(एजेन्सी) विश्वको सबैभन्दा शक्तिशाली आतंकवादी अलकायदाका प्रमुख ओसामा बिन लादेनलाई मार्ने अमेरिकी सैनिक सार्वजनिक भएका छन् । पाकिस्तानलाई प्रमुख आश्रय स्थल बनाएर आतंकवादी गतिविधि सञ्चाल गर्दै आएका लादेनलाई अमेरिकी सैनिक रोबर्ट ओ नीलले २ मई २०११ मा लादेनकै निवासमा हत्या गरेका थिए ।
उनी लादेन हत्याको तीन वर्षपछि सार्वजनिक भएका हुन् । अमेरिकाले लादेनको हत्यागर्ने सैनिकको परिचय हाल सम्मपनि सार्वजनिक गरेको थिएन । तर ती सैनिकले आर्थिक समस्या तथा सरकारको असहयोग गरेपछि आफै सार्वजनिक भएका हुन् । उनीपहिलो पटक एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै गरेको अवस्थामा देखिएका छन् । नील सन् २०१२ मा अवकास प्राप्त अमेरिकी सिल टिमका पूर्व अधिकृत हुन् ।
१६ वर्ष सम्म सैन्य करिअरमा रमाएका नीलले इराक र अफगानीस्तान लगायतका विभिन्नचार सय भन्दा बढी सैन्य मोर्चामा सहभागिता जनाएका छन् । उनले सन् २०११ मा ओसामा विन लादेनको पाकिस्तानको अबोटावाद स्थित घरमा गरिएको सैन्य हमलाको नेतृत्व गरेका थिए । नील आफैले लादेनको शिरमा तीन वटा गोलीप्रहार गरी हत्या गरेका थिए ।
निलकै शब्दमा यसरी मारिएका थिए बिन लादेन
म जब उनको कोठमा पुगे त्यहाँ बिन लादेन उभिरहेका थिए । उनको हात एक महिलाको काँधमा थियो । उनले ती महिलालाई, ठ्याक्कै मेरै तर्फ नभए पनि मेरो छेउतिर धकेले । ती महिला लादेनको कान्छी श्रीमती अमाल थिइन् ।
बिन लादेन रनभुल्ल देखिन्थे र मैले सोँचेभन्दा अग्लो पनि ।
मलाई ती महिलाले बम बेरिएको आत्मघाती ज्याकेट पो लगाएकी छिन् भनेर डर लागिररहेको थियो ।
उता, आतंकवादका नायिके हातमा एक ४७ हतियार थियो जुन उनले सँधै आफूसँगै राख्थे ।
मैले लादेनको टाउकोमै गोली हान्नु थियो नत्र उनले पनि मलाई गोली हान्न सक्थे ।
त्यतिकैमा मैले दुई पटक ड्याम ड्याम निधारमा गोली हाने । त्यसपछि उनी भुइँमा ढले र मैले फेरि त्यही ठाउँमा ड्याम एक पटक गोली हाने ।
तीन पटक गोली हानेपछि लादेन मरे । मैले उनको दिमागसम्म देख्न सक्थे ।
बिन लादेनका श्रीमती रुँदै चिच्याउँदै थिइन् । त्यसपछि मलाई त्यहाँ लादेनको कान्छो छोरो पनि रहेको थाहा भयो ।
त्यति बेला अर्को सिल सदस्य त्यहाँ आइपुगे र सबैलाई पक्रेर बाँधे ।
यो सारा घटना लगभग १५ सेकेण्डमा सकियो ।
निलको खुलासापछि विवादः
नीलको दाबी प्रति वासिंटनले भने केही बोलेको छैन । ती सैनिकजवानलाई गोपनीयता भंग गरेको आरोपमा कारबाही समेत हुनसक्ने विश्लेषकहरुको अनुमान छ ।
उता, सिलको उच्च स्रोतले डेली मेलसँग कुरा गर्दै निलको दाबी गलत भएको बताएको छ । कुनै पनि सिलले आफ्नो परिचय कहिले खुलाउँदैन । त्यही भएरको उनको दाबी गलत छ ।
सिलका कमाण्डरहरुले निलको यो कदबाट रुष्ट हुँदै स्पेसल फोर्सको समूहबाट निष्काशन गरेको चिठ्ठी पठाइसकेका छन् ।
यता, निलका परिवार भने देशको लागि ज्यानको बाजी लगाउने आफ्नो छोराको राज्यले अपमान गरको बताइरहेका छन् ।
निलका अन्य सफल मिसन जसमा बन्यो हलिवुड चलचित्र
ओस्कार विजेता चलचित्र क्याप्टेन फिलिप्स पनि निलकै बहादुरीमा आधारित रहेको चलचित्र छ । सोमालियाका लुटेराहरुले कब्जा गरेको जहाजमा शुरुमा हामफाल्ने उनीनै थिए । लुटेराहरुबाट क्याप्टेन फिलिप्सलाई सकुसल उद्दार गरिएको थियो ।
त्यस्तै उनले अफगानिस्तानमा हुँदा सिल सदस्य मार्कस लुट्रेललाई बचाएका थिए । तालिबानी नेतालाई पक्राउ गर्न पुगेको सिल टोलीको असफल मिसनका एक मात्र जीवत सैनिक थिए मार्कस । यही घटनामा आधारिक भएर लोन सर्भाइभर भन्ने चलचित्र बनेको थियो ।
त्यस्तै ओस्कारमा मनोनित भएाके चलचित्र जीरो डार्क थर्टी बिन लादेनलाई मारेको घटनामा आधारित थियो ।
- See more at: http://www.ratopati.com/2014/11/07/180469.html#sthash.soxIUYy2.ouAYgkdd.dpuf
क्यानरी आइल्याण्ड भनेर चिनिने टापु नाङ्गा प्रर्यटकका लागि चर्चित छ । स्पेनी अधिनमा रहको यो टापुमा नाङ्गै भएर पर्यटकले घाम ताप्छन् ।
तर यही घाम ताप्न चर्चित क्यानरी आइल्याण्डमा इबोला फैलिएको हल्ला चलेपछि नाङ्गै घाम तापिरहेका पर्यटकबीच भागदौड मच्चिएको छ ।
नाङ्गै भएर घाम तापिरहेका पर्यटकहरु टापुमा इबोलाको संकेत देखिएको भनेपछि हाहाकार गर्दै भागाभाग गरेका थिए ।
उक्त टापुमा पश्चिम अफ्रिका १३ जना आप्रबासी प्रवेश गरेपछि पर्यटकहरुबीच भागाभाग भएको हो । पर्यटकबीच भागभाग भएपछि ती अफ्रिकी आप्रबासीलाई छुट्टै राखेर जाँच गरिएको थियो ।
यद्यपी उक्त टापुमा इबोला भाइरस नफैलिएको अधिकारीहरुले पुष्टी गरेका छन् ।
एजेन्सी ।
http://nepaliheadlines.com
गिनिज बुकको ६० औं वार्षिक उत्सवको दिन संसारकै होचा र अग्ला मानिसको भेट हुने भएको छ ।
आउँने नोभेम्बर १३ तारिखमा लण्डनमा आयोजना हुने कार्यक्रममा संसारकै होचा मानिस नेपालका चन्द्रबहादुर डाँगी र अग्ला मानिस टर्कीका सुल्तान कोसेको भेट हुने भएको हो ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपालका डाँगीेको उचाई २२ इञ्च (५६ सेमी) छ भने उनको वजन १२ किलो छ । उनी ७२ वर्षको उमेरमा बिश्व इतिहासमै सबै भन्दा होचा व्यक्ति घोषित भएका थिए । सल्यानको रामपुर गा.वि.स.मा जन्मिएका चन्द्रबहादुरले २०६६ सालमा मात्रै नागरिकता लिएका हुन् ।
विश्वकै अग्ला व्यक्ति सुल्तानको उचाइ ८ फिट एक इन्च छ ।
कार्यक्रममा यी दुईबाहेक अन्य सयौैं रेकर्डधारी लण्डनमा उपस्थीत हुनेछन् । यो बर्ष रेकर्ड राखेका र अन्य चर्चित रेकर्डधारीको जमघट हुने बताइएको छ ।
http://dcnepal.com
२०७१ कार्तिक २० गते
पछिल्लो समयमा एकल अविवाहित युवतीहरुको संख्या निकै बढ्दै गएको छ, जापानमा । महिलाहरुले घरबार बसाल्ने तर्फ भन्दा आफ्नो करिअरलाई मुख्य प्राथमिकता दिन थालेपछि युवतीहरु विवाह विनै छिप्पिँदै जान थालेका हुन् ।
जिवनसाथी विनै आफ्नो उमेर छिप्पिँदै गएको देख्दा कतिपय युवतीहरुलाई कहिलेकाहीँ चिन्ता लाग्दो हो, तर यहीँ कुरो भने कतिपयका लागि व्यापार बन्न थालेको छ ।
'अचम्मको कुरा के भने जापानमा यस्ता केही एजेन्सीहरु छन् जसले एकल युवतीहरुलाई ध्यानमा राख्दै विशेष सेवा दिन थालेका छन् । यस मध्येको एक सेवा हो, ‘सोलो वेडिङ’ अर्थात् एकल विवाह । क्योटोमा रहेको सेरा ट्राभल्स एजेन्सीले यस्तो अनौठो सेवा सुरु गरेको छ ।
यो एजेन्सीले ती युवतीहरुका लागि विवाहकै जस्तो वातावरण तयार गरिदिन्छ जसले आफुलाई दुलही जस्तै गरी सजाउन र सिँगारिन चाहन्छन् । यद्यपि यो खास विवाह भने होइन ।
यो प्रकारको नक्कली बिहेमा बनाबटी दुलही अर्थात् छिप्पिएकी एकल युवतीलाई बेहुलीको पहिरनमा सिँगारिन्छ । विवाहको समारोह नै आयोजना गरिन्छ, पार्टीको आयोजना गरिन्छ र पाहुनाहरु पनि बोलाइन्छ । ती पाहुनाहरुले बेहुलीलाई बधाइ समेत दिन्छन् । एक दिनको यो कार्यक्रमबाट एकल युवतीहरुले आफु बेहुली भएको सपना बुन्दै आनन्द लिन्छन् र अर्को दिन पुनः आफ्नो जागिर सुरु गर्छन् एक्लै ।
यो एकल विवाह समारोहक कुनै देखावटी जस्तो नदेखियोस् र साँच्चीकै विवाह समारोह जस्तै होस् भन्ने कुरालाई ध्यानमा राख्दै एजेन्सीले विशेष पेसेवर मानिसलाई यसको व्यवस्थापनमा खटाएको हुन्छ ।
बेहुलीको खुसीका लागि निकै सुन्दर ठाउँमा लगेर फोटोशूट समेत गराइन्छ । आफुसँग फोटोशूट गर्नका लागि ती बेहुलीले आफुलाई मनपर्ने युवक पनि छान्न पाउँछिन् ।
बिवाह पछि आफुलाई मनपर्ने चर्चित होटलमा हनिमुन समेत मनाउन पाइन्छ र सो हनिमुनमा युवतीहरुले आफ्नो साँच्चीकैको ब्वायफ्रेन्डलाई बोलाउन पाउँछन् ।
गएको जुन महिनादेखि यस्तो एकल विवाहको सेवा सुरु भएकोमा अहिलेसम्म झण्डै दुइ दर्जन एकल युवतीले एकल विवाह गरिसकेका छन् ।
आफ्नो एकल विवाह गर्नका लागि युवतीहरुले २ हजार ७ सय ५० डलर बराबर रकम तिर्नुप्र्छ ।
www.onlinekhabar.com
एजेन्सी । अलकायदा प्रमुख ओसामा बिन लादेनको टाउकोमा गोली प्रहार गर्ने अमेरिकी नेवी सिल टिम सिक्सका सैनिकको फोटो सार्वजनिक भएको छ ।
यो अमेरिकी नेवी सिलको नाम आव ओ नील हो । उक्त टोलीले ओसामाको टाउकोमा तीन गोली प्रहार गरेको थियो । उक्त गोली नीलको बन्दुकबाट निक्लिएका थिए ।
अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्युजले अन्तरवार्ता गरेलगत्तै राब व नील संसारका सामुने आएका हुन् । अन्तरवार्ताका क्रममा उनले ओसामासँग जोडिएका केही गोप्य कुराहरु समेत सार्वजनिक गरेका थिए ।
सन् २०११ मे ११ मा पाकिस्तानको एबटावादमा अलकायदा प्रमुख लादेनलाई नेवी सील टिम सिक्सले गोली हानी हत्या गरेको थियो । नीलका पिता टोमले आफ्ना छोरा ओसामा मिसनमा सामेल भएको पुष्टि गरेका छन् ।
नीलको पहिचान सबैभन्दा पहिले sofrep.com नामको सैनिकसँग जोडिएको वेबसाइडले गरेको थियो । उनी १६ वर्षे सैनिक सेवाबाट अवकास पाइसकेका सैनिक हुन् ।
www.nepalsandesh.com
२०७१ कार्तिक १९ गते
चर्चित पपस्टार माइकल ज्याक्सनको शुक्रकिट विश्वका विभिन्न ३ वटा अस्पतालमा सुरक्षित रहेको खुलासा भएको छ ।
न् २००९ मा आफ्नो मृत्यु हुनुभन्दा अगाडि नै ज्याक्सनले आफ्नो डिएनए सुरक्षित गरेर राखेको र सो डिएनएबाट क्लोनिङ मार्फत आफुजस्तै ठूलो संख्यामा माइकल ज्याक्सन फौज पैदा गर्ने उनको लक्ष्य रहेको रहस्योद्घाटन भएको छ ।
माइकल ज्याक्सनको संग्रहित शुक्रकिटको विषयमा जानकार रहेको एक वैज्ञानिक माइकल लुकम्यानले आफ्नो एक पुस्तकमा यस्तो खुलासा गरेका हुन् । माइकल ज्याक्सनका पहिरन डिजाइनर तथा साथी एन्ड्री भान पायरको माध्यमबाट आफुलाई ज्याक्सनको शुक्रकिट विश्वका विभिन्न ३ वटा अस्पतालमा संग्रहित रहेको थाहा भएको उनको दाबी छ ।
माइकल ज्याक्सनको क्लोनिङ प्रयोग तथा शुक्रकिट डिपोजिटका बारेमा पनामाको एक दीर्घायु केन्द्रका निकटवर्तीबाट सुरुमा उनले थाहा पाएका थिए । डली भेटामा क्लोनिङ सफल भएपनि माइकल ज्याक्सनमा पनि आफ्नो क्लोनिङ गरेर नयाँ माइकल ज्याक्सन पैदा गर्ने इच्छा पलाएको दाबी गरिएको छ ।
लेखकका अनुसार माइकल ज्याक्सनको शुक्रकिट उनका परिवारले हालै अमेरिकाको लस एन्जल्सस्थित फर्टिलिटी क्लिनिकबाट बेलायतमा सारेका छन् ।
आफ्नो नयाँ पुस्तक ‘दी ब्याटल फर माइकल ज्याक्सन सोल’ नामक पुस्तकमा माइकल ज्याक्सनको विर्यको संग्रह र उनको डिएनए क्लोनिङका विषयमा खुलासा गरिएको छ ।
उनले माइकल ज्याक्सनको संग्रहित शुक्रकिटबाट अब नयाँ माइकल ज्याक्सन पैदा गर्ने समय आएको पनि दाबी गरेका छन् ।
स्मरण रहोस्, ज्याक्सनका ३ सन्तान छन् । जसमध्ये दुइ सन्तानकी आमा डेबी रोवे हुन् भने अर्को सन्तान ज्याक्सनले भाडाकी आमाबाट जन्माएका हुन् ।
www.onlinekhabar.com
टोकियो, संसारका बिभिन्न देशहरूमा फरक फरक सामाजिक र सांस्कृतिक रिति रिवाज र परम्पराहरू रहेका छन, तर एउटा यस्तो अनौठो परम्परा वा रिवाजका बारेमा भने तपाइँले सायद कमै सुन्नु भएको होला । यस्तै एउटा रिवाज हुने गरेको ठाउँ पनि यस संसारमा रहेको छ, जहा दुलाहालाइ पहाडबाट तल हिउँको दलदलमा फ्याँकिने गरिन्छ ।
यो कुरा साँचो हो, जापानको निगाता क्षेत्र को मात्सूनयोमा एउटा यस्तो शहर हो, जहां दुलाहालाइ तल रहेको चिसो बर्फिलो जमिनमा फ्याँक्ने गरिएको बर्षौ पुरानो रिवाज रहेको छ ।
जापानको यस शहरमा यो रिवाज नयाँ चन्द्रवर्षमा आयोजित हुने पर्वको एउटा हिस्सानै हो । यद्दपी, यस रिवाज
अन्तर्गत तल फ्याँकिने दुलाहाको छनोट भने निकै सावधानीपूर्वक गरिन्छ ।
अनुमान गरिए अनुसार करीब ३०० देखि ६०० बर्ष पुरानो यस रिवाज अन्तर्गत परफेक्ट दूलाहाको चुनाव भएपछि उसलाइ पहाडबाट तल १६ फिट सम्म खसालिन्छ, जहाँ उ हिउँमा फस्दछ त्यसपछि उसलाइ त्यहाँबाट पुन निकालिने गरिन्छ ।
http://www.zestkhabar.com
प्रत्येक वर्ष बिषालु सर्पको डसाइका कराण कयौँ मानिसले ज्यान गुमाइरहेका छन् ।
यद्यपी सुन्दा पनि अचम्म लगने कुरा भारतको मुरैया जिल्लाको उक गाउँमा प्रत्येक दिन विषालु सर्पको डस्दा पनि स्वस्थ तरिकाले बाँचिरहेका छन् । श्रीकृष्णपाल सिंह तोमर नाम गरेका २८ वर्षीय ती युवकलाई गत नवरात्री एक बिषालु सर्पले टोकेको थियो ,त्यसपछि उनलाई अस्पताल लगेर उपचार गरिएको थियो । त्यपछि उनलाइृ नियमति रुपमा प्रत्येक दिन सर्पले टोकने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती युवक गाउँमा अथवा शहरमा जहाँ भए पनि प्रत्येक दिन सपृले टोकिरहेको छ ।
सर्पले टोक्दा टोक्दे ती युवकको शररिभरी निल डाम नै निलडाम रहेका छन् तर युवक स्वस्थ्य देखिन्छ । यो देखेर गाउँमा ती युवक भविष्यमा निकै शक्तिवान हुने कुरा समेत चलिरहेको छ । ती युवकले आफुलाई टोक्ने सर्प एकै किसिमको हरको बताएका छन् । प्रत्येक दिन त्यहि रङ र अाकारको सर्पले टोक्ने गरेको उनको भनाई छ । समाचारका अनुसार जब ती युवक एक्ला हुने गर्छन् तब सर्पले उनलाई टोक्ने गर्छ ।
सर्पले टाकेपछि उनलाई गाउँमे झाडफुक गरिन्छ । यद्यपी आजभोली उनी सर्पबाट बच्नका लागि एक जना परिवारका सदस्यलाईसँगै राख्ने गर्छन् । परिवारका सदस्य साथमा भएको बेला सर्प टोक्दैन यदि टोकिहाले पनि उनलाइै तुरुन्तै बैद्यकामा लागेर उपचार गरिन्छ । यो क्रियाकलाप नियमित जस्तो बनेको छ ।
nepaliheadlines.com
यद्यपी सुन्दा पनि अचम्म लगने कुरा भारतको मुरैया जिल्लाको उक गाउँमा प्रत्येक दिन विषालु सर्पको डस्दा पनि स्वस्थ तरिकाले बाँचिरहेका छन् । श्रीकृष्णपाल सिंह तोमर नाम गरेका २८ वर्षीय ती युवकलाई गत नवरात्री एक बिषालु सर्पले टोकेको थियो ,त्यसपछि उनलाई अस्पताल लगेर उपचार गरिएको थियो । त्यपछि उनलाइृ नियमति रुपमा प्रत्येक दिन सर्पले टोकने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती युवक गाउँमा अथवा शहरमा जहाँ भए पनि प्रत्येक दिन सपृले टोकिरहेको छ ।
सर्पले टोक्दा टोक्दे ती युवकको शररिभरी निल डाम नै निलडाम रहेका छन् तर युवक स्वस्थ्य देखिन्छ । यो देखेर गाउँमा ती युवक भविष्यमा निकै शक्तिवान हुने कुरा समेत चलिरहेको छ । ती युवकले आफुलाई टोक्ने सर्प एकै किसिमको हरको बताएका छन् । प्रत्येक दिन त्यहि रङ र अाकारको सर्पले टोक्ने गरेको उनको भनाई छ । समाचारका अनुसार जब ती युवक एक्ला हुने गर्छन् तब सर्पले उनलाई टोक्ने गर्छ ।
सर्पले टाकेपछि उनलाई गाउँमे झाडफुक गरिन्छ । यद्यपी आजभोली उनी सर्पबाट बच्नका लागि एक जना परिवारका सदस्यलाईसँगै राख्ने गर्छन् । परिवारका सदस्य साथमा भएको बेला सर्प टोक्दैन यदि टोकिहाले पनि उनलाइै तुरुन्तै बैद्यकामा लागेर उपचार गरिन्छ । यो क्रियाकलाप नियमित जस्तो बनेको छ ।
nepaliheadlines.com
एजेन्सी – ६ सय मिलियन डलर कमाइका साथ शाहरुख खान सबैभन्दा धनी भारतीय कलाकारको सूचीमा परेका छन् । यसै वर्ष मेमा उनी संसारका दोस्रो धनी अभिनेता घोषित भएका थिए ।
सिंगापुरको वेल्थ एकस कम्पनीले गरेको एक सर्भेमा टप टेनको सूचीमा एकमात्र भारतीय स्टार थिए उनी । उनले टम क्रुज,जोनी डेप र टमह्याक्स जस्ता हलिउड स्टारलाई पछाडि पारेका थिए ,भारतका त सबै स्टारलाई पछि पारे ।
शाहरुख बलिउडका सबैभन्दा व्यस्त स्टारमध्ये एक हुन् । उनको कमाई फिल्ममा अभिनयबाट मात्रै होइन,निर्माण र टिभी सञ्चालनबाट पनि हुन्छ । त्यसका साथै उनी आइपिएल र अरु ब्रान्ड प्रबद्र्धनमा व्यस्त हुन्छन् । उनी विज्ञापनबाट पनि राम्रो कमाउँछन् । उनी अहिले करिब ४० वटा ब्रान्ड प्रबद्र्धदनमा लागिपरेका छन् । ६ महिना पहिले मात्रै उनले डिटिएचको तीन दिने सुटिङका लागि मात्रै उनले सात करोड रुपैयाँ लिएका थिए । त्यसका साथै अवार्ड कार्यक्रम चलाउने,विवाह पार्टी वा कार्यक्रममा नृत्य गरेर पनि उनको कमाइ हुन्छ । विवाहमा नृत्य गरेको उनी करोडौं रुपियाँ लिन्छन् । केही पहिले उनले दुवइमा एक विवाहमा नृत्य गरेको आठ करोड लिएका थिए । त्यस्तै मुम्बइमा भएको एक विवाहमा आधा घन्टा सहभागि हुँदा उनले पाँच करोड लिएका थिए । उनलाई हरेक वर्ष २ सय ५० भन्दा बढी बिबाहबाट निम्ता आउँछन्,तर केबल १० वटामा मात्रै सहभागि हुन भ्याउँछन् ।
www.ratopati.com
। ब्राजिलका स्टार स्ट्राइकर नेमार जुनियरले आफ्नी प्रेमिका सोराजा भुसेलिकलाई बार्सिलोनामा बोलाउँदा ठुलै चर्चा भएको छ ।
नेमारले सर्बियाली प्रेमिका सोराजालाई आफ्नै निजी हवाइजहाजमा सवार गराउँदै बार्सिलोना बोलाएपछि स्पेनिस मिडियामा चर्चा पाएको हो ।
नेमारले सोराजाको टिकट रद्द गरी आफ्नो निजी विमान पठाएका थिए ।
नेमारको निजी विमानमा सवार सोराजाले नेमारको जर्सी लगाएको फोटो सावजनिक गरेकी छन् ।
फोटोमा विमानको सिटमा एक्लै बसेको देखिएको छ । गत वर्ष मात्रै उनीहरुका बीचमा सम्बन्ध गाँसिएको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।
www.nepalsandesh.com
आईतवार 16 कार्तिक, 2071
काठमाडौं, कार्तिक १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमा जम्मा गरिएको कालो धनको पाई पाई फिर्ता ल्याउने आश्वासन दिएका छन् । आकाशवाणी मार्फत् देशवासीका नाममा सम्बोधन गर्दै उनले देशको सम्पत्ति विदेशमा थुपार्नेलाई कार्वाही गरेरै छाड्ने दावी गरे ।
देशको कति पैसा बाहिर छ भन्ने प्रष्ट नभएको भन्दै मोदीले तर, गरीब जनताको जति पैसा बाहिर गएको छ, त्यसको पाई पाई फिर्ता ल्याउने बचन दिए । ‘मन की वात’ नामक कार्यक्रमका क्रममा उनले काला धन फिर्ता, सफाई अभियानलगायतका सरकारी अभियानमा सघाउन देशवासीलाई आह्वान गरे ।
imagekhabar.com
जोहान्सवर्ग– पुरुषहरुबाट महिला बलाकृत भएको घटना हामीले धेरै सुनेका र पढेका छौँ । पुरुषहरु पनि महिलाहरुबाट बलात्कृत भएको घटना यदाकदा सुन्नमा आउँछ । यस्तो घटनाले सबैलाई अचम्मित बनाएको हुन्छ । हो, यस्तै अचम्मको घटना भएको छ दक्षिण अफ्रिकामा पनि ।
एक तीस वर्षीय युवकले आफूलाई तीनजना महिलाले बन्दुक तेर्साएर बलात्कार गरेको आरोप लगाउँदै निवेदन दिएका छन् ।
उनका अनुसार कारमा आइरहेका तीनजना महिलाले होटल स्याभोईको लेकेसन सोधे । उनीहरुलाई होटल जाने बाटोको बारेमा जानकारी दिँदै गर्दा कारभित्रबाट एकजना महिलाले उनले भनेको केहि पनि नबुझेका कारण उनलाई कारभित्र नै बस्न लगाई होटल देखाइदिन आग्रह गरे । कारमा बसिसकेपछि कार पार्कमा लगेर उनलाई कपडा फुकाल्न निर्देशन दिइयो ।
त्यसपछि उनीहरुले पालैपालो उनलाई बलात्कार गरेको आरोप लगाएका छन् । एकले बलात्कार गरिरहँदा अर्को महिलाले उनलाई बन्दुक देखाएको उनले पुलिसलाई बताएका छन् ।
पिडित पुरुषका अनुसार ती महिलाहरु २० देखि ३० उमेर समुहका देखिन्थे । बलात्कार गरिसकेपछि मेन रिज रोडमा पुराइदिएपछि आफू त्यहाँबाट हिँडेर घर पुगी पुलिसलाई सो घटनाको बारेमा जानकारी गराएको उनले बताएका छन् । घटनापछि आफूले निकै सास्ती सहनुपरेको उक्त पुरुषको आरोप छ । शंका लागेर उनले आफ्नो एचआइभी टेस्टसमेत गराएका छन् । (एजेन्सी)
http://edailynewsnepal.blogspot.com
टर्कीमा एक व्यक्ति हालै मात्र ३२ औं सन्तानका बाबु बनेका छन् । तर, उनको इच्छा छ, कम्तीमा ५० बच्चा जन्माउने । टर्कीमा बहुविवाह गैरकानुनी छ । तर, हालित तकीनले सन् १९८२ मा पहिलो पटक आधिकारिक बिहे गरेपछि तीन श्रीमती भित्र्याइसकेका छन् । ५४ वर्षका तकीन टर्कीको दक्षिणी प्रान्त हतायमा बस्छन् । उनको पहिलो पत्नीले हालै छोरा जन्माएकी छन् र उनको नाम अहमत राखिएको छ । उनी भन्छन्, ‘आज मेरो ३२ औं बच्चा भएको छ र उनीहरुमा १२ छोरा छन् । उनीहरु सबैलाई माया गर्छु । यदि स्वास्थ्यले साथ दियो र भगवानले दिए भने म यसलाई ५० पुर्याउन चाहन्छु ।’ हुर्रियत डेली न्यूजका अनुसार उनका सबै पत्नी अलग-अलग बस्छन् । उनी भन्छन्, ‘हामी परिवार करिव ६० जनाको छ, त्यसैले एकै घरमा बस्न सम्भव छैन ।’
तीनवटी श्रीमती भए पनि उनीहरु कहिल्यै झगडा नगरेको र परिवार मिलेर बसेको उनी बताउँछन् । तकिनका पाँचवटा छोराले बिबाह गरिसकेका छन र १८ नातिनातिनाका हजुरबा पनि भइसके उनी । आफ्नो परिवारका सवै सदस्यको नाम आफुले सम्झिने गरेको सवैको उत्तिकै माया लाग्ने उनले बताए । ठूलो परिवार रमाइलो भए पनि पाल्न भने निकै संकट पर्ने गरेको उनको अनुभव छ । जाडोका बेला जिल्लाबाट कोइला सहयोग पाउने आशमा छन उनी । २०१३ मा टर्कीको संसदको तर्फबाट गरिएको एक अध्ययनमा बहुविवाह गैरकानुनी भएपनि तीन लाख ७२ हजारले एकभन्दा बढी बिहे गरेको पाइएको छ ।
www.onlinekhabar.com
रविराज बराल-
प्रचलित नेपाली लोकोक्ति छ- कागले कान लग्यो भन्दैमा कान नै नछामी कागको पछि दौडिने। वास्तविकता ख्याल नगरी हल्लाका पछाडि लाग्नेहरुप्रति यो कथनमा व्यंग्यमात्र छैन, प्राप्त सूचनाको परीक्षण गर्न सन्देश पनि छ।
लामो समयदेखि नेपाली समाजमा प्रचलित यो कथन इन्टरनेट र सामाजिक सञ्जालको युगमा झन् सान्दर्भिक देखिन्छ। उदाहरणका लागि हालैको एउटा उदाहरण पर्याप्त छ।
गएका केही दिन नेपालका कतिपय समाचार पोर्टलले 'एक हप्ता पृथ्वी पूर्ण रुपमा अँध्यारो हुने' खबर प्रकाशित गरेपछि सामाजिक सञ्जाल पनि यस्तै खबरका लिंकले भरिएका छन्। कतिपय विदेशी अनलाइनहरुले समेत यो खबर प्रकाशित गरेका छन्।
खबरहरुका अनुसार १६ देखि २२ डिसेम्बर अर्थात आउँदो पुस १ गतेदेखि ७ गतेसम्म विश्वमा सौर्य आँधी आउनेछ र पृथ्वीसम्म आउने सूर्यको ९० प्रतिशत प्रकाश सौर्य आँधीका कारण छेकिनेछ र पृथ्वी पूर्णतया अँध्यारो हुनेछ। यस्तै सूचना र खबर पढेर होला कतिपय मानिसहरुले 'सात दिने अँध्यारोका योजना'समेत सार्वजनिक गरे।
सूचनाको तीब्र प्रसारण अर्थात 'स्पिड सेयरिङ' इन्टरनेटको मुख्य विशेषता हो। जब कुनै कुरा मानिसहरुलाई रमाइलो लाग्छ वा छुन्छ, त्यो खबर अन्यलाई सुनाउनु मानवीय विशेषता हो। झन् यस्ता खबरले त मानिसहरुलाई आश्चर्यचकित बनाउँछ, जसका कारण यसको सेयरिङ पनि तीब्र गतिमा नै हुन्छ। यस्ता खबर तथा सूचना 'भाइरल' बन्छन्। इन्टरनेट उपभोक्ता यस्ता सूचनाको श्रोत खोज्ने आवश्यकता नै देख्दैनन्। जसका कारण यस्ता हल्लाहरु फैलिन मद्दत गर्छ।
सौर्य आँधी (सोलार स्ट्रोम) ले करिब एक हप्ता पृथ्वी अन्धकार बनाउने खबर पनि त्यसरी नै फैलियो इन्टरनेटभर। न यो खबर प्रकाशित गर्नेहरुले सूचनाको सत्यता परीक्षण गरे, न पढ्नेहरुले।
मिडिया साक्षरता भएका पाठक मिडियामा आएका सूचना परीक्षण गरेर सही वा गलत छुट्याउन सक्छन् तर अरुले सेयर गरेका समाचार लिंक वा अन्य सामग्री क्लिक गर्ने र हेर्ने बानी परेका धेरैजना त्यसो गर्न जान्दैनन् वा आवश्यक ठान्दैनन्। जसका कारण पाठकहरु गलत सूचनाको शिकार बन्छन्।
व्यंग्यात्मक वेबसाइट हज्लर्स डट कमले नासालाई उदृत (वास्तवमा यो व्यंग्यात्मक थियो) गर्दै बनाएको एउटा 'हावा' समाचारलाई विश्वास गर्दा अनलाइनहरुमात्र झुक्किएनन्, उनीहरुले पाठकलाई समेत 'उल्लु' बनाए।
उक्त प्यारोडी समाचारमा कतिसम्म भनिएको छ भने, नासा प्रमुख चार्ल्स बोल्डेनले यो घोषणा गरेका हुन् र उनले सबैलाई शान्त रहन समेत भनेका छन्। दुई सय ५० वर्षपछिको यो सौर्य आँधीका कारण दुई सय १६ घण्टा पृथ्वी अँध्यारो हुने समाचारमा जनाइएको थियो।
अलिकित बुद्धि पुर्याएको भए यो हल्लाबाट बच्न सजिलो थियो। अन्तरिक्षसम्बन्धि सूचना परीक्षणका लागि नासाको वेबसाइट छ। बेलाबेलामा नासाले औपचारिक रुपमा नै यस्ता सूचना प्रकाशित गरिरहेकै हुन्छ।
त्यस्तै जुन साइटमा यो समाचार प्रकाशन भयो, त्यसको 'हाम्रो बारे'मा स्पष्ट रुपमा यो व्यङ्ग्यात्मक समाचार राख्ने साइट हो भनिएको छ।
हज्लर्स त्यही वेबसाइट हो जसले इबोला भाइरसका कारण मृत्यु भएका एक व्यक्ति ब्युँतिएको खबर पनि प्रकाशित गरेको थियो। सामाजिक सञ्जालमा पनि यो चर्चाको विषय बनेको थियो।
यस्ता दर्जनौँ प्यारोडी तथा सटायरिकल वेबसाइट इन्टरनेटमा भेटिन्छन्, जसले पाठकलाई नभएको कुरालाई पनि हो जस्तै गरी सामग्री प्रकाशित गर्छन्। झन् 'द अनियन डट कम' जस्ता चर्चित समाचार प्यारोडी वेबसाइटको सामग्री प्रस्तुति त झन् पाठकलाई पत्याउन बाध्य पार्ने खालको हुन्छ।
कुरा समाचारको मात्र होइन, सूचनाको पनि हो। सूचना आफैमा सत्य नहुन पनि सक्छ। कतिपय सूचना सत्य भएपनि गलत नियतका साथ सम्प्रेषण गरिएका हुनसक्छन्। त्यसैले इन्टरनेटमा भेटिने सूचना वा जानकारीको सत्यता छ कि छैन भनेर पाठकले परीक्षण गर्नुपर्ने हुन्छ।
त्यसैले तपाईँ पनि कसैले कागले कान लग्यो भनेमा कागको पछि लाग्नु पहिला आफ्नो कान पो छाम्ने कि?
http://www.pahilopost.com
एजेन्सी । लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा केन्डिस स्वपोल मोडलले १० मिलियन डलर (नेपाली करिब १ खर्ब रुपैया) बराबरको ब्रा लगाएर क्याट वाक गर्ने भएकी छिन् ।
आउदो डिसेम्बरमा हुने उक्त कार्यक्रममा उनले १ खरबको ब्रा का साथ स्टेजमा देखा पर्ने भएकी हुन् । उक्त ब्रा स्वीजरल्याण्डको एक प्रसिद्ध जोयलरी डिजाइनर मोवाडले डिजाइन गरेको बताइएको छ । उक्त ब्रा मा मणि हिरा र नीलमको प्रयोग गरिएको छ । साथै ५२ क्यारेटको मोती १८ क्यारेट सुनले जडित गरि सजाइएको छ ।
लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा मोडलिङ गर्न जो केहीले पनि ठुलो एउटा उपलब्धीको रुपमा लिने गरिएको पाइन्छ ।
वासिङटन : अलकायदाका प्रमुख ओसामा बिन लादेनलाई गोली हान्ने अमेरिकी नेभी सिलका पूर्व कमान्डरको परिचय अब चाँडै खुल्ने भएको छ। उनले फक्स न्युज च्यानलमार्फत आफ्नो परिचय दिँदै छन्। अर्को महिना च्यानलको वृत्तचित्रमा उनले बिन लादेनविरुद्धको सैन्य अभियानबारे पूरै जानकारी दिनेछन्।
'द म्यान हु किल्ड ओसामा बिन लादेन' नामको दुई घन्टाको वृत्तचित्र नोभेम्बर ११ र १२ मा देखाइनेछ। फक्स न्युजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'यस वृत्तचित्रको माध्यमबाट नेभी सिलले कसैले थाहा नपाएका नयाँ कुरा पनि साझा गर्दै छन्। कमान्डरले अमेरिकाको सबैभन्दा राम्रो सैन्य बलसँगको तालिमबारे जानकारी दिँदै छन्।'
लादेनविरुद्ध कारबाही सुरु गरेदेखि उनको अन्तिम साससम्मको सबै विषयलाई समातेर मेहनतसाथ वृत्तचित्र बनाइएको बताइएको छ। साधारणजसो नेभी सिलको अभियान खासै चर्चामा आउँदैन। यस्ता अभियानमा संलग्न सदस्यहरूको नाम पनि गोप्य राख्ने गरिएको छ। ती सदस्यहरू सेवामा होस् अथवा अवकाश प्राप्त होस्, खासै सञ्चारमाध्यममा ल्याइँदैन।
तर, सन् २०१२ मा फक्स न्युजले सिलका एक पूर्वसदस्य म्याट बिसोनेटको नाम उजागर गरेको थियो। उनले 'नो इजी डे : द फस्र्टह्यान्ड एकाउन्ट अफ द मिसन द्याट किल्ड ओसामा बिन लादेन' नामक किताब लेखेका थिए। त्यसपछि सबैको चासो लादेन मार्ने कमान्डरहरूप्रति गएको थियो।
सन् २०११ को मे महिनामा पाकिस्तानको एबटाबाद सहरमा भएको अमेरिकी सैन्य कारबाहीमा लादेनको मृत्यु भएको थियो। सीआईएले बिन लादेन रहेको घर पत्ता लगाएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले लादेनविरुद्ध सैन्य कारबाही गर्न आदेश दिएका थिए।
यो कारबाही आफूलाई जानकारी नदिई भएको भन्दै पाकिस्तान रुष्ट भएको थियो। अहिले पनि यसै विषयलाई लिएर पाकिस्तान र अमेरिकाबीच विवाद पनि हुने गरेको छ। पाकिस्तान तालिवान र अलकायदालगायतका आतंककारी संगठनको आश्रयस्थल बनेको भन्दै अमेरिकाको सैन्य कारबाही जारी छ।
पाकिस्तानले आफ्नो भूमिमाथि निरन्तर रूपमा भइरहेको आक्रमण रोक्न अमेरिकासँग आग्रह गरेको छ। पाकिस्तानी आकाशबाट अमेरिकी सेनाको मानवरहित विमानले गरेको हमलाका कारण आतंककारी मात्र नभई सर्वसाधारणको पनि ज्यान जाने गरेकाले सो आक्रमण तत्कालै रोक्न आग्रह गरिएको छ।
जातीय द्वन्द्व भइरहेको उत्तरी पाकिस्तानमा दिनहुँजसो अमेरिकी हवाईआक्रमण भइरहेको छ। - एएफपी
annapurnapost.com
विश्वको पहिलो झ्यालवीहिन हवाइजहाज उडान भर्ने तयारीमा छ । यो अद्भुत हवाइजहाजका बेलायती निर्माताले यसको परीक्षण उडान गर्ने भएका छन् ।
यो जहाजमा झ्याल हुनेछैन तर बाहिरको सबै दृश्य यात्रुले आफ्नै आखा अगाडि देख्न पाउनेछन् ।
यस्तो कसरी सम्भव होला ? हो, यसमा झ्यालको साटो यस्तो पर्दाको प्रयोग गरिएको हुन्छ जसले बाहिरको सबै दृश्य यात्रुलाई देखाइदिन्छ ।
बेलायती समाचार संस्था गार्जियनका अनुसार यो झ्यालवीहिन जहाजमा यात्रुले आकाश तथा धर्तीका चौतर्फी दृश्य आफ्नै आखा अगाडि देख्न पाउनेछन् भने आफ्नो रुची अनुसार स्क्रिनलाई बदल्न पनि सक्नेछन् । यात्रुहरुले स्क्रिनमा ट्याप गरेर वा इन्टरनेटमा सर्च गरेर स्क्रिनमा देखिएको ठाउँको पहिचान समेत गर्न पाउनेछन् । यस्तो जहाज निर्माता सेन्टर फर प्रोसेस इनोभेसन सिपिआइका वैज्ञानिकहरुले यसलाई ‘द विन्डोलेस क्याबिन विथ अ भ्यू’ नाम दिएका छन् ।
वैज्ञानिकले भनेका छन्, ‘हावामा उडान भरेको समयमा अब सानो प्लास्टिकको झ्यालबाट दुनियालाई हेर्ने चलन अब छिटै अतीतको हिस्सा बन्नेछ । भविष्यका विमानमा झ्यालविना नै सफा तथा स्पष्ट र मनोरम दृश्य हेर्ने सुविधा मिल्नेछ । हामी अल्ट्रा फ्लेक्सिबल, हाइ डेफिनेसन डिस्प्ले प्रविधिको विकाश गरिरहेका छौँ । जसको क्याविनको भित्री भित्तामा जहाजको बाहिरी भागमा राखिएका क्यामराले खिचेका लाइभ फुटेजलाई सफासँग देख्न सकिनेछ ।’
मनोरम दृश्य देख्नुका साथै आन्तरिक डिजिटल वालपेपरका माध्यमबाट यात्रुहरुले क्याबिनको प्रकाश तथा दृश्यलाई बदल्न समेत सक्नेछन् । साथै यो विमानको ओएलइडी स्क्रिनलाई मल्टिमिडिया डिभाइसको रुपमा समेत प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
यो जहाजभित्र हुने स्क्रिन पातलो, मोड्न सकिने तथा निकै हलुका हुने भएकाले यसले उडानको भार समेत कम गर्न मद्दत मिल्नेछ । वजन कम हुनुको अर्थ इन्धनको खपत समेत कम हुनु हो । जसका कारण हरितगृह ग्यासको उत्सर्जन कम हुने र उडान लागत समेत घट्ने वैज्ञानिकहरुको दाबी छ ।
www.onlinekhabar.com
अमेरिकाको कान्सासमा विमान दुर्घटना भएको छ । सानो १० सिटर विमान विमानस्थल नजिकैको एउटा भवनमाथि बझारिन पुगेको हो । विमान खसेको स्थानमा आकाश धुवाँमय भएको तस्विर सार्वजनिक भएको छ । अमेरिकी सञ्चार माध्यमहरुले २ इन्जिन भएको उक्त विमानमा के कति यात्रु थिए र हताहती भयो या भएन भन्ने प्रष्ट नभएको जनाएका छन् । - See more at: http://nepaliheadlines.com/2014-10-30-15-33-14.html#sthash.uvUgUyrR.dpuf
सिओल, कार्तिक १२ – दक्षिण कोरियाका जसुसी संस्थाले उत्तर कोरियाका नेता किम जोङ उन रहस्यमयरुपमा ६ हप्ता हराउनुको कारण पत्ता लगाएको दाबी गरेको छ । दक्षिण कोरियाली जासुसी संस्थाको गोप्य मिटङमा सहभागी भएका एक सांसदले सो कुराको जानकारी दिएको एपीलाई उदृद्धत गर्दै हफिङटन पोस्टले लेखेको छ । जासुसी संस्थाले सांसदहरुलाई उत्तर कोरियाली नेता किमले सेप्टेम्बर वा अक्टोबरमा आफ्नो देब्रे खुट्टाको घुँडामा रहेको सानो ट्युमरको सिवदेशी डाक्टरबाट अपरेसन गरेको र डाक्टरले किमलाई उनको मोटापा, धुम्रपान र व्यवस्त सार्वजनिक कारर्यक्रम कारण पुनः बल्झिन सक्ने बताएपछि उनी ६ हप्तासम्म गायब रहेको जानकारी दिएको थियो । उनी सेप्टेम्बर ३ का दिन अन्तिम पटक देखिएकोमा एकैपटक अक्टोबर १४ का दिन लठ्ठी टेक्दै देखिएका थिए । उनी केही दुब्लो पनि देखिएका थिए । सन् १९४८ देखि किमका परिवारले शासन गरिरहेको उत्तर कोरियामा उनी गायब हुनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको थियो । किमको रोगलाई जाजुसी संस्थाले टार्सल टनल सिन्ड्रोम भनेर बताएका छन् । किमको स्वास्थ्य स्थितिको बारेमा कसरी दक्षिण कोरियाली जासुसी संस्थाले थाहा पायो भनेर थाहा पायो भन्ने कुरा भने खुलाइएको छैन । - See more at: http://www.ratopati.com/2014/10/29/178033.html#sthash.mY9k1cYk.Gs4QoaG2.dpuf
चीनले भारतसँगको विवादित सीमाक्षेत्र अरुणाचलमा बनाउन लागेको सडक निर्माण भारतीय सेनाले रोकिदिएको दावी भारतीय सञ्चार माध्यमले गरेका छन् ।
यस अघि भारतीय सेनालाई चिनियाँ सेनाले रोक्दै आएको थियो तर यस पटक भारतीय सेनाले रोकेको सञ्चार माध्यमको दावी छ । चीनको पीपल्स लिबरेशन आर्मी (पीएलए) ले असफिला क्षेत्रमा सडक बनाउन शुरु गरेको थियो । तर भारतीय सेनाका जवानले बाटो बनाउन नदिएको बताइएको छ ।
चीन र भारतबीच विभिन्न विवादित सीमा क्षेत्रमा तनाव रहँदै आएको छ । पछिल्लो बाटोको विषयले समेत दुई देशबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।
nepaliheadlines.com