अमेरिकाको एक आर्ट ग्यालरीमा एक युवाले महिलाको योनीबाट मोबाइल चार्ज गरेको हेर्नेको भिड लागेको छ ।
प्रयोगकर्ताले १० मिनेटको २० अमेरिकी डलर तिरेर चार्ज गर्ने व्यवस्था रहेको थियो ।
‘आर्ट बेसेल मियामी’ दिइएको सो कार्यक्रमको उद्देश्य मानिस प्रविधिमा कति निर्भर छन् भन्ने देखाउनु रहेको आयोजकले बताएका छन् ।
पेशाले चित्रकार लिना मारकुइसले आफ्नो योनीमा चार्ज गर्न सक्ने व्यवस्था गरेकी थिइन् । यो घटनाको विषयमा टिका टिप्पणी भइरहेको छ ।
एजेन्सी ।

काठमाडौं, मंसिर १९ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगल ग्रहका लागि प्रक्षेपण गर्न लागेको ‘ओरायन’ यानको प्रक्षेपण रद्द गरेको छ ।
प्रक्षेपणका लागि तयारी अवस्थामा राखिएको यानभित्र तीव्र गतिमा हावा चल्नुका साथै अरु प्राविधिक समस्या देखिएकाले रद्द गरिएको नासाले जनाएको छ । यद्यपि, प्राविधिक त्रुटि सच्चाउने काम भने जारी रहने नासाले जनाएको ।
‘स्पेस क्याप्सुल’को सहायतामा मानवलाई मंगल ग्रहसम्म प्रक्षेपण गर्न लागेको यस यानको बनावट सन् १९६० र ७० को दशकमा मानिसलाई चन्द्रमामा पुर्याइएको ‘एपोलो’ यान जस्तै छ । ‘ओरायन’मा भने मानिस पठाइने छैन । (एजेन्सी)

प्रख्यात खगोलशास्त्री स्टीफन हॉकिंग कृत्रिम बौद्धिकता (Artificial Intelligence) संम्बधित रिसर्चहरु बन्दहोस् भन्ने चाहन्छन ।
व्हीलचेयर बिना हिडडुल गर्न नसक्ने यी विचारकले बीबीसी लाई अप्रत्याशित रुपमा भने, "कृत्रिम बौद्धिकता बिकासले मानव जातिको अन्त्य गर्न सक्छ। "
उनलाई भर्खरै अपडेट गरिएको उनको कम्प्युटर-सहयोगी भाषा प्रणाली (Computer-assisted speech system) जुन इन्टेल र मेसिन- लर्निङ सफ्टोयर कम्पनी स्विफ्टकि ले बनाएका हुन, यसबारेमा आफ्नो बिचार व्यक्तगर्न भनिएको थियो ।
हॉकिंग amyotrophic lateral sclerosis भन्न रोगबाट ग्रसित छन। उनि हिडडुल गर्न र बोल्न सक्दैनन् । दसकौंसम्म उनी व्हीलचेयरमा जिवन बिताइरहेका छन् ।
हॉकिंग इन्टेल कम्पनीसंग मिलेर कम्पुटरको मद्दतले बोल्न सकिने सफ्टोयरमा नयाँ अपडेटको लागि पनि काम गर्दैछन । जसमा उक्त सफ्टोयरले पछि बोलिने शब्द पहिलै पत्ता लगाउँछ । उक्त सफ्टोयरले आफै सिक्न र पुर्बसुचना (learn and predict) दिनसक्छ ।
उनले भने, यो सुरुको अवस्थाको कृत्रिम बौद्धिकता भएतापनि निकै उपयोगी सिद्ध भएको छ ।" तर उनी हामी भन्दा चलाख सफ्टवयरको परिणामको डर मान्दैछन् ।
उनले भने, " यस्तो सफ्टवयरले आफै सुधार हुन सक्ने र आफैलाई नयाँ स्वरूप दिन सक्ने हुन सक्छ ।"
"मानव, जसको जैविक बिकास ढिलो छ, यस्तो बौद्धिकतासँग जित्न सक्दैन र लोप हुने खतरामा पर्न जान्छ ।"
यस्तो बिचार राख्ने उनी मात्र होइनन् । रकेट स्पेस एक्सका प्रमुख एलोन मस्क भन्छन, " आफै सिक्न र बुझ्न सक्ने यस्तो बौद्धिकताले परमाणु बम भन्दा बढी खतरा बोकेको हुन्छ । यो त दानवहरुलाई हामी माझ बोलाउनु सरह हुन्छ ।"
समग्रमा भन्दा, तत्कालै यसले खतरा नल्याउने भएतापनि, यस्को बिकास सगैं मानव समाजलाई डर भने बढ्दै जाने देखिन्छ ।
तत्कालको परिवेशमा, मानव कार्यशक्तिलाई, यस्ता नथाक्ने, सिक्न सक्ने र धेरै पटक एउटै काम गर्दापनि अल्छि नगर्ने मेसिनहरुले विस्थापित गर्दैछन । एजेन्सी

मोबाइल जगतमै अग्रपंतिमा रहेको, आफ्नै डिजाइन, उत्पादन र अनुसन्धान तथा विकासद्वारा उत्कृष्ट गुणस्तरका ह्याण्डसेट हरु निर्माण गर्न जियोनीले एम सेरिजको मोबाइल फोन नेपाली बजारमा ल्याएको छ ।
लामो समयसम्म टिक्ने धेरै शक्तिशाली ब्याट्री भएको यो मोबाइल फोन अन्तराष्ट्रिय बजारहरुमा सार्वजनिक भएपछि यसको कार्यक्षमता र वितरणलाई थुपै्र उपभोक्ताहरुले मन पराउनुका साथै तारिफ पनि गरेका छन् ।
एम थ्री को उत्पादन सँगसँगै जियोनी मोबाइल जगतमै एक कदम अगाडि बढ्न सफल भएको छ ।
सबै भन्दा शक्तिशाली ५००० एमएएच ब्याट्री भएको यो मोबाइल फोन ले ३३.७ घण्टासम्मको टकटाइम र ३२.८ दिनको स्ट्याण्डबाइ टाइम दिने अर्थात चार्ज नगरिकन प्रयोग गर्न सकिन्छ जसले तपाईको व्यस्त जीवनमा धेरै नै सजिलो हुनेछ ।
ओ.टि.जी. रिभर्स चार्ज, ओ.टि.जी. डाटा ट्रान्सफर, हटनट, ब्ल्याक स्क्रीन गेस्चरको नियन्त्रण जस्ता नयाँ विशेषताहरुले भरिपूर्ण एम थ्री अद्वितीय मोबाइल ह्याण्डसेट बनेको छ जसले थुप्रै उपभोक्ताहरुको आवश्यकताहरुलाई पूरा गर्नेछ ।
१.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एच.डी. डिस्प्ले, डि.टी.एस. साउण्ड, पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेलको क्यामेरा साथै भि–जेस्चर र स्माइली जस्ता रोचक मोड पनि भएकोले गर्दा ह्याण्डसेटमा नसमातिकन पनि स्न्यापसट लिन सकिन्छ । यसमा गोरमेट मोड पनि उपलब्ध छ जसले गर्दा खानाको फोटोहरुलाई अझै स्वादिष्ट देखाउन सकिन्छ ।
एम थ्री निकै शक्तिशाली फोन हो जसले गर्दा उपभोक्ताहरुले यसलाई सरल र बलियो ढंगले प्रयोग गर्न सक्दछन् । धेरै लामो समय आफ्नो मोबाइल फोन मै बिताउने उपभोक्ताहरुका लागि यो फोन निकै लाभदायक छ ।
डिसेम्बर देखि जियोनीका सबै डिलरहरुमा नेपालभर यो मोबाइल फोन उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ ।

फेसबुकले नयाँ नियम ल्याउन लागेको जानकारी दिएको छ । १ जनवरी, २०१५ देखि उसले आफ्नो नियम बदल्न लागेको हो । यसको लागि कम्पनीले सबै युजर्सलाई नोटिफिकेशन पनि पठाएको छ । फेसबुकका अनुसार अब फेसबुकले युजर्सलाई फेसबुक चलाउनको लागि टिप्स/गाइडलाइन दिनेछ । कम्पनीले नयाँ नियमको माध्यमबाट फेसबुक प्रयोगकर्तालाई सुरक्षित नेटवर्किङको लागि गाइड गर्नेछ । यो जानकारी भने अहिलेलाई ३६ भाषामा मात्र हुनेछ ।
नयाँ नियममा के के छन ?
प्राइभेसी बक्स
यसको माध्यमबाट फेसबुकले आफ्नो युजर्सलाई आफ्नो जानकारीको लागि नियन्त्रणमा राख्न सक्छ । उदाहरणको लागि तपाई आफ्नो Untag, unfriend र block को बारेमा जान्न सक्नुहुनेछ । यति मात्र नभई आफ्नो हरेक पोस्ट कस-कसलाई पठाउने पनि थाहा हुनेछ ।
तपाईलाई तस्विरमा देखिए जस्तो नोटोफिकेशन आएको पनि होला ।
कम्प्युटर सुरक्षाको क्षेत्रमा काम गरिरहेको एक अग्रणी कम्पनीले अहिलेसम्मकै सबैभन्दा खतरनाक सफ्टवेयर पत्ता लगाएको दाबी गरेको छ । उक्त सफ्टवेयर निकै अत्याधुनिक र परिष्कृत रहेको उसको दाबी छ ।
अमेरिकाको सिमेन्टेक कम्पनीले पत्ता लगाएको उक्त कम्प्युटर भाइरसको नाम ‘रेगिन’ हो ।
यो कम्प्युटर बग केही वर्ष पहिले सायद विश्वका कुनै सरकारले नै बनाएको र ६ वर्षयता पूरै विश्वमा निश्चित क्षेत्रलाई निशाना बनाइरहेको दाबी कम्पनीको छ ।
यो भाइरस कम्प्युटरमा एकपटक छिरिसकेपछि पासवर्ड चोर्न सक्ने, हटाइएका फाइल समेत निकाल्न सक्ने तथा कम्प्युटर स्क्रीनको तस्वीर लिन सक्ने बताइएको छ ।
यो बगबाट रुस, साउदी अरब तथा आयरल्याण्डका कम्प्युटर सबैभन्दा बढि प्रभावित हुँदै आएका छन् ।
विशेषज्ञहरुका अनुसार सरकारी संस्था, व्यवसाय तथा व्यक्तिहरुको जासुसी गर्नका लागि यो भाइरसको प्रयोग गर्ने गरिएको छ ।
शोधकर्ताहरुका अनुसार यो सफ्टवेयर यति धेरै परिस्कृत छ की यसलाई कुनै सरकारले नै साइबर जासुसीका लागि तयार पारेको अनुमान गर्न सकिन्छ ।
यसको विकाश गर्न महिनौँको समय लाग्ने उनीहरुको ठम्याइ छ र यसका निर्माताहरुले यसलाई लुकाउन पनि निकै ठूलो मेहेनत गरेका छन् ।
सिमेन्टेकका एक सुरक्षा रणनीतिकार सियान जोन भन्छन्, ‘जुन स्तरको कौशल तथा विशेषज्ञताको प्रयोग भएको छ र यसलाई बनाउन जति समय लागेको छ त्यसलाई हेर्दा लाग्छ यो पश्चिमी संस्थाहरुको तर्फबाट आएको छ ।’
सिमेन्टेकले यो बगको तुलना अर्को कम्प्युटर बग स्टक्सनेट सँग गरेका छन् ।
इरानको परमाणु कार्यक्रमलाई निशाना बनाउनका लागि अमेरिका र इजरायले स्टक्सनेट नामक भाइरस बनाएका थिए । उक्त बगलाई उपकरणमा क्षति पूराउने उद्धेश्यका लागि बनाइएकोमा रेगिनको उद्धेश्य भने सूचना संकलन गर्नु मात्र रहेको छ ।
एजेन्सी
एप्पलले पछिल्लो समय बजारमा ल्याएको आइफोन ६ र आइफोन ६ प्लसले अहिले विश्वबजारलाई आकर्षित गरेको छ। ग्राहकको रोजाइमा परेका यी दुई फोनको विशेषता :
१. पातलो मोटाइ
सुरुसुरुको आइफोन गोलाकार किसिमको थियो। ५ एससम्म आउँदा फ्ल्याट डिजाइन भयो। ५ एस ७.६ एमएम मोटो थियो भने आइफोन ६ र ६ प्लस क्रमश: ६.९ र ७.१ एमएम मोटाइका छन्।
२. आकर्षक डिस्प्ले
आइफोन ६ र ६ प्लसमा ४.७ र ५.५ इन्चका डिस्प्ले छन्। आइफोन ६ ले १३३४&७५० पिक्सेल रिजोलुसन प्रदान गर्छ भने आइफोन ६ प्लसमा १९२०&१०८० पिक्सेल स्क्रिन रिजोलुसन दिन्छ। नयाँ डिस्प्ले फराकिलो गर्न मिल्छ।
३. ठूलो स्क्रिन
आइफोन ६ को लम्बाइ ५.४४ र चौडाइ २.६४ इन्च छ। यसको तौल ४.५५ आउन्समात्रै छ। आइफोन ६ प्लस ६.२२ इन्च लम्बाइ र ३.०६ इन्च चौडाइ छ। आइफोन ५ एस ४.८७ इन्च लम्बाइ र २.३१ इन्च चौडाइसहित ३.९५ आउन्स तौलको थियो।
४. ए८ प्रोसेसर
एप्पलका दुवै नयाँ फोनमा नयाँ डिजाइन गरिएको ६४ बिटको ए८ प्रोसेस चिप रहेको छ। ए८ ले दिगो प्रदर्शन, गेमहरू ठूला र चिल्लो फ्रेम रेटमा रन हुन दिन्छ। एप्पलले गरेको दाबीअनुसार यसको नयाँ चिपले २५ प्रतिशत छिटो स्पिड प्रदान गर्छ र ५० प्रतिशत तीव्र ग्राफिक्स प्रदान गर्छ।
५. राम्रो क्यामेरा
दुवै फोनमा ८ मेगा पिक्सेल क्यामेरा छ। त्यसमा १.५ माइक्रोन पिक्सेल छ। नयाँ क्यामेरामा नयाँ फोकस पिक्सेल सेन्सर रहेकाले अटो फोकसका लागि प्रकाश छिटो थाहा पाउँछ। नयाँ सेन्सरले एक्सपोजर कन्ट्रोल गर्न थप मद्दत गर्छ। तुलनात्मक रूपमा हल्लाएर खिच्दा पनि फोटो बढी स्टेबल हुन्छ।
६. वायरलेस क्षमता
आइफोन ६ ले छिटो काम गर्ने एलटीई फिचर गर्छ जसले ५ एसभन्दा तीव्र काम गर्छ। वाइफाई कल र भ्वाइस ओभर सहज रूपमा गर्न सकिन्छ। आइफोन ६ ले थप ८०२.११ एसी वाइफाई सपोर्ट गर्छ, जुन कनेक्सन आइफोन ५ एसको भन्दा तीन गुणा बढी गति मानिन्छ।
७. एनएफसी र एप्पल पे
आइफोन ६ ले एनएफसी (नियर फिल्ड कम्युनिकेसन) प्रदान गर्छ। यो क्षमता एप्पलको नयाँ मोबाइल पेमेन्ट सर्भिस एप्पलपेको लागि महत्त्वपूर्ण क्षेत्र हो। एनएफसी फिचरमार्फत रिटेल स्टोरमा क्रेडिट कार्डबिना सामान खरिद गर्न सकिन्छ।
८. शक्तिशाली ब्याट्री
नयाँ आइफोनमा शक्तिशाली ब्याट्री छन्। आइफोन ६ मा १० घन्टा टकटाइम र थप १ घन्टा वाइफाई ब्राउजिङ रहेको छ। ६ प्लसमा थ्रीजीमा २४ घन्टाको टकटाइम र १२ घन्टाको इन्टरनेट ब्राउजिङ छ।
९. नयाँ अपरेटिङ सिस्टम
आइफोन ६ र ६ प्लस आईओएस ८ मा आउँछ। यो एप्पलको सबैभन्दा नयाँ अपरेटिङ सिस्टम हो। नयाँ ओओएसको काम एप्पल डिभाइस (मोबाइल र एप्लिकेसन) जोड्नु हो। यसमा अन्तरक्रियात्मक नोटिफिकेसन, थर्ड पार्टी किबोर्ड, नोटिफिकेसन सेन्टरमा हुने विजेट, क्विक टाइप प्रेडिक्टिभ किबोर्डजस्ता फिचर छन्।
१०. मूल्य
आइफोन ६ को मूल्य १९९ डलर (१६ जीबी), २९९ डलर (६४ जीबी) र ३९९ डलर (१२८ जीबी) रहेको छ भने आइफोन ६ प्लसको मूल्य २९९ डलर (१६ जीबी), ३९९ डलर (६४ जीबी) र ४९९ डलर (१२८ जीबी) रहेको छ।
एजेन्सी । वैज्ञानिकहरुले इबोला भाइरस नियन्त्रणका लागि बनाइएको प्रयोगात्मक औषधिको पहिलो परीक्षणको नतिजा सकारात्मक आएको बताएका छन् । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)का पदाधिकारीले औषधि परीक्षणको नतिजा आशाजनक रहेको बताएका हुन् ।उनीहरुले यो खोपले शरीरको प्रतिरक्षा क्षमतालाई बढाउन सहयोग पुग्ने बताएका छन् ।
परिक्षणका क्रममा यो औषधि २० जनालाई दिइएको थियो । उनीहरुमा इबोला रोग प्रतिरोधात्मक क्षमता भएको र औषधीको नकारात्मक प्रभाव पनि नदेखिएको वैज्ञानिकहरुको भनाइ छ ।यो औषधिले शतप्रतिशत काम गर्ने पुष्टि भने भएको छैन । फेरि दोस्रो चरणमा परिक्षण गर्ने वैज्ञानिकहरुले योजना बनाएका छन् ।दोस्रो चरणको परिक्षण सफल भएमा इबोला भाइरसविरुद्धको औषधि पश्चिम अफ्रिकी मुलुकमा आगामी जनवरीबाट पठाइने छ । एजेन्सी
एजेन्सी । पछिल्लो समयमा सामाजिक सञ्जालहरुको प्रयोग सूचना संकलनका लागि जति फाइदाजनक छ त्यति नै यसको दुरुपयोग पनि भइरहेको छ ।
सेक्स तस्करीसँग जोडिएका समूहहरुले फेसबुक र यस्तै सामाजिक सञ्जाल प्रयोग गर्ने महिलाहरुलाई जबरजस्त रुपमा वेश्यावृत्तिमा धकेलिरहेका छन् । यो जानकारी बुधबार युरोपियन पोलिसिङ एजेन्सी ‘युरोपोल’ का मुखियाले दिएका हुन् ।
राव वेनराईटले बताएका छन् कि यस्ता सेक्स तस्करहरुले बच्चालाई ध्यान दिँदै र कर्मचारीका नक्कली विज्ञापन पोष्ट गर्छन् र च्याट मार्फत आफ्नो शिकार बनाउछन् ।सेक्स तस्करीसँग जोडिएका समूहहरुले फेसबुक र यस्तै सामाजिक सञ्जाल प्रयोग गर्ने महिलाहरुलाई जबरजस्त रुपमा वेश्यावृत्तिमा धकेलिरहेका छन् । यो जानकारी बुधबार युरोपियन पोलिसिङ एजेन्सी ‘युरोपोल’ का मुखियाले दिएका हुन् ।
पहिले सेक्स तस्कलाई शिकार फसाउन आफै गएर जानकारी लिनुपर्दथ्यो तर अहिले टेक्नोलोजीका कारण मात्र एउटा बटम क्लिक गरेर ५० भन्दा बढी शिकार फसाइरहेका छन् ।
यसका बाबजुद यस्तो ‘कम खतरा र ज्यादा मुनाफा’ वाला काम गरेर अपराधीहरुले वर्षेनी १५० बिलियन डलरभन्दा बढी कमाइरहेका हुन्छन् ।
युरोपमा मात्र रोमानिया, बुल्गेरिया, हंगेरी, ब्रिटेन, जर्मनी, बेल्जियम र नेदरल्याण्डमा मात्रै ५ लाख शिकार भइसकेका छन् । यसलाई अन्त्य गर्नका लागि अर्को देशसँग सहकार्य गरेर प्रयास सुरु गर्नुपर्ने वेनराईटको सुझाव छ ।
www.nepalsandesh.com
भिडियोको लागि सबैभन्दा उत्तम सेवा लिन युट्युब प्रयोग गर्नैपर्दछ । प्रयोगकर्ताको लागि यो सेवा सहज र सजिलो पनि छ । तपाईं हामी सबैले युट्युबको प्रयोग गरिरहेका छौं । सधैं प्रयोग गरिरहे पनि पनि यसका कतिपय गोप्य ट्रिक्सहरु तपाईंलाई थाहा नहुन सक्छ । युआरएलमा सामान्य फेरबदलले पनि धेरै काम गर्न सकिन्छ युट्युबमा । आउनुहोस्, युट्युबमा प्रयोग हुने रहस्यमयी ट्रिक्सको बारेमा थाहा पाइराखौं ।
१. कुनै पनि सफ्टवेयर प्रयोग नगरी भिडियोहरु डाउनलोड गर्नसकिन्छ युट्युबको मद्दतबाट सजिलैसँग भिडियो डाउनलोड गर्न सकिन्छ । यसको लागि तपाईंलाई कुनै खास सफ्टवेयरको आवश्यकता पर्दैन । त्यतिमात्र होइन, युट्युबबाट एमपिथ्री फाइलहरु पनि डाउनलोड गर्न सकिन्छ । यसको लागि तपाईंले युआरएलमा सामान्य फेरबदल गर्नुपर्ने हुन्छ । तपाईंले चाहेको भिडियो डाउनलोड गर्नको लागि तपाईंले युआरएलको अगाडि pwn लेख्नुपर्दछ । जस्तो कि– www.youtube.com/watch?v=9yZDsep3IBA लाई यस्तो बनाउनुहोस् www.pwnyoutube.com/watch?v=9yZDsep3IBA यसपछि तपाईंलाई मनपर्ने कुनै विडियो तपाईंले डाउनलोड गर्न सक्नुहुन्छ ।
२ एमपीथ्री फाइलको डाउनलोड उक्त भिडियोबाट एमपिथ्री फाइलमा पनि यही पेजबाट बदल्न सकिन्छ । भिडियो युआरएलमा pwn जोडेपछि अर्कै साइट खुल्दछ । यो साइतको माथिल्लो भागमा भिडियो डाउनलोड गर्ने ठाउँ राखिएको हुन्छ भने तलको भागमा भिडियोको एमपीथ्री बनाउने अप्सन राखिएको हुन्छ । (तस्वीर हेर्नुहोस्) एमपीथ्रीमा बदल्नको लागि दिइएको बेभसाइटबाट कुनै एक तरिका अपनाउन सकिन्छ । एकपटक भिडियो कन्भर्ट भइसकेपछि त्यसलाई आफ्नो कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ ।एजेन्सी
आँखा मस्तिकलाई चियाउने झ्याल हो । यसो भन्दा फरक नपर्ला । साइकोलोजिकल साइन्समा छापिएको एउटा अनुसन्धान रिपोर्टले यसै भन्छ । त्यस अनुसन्धानबाट पत्ता लागेअनुसार आँखापछाडि हुने साना नसाहरुले तपाईको मस्तिष्क कतिको स्वस्थ छ भन्ने कुरा बताउने छ ।eye and brain
उक्त अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार आँखापछाडि लामा नसा हुनेहरुको सामान्य ज्ञान अधवैंशे उमेर पुग्दा कमजोर हुने गर्छ । यस्तो अवस्था हुनुको लागि कतिपय मानिसहरु धूमपान, डाइविटिज तथा आर्थिक सामाजिक अवस्थाहरुलाई दोष दिएर उम्कने गर्छन् । तर सो अनुसन्धानका नेतृत्वकर्ता डा. इडान सालेभका अनुसार त्यो कुरा सत्य होइन । सत्य के हो भने, त्यसको जिम्मेवार उनीहरुको आँखापछाडिको नसा लामो हुनु नै हो ।
उनका अनुसार, आँखाको नसाहरुले मानिसको मस्तिष्कको अवस्थालाई प्रतिबिम्बित गर्ने गर्छ किनभने मस्तिष्कका नसा र आँखाका नसाहरुको आकार, बनौट र कार्यशैली एकै किसिमको हुने गर्छ । डा. सालेभ भन्छन्, ‘आँखाका नसाहरु ठीक त्यही कोषहरुबाट बनेका हुन्छन्, जुन कोषहरुबाट मस्तिष्कका नसाहरु पनि बनेका हुन्छन् ।’
यसभन्दा अगाडि गरिएका अन्य अध्ययनहरुले आँखाका नसाहरुका आकार मतिभ्रम (dementia), मुटुसम्बन्धी रोगहरु र हृदयघात जस्ता समस्याहरुसँग सम्बन्ध हुने गरेको देखाएको थियो । तर ती अध्ययनहरु बुढौली उमेरका मानिसहरुका गरिएको थियो । डा. सालेभको टोलीले गरेको अध्ययनले चाहिँ आँखाको नसाको अवस्थाले युवावस्था र वाल्यावस्थाका मानिसहरुको मस्तिष्कको अवस्थालाई प्रतिबिम्बित गर्ने देखाएको थियो ।
यो अध्ययनले मानिसको आँखाका नसाहरुको अध्ययनबाट उसको मस्तिष्कको अवस्था मात्र हैन, सम्भाव्य मुटुसम्बन्धी रोगहरुका बारेमा पनि बेलैमा थाहा पाउन सकिने कुरा अनुसन्धानकर्ताहरुले बताएका छन् ।
स्रोतः www.menshealth.com
दिनभर साथीभाइ वा प्रेमी प्रमिकालाई मोबाइलबाट मेसेज गर्ने बानी छ भने सोंच्नुस् यो बानी घातक हुन सक्छ । हालै अमेरिकामा गरिएको एक अध्यनले निरन्तर मोबाइलबाट मेसेज पठाउने बानी भएका ब्यक्तिलाई पछाडीको हड्डीमा समस्या हुने देखाएको छ ।
अमेरिकाको न्यूयोर्कमा गरिएको शोधमा फोनमा मेसेज टाइप गर्दा ब्यक्तिहरुको ढाडमा समस्या आउने पत्ता लागेको हो ।
प्रमुख शोधकर्ता तथा न्यूयोर्कका अर्थोपेडिक सर्जन केनेथ के हन्सराजले आफ्नो अध्यनमा स्मार्ट फोनमा मेसेज लेख्दा अर्थत टाइप गर्दा पछाडीको हड्डीमा दवाव पर्ने र त्यसले स्वास्थ्य समस्या निम्त्याउने बताए ।
यस्तो भार कम्तिमा २३ किलो वजन उठाए बराबर हुने र अन्ततः यसले मेरुदण्डमा नै असर गर्ने समेत शोधकर्ताको भनाइ छ । यसरी मेसेज गर्दा मानसिक तनाव पनि बढ्ने भएका कारण मानसिक समस्या समेत आउन सक्ने उनीहरुको भनाइ छ ।
कुनै पनि सामान्य ब्यक्तिको टाउकोको तौल ४ दशमलव ५ किलो देखि ५ दशमलव ५ सम्म हुने र १५ डिग्री झुक्दा शरीरमा दवाव पैदा हुने शोधले देखाएको हो । कुनै पनि फोनबाट मेसेज पठाउँदा यस्तो अवस्था हुन्छ ।
मानिसहरु दिनमा २ देखि ४ घण्टा सम्म मोबाइल मेसेजमा विताउने र वर्ष भरिमा उक्त समय ७०० देखि १४०० सम्म पुग्ने बताइएको छ । यसो गर्दा मानिसको पछाडीको हड्डीमा गम्भिर समस्या नै आउने देखिन्छ ।
यो शोध सर्जिकल टेक्नोलोजीमा प्रकाशित छ ।

आफ्नो ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा, हामीमध्ये धेरैले जीवनमा एकपटक ब्याट्रिका कारण समस्या झेल्नु परेको होला । एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रिको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईं केहि कुरामा ध्यान दिनुहुन्छ भने तपाईंको स्मार्टफोन र ल्यापटपको ब्याट्रि एक वर्ष बढि टिक्ने गर्दछ ।
ल्यापटप अथवा फोनको ब्याट्रिलाई यदि राम्रोसँग हेर्ने हो भने त्यसमा केहि निर्देशन दिइएको हुन्छ जसलाई हामी मध्ये धेरैले पढ्दैनौँ । कतिपय कुराहरु हामीलाई त्यहाँ दिइएको निर्देशनबाट थाहा हुन्छ भने कतिपय कुराहरु हामी तपाईंलाई अहिले बताउँदैछौँ ।
१. ब्याट्रिलाई अत्यधिक तापक्रमबाट टाढा राख्नुहोस्ः
कुनै पनि डिभाइसको ब्याट्रि लाइफ त्यसलाई प्रयोग गर्ने ठाउँको तापमानसँग गहिरो सम्बन्ध रहेको हुन्छ । यदि तपाईं आफ्नो ल्यापटप र मोबाइलको प्रयोग त्यस्तो ठाउँमा प्रयोग गर्नुहुन्छ जहाँको तापमान ३५ डिग्रिभन्दा बढि र जिरो डिग्रीभन्दा कम भएको अवस्थामा ब्याट्रिको क्षमता निकै चाँडै कम हुने गर्दछ । यसका लागि आफ्नो ल्यापटपलाई सकेसम्म तातो हुनबाट बचाउनुहोस् । यसको लागि सम्भव भएको खण्डमा कुलिङ प्याडमा ल्यापटपको प्रयोग गर्नुहोस् ।
२. फुल डिस्चार्जः
थुप्रै जानकारहरुका अनुसार ब्याट्रि फुल डिस्चार्ज हुनुभन्दा अगाडि नै चार्ज गर्नपर्ने हुन्छ । अर्थात जब तपाईंको फोन ४० प्रतिशत चार्ज भएको छ भने चार्जर निकाल्नुहोस् र केहि क्षण पछि त्यसलाई फेरि चार्ज गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई बढाउन मद्दत गर्दछ र चार्ज पनि धेरैबेरसम्म रहने गर्दछ । ब्याट्रि ओभर चार्ज हुनबाट बचाउनुहोस् किनभने यसले ब्याट्रिमा भएको लिथियम प्लेट खराब हुने गर्दछ ।
३. तेज चार्जिङ गर्ने चार्जरको प्रयोग नगर्नुहोस्ः
ल्यापटप अथवा मोबाइल तेज चार्ज गर्नबाट बचाउनुहोस् । कुनै पनि डिभाइस चार्ज गर्नका लागि ओरिजिनल चार्जरको प्रयोग गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई सेफ राख्दछ ।
४. जहिले पनि केहि प्रतिशत चार्ज राख्नुहोस्ः
यदि तपाईं १ वा २ हप्ताको लागि कतै बाहिर जाँदै हुनुहुन्छ भने कम्तीमा ५० प्रतिशतसम्म मोबाइल अथवा ल्यापटप चार्ज गरेर मात्र बन्द गर्नुहोस् ता कि जब तपाईं बाहिरबाट आउनुहुन्छ, त्यसमा ब्याट्रिको मात्रा रहिरहोस् । यसले ब्याट्रिको भित्र भएको चार्जिङ पार्टिकललाई एक्टिभ राख्ने गर्दछ ।
५. नक्कली चार्जरबाट बच्नुहोस्ः
फुटपाथमा पाइने चार्जरहरुबाट बच्नुहोस् । यस्ता नक्कली चार्जरले तपाईंको डिभाइस चार्ज नभएता पनि गलत चार्जिङ लाइट देखाउने गर्दछ । (एजेन्सी)

अहिलेको युग सूचना प्रविधीको युग हो । सुचानाविनाको समाज अपुरो र अधुरो रहन्छ । सुचनाको विकासले नै मोवाईल गास बास कपास जत्तिकै महत्वपूर्ण बनेको छ। यस्तो आवश्यकताको कुरा मोवाईल हरायो भने कस्लाई चिन्ता नहोला? अझ महङ्गो मोवाईल हरायो भने त दुखद घटना नै बन्न पुग्छ। मोबाईल हराएमा मोबाईलमा रहेका सम्पूर्ण फोन नम्बर र अरु डाटाहरु गुमाइन्छ जसले हामीलाई सानो देखी लिएर ठुलै नोक्सान सम्म पुर्याउन सक्छ। मोबाईल हराउने र चोरी हुने क्रम एकदमै बडीरहेको हुनाले मोबाईल हराउने र चोरी हुने बड्दो चिन्ताको बिषय भएको छ, तसर्थ जेन्या प्रालिले बजारमा ‘जेन्या मोवाईल सेक्युरेटी’ एप्लिकेशन ल्याएको छ । अब तपाईको हराएको मोवाइलको विवरण तपाईले चाहेमा सहजै उपलब्ध हुन सक्ने छ। नेपालका केही सूचना प्रविधि क्षेत्रमा लागेका युवाहरुको समुहले एउटा गजबको मोबाइल एप्लीकेशन निमार्ण गरेका छन् जसले तपाईको हराएको मोवाइलको स्थान र प्रयोग गरेको व्यक्ती एक छिन मै पत्ता लगाउन सकिन्छ ।
मोवाईल हराएमा पत्ता लगाउने ‘जेन्या मोवाईल सेक्युरेटी’ एप्लिकेशन हो। यो एप्लिकेशन एनण्ड्रोइड मोइलहरुमा उपलव्ध छ। यो एप्लिकेशनको प्रयोगले तपाईको मोवाईल हराएमा सजिलै तपाईको मोवाईल कस्ले र कुन ठाउँमा प्रयोग गरिरहेको छ पक्ता लगाउन सकिने छ। सूचना प्रविधीको क्षेत्रमा काम गदै आएको जेन्या प्रालिले अहिले मोबाईल सुरक्छ्याको क्षेत्रमा पनि हात हालेको छ। निर्माण गरिएको एप्लिकेशनले तपाईको हराएको मोवाईलमा एउटा यूनिक कोडको मार्फत प्रयोग भएको स्थान र प्रयोग कर्ताको जानकारी सजिलै पत्ता लगाउन सकिने जेन्याको संस्थापक चेतन बुढाथोकीले जानकारी दिनु भयो । यो एप्लिकेसन हराएको खण्ढमा सकृय हुने भएकाले मोबाईलमा हलेपछी नदेखिने अथवा काम नगरिरहेको भान हुन सक्छ ।
‘जेन्या मोबाईल सेक्युरेटी’ डाउनलोड गरेपछि त्यो मोबाईल सम्बन्धि सम्पूर्ण जानकारी पाउन मोबाईल भेरिफाइ गर्नु पर्नेछ । भेरीफिकेसन प्राणालिमा मोबाईल ब्यक्तीको नाममा दर्ता हुन्छ । दर्ता भएको ब्यक्तिले आफ्नो मोबाईल कहाँ छ भनेर जानकारी पाउन सक्छन । भेरीफिकेसन प्राणालि यही मंसिर १५ गतेबाट काठमाण्डौ उपत्यकबाट सुरु हुनेछ । भेरीफिकेसन प्राणालि कहाँ र कसरी गर्ने भनेर जेन्या कम्पनीबाट यो एप्लिकेसन डाउनलोड गरिसक्नु भएको मोबाईलहरुमा सम्पार्क गरेर जान्कारी दिईनेछ ।
यो एप्लिकेशन एनण्ड्रोइड प्रयोग कर्ताले ‘Play Store’ मा ‘JEENYA Mobile Security’ खोज्दा भेटिने छ । यो एप्लिकेशनको सम्पूर्ण जानकारी ‘http://mobilesecurity.jeenya.com‘ मा पाउन सकिन्छ
एजेन्सी
६ मंसिर, काठमाडौं । तपाईको फेसबुक म्यासेज बक्समा कुनै विदेशी केटीले म्यासेज पठाएकी हुन सक्छिन् । म्यासेजमा हाइ, हेल्लो, रेस्पोन्स मी, इमेल मी, क्यान आइ बी योर फ्रेन्ड ? इत्यादि लेखिएको हुन सक्छ ।
यसरी पठाइने गरेका फेसबुक म्यासेजमा प्रायः यस्तो अनुरोध गरिएको हुन्छ- हेल्लो, मेरो नाम फलानी हो, म सिंगल केटी हुँ । म तिम्रो फेसबुकको प्रोफाइल देखेर आकषिर्त भएँ र तिमीलाई साथी बनाउने निर्णय गरें । कृपया यो इमेलमा मलाई रिप्लाइ गर्यौ भने म तिमीलाई मेरा बारेमा थप बताउनेछु र मेरा केही तस्वीरहरु पनि पठाउने छु । म तिम्रो रिप्लाइ पर्खिरहेकी छु…. इत्यादि ।’
अधिकांश पुरुषहरुको फेसबुक म्यासेज बक्समा झर्ने यस्ता सन्देशमा प्रायः अफ्रिकी मूलका केटीहरुको नाम र तस्वीर प्रयोग गरिएको पाइन्छ । कतिपयले अरुकै तस्वीर प्रयोग गरेर पनि यस्तो धन्दा गरिरहेका हुन सक्छन् ।
अनुभवी फेसबुक प्रयोगकर्ताहरुका अनुसार यस्ता म्यासेजका पछाडि दुईवटा उद्देश्य लुकेका हुन्छन् । या त उसले तपाईसँग पैसा माग्छे, या तपाईको इमेल आइडी ह्याक गर्न कसैले इमेल फुत्काउन खोजिरहेको हुन सक्छ ।
तपाईले ह्याकरलाई कुनै रिप्लाइ गर्नुभयो भने उसले तपाईको इमेल ह्याक गरेर तपाईकै इमेल आइडीबाट आफन्तलाई यस्तो सन्देश पठाउन सक्छ, ‘म अहिले टर्कीको स्तानबुलमा छु, युरोप जानेक्रममा पासपोर्ट र पैसा लुटिएकाले केही पैसा सहयोग गर्नुहोला, पछि नेपाल फर्केर तिर्नेछु ।’
संविधानविद भीमार्जुन आचार्यको इमेल आइडी पनि ह्याकरले यसैगरी ह्याक गरेको थियो । तर, आचार्यलाई कुनै केटीले नभई जिमेलकै इञ्जिनले केही फर्म भर्न भनेको र आफूले फिलअप गरेपछि इमेल ह्याक भएको आचार्यको अनुभव छ ।
फेसबुकबाट आकर्षक तस्वीर पठाइदिने प्रलोभनका आधारमा अपरिचित व्यक्तिले तपाईको इमेल मागेपछि त्यसैका आधारमा तपाईको पासवर्ड ह्याक गर्न ह्याकरहरुलाई सजिलो हुन्छ । त्यसैले अपरिचित एवं शंकास्पद व्यक्तिले तपाईसँग इमेल माग्दैछ भने तपाईले सतर्क हुन जरुरी हुन्छ ।
अफ्रिकाका कतिपय गरीब युवतीहरुले इन्टरनेटबाट सम्बन्ध विस्तार गरी पैसा माग्ने गरेको अनुभव पनि केही नेपाली फेसबुक युजरहरुले अनुभव हासिल गरेका छन् ।
यसबारे एक नेपाली पत्रकारले आफ्नो अनुभव सुनाउँदै भने- ‘मैले एक अफ्रिकी युवतीलाई च्याट साथी बनाएको थिएँ, केही समयपछि उसले म एक्ली, टुहरी र गरीब केटी हुँ, मलाई ५० डलर पठाइदिनोस् भन्न थाली ।
उसले मलाईजस्तै अरुलाई पनि यसैगरी साथी बनाएर डलर माग्ने गरेकी रहिछे ।’
FBफेसबुकमा साथी बन्न आग्रह गर्दै आवेगपूर्ण कुरा गरेर पुरुषहरुसँग आर्थिक सहायता माग्ने यस्तो प्रचलन नेपालका धेरै फेसबुक प्रयोगकर्ताहरुले पत्तो पाइसकेका छैनन् ।
त्यसैले हुनुपर्छ कतिपय फेसबुक प्रयोगकर्ताले त्यस्ता विदेशी केटीलाई आफ्नो फ्रेन्ड लिस्टमा चढाउने गरेको उनीहरुको फेसबुक पेजमा देख्न पाइन्छ ।
एजेन्सी
फेसबुक हाम्रो जीवनको एक अभिन्न अंग जस्तै बनिसकेको छ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालका फेसबुक ट्वीटर प्रयोग गर्नेहरुको संख्या असंख्य छ । तर केहि मानिसहरुले सामाजिक सञ्जाललाई दुरुपयोग गरिरहेका छन् ।
फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने गर्नु भएको छ भने सावधान ! सामाजिक सञ्जालकै कारण जेल जानु पर्ला । अव समाजिक सञ्जालको प्रयोगमा संयमता अपनाउने समय आएको छ ।
नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ ।
कमेन्टमा ध्यान दिनुस्
सामाजिक सञ्जालमा कुनै पनि पोष्ट देख्नु भो भने त्यसलाई लाइक गर्नु वा कमेन्ट गर्नु अघि एक पटक राम्ररी पढ्नुस् । कुनै पनि कन्टेन्ट आपत्तिजनक छ भने त्यसलाई लाइक वा कमेन्ट नगर्नुस् । कुनै पनि ब्यक्तिले राखेको आपत्तिजनक पोष्ट वा सामग्रीमा तपाइँले लाइक वा कमेन्ट गर्नु भो भने साइवर कानूनले तपाइँलाई समेत जेलको हावा खुवाउन सक्छ ।
सोचेर पोष्ट गर्नुहोस्
कुनै पनि सामग्री वा स्ट्याटस फेसबुकमा वा ट्वीटरमा राख्नु अघि एक पटक विचार गर्नुस् । तपाइँको पोष्ट अश्लिल वा भडकाउ अथवा मानहानी गर्ने खालको छ वा कसैको मानमर्दन र निजि कुराको खुलासा गर्ने किसिमको छ भने तपाइँ समस्यामा पर्न सक्नु हुन्छ । त्यसैगरी कसैको पोष्टमा अश्लिल सामग्री राखिदिनु वा अश्लिल कमेन्ट गर्दा पनि समस्या आउन सक्छ ।
जोशमा होश नगुमाउनुस्
कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।
नक्कली फेसबुकबाट बँच्नुस्
कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।
अश्लिलता बाट बँच्नुस्
सामाजिक सञ्जालमा अश्लिल सामग्री आदान प्रदान गर्ने वा कुनै अश्लिल कमेन्ट वा कुराकानी गर्ने बानी छ भने आजै देखि छोड्नुस् । अझ कुनै केटा केटीलाई यस्तो गर्नै हुँदैन । यसो गर्दा अनलाइन यौन दुर्व्यवहार वा शोषणको मुद्धामा जेल जान सक्ने खतरा हुन्छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा सामान्य सोंचेर पोष्ट वा सन्देशकोरुपमा पठाइएका गरिएका कतिपय सामग्रीका कारण मानिसहरु प्रहरीको फन्दामा परिरहेका छन् । प्रयोगकर्ताको सबै विवरण पत्ता लगाउने प्रविधी छ । एसकारण सामाजिक सञ्जालबाट झुक्याउन खोज्नु मुर्खता हो ।

आखिर धर्म शास्त्रले भनेजस्तो के पृथ्वीलाई शेष नागलेनै काँध थापेको हो त ? जीवन कहिलेसम्म रहला ? के मंगल नै हो अर्को विकल्प ? सुर्य बाट करिब १४२ मिलियन माइल टाढा रहेको मंगल गह्रमा मानव बस्तीको सम्भावना रहेनरहेको अध्ययनको लागि धेरै डलर खर्च भइसकेको छ। अनेकौ Mars rover ( मंगल गह्रमा चल्न सक्ने श्वचालित मोटर ) को प्रयोग भइसकेको छ । पृथ्वीबाट अन्तरिक्षयानमा २६ महिना पुग्नलाइ नै लाग्ने ठाउमा खर्बौ डलर किन खर्च भइरहेको छ त ?
मंगल ग्रहको अहिले सम्मको अनुसन्धानको कथा सन् १९६५ जुलाइ १४ को ( Mariner 4 Flyby) पहिलो मगल ग्रहको तस्बिर बाट सुरु भएको थियो।
पहिलो तस्बिर सार्वजनिक भएपछि मंगल ग्रहमा मावन वस्नको लागि अनुकुल वातावरण हुनै नसक्ने र यसमा खर्च गर्नु हुन्न भन्ने कुरा आउदा आउदै पनि नासा (NASA) ले यसमा अध्ययन सुरु गरेको थियो ।
भाइकिङ अरबिटर कम्पोजिट (Viking Orbiter Composite - 1976)
भाइकिङ ल्यानडर १(Viking Lander 1, 1976) ले लिएको मंगल सतहको पहिलो रंगिन तस्बिर
करिब करिब मंगल को पुरै सतहको क्षेत्रफल पृथ्वीको जमिन मात्रको क्षेत्रफलसंग बराबर हुन आउछ
हाम्रो सौर्य प्रणाली को सबैभन्दा ठुलो ज्वालामुखी (Olympus Mons) र सबैभन्दा ठुलो Canyon ( वरिपरि डाडाले छेकेको गहिरो भाग ) Valles Marineris पनि मंगल ग्रहमा नै छ।
त्यतै, २०० माइल चौडा सौर्य प्रणाली को सबैभन्दा ठुलो Impact Crater ( उल्का खस्दा बनेको गहिरो खाल्डो ) पनि मंगल ग्रहमा नै रहेको छ।
मंगल ग्रहको सतह मा कतै कतै बढी नै चुम्बकिए क्षेत्र (strong magnetic field) पत्ता लागेको छ ।
पृथ्वी | मंगल | |
---|---|---|
गुरुत्व बल
(gravity)
| 9.807 m/s2 | 3.711 m/s2 |
पिण्ड
(Mass)
| 5.972E24 kg | 639E21 kg |
अर्धव्यास
(Radius)
| 6,371 km | 3,390 km |
१ दिनको लम्बाइ
(Length of day)
| 23 hours, 56 minutes and 4.1 seconds | 1d 0h 40m |
(Oribital period) | 356 day | 887 days |
सु्र्यबाट दुरि
(Distance from Sun)
| 149,600,00Km | 227,900,900Km |
घनत्व
(Density)
| 5.52 g/cm³ | 3.93 g/cm³ |
उपग्रह
(Moon)
| Moon | Phobos, Deimos |
मगंल ग्रहको वायुमण्डल
C02 - 95.9%
Ar - 2%
N2 - 1.9%
O2 - 0.14 %
CO - 0.06%
Ar - 2%
N2 - 1.9%
O2 - 0.14 %
CO - 0.06%
जिवनको अस्तित्वको लागि पानी आधारभुत पदार्थ हो । आज सम्म पनि मंगल ग्रहमा तरल पानीको अस्तित्व भेटिएको छैन । वायुमण्डलमा पानी को बाफ र जमेको ठोस बरफ पाइएको भने अध्ययनले देखाएको छ । नदि र ताल थियो भन्ने प्रमाण सतहमा भएको गहिरा खाल्डा र canyon हरुलेनै बताउछन् ।
उत्तर र दक्षिण ध्रुवमा पनि जमेका बरफको ठुलोमात्रा रहेको पत्ता लागेको छ।
४.६ बिलिएन वर्ष पहिले मंगल ग्रहमा पृथ्वी जस्तै जिवन को लागि अनुकुल वातावरण थियो भन्ने विश्वास गरिन्छ।
(CH4) मंगल ग्रहको वायुमण्डलमा मिथेन ग्यास पनि भेटिएको छ। जिवनको अस्तित्वको लागि मिथेन ग्यासले भुमिका खेल्ने नभएपनि यसको आफ्नै उपयोगिता छ। पृथ्वीमा भएको ९५ प्रतिशत भन्दा बढी मिथेन जिवित प्रणाली बाट उत्पन्न हुन्छ । त्यसैले मंगल ग्रहको वायुमण्डलमा मिथेन ग्यास पाइनुले त्यहा कुनै समय जिवित प्राणीहरु थिए भन्ने सम्भावाना लाइ बढाउछ ।

एजेन्सी । साथीहरुका बिच लोकप्रिय सामाजिक सञ्जाल फेसबुक अब अफिसमा बसेर काम गर्ने व्यवसायीहरुका बिचमा पनि लोकप्रिय बन्दै गएको छ ।
फेसबुकले छिट्टै भिलपभमष्ल जस्तै दोस्रो साइडलाई टक्कर दिनका लागि फेसबुकको अफिस संस्करण ल्याउने तयारी गरेको छ ।
‘द फाइनान्सियल टाइम्स’ का अनुसार फेसबुकले ‘फेसबुक एट वर्क’ वेबसाईटको काम गरिहेको छ । यस वेबसाईडले सहकर्मीसँग च्याटिङ गर्ने सुविधा दिनेछ ।
फेसबुकले मात्रै पछिल्लो महिनामा ७२०० करोड नाफा कमाएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो विस्तार नीतिका बारेमा बताउँदै भविष्यमा धेरैभन्दा धेरै मानिसहरुलाई जोड्ने प्रयास गरिहेको जनाएका छन् ।
- See more at: http://www.nepalsandesh.com/2014/11/17/109938#sthash.A2SpHMs6.OmyvBBa9.dpuf
काठमाडौं । अब तपाइँ आफ्ना फेसबुक साथीलाई नयाँ तरिकाबाट धन्यवाद दिन सक्नुहुन्छ । फेसबुकले यसका लागि नयाँ टूल ‘से थ्यांक्स्’ सुरु गरेको छ ।
यो एउटा यस्तो टूल हो जसका माध्यमबाट फेसबुक प्रयोगकर्ताले आफ्ना साथीको लागि भिडियो कार्ड बनाउन सक्छन् । आफ्नो साइटमा बढि भन्दा बढि भिडियो शेयर गराउने उद्देश्यमा लागेको फेसबुकले सोही योजना मुताविक प्रयोगकर्तालाई बढि भन्दा बढि भिडियो शेयर गराउन से थ्यांक्स् सेवा सुरु गरेको बताइएको छ ।
फेसबुकका अनुसार थ्यांक्स् टूलमा प्रयोगकर्ताहरुले पहिले नै तय भएको ‘थिम्स’ मा आफ्नो तस्वीर तथा भनाइ राखेर भिडियो कार्ड बनाउन सक्नेछन् ।
यो टूलका माध्यमबाट प्रयोगकर्ताले तयार गरेको भिडियो कार्डलाई आफ्ना साथीको टाइमलाइनमा पोष्ट गर्न सक्छन् ।
प्रयोगकर्ताले फेसबुकमा रहेका आफ्ना साथी, नातागोता तथा सहकर्मीका लागि आफुले चाहेको संख्यामा निजि भिडियो बनाउन सक्छन् ।
‘लाखौँ मानिसले साथीहरुसँग सम्पर्कका लागि दिनहुँ फेसबुकको प्रयोग गर्छन् र त्यो विषय उनीहरुका लागि निकै महत्वपूर्ण हुन्छ । तपाइँको साथी तपाइँको फेसबुक अनुभवको केन्द्रविन्दुमा रहन्छ । त्यसैले तपाइँको मित्रताको खुसीयाली मनाउने नयाँ तरिकाको खोजी हामीले गरिरहेका हुन्छौँ’, फेसबुकले आफ्नो ब्लगपोष्टमा भनेको छ ।
फेसबुकका अनुसार यो सेवा डेक्सटप कम्प्युटर र मोबाइल जुनसुकै माध्यमबाट फेसबुक चलाउनेले उपयोग गर्न सक्नेछन् ।
से थ्यांक्स् भिडियो बनाएर साथीलाई धन्यवादको उपहार दिनका लागि सबैभन्दा पहिले आफ्नो एक जना फेसबुक फ्रेण्ड छनोट गर्नुपर्छ यसका लागि विभिन्न ४ थिम्स मध्ये एउटा थिम्स छनोट गर्नुपर्नेछ । त्यसपछि फेसबुकले उक्त साथीसँग सम्बन्धित विभिन्न तस्वीरहरु खोजिनिति समेत गरेर विभिन्न भनाइ उधृत गर्दै भिडियो तयार गरिदिनेछ । त्यसपछि सो भिडियो व्यक्ति स्वयम् र छानिएको साथीको टाइमलाइनमा शेयर गर्न सकिनेछ ।
स्मरण रहोस् गएको फेब्रुअरीमा पनि फेसबुकले यस्तैखाले नयाँ प्रयोग गरेको थियो । आफ्नो दशौँ वर्षगाँठ बनाउनका लागि फेसबुकले प्रयोगकर्ताहरुलाई भिडियो सेवा उपलब्ध गराएको थियो जसमा प्रयोगकर्ताले बितेका वर्षमा आफ्नो फेसबुक अनुभव जाहेर गर्न सक्थ्यो ।
आफ्नो साथीलाई धन्यवाद दिने नयाँ सेवा प्रयोग गर्न यहाँ https://www.facebook.com/thanks क्लिक गर्नुहोस्
www.onlinekhabar.com/2014/11/207232/#sthash.PCdKnnpE.Ne6E6c86.dpuf
सन् १९७९ मा उनी पहिलोपटक नेपाल आउँदा एउटा जिज्ञासु पर्यटक मात्र थिए। त्यसको चार वर्षपछि उनले सगरमाथा आरोहण गरेको बेला पहिलोपटक शिखरबाटै खिचिएको भिडियोलाई उत्तिनैखेर अमेरिकामा प्रत्यक्ष प्रशारण गराइदिए।
त्यसको तेह्र वर्षपछि उनले सगरमाथा चढेको क्षण अर्को रोचक ईतिहास बन्न पुग्यो। त्यस वर्षको भयावह यात्रालाई उनले त्यतिबेलाको नयाँ प्रविधि ‘आइम्याक्स’मा खिँचेर हिमाल र पर्वतारोहणबारे जिज्ञासा राख्ने विश्वभरका दर्शकलाई हल्लाइदिए। अहिले फेरि उनले सगरमाथा क्षेत्रमा अर्को तहल्का मच्चाएकाछन्।
पाँचपटक सगरमाथा शिखरमा टेकिसकेका अमेरिकी पर्वतारोही, फोटोग्राफर र आधुनिक प्रविधिका विज्ञ डेभिड ब्रेसियरले अहिले भने सगरमाथा क्षेत्रलाई असाध्यै शक्तिशाली ‘थ्रि डी इमेज’मा कैद गरेका छन्।
आफ्नो यहि अद्भूत काम डेभिडले बिहीबार राजधानीका दर्शकमाझ प्रस्तुत गरे। कुमारी सिनेमाहलमा आयोजित कार्यक्रममा सगरमाथा क्षेत्रको ज्यूँदो जाग्दो दृश्य र स्वयं त्यहाँ पुगेको अनुभव गराउने प्रस्तुतीले दर्शकको रौं ठाडो भएको थियो।
‘त्यहाँ पुग्दाको अनुभव गर्न चाहनेहरुका निम्ति मात्र उपयोगी होइन,’ उनी भनिरहेका थिए, ‘यो त्यस क्षेत्रको अध्ययन गर्न चाहनेका निम्ति पनि महत्वपूर्ण दस्तावेज बन्न पुगेको छ।’
सन् २०१२ मा खिचिएको यो तीन आयामिक तस्बिरले त्यस भेगमा मनलागेको ठाउँ पुर्याउने मात्र होइन, सम्पूर्ण क्षेत्रको रौँ चिरा अध्ययन गराउन पनि सघाउनेगरि असाध्यै उच्च ‘रिजोलुसन’मा खिचिएका दृश्य देखाउँछन् । प्रदर्शनको बेला डेभिड कम्प्यूटरमा औंला चलाएका भरमा घरि सगरमाथा शिखरको कुन भागमा कसरी हिउँको मात्रा घट्दैछ भनेर देखाउँथे भने घरि आधारशिविरबाट उक्लँदै गरेका भरियातिर घुमाउँथे।
‘सुरुमा सगरमाथा पुगेका बेला मलाई यहाँ थुप्रिएका हिउँ पृथ्वी रहुन्जेल आफ्नो स्थानमै रहिरहन्छन् भन्ने लाग्थ्यो,’ उनी भनिरहेका थिए, ‘तर, हेर्दा हेर्दै यहाँको दृश्यमा ठूलो परिवर्तन देखिन थालिसकेको छ।’
उनले तुलना गर्दै सन् १९२१ ताका पर्वतारोही जर्ज मेलोरीले खिँचेका तस्बिर र त्यसै स्थानबाट अहिले खिँचिएका तस्बिरहरु देखाए जहाँ कतै पहिलेको हिमताल अहिले पानी नै देखिने तालमा परिणत हुनथालेका छन् भने कतै कपाल झरेको मान्छेजस्तै हिउँविहिन ढुँगाहरु।
कार्यक्रममा डेभिडको परिचय गराउँदै अमेरिकी राजदूत पिटर जे बोड्डीले उनका साहसिक कार्यहरुको प्रशंसा गरेका थिए। आइमेक्स प्रविधिलाई नै आजसम्मकै सबैभन्दा बढी दर्शक जुटाएको डेभिडको १९९८ मा रिलिज वृत्तचित्र ‘एभरेष्ट’ खिँच्ने बेलामा आफूले गरेको सहयोगको बोड्डीले सम्झना गरे।
‘त्यतिबेलै अत्यन्त उच्च भेगमा पुगेर हेलिकोप्टरबाट उद्धार गर्नुपरेको घटनाजस्ता दृश्यहरु पनि समेटिएको एभरेष्ट साँच्चै नै हेर्ने लायकको वृत्तचित्र थियो,’ उनले भने, ‘मेरा पुराना मित्र डेभिडले अहिले गरेको कामले पृथ्वीमा भइरहेको तापक्रम वृद्धि र जलवायुमा परेका प्रभावको अध्ययन गराउन महत्वपूर्ण सामग्री तयार भएको छ ।’
कार्यक्रमको अन्त्यमा पत्रकार कुन्द दीक्षितले जयवायु परिवर्तनको विषयमा केन्द्रित रहेर डेभिड र अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसीमोड)का महानिर्देशक डेभिड मोल्डेनसँग विस्तृत वार्ता गरेका थिए।
त्यस क्रममा नेपालमा बितेको पाँच वर्षयता भारतबाट आयातित डिजलको मात्रा तीन गुणाले वृद्धि भएको र यसरी जेनरेटरबाट विजुली उत्पादन हुनथाल्दा मुलुक वातावरणीय मात्र नभइ आर्थिक रुपले पनि टाँट पल्टन थालेको उल्लेख पत्रकार दीक्षितले गरे । उनका अनुसार बितेको १५ वर्षमा हामीले जलश्रोतबाट जति विजुली जुटाएका छौं लगभग त्यति नै अर्थात् पाँच सय मेगावाट विजुली घरघरमा राखिएका डिजेल जेनरेटरबाट उत्पादन भइरहेको छ ।
कार्यक्रमको आयोजना इसिमोड, ग्लेसियरवक्र्स, अमेरिकी दूतावास, यन्त्र र फोटो सर्कलले गरेको थियो ।