकास’ को ‘कम्प्यूटर मण्डल’ को प्रयोग र ‘न्युक्लियोकोस्मोक्रोनोलोजी’ को माध्यमबाट अनुमानित हो । परिणाम प्राचीनतम सौर्यमंडल सामाग्रीको ‘रेडियोमिट्रिक तिथि’ कै अनुरुप छ, ४.५६७ अरब बर्ष प्राचिन ‘उल्कापात’को अध्यन ‘अल्पजिवी आइसोटोपो’ को स्थिर नाभिकको संकेत देखाउँछ, जस्तो कि आइरन-६०, जो केवल विस्फोटित, अल्पजीवी तारामा निर्माण हुन्छ । यो संकेत गर्छ कि, त्यो स्थान जहाँ सुर्य निर्माण भएको छ, नजिकमा एक वा सो भन्दा बढी सुपरनोभा अबश्य हुनु पर्दछ । कुनै नजिकको सुपरनोभाबाट निक्लिएको ‘आघात तरङ्ग’ले आणविक बादल भित्रको ग्याँसलाई संकुचित बनाएर सुर्यको निर्माण प्रक्रिया शुरु भएको हुन् सक्ने अनुमान छ । र कुनै क्षेत्र आफूमै निहित गुरुत्वबलको अधिनबाट निर्माण भएको हुन् सक्छ । जस्तो कि, बादलको कुनै टुक्रा आफैमा खाँद्दिन्छ, ‘कोणीय गतिमा संरक्षण’ को कारण यो पनि घुम्न थालेको हुनु पर्छ ।
अनि बढ्दो दवाबको कारणले तातिन सक्छ । धेरै ठुलो दवावको कारणले द्रब्यराशी केन्द्रमा संकुचित हुन् गइ प्रतिक्रिया स्वरूप बिस्फोट हुन् गएको हुन् सक्छ । परिणाम स्वरूप केन्द्रमा अवस्थित मूल पदार्थ सुर्य बन्न गयो भने बाँकी ओरिपरी रहेका तत्वहरु विस्फोटनका क्रममा उछिट्टिएर वर्तमान सौर्यमंडलका अन्य सदस्यहरु आज अस्तित्वमा देखिएका ग्रह-उपग्रह इत्यादिको रुपमा बिद्द्यमन भएको बैज्ञानिक राय छ ।
त्यस्तो आणविक बादलको ‘कोर’ को गुरुत्वबलको दवाबले अत्यधिक उष्ण पैदा गराएर बाहिरी सतहसम्म अधिक ग्यास संचालित गराई, अन्तत: ‘नाभिकीय संलयन’ लाई सक्रिय गरायो । यस प्रकारले सुर्यको जन्म भयो ।
अवस्था:-
सौर्यमंडलको केन्द्रमा अवस्थित एउटा मध्यम खालको तारा जसको ओरिपरी अन्य अबयबहरु परिक्रमा गर्ने गर्दछन् । सूर्य हाम्रो सौर्यमंडलको सबै भन्दा ठुलो पीन्ड हो । यसको ब्यास लगभग १३ लाख ९० हजार किलोमिटर छ, जुन पृथ्वी भन्दा लगभग १०९ गुणा अधिक हो । उर्जाको शक्तिशाली भण्डारको रुपमा रहेको सुर्य मुख्य रुपमा हाइड्रोजन र हिलियम ग्याँसको एउटा बिशाल गोला हो । आफ्नो केन्द्र भागमा हुने परमाणु बिलय प्रक्रियाद्वारा यसले उर्जा पैदा गर्दछ । सुर्यबाट उत्सर्जित भएको एउटा सानो अंश मात्रै पृथ्वीमा आइपुग्छ । जसको १५ प्रतिशत अन्तरिक्षमा परबर्तन भएर जान्छ । ३० प्रतिशतले भने पानीलाई बाफ बनाउन सहयोग पुर्याउँदछ भने बाँकी उर्जा रुख बिरुवा नदीनाला-समुन्द्र आदिले खपत गर्दछ । यसको मजबुत गुरुत्वकर्षण शक्तिले पृथ्वी लगायतका अन्य ग्रहहरुलाई आफूतर्फ खिचेर राखेको हुन्छ ।
सूर्यबाट पृथ्वीको औसत दुरी लगभग १४,९६,००,००० किलोमिटर (९,२९,६०,००० माइल)छ । यसको प्रकाश हामीसम्म आइपुग्न ८ मिनेट ३० सेकेन्ड लाग्दछ । यसै प्रकाशीय उर्जाबाट प्रकाश संस्लेषण नामक एक महत्वपूर्ण जैव-रासायनिक अभिक्रिया हुन्छ, यो नैं जीवनको आधार हो । यसले नै पृथ्वीको जलबायु र मौसमलाई प्रभावित गर्दछ ।
सुर्यको सतहको निर्माण हाइड्रोजन ७३.४६%, हिलियम २४.८५%,फलाम ०.१६%,निकेल ०.०९%,अक्सिजन ०.७७%,सिलिकन ०.०७%,सल्फर ०.१२%, मैग्नेसियम ०.०५%, कार्वन ०.२९%, नियोंन ०.१२%, क्याल्सियम, क्रोमियम तत्वबाट भएको छ ।
यो बल्दै गरेको ग्याँसको पिन्डलाई हामी दूरदर्शन यन्त्रको सहायताले नियाल्न सक्छौं । यसको सतहमा सानाठूला दाग-धब्बाहरु सजिलैसँग देख्न सक्छौं ।यसलाई सौर्य-दाग भनिन्छ । यो दाग आफ्नो स्थानबाट सरिरहेको देख्न सकिन्छ । यसलाई हेरेर बैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने सूर्य पूर्वबाट पश्चिमतर्फ आफ्नो अक्षमा परिक्रमा गर्दछ, जुन २७ दिनमा सम्पन्न गर्दछ । जुन प्रकारले पृथ्वी अनि अन्य ग्रहहरु सुर्यको परिक्रमा गर्दछन, उसै प्रकारले सुर्यले पनि आकाशगंगाको केन्द्रलाई परिक्रमा गर्दछ । जसलाई परिक्रमा गर्न सूर्यलाई लगभग २२ देखि २५ करोड बर्ष लाग्ने गर्दछ । यो अवधिलाई निहारिका बर्ष भनिन्छ । यसले परिक्रमा गर्ने गति २५१ किलोमिटरप्रतिसेकेन्ड हुन्छ ।
सूर्यक्षेत्रको सीमा यानिकी हिलियोस्फियर (heliosphere):-
हाम्रो सौर्यमंडल एउटा अत्यन्तै ठुलो बिबिराहरुले घेरिएको हुन्छ जसलाई हिलियोस्फियर (heliosphere) भनिन्छ ।हिलियोस्फियर (heliosphere) सुर्यबायुद्वारा बन्न गएको त्यस्तो बिबिरा (फोका) हो, जस अन्तर्गत सुर्यद्वारा उत्सर्जित सबै पदार्थहरु रहेको हुन्छ ।तैपनि यो बिबिराको भित्र हिलियोस्फियर भन्दा बाहिरबाट आएका अत्यन्तै उर्जावाला कणहरु पनि प्रवेश गर्न सक्छन् ।
सौर्यबायु यो कुनै ताराको बाहिरी बाताबरणद्वारा उत्सर्जित आवेषित कणको एउटा धाराप्रवाह हो । सौर्यबायु मुख्यतः अत्यधिक उर्जावाला इलोक्ट्रोन र प्रोटोनबाट बनेको हुन्छ, जसको उर्जामा कुनै पनि ताराको गुरुत्व प्रभावबाट बाहिर जान सक्ने क्षमता अन्तर्निहित रहेको हुन्छ । सौर्यबायु सुर्यको हर दिशामा प्रवाहित हुन्छ जसको गति केहि सय किलोमिटर प्रति सेकेन्ड हुन्छ । सुर्यको सन्दर्भमा यसलाई सौर्यबायु भनिन्छ भने अन्य ताराहरुको सम्बन्धमा यसलाई ब्रह्माण्ड बायु भनिन्छ ।
सुर्यबाट केहि दुरीमा रहेको प्लुटोभन्दा धेरै बाहिर सौर्य बायु खगोलीय माध्यमको प्रभावले मत्थर हुन् जान्छ । यो प्रक्रिया केहि चरणमा हुन्छ । खगोलीय माध्यम हाइड्रोजन अनि हिलियमबाट बनेको हुन्छ जुन सम्पूर्ण ब्रह्माण्डमा फैलिएको हुन्छ ।
सौर्य बायु सुपरसोनीक गतिबाट कम हुँदै सबसोनिक गतिमा चल्दछ । यस चरणलाई टर्मीनेशन शक(Termination Shock) भनिन्छ ।
सबसोनिक गतिमा चलेको सौर्यबायु खगोलीय माध्यमको प्रवाहको प्रभावले प्रभावित पार्दछ र सौर्य बायुलाई धुमकेतुको पुच्छर जस्तै आकृतिमा पुर्याईदिन्छ, जसलाई हीलीयोशेथ(Helioseath) भनिन्छ ।
हीलीयोशेथ(Helioseath)को बाहिरी सतह जहाँ हिलियोस्फियर खगोलीय माध्यमसंग मिल्दछ, जसलाई हिलियोपाज (Heliopause)भनिन्छ ।
हिलियोपाज क्षेत्र सुर्यले आकाशगंगाको केन्द्रलाई परिक्रमा गर्ने क्रममा खगोलीय माध्यममा एउटा हलचल उत्पन्न गर्दछ । यो हलचल हुने क्षेत्र जुन हिलियोपाज भन्दा बाहिर हुन्छ जसलाई Bow Shock भनिन्छ ।
किन आउँछ सौर्य आँधी ?
थोरै उल्लेख माथि नै गरिएको छ कि सुर्यले परमाणु बिलय प्रक्रियाद्वरा उर्जा पैदा गर्दछ । सुर्य एउटा बिशाल हाइड्रोजन बम नै हो जसका अणुहरु लगातार बिष्फोटन भैरहेका छन् । हिलियममा रुपान्तरण भै रहेका छन् । अरबौ बर्षदेखि यो आगोको ज्वाला निरन्तर दन्कि नैं रहेको छ । यसरि पड्कदै रहेको बमले उत्सर्जन गरेको उज्यालोसंगै हामीले जीवन अनि दृष्टि पाएका छौं ।
बल्दै गरेको आफ्नै अगेनोमा यदि हामीले ठोस-ठास पार्यौं भने त्यहाँबाट थप अरु झिल्काहरु बाहिर निस्कन्छन् । आगो आवाज निकाल्दै अरु दन्कन थाल्छ । त्यो अगेना बाट निक्लिएको झिल्का अग्नि-आँधीको एउटा सानो रुप हो । उर्जा रहुन्जेल हलचल पैदा गर्दछ । यो भनेको स्वयंमा अन्तर्निहित शक्तिको परिणाम हो ।
त्यसै गरि पुर्णिमाको रातमा समुन्द्रमा ज्वारभाटा आउँदछ । चन्द्रमाको गुरुत्व बलले समुन्द्रको पानीलाई माथि माथि उचाल्छ । जुन अलि बढी भयो भने समुन्द्री आँधी बन्न पुग्दछ । यो चै बाहिरी शक्तिको प्रभावले देखिएको परिणाम हो ।
सौर्य आँधीमा यी दुवै उदाहरण लागू हुन्छन् । एकातर्फ सुर्य स्वयं बिस्फोट हुँदै उर्जा बाहिर फ्याँकी रहेको अवस्था अनि अर्को तर्फ अरबौं गुणा शक्तिशाली ताराहरुको समुह आकाशगंगालाई पनि परिक्रमा गर्ने हुनाले त्यसको गुरुत्वबलको प्रभावले बल्दै गरेको सुर्यको लप्कालाई आफु तर्फ खिच्न पुग्दछ । जुन लप्काहरु सूर्यबाट फुत्किएर सुपरसोनिक गतिमा चारै तर्फ आंधीको रुपमा दौडने गर्दछ र एउटा सीमारेखामा पुगेर आफुलाई नियन्त्रण गर्दछ । जुन सीमालाई हिलियोस्फियर (heliosphere) भनिन्छ ।
धेरै बैज्ञानिक भनाइहरु पनि अनुमानित नै छन् । धारणा बनाउन हर कोहि स्वतन्त्र छन् । त्यस आधारमा सबै भन्दा सङ्गत ठहरिन सक्ने आफुलाई लागेको अनुमानलाई सार्वजनिक गर्नु सकारात्मक नै हो भन्ने मेरो विचार छ ।
पृथ्वीमा सौर्यवायुको प्रभाव:-
नासाको अनुसार आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुनेछ । जस अनुसार डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार अर्थात पुष १ गते देखि ७ गतेसम्म दिनरात पुरै अध्यारो हुने बताइएको छ ।
सौर्य आँधीका कारण तीन दिनसम्म पूर्ण अन्धकार हुनेछ भने बाँकी तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत भाग छेकिएर अध्यारो हुने उसको भनाई छ । नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने बताइएको छ ।
सूर्यमा जब आँधी चल्छ, विश्वले ठुलो भौतिक क्षेतीको सामना गर्नु पर्ने हुन सक्छ । विद्युत्, खानेपानी र सञ्चार सेवाबाट अकस्मात् वञ्चित हुनु्पर्ने हुनसक्छ। सौर्य आँधी आउने एघार वर्षे चक्रिय प्रणाली छ। सन १९२१ र १८५९ मा सौर्य आँधी पृथ्वीमा ठोक्किसकेकोले वैज्ञानिकहरू यसप्रति सचेत छन।
सौर्य आँधीले तेलका भूमिगत पाइपलाइनसमेतलाइ क्षतिग्रस्त पार्दछ। करोडाँ डिग्री फरेनहाइट तपाक्रमसहितका आयनित कण र घातक विकिरणले सौर्य आँधी बनेको हुन्छ। सूर्यमा ठूलो हलचल हुँदा अन्तरिक्षमा करोडौँ माइलसम्म बलिरहेको ग्यासका लप्का सेकेन्डमै फैलिन्छ।पृथ्वीमा चुम्बकीय क्षेत्र नहुँदो हो त सौर्य आँधीले यहाँको सबैकुरा नष्ट गरिसक्थ्यो। पृथ्वीलाई घेरिरहेको चुम्बकीय क्षेत्रले धेरै हदसम्म सौर्य आँधीको प्रभाव कम गर्छ। प्रतिघन्टा करिब १० लाख माइलको गतिमा चल्ने सौर्य आँधी पृथ्वीमा ठोक्किदा पृथ्वीको चुम्बकीय क्षेत्रले हामीलाई बचाउँछ। चुम्बकीय क्षेत्रले सौर्य आँधीका घातक कण र विकिरणलाई मात्र होइन सुदूर अन्तरिक्षबाट नियमितरूपमा आउने विकिरण र आयनित कणहरूलाई वायुमन्डलमा पस्न दिँदैन।
सौर्य आँधीले प्रकाश छेकिन्छ ?
यस सम्बन्धमा पनि एउटा उदाहरण पेश गर्नु सान्दर्भिक होला । मानी लिनुस् तपाईंको घरको अगेनामा आगो दन्किरहेको छ । अब त्यो दन्किएको आगोमा मकैका नसुकेका खोयाहरु अथवा काँचा दाउराहरु हाल्नु भयो भने धुवाँ आउने मात्रै हैन यति पिरो हुन्छ, श्वास फेर्न पनि मुश्किल पर्छ । धुवाँले पुरै घर रुमल्लिने छ । तपाईं अगेनो छोडेर टाप ठोक्नु हुनेछ । तर जहाँसम्म सुर्यको सवाल छ, चौतर्फी, सम्पूर्ण सतहमा आगो दन्किरहेको छ । त्यहाँ कसले बाहिरबाट लगेर काँचो मकैको खोया अनि नसुकेको दाउरा थप्छ र बलिरहेको आगो छेकिन्छ ǃ र, उज्यालो ढाकिन्छ ǃ ? त्यै पनि कसैको घरको अगेनामा पिल्पिलाउँदै गरेको झ्यासको आगो हैन सुर्य जसको उज्यालो २-४ धमाकाबाट निक्लदै गरेका धुलाका कणहरुले अबरुद्द गरुन । करोडौ डिग्री फरेनहाइटको तापक्रम स्वयं सक्षम छ त्यस्ता कणहरुको उपस्थितिलाई बिलिन गराउन । पलभरका लागि छेकिन सक्छ सुर्यका किरणहरु तर आजभोली जसरी हल्ला गरिंदै छ, २ दिन ४ दिन एक हप्ता अँध्यारो हुन्छ भन्दै, सम्भावना देखिंदैन ।
(जानकारी:- बिज्ञान सम्बन्धि लेख- रचनाअध्यनबाट )
www.ratopati.com
काठमाडौं,कात्तिक १३– प्रधानमन्त्री सुशील कोइरालाको कुनै पनि बैंकमा खाता छैन । आग्रह गर्दा पनि उनले बैंक खाता नखोलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हातैमा तलब दिने गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्य मन्त्री तथा मातहतका सबै कर्मचारीको तलब बैंक खातामा पठाउने गरेको छ । छ । तर,प्रधानमन्त्री कोइराला र उनको स्वकीय सचिवालयका कर्मचारीको बैंक खाता नआएपछि हातैमा तलब दिने गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
आजको नयाँ पत्रिका दैनिक आफ्नो खबरको अगाडि लेख्छ – बैंक खाता नभएपछि व्यवस्थित रुपमा तलब पठाउन समस्या हुने कार्यालयका एक अधिकारीले बताए । ती अधिकारीले भने,‘प्रधानमन्त्रीसहित स्वकीय सचिवालयका सबै कर्मचारीको खाता भए सीधै बैंकमा तलब पठाउन सकिन्थ्यो । खाता नखोलेपछि सबैको नाममा छुट्टाछुट्टै चेक काटेर दिने गरिएको छ ।’ हाल प्रधानमन्त्री कोइराला र स्वकीय सचिवालयका सबै कर्मचारीको तलबको छुट्टाछुट्टै चेक उनका प्रमुख स्वकीय सचिव बसन्त गौतमले बुझेर सबैलाई दिने गरेका छन् ।
www.ratopati.com
११ कात्तिक, काठमाडौं । अफ्रीकी देश दक्षिण सूडानमा जारी सशस्त्र संघर्ष रोक्ने उद्देश्यले महिलाहरुले अनौठो तरिका अपनाएका छन् । हिंसा रोक्न उनीहरुले आफ्नो पतिसँग यौनसम्पर्क नगर्ने निर्णय गरेका हुन् । हिंसा विरुद्ध सकृय महिला अगुवाहरुले देशका सबै महिलाहरुलाई सेक्स हड्ताल गर्न अपिल समेत गरेका छन् ।
जबसम्म देशमा शान्ति स्थापना हुदैन तबसम्म सेक्स हड्ताल जारी राख्न उनीहरुले आह्वान गरेका छन् । आफूहरुको यो कदमबाट पुरुषहरु हिंसात्मक गतिविधिमा सामेल नहुने र देशमा शान्ति आउने उनीहरुको विश्वास छ ।
सुडान टि्रब्यूनको एक रिपोर्ट अनुसार दक्षिण सुडानको राजधानी जूबामा महिला कार्यकर्ताहरुको बैठकले यौनसम्पर्क गर्न इन्कार गर्ने निर्णय गरेको हो । यो बैठकमा देशका सांसदहरु समेत सहभागी थिए ।
दक्षिण सुडानको सरकार सन् २०१३ डिसेम्बर महिनादेखि विद्रोही विरुद्ध संघर्ष गर्दै आएको छ । चर्किएको गृहयुद्धका कारण कैयौंको ज्यान गएको छ भने हजारौं नागरिक छिमेकी देशमा शरण लिएर बस्न बाध्य भएका छन् । सन् २०११ मा अस्तित्वमा आएको दक्षिण सुडानमा हिंसात्मक गतिविधि जारी छ ।
महिलाहरुले सेक्स हड्ताल आह्वान गरेको यो पहिलोपटक भने होइन । सन् २००३ मा पनि लाइबेरियाका महिलाहरुले सेक्स हड्ताल गरेका थिए । उनीहरुको यो कदमबाट १४ बर्षदेखि चल्दै आएको गृहयुद्ध समाप्त भइ शान्ति स्थापना भएको थियो ।
लाइबेरियामा सेक्स हड्तालको नेतृत्व गर्ने लेयमाह गबोवीलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित समेत गरिएको थियो ।
-एजेन्सीको सहयोगमा
www.onlinekhabar.com
काठमाडौं :
- फोहोर शौचालय, शौचालयमा पानी र ट्वाइलेट पेपरको अभाव ।
- यात्रुलाई आफ्नो सामान प्राप्त गर्न लामो समय कुर्नुपर्ने, अपर्याप्त र अस्तव्यस्त ट्रली।
- साँघुरो स्थानले भीडभाड एवं सामान हराउने।
- आवागमनतर्फको यात्रु प्रतीक्षालयमा अधुरो निर्माण भएको कफी सप, खाली भित्ते दराज अनि कफी खाएर फ्याँकिएका कागजका कपको डंगुर।
- विदेशी पर्यटकलाई ट्याक्सीवालाको तानातान।
अघिल्लो बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीको नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्न गएको टोलीका एक सदस्यले दिएका केही प्रतिक्रिया हुन् यी।
एक वेबसाइटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वको तेस्रो खराब र एसियाको दोस्रो खराब एअरपोर्टमा परेको सूची प्रकाशित गरेपछि सुवेदीको नेतृत्वमा सरकारी टोली बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्न गएको थियो।
'संसारभर अन्तर्राष्ट्रिय विमानस्थलका केही सर्वमान्य स्तर हुन्छन्', सुवेदी भन्छन्, 'तर, हाम्रो विमानस्थलमा ती केही पनि नभएको पाइयो।' उनका अनुसार विदेशी पर्यटकलाई कुनै पनि राष्ट्रको पहिलो छवि बनाउन मद्दत गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको दुर्दशाले दीर्घकालमा पर्यटक आवागमनमै असर पर्ने देखिएको छ।
विमानस्थलमा प्राप्त हुने ग्राहक सेवा, सुविधा, आराम, सरसफाइजस्ता प्रमुख विषयले अन्तर्राष्ट्रिय स्तरमा विमानस्थलको वर्गीकरण गर्ने प्रचलन छ।
अनुगमन टोलीले तत्काल एवं दीर्घकालमा सुधार गर्न यसअघि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा शीघ्र समस्या सम्बोधन समूह पुनर्गठन गरेको छ। टोलीले विशेष गरी सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएको छ।
विमानस्थलका कर्मचारीले आफ्नो जिम्मेवारीअनुसार काम गरेनगरेको नियमित अनुगमन गर्नुपर्ने पनि टोलीले ठहर गरेको छ। विमानस्थलजस्तो संवेदनशील स्थलमा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न पनि टोलीले निर्देशन दिएको छ।
सुवेदीका अनुसार प्रत्येक शौचालयमा स्ट्यान्डबाई सफाइ गर्ने व्यक्ति राख्न, साबुन, पानी, हात पुछ्ने व्यवस्था अद्यावधिक गर्न, यसको नियमित निरीक्षण र सुपरीवेक्षण गर्न टोलीले निर्देशन दिए पनि त्यसअनुसार काम हुन सकेको छैन। विमानस्थलका कर्मचारी भने ठेकेदारले समयमा सरसफाइका सामान उपलब्ध गराउन नसक्दा समस्या भएको बताउँछन्।
'
पछिल्लो समयमा विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको सरसफाइ कायम हुन नसक्नुमा ठेकेदारको चरम लापरबाही नै प्रमुख कारण हो', विमानस्थलका कर्मचारी भन्छन्। बिनाप्रतिस्पर्धा ठेकेदार छनोटका कारण पनि लापरबाही बढेको उनीहरूको ठहर छ।
कुनै पनि राष्ट्रको पहिलो छवि बनाउन मद्दत गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको दुर्दशाले दीर्घकालमा पर्यटक आवागमनमै असर पर्ने देखिएको छ।
- शान्तराज सुवेदी सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
'अन्य सरकारी संस्थाको झैं अन्तर्राष्ट्रिय विमानस्थलको रोग पनि मन्त्रीले आफ्ना कार्यकर्ता भर्तीकेन्द्र बनाउनु हो', उनीहरूको गुनासो छ, 'प्रत्येक मन्त्रीले आफ्ना कार्यकर्तालाई आफू मन्त्री भएको बेलामा सक्दो भर्ना गरेका छन्। मन्त्रीका मान्छे किन शौचालय सफाइ गर्छन्?'
तर, सुवेदी भने लापरबाही भएको पाइए कारबाहीसम्म गर्ने बताउँछन्। 'सोमबार गृह मन्त्रालयका सहसचिवको नेतृत्वको शीघ्र समस्या सम्बोधन समूहले लिखित निर्देशन प्राप्त गरेको छ', उनले भने, 'एक सातापछि शीघ्र समस्या सम्बोधन समूहले तत्काल सुधारको विवरण दिनेछ।'
टोलीले अध्यागमन, भन्सार, श्रम डेस्क, सुरक्षा व्यवस्था, बैंकलगायतका सुविधा विमानस्थलमा उपलब्ध हुनैपर्ने सेवा सुविधालगायतका विषयमा नियमित अनुगमन गर्न र समस्या तत्काल सम्बोधन गर्न एवं विमानस्थल सुधारका लागि सरकारलाई सुझाव दिन पनि निर्देशन दिएको छ।
नेपाल भ्रमणमा आउने विदेशीले पहिलो पटक पाइला राख्ने विमानस्थलमै यो अवस्था भएपछि त्यसको नकारात्मक असर पर्ने गरेको छ। विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डअनुसार नहुँदासम्म विदेशी पर्यटक आकर्षित गर्न कठिन छ।
सचिव सुवेदी भन्छन्, 'विदेशीले विमानस्थलमा विविध असहज महसुस गरिरहेका छन् तर तत्काल भौतिक, मनोवैज्ञानिक तथा प्रवृत्तिगत सुधार गरी अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुरूप बनाउनु पहिलो आवश्यकता हो।'
भीडभाड नियन्त्रण गर्न विशिष्ट व्यक्तिको आगमन तथा प्रस्थानमा स्वागत र बिदाइ गर्न विशिष्ट कक्षमा जाने व्यक्तिको संख्या नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको भन्दा बढीलाई प्रवेश गर्न नदिन पनि टोलीले सुझाव दिएको छ।
'विमानस्थलको शान्तिसुरक्षा, चुस्त, दुरुस्त र यात्रुलाई सहज तथा झन्झटिलो नहुने भयमुक्त किसिमको हुने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छौं', सुवेदीले भने, 'अध्यागमन, वैदेशिक रोजगार डेस्क तथा बैंकको कार्य सरल र शीघ्र सम्पादन हुने गरी समयानुसार परिवर्तन गर्न पनि निर्देशन दिइएको छ।'
टोलीले विमानस्थलको आगमन, प्रस्थान तथा विश्राम कक्षमा भीडभाड हुन नदिन, विमानस्थलभित्र इन्टरनेट, वाइफाई, ट्रली, टेलिफोन, ट्याक्सीलगायतका सेवा चुस्त र भरपर्दो बनाउन पनि जोड दिएको छ।
अध्यागमनका आगमन तथा प्रस्थान काउन्टर मर्मतसुधार गरी सहज र आक र्षक बनाउन तथा आसन्न सार्क सम्मेलनलाई समेत ध्यानमा राखी विमानस्थलपरिसर सम्पूर्णको स्तरोन्नति, व्यवस्थापन सुधार र सेवाग्राहीलाई सहज सेवा र स्तरीय सुविधा उपलब्ध गराउन पनि टोलीले निर्देशन दिएको छ।
annapurnapost.com