भारतको राजधानी नयाँ दिल्ली भ्रमणको क्रममा जाँदा होस् वा युरोपेली मुलुकको यात्रामा जाँदा मेट्रो रेल पक्कै चढ्नुभएको छ होला ।
त्यस्तै मेट्रो चढ्ने सपना आगामी केही वर्षभित्रै पूरा हुने भएको छ । सरल सहज एवम् सस्तो यात्राका लागि विदेशी मुलुकमा लोकप्रिय त्यसप्रकारको रेल सञ्जाल विस्तारका लागि लगानी बोर्डले प्रक्रिया अगाडि बढाएको छ ।
आधुनिक सहरको विशेषताका रूपमा पछिल्लो दिनमा मेट्रो रेलको विकास गर्ने र त्यसलाई सञ्चालन गर्ने प्रचलन बढ्दै गएको छ ।
विदेशी मुलुकमा विगत केही वर्षदेखि सञ्चालनमा आएको मेट्रो रेल हाम्रै मुलुकमा पनि आगामी केही वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ ।
काठमाडौँ उपत्यकाभित्रको बढ्दो जनघनत्व र सार्वजनिक सवारी साधनमा देखिएको विकृतिलाई रोक्नका लागि रेल सञ्जालको विकास गर्न लागिएको बोर्डले जनाएको छ ।
राजधानीवासीलाई सरल र सहज रूपमा यात्रा गर्ने वातावरण बनाउने ध्येयका साथ निर्माण गरिने रेल सञ्जालको हाल सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।
काठमाडौँ उपत्यकाका तीनवटै सहरलाई मेट्रो सञ्जालमा जोड्ने र भरपर्दो यातायात सुविधा दिने लक्ष्य राखिएको छ ।
यस्तै चक्रपथभित्र चारवटा रेडियल लाइनका आधारमा रेल सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ ।
हाल अध्ययन भइरहेको कलङ्की सिनामङ्गलको दूरी ९.३ किलोमिटर, कोटेश्वर गोङ्गबु ९.४ किलोमिटर, सातदोबाटो नारायणगोपाल चोक ११.५ किलोमिटर र बल्खु चाबहिल ८.४ किलोमिटर हुने देखिएको छ ।
चक्रपथबाहेकको अन्य चारवटै सञ्जालको केन्द्रबिन्दु भने जमललाई बनाइने छ ।
सकेसम्म काठमाडौँ, भक्तपुर, ललितपुरलाई नै रेल सञ्जालमा जोड्ने गरी अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययनको काम कोरियाली कम्पनी चुङसुक इन्जिनियरिङले सन् २०१२ को नोभेम्बरदेखि गरिरहेको छ ।
काठमाडौँ मेट्रो नाम दिइएको उक्त रेल सञ्जाल आगामी पाँच वर्षभित्र सञ्चालनमा ल्याउने बोर्डले लक्ष्य राखेको छ ।
व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले काठमाडौँ उपत्यकाभित्रको प्रदूषण न्यूनीकरणका लागि मेट्रो अत्यावश्यक रहेको बताउनुभएको थियो ।
उहाँले काठमाडौँमा बढ्दो जनसङ्ख्याको चापलाई थेग्न र वातावरण प्रदूषण रोक्ने उत्तम विकल्पका रूपमा भूमिगत मेट्रो उत्तम हुने र त्यसका लागि आवश्यक सहयोग गर्नसमेत आग्रह गर्नुभएको थियो ।
अनुमानित लागत रु पाँच खर्ब ४७ अर्ब लाग्ने मेट्रो निर्माणका लागि विभिन्न विदेशी निर्माणकर्ताले चासो देखाएको छ ।
हाल उक्त परियोजनाका सम्बन्धमा स्वदेशी लगानीकर्ताको समूह मेट्रो नेपाल प्रालिसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा समावेश गर्ने विषयका बारेमा छलफल भइरहेको छ ।
सबै अध्ययन प्रक्रिया सम्पन्न गरेर लगानी जुटाउनका लागि बोर्ड लागिपर्ने कार्यकारी अधिकृत पन्तको भनाइ छ । रासस
काठमाडौं । अंग्रेजी भाषा सुधार्नका लागि अब कक्षकोठामा गएर नियमित बस्नुपर्ने जरुरी छैन । अंग्रेजी सिक्नका लागि इनोभेटिभ र एक्साइटिङ एप्स आएको छ । जसका माध्यमबाट मज्जाले इङलिस भाषा सिक्न सक्नुहुन्छ ।
माइ वर्ड बुक एपः
कहिल्यै तपाईले सोच्नुभयो, हरेक दिन नयाँ पाँच शब्द सिक्न कति कठिन हुन्छ तर, त्यस्तै वर्ड पावर बढाउने कुनै दोस्रो तरिका छ ? क्याम्ब्रिज युनिभरसिटीको एप माइ वर्ड बुक इन्टरऐक्टिव भोक्यावुलारी नोटबुक छ । यसमा मल्टिमिडिया फ्लेसकार्ड, एक्साईटिङ एक्टिभिटिज, इमेजेज र अडियो प्रोनाउन्सेसन छ । जसको मद्दतले तपाईले अंग्रेजी भाषा सिक्न सक्नुहुन्छ ।
स्काइपः
सबैभन्दा लोकप्रिय अनलाईन कम्युनिकेशन प्लेटफर्ममा स्काईपबाट भिडियो कल गर्न सकिन्छ । धेरै मानिसहरु स्काइपमा कुरा गर्दा इङलिस भाषाबाट गर्नाले पनि अंग्रेजी सुधार गर्न सकिन्छ । यसमा ल्याङग्वेज लर्निङ सामेल गरिएको छ । स्काइप कम्युनिटी फोरममा लग इन गरेपछि तपाई संसारका धेरै मानिस वा समूह स्काईप कलबाट आफ्नो भाषा सुधार्ने पर्खाइमा हुन्छन् । इङलिस भाषा संसारभर चल्ने भाषा भएकोले पनि मानिसहरु यो भाषा सिक्ने मााध्यम खोजिरहेका हुन्छन् ।
लर्न इङलिस ग्रामर एपः
ब्रिटिस काउन्सिलको लर्न इङलिस ग्रामरले इङलिस भाषा सिक्ने र प्राक्टिस गर्ने मौका दिन्छ । यो एक्टिभिटीमा आधाररित छ । यसमा बिगिनर, एलीमेंटरी, इन्टरमिडिएट र एडभान्स लेभलसमेत विभिन्न लेभलका अलग अलग प्राक्टिस प्याकेज छ ।
http://www.nepalsandesh.com/2014/11/14/109692#sthash.pu62Ui2H.S5RK923L.dpuf
पुच्छ्रे तारामा, पहिलो पल्ट एउटा मानव निर्मित बाहन अवतरण भएर अन्तरिक्ष सम्बन्धी एउटा सहासी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
त्यस अघि युरोपेली अन्तरिक्ष एजेन्सीले भनेको थियो, फीले नामको उक्त अन्वेषण वाहन र त्यसको मुख्य यान रोजेटाबीचको सबै सम्पर्क चालु हालतमा रहेको जानकारी प्राप्त भएको छ र उक्त वाहनको अवतरण उपकरणहरु पनि तयार छन्।
लुगाधुने मेशिन जत्रो आकारको उक्त अन्वेषण वाहन र झण्डै दुई किलोमिटर फराकिलो उक्त पुच्छ्रे तारा पृथ्वीबाट आधा अर्ब किलोमिटर भन्दा टाढाको दुरीमा रहेका छन्।
चार अर्ब बर्ष भन्दा पुरानो रहेको ठानिएको उक्त पुच्छ्रे तारामा रहेको हिउं र धुलोको प्रत्यक्ष विश्लेषणबाट हाम्रो सौर्य प्रणालीको निर्माणबारे आधारभूत तथ्यहरु हासिल हुने अनुमान गरिएको छ।
औचित्य
उक्त पुच्छ्रेतारामा पठाइएको यो अन्वेषण अभियानले हाम्रो अस्तित्व र क्रमिक विकासबारे आधारभूत प्रश्नहरुको जवाफ खोज्न सघाउने छ
टमस रेइटर, प्रमुख, युरोपेली अन्तरिक्ष अपरेसन्स केन्द्र
सन् १९८० को दशकमा परिकल्पना गरिएको यो अन्तरिक्ष अभियान अन्तरगतका यानहरुलाई एकदशक अघि अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो र त्यसका लागि एक अर्ब डलर भन्दा बढी खर्च लागेको छ।
युरोपेली अन्तरीक्ष अपरेसन्स केन्द्रका प्रमुख तथा भूतपूर्व अन्तरिक्ष यात्री, टमस रेइटर भन्छन्, यस्तो महत्वपूर्ण कार्यका लागि त्यस्तो खर्च खासै ठूलो विषय होइन।
उनले भने, “उक्त पुच्छ्रेतारामा पठाइएको यो अन्वेषण अभियानले पृथ्वीमा जीवनको शुरुआत यहीँबाट भयो कि त्यस्ता पुच्छ्रेताराहरुले बाहिरी अन्तरिक्षबाट जीवन पृथ्वीमा ल्याएका हुन्, भन्ने जस्ता हाम्रो अस्तित्व र क्रमिक विकासबारे आधारभूत प्रश्नहरुको जवाफ खोज्न सघाउनेछ र मेरो विचारमा यसका लागि भएका खर्चको औचित्य यसरी वास्तवमै पुष्टि हुन्छ।“
संसारको सबैभन्दा ठूलो नेटवर्किङ साइट फेसबुकको बारेमा कसलाई थाहा नहोला र ? फेसबुकलाई हामी के का लागि प्रयोग गछौँ ? कसैले भन्नुहोला, आफ्नो फोटो अपलोड गर्नका लागि, कोहीले भन्नु होला साथीहरुसँग च्याट गर्नका लागि र कसै–कसैले भन्नुहोला कुनै पनि जानकारी वालमा पोष्ट गर्नका लागि तर यी सबै कुराहरु बाहेक फेसबुकमा यस्ता थुप्रै फिचरहरु छन् जसको बारेमा शायद तपाईंलाई थाहा नहोला ।
आज हामी तपाईंलाई यस्तो पाँच प्रकारको टिप्सको बारेमा बताउँदै छौँ जसको मद्दतले तपाईं आफ्नो फेसबुकलाई निकै राम्रो तरिकाले प्रयोग गर्न सक्नुहुनेछ ।
facebook१. आफ्नो कभर फोटो र प्रोफाइल फोटोलाई मर्ज गर्नुहोस्ः
फेसबुकमा Trickedouttimeline.com एप प्रयोग गरेर तपाईं आफ्नो कभर फोटो र प्रोफाइल फोटोलाई जोड्नसक्नुहुन्छ । यसका लागि तपाईंले मात्र Trickedouttimeline.com मा गएर आफ्नो फोटो अपलोड गर्नुपर्ने हुन्छ र त्यसलाई आफ्नो फेसबुकको टाइमलाइनमा राख्नुपर्ने हुन्छ । तर यी कुराहरु गर्नुभन्दा पहिले आफ्नो फेसबुक प्रोफाइलमा लगइन गर्न भने नबिर्सिनुहोस् ।
facebook1२. तपाईंलाई फ्रेन्डलिष्टबाट कसले हटायो कसरी थाहा पाउने ?
हुन त फेसबुकमा आधिकारीक रुपमा यस्तो एप छैन तर थुप्रै थर्ड पार्टी एप्लिकेसनको मद्दतबाट तपाईं ती व्यक्तिहरुको बारेमा थाहा पाउन सक्नुहन्छ जसले तपाईंलाई फ्रेन्डलिष्टबाट हटाएका छन् । यसमा तपाईंलाई who deleted me एप्लिकेसनले सहयोग गर्नसक्छ ।
facebook2३. सबै फेसबुक फ्रेन्डलाई एक क्लिकमा इन्भाइट गर्नुहोस्ः
फेसबुकमा साथीहरुलाई इन्भाईट गर्ने अप्सन दिइएको हुन्छ तर यति धेरै साथीहरुलाई एकएक गरेर इन्भाईट गर्न धेरै समय लाग्ने गर्दछ । आफ्ना सबै साथीहरुलाई एकैपटक इन्भाइट गर्न चाहनुहुन्छ भने पहिले इन्भाईट फ्रेन्ड अप्सनमा क्लिक गर्नुहोस् त्यसपछि (Ctrl+Shift+J) बटन थिचेर कन्सोल अप्सन सेलेक्ट गर्नुहोस् र त्यहाँ
var inputs=document.getElementsByClassName(‘uiButton_1sm’);for (var i=0; i
For Events:-
javascript:elms=document.getElementsByName(“checkableitems[]”); for(i=0;i कोड हाल्नुहोस् र त्यसपछि तपाईंको सबै फ्रेन्डहरुलाई इन्भाईट जाने गर्दछ ।
http://www.ratopati.com/2014/11/09/181024.html#sthash.JEjs1v0A.iEQ7OTqh.dpuf
यदि तपाइँलाई कसैले नदेखिने नम्बर अर्थात अननोन नम्बरबाट फोन गरेर हैरान पारेको छ भने चिन्ता नगर्नुस् । नम्बर पत्ता लगाउने तरिका कठिन छैन । स्मार्ट फोनको आजको युगमा एप्सको कमि छैन । प्राइभेट कलर वा नदेखिने नम्बर पत्ता लगाउन कुनै ट्रिक जरुरी छैन यसलाई इन्टरेनेटमा पाइने सफ्टवेयर र एप्स भए पुग्छ । एन्ड्रोइड र ios दुवै अपरेटिङ सिष्टममा युजर्सलाई यस्ता एप्स सहजै पाहिन्छ ।
यहाँ नदेखिने नम्बर पत्ता लगाउने ५ एप्सको जानकारी प्रस्तुत गरिएको छ ।
MOBILE NUMBER LOCATOR
मोबाइल नम्बर लोकेटर नामको यो ऐप भारत, नेपाल, अमेरिका र कनाडा लगायतका क्षेत्रमा काम गर्छ । यदि कसैले अननोन नम्बरबाट फोन गर्यो भने यो एप डाउनलोड गर्यो भने यसले टेलिकमको जानकारी र सबै डाटा पत्ता लगाइदिन सक्छ । नम्बर लोकेट गरेपछि यसले गूगल म्यापको सहयोगले स्थान पनि पत्ता लगाइदिन्छ भने यो एपले कुन शहर वा राज्यबाट फोन गरेको समेत बताइदिन्छ । यसको सबै भन्दा राम्रो गुण बिना इन्टरनेट समेत काम गर्छ । यो एपले देखाइरहेको जानकारी हटाउन मन लागे अफ बटन थिच्न सकिन्छ त्यसो गर्दा पनि फोन भने कट्दैन ।
TRUE CALLER
यो हाल सम्मकै सबै भन्दा बढी मोबाइल नम्बरको डाटाबेस रहेको दावी गर्ने एप्स हो । यसबाट जुनसुकै देशको नम्बर पनि पत्ता लगाउन सकिन्छ । यो प्रयोग गर्न इन्टेरनेट चाहिन्छ तर इन्टरनेट भए जहाँबाट गरेको नम्बरको पनि सबै जानकारी स्क्रिनमा देखिन्छ । फोन उठाउनु अघि नै कहाँबाट कस्ले गरेको फोन भन्ने कुरा थाहा पाउन यो एप्सले मद्दत गर्छ । त्यतिमात्र होइन ब्लफ कलहरु ब्लक गर्ने सुविधा पनि यसले दिएको छ ।
LINE whoscall- Caller ID&Block
लाइन कर्पोरेशनले बनाएको यो एप्सले कल डिटेल्स पत्ता लगाउन मद्दत गर्नुका साथै नचाहिने कल ब्लक गर्न पनि सहयोग गर्छ । यसको निर्माता TechCrunch ले रेटिङमा स्पाम कल्सबाट प्रयोगकर्तालाई छुट दिने भनेको छ । यसमा कलर आइडेन्टिफिकेसन सुविधा छ भने युजरले दिएको जानकारी सबै डिस्प्ले देखिन्छ । यो एप्स राखिसकेपछि फोन आउँदा कलरको नम्बर डिटेल्स र अन्य रिपोर्ट समेत देखिन्छ । त्यसैगरी यसले ब्लफ कल र एसएमएस पनि ब्लक गरिदिन्छ । यो एप्सले गुगल प्लेमा दिएको जानकारी अनुसार ६० करोड फोन नम्बर छन् ।
Calls Blacklist
यो एप्स पनि अननोन नम्बरले दुख दिएकाहरुका लागि सहयोगी हुन सक्छ । यसले पनि स्मार्टफोनमा आएका ब्लफ कल र एसएमएस ब्लक गर्न सक्छ । यसमा कुनै पनि नम्बरबाट आएका कल वा एसएमएस ब्लक गर्नका लागि लिष्ट नै बनाउन सकिन्छ । वा कुनै नम्बरको जानकारी चाहिए पनि यसमा लिष्ट गरिदिएपछि कल वा एसएमएस आउँदा जानकारी समेत आउँछ ।
TalkSide
यो पनि गोप्य नम्बर पत्ता लगाउनका लागि चर्चित एप्स हो । यसमा फोन गर्ने ब्यक्तिको फेसबुक र अन्य सामाजिक सञ्जालमा भएका जानकारी समेत उपलब्ध गराइदिन्छ । यसले कलर सम्बन्धी सबै डाटाबेस स्क्रिनमा देखाउँछ । यसले पनि सामाजिक सञ्जालमा नोटिफिकेसन दिन्छ र इनकमिङ र आउट गोइङ कल्सको रेकर्ड समेत राखिदिन्छ ।
http://nepaliheadlines.com/2014-07-05-07-34-55.html#sthash.CSxKqGML.dpuf
काठमाडौं ।
इन्टरनेट डाउनलोड स्पिडमा भारतभन्दा नेपाल अगाडि देखिएको छ । ओक्लास नेट इन्डेक्सका अनुसार इन्टरनेटको स्पिडमा नेपाल, भुटान । जिम्वाबेपछि भारत रहेको छ ।
इन्टरनेट डाउनलोड स्पिडमा भारतभन्दा नेपाल अगाडि देखिएको छ । ओक्लास नेट इन्डेक्सका अनुसार इन्टरनेटको स्पिडमा नेपाल, भुटान । जिम्वाबेपछि भारत रहेको छ ।
भारतको इन्टरनेटको पूर्वाधार निर्माणले गति लिएको भए पनि यसको व्यन्डविथको गति भने अझै पनि भुटान, कम्बोडिया, नेपाल नाइजेरिया, लाओस र जिम्बाबेभन्दा पछि रहेको उक्त प्रतिवेदनले उल्लेख गरेको छ ।
इन्टरनेटको ग्लोबल र्याङकिङले देखाएको तथ्यांकलाई उल्लेख गर्दै ओक्लास नेट इन्डेक्सले जनाएअनुसार भारतको औसत डाउनलोड स्पिड ४.१८ एमबीपिएस छ । यो वेबसाइटले भारतको इन्टरनेटको ग्लोबल र्याङकिङ एक सय ३० औं स्थानमा रहेको औल्याएको छ ।
यस्तो इन्टरनेटको गतिमा नेपालको डाउनलोड स्पिड औसतमा ४.९२ रहेको देखिएको छ । विश्वको इन्टरनेट गतिको तालिकाको एक सय २९ औं स्थानमा नेपाल रहेको छ भने भारत एक सय ३२ औं स्थानमा रहेको उल्लेख छ ।
http://nepaliheadlines.com/2014-11-11-02-39-52.html#sthash.K02Mi3QS.7U5RPbCy.dpuf
एजेन्सी । गुगलले केही दिन अघि मात्र एक गुगल एपको सार्वजनिक गरेको छ । इनबक्स नाम राखिएको यो एपको प्रयोग गर्दा बिना इन्टरनेट कनेक्सन पनि लपाईंले मेल खोल्न सक्नुहुनेछ र म्यासेज रिप्लाई गर्न पनि सक्नुहुनेछ ।
यसका लागि गुगल नाउ (google now) को मद्दतले सिंक्रोनाइज गरेको छ । यो अन्य तमाम एप भन्दा भिन्न र रोजक प्रकृतिको छ । जिमेलको काम यो युजर्स प्रयोग गरेपछि हुन्छ ।
सायद तपाईंलाई यो थाहा छैन की जिमेलको अफलाईन म्यासेज पनि प्रयोग गर्न सकिन्छ । यो एक क्रोम एक्सटेशन हो, जुन प्रयोगकर्ता आफ्नो इनबक्सको मेल चेक गर्न, रिप्लाई गर्नसक्ने सुविधा दिन्छ ।
अफलाई जिमेल खोल्नकालागि के गर्नसकिन्छ ? सबैभन्दा पहिला तपाईं इनबक्सको दाइने तर्फको माथि सेटिङमा जानुस् । यस पछि सेटिङमा गएर अफलाइन ट्याब खोल्नुस् ।
यदि यो एप इन्स्टल छैन भने चलाउन मिल्दैन । त्यसैले इन्टल जिमेल अफलाईनमा क्लिक गर्नुस् । यो पछि पेज खुल्छ । जसमा जिमेल अफलाईन एप इन्स्टल गर्नुस् । यस पछि जब युजर्सले अफलाईन म्यासेज चेक गर्ने हो, तयाईले यो एप प्रयोग गर्न सक्नुहुन्छ ।
- See more at: http://www.nepalsandesh.com/2014/11/10/109361#sthash.ym2jyokV.joJvTWFB.dpuf
फोटो :फाइल फोटो
सोलुखुम्बु : सगरमाथा र आमाडब्लम हिमालका आधार शिविरमा वाइफाई इन्टरनेट शुरु गरिएको छ ।
एभरेष्ट लिङ्कले खुम्बु क्षेत्र र ती दुई हिमालका आधारशिविरमा पनि वाइफाई इन्टरनेट जडान गरेको हो । यस्तै सोलुमुम्बुका नाम्चे, खुम्जुङका साथै पर्यटकीय बस्तीहरु गोक्यो, दोले, मछेर्मो, फेरुचे, दिङ्बुचे, दिबुचे, फोर्चे, तेङ्बोचे, पाङोचे, मञ्जो, फाक्दिङमा पनि इन्टरनेट सेवा सुरु भएको छ ।
पर्यटकको सुविधालाई ध्यान दिएर खुम्बुक्षेत्रका करिब ७० प्रतिशत भूभागमा चल्ने गरी इन्टरनेट सेवा पुर्याएको एभरेष्ट लिङ्कका प्रबन्धक बुद्धि तामाङले जानकारी दिए । हाल २० एमबी गति रहेको सो इन्टरनेट चाँडै ब्याण्डविथमा ४० एमबी बनाएर तीव्र गतिको इन्टरनेट सेवा दिने प्रबन्धक तामाङले बताए ।
इन्टरनेट सेवा शुरु भएपछि दुर्गम उच्च हिमालीक्षेत्रको कुनाकन्दरासम्म ल्यापटप, मोबाइल र ट्यावलेटलगायत डिभाइसमा वाइफाईमार्फत इन्टरनेट प्रयोग गर्न सकिनेछ । इन्टरनेट सेवा पाएपछि यस क्षेत्रमा आउने पर्यटक खुसी छन् । रासस
http://annapurnapost.com/News.aspx/story/2178#sthash.oiURAcQk.2Hv4e056.dpuf
‘यो उपलब्धी धेरै रोगको उपचारमा सहयोगी हुनेछ’
अमेरिकाको इन्डियाना युनिभर्सिटी स्कुल अफ मेडिसिनमा कार्यरत एक नेपाली वैज्ञानिक डाक्टर नुतन प्रसाईंको नेतृत्वमा मानवशरिरमा रक्तनलीको निर्माण गर्न सकिने पद्धतीमा सफलता हात लागेको छ । प्रसाईको नेतृत्वमा झण्डै २ दर्जन शोधकर्ताहरुको लामो समयदेखिको प्रयासपछि यो सफलता प्राप्त भएको हो । रक्तनलीमा खराबी आएका कारण मान्छेको अंग नै काट्नुपर्ने जस्ता समस्याहरु आउने भएकाले मानवशरिरमा रक्तनलीको निर्माण गर्न सक्ने यो पद्धतीले त्यस्ता समस्याहरु समाधान गर्ने अपेक्षा गरिएको छ । मुसामा सफलतापूर्वक परिक्षण गरिएको यो पद्धती मानव शरिरमा प्रयोग गर्न भने अझै केही समय लाग्ने भएको छ । मुसामा यसको परिक्षण गर्दा मान्छेकै रक्तनलीको विकाश भएको रोचक तथ्य फेला परेको पनि डाक्टर प्रसाईले जानकारी दिनुभएको छ ।
मोरङको बिराटचोकमा मध्यमवर्गीय परिवारमा जन्मनुभएका प्रसाईले मोरङको इन्द्रपुरमा रहेको सरकारी विद्यालय सुकुना माध्यामिक विद्यालयमा अध्ययन गर्नुभएको थियो । त्यसपछि विराटनगरको विराट साइन्स क्याम्पसमा अध्ययन गर्नुभएका प्रसाईले त्यहाँ आईएस्सी गरिसकेपछि भारतको राजिव गान्धि युनिभर्सिटी अफ हेल्थ साइन्समा फार्मास्युटिकल साइन्स अध्ययन गर्नुभयो । डिस्टिङसनमा डिग्री हासिल गरिसकेपछि उहाँले केही समय फार्मासिस्टका रुपमा समेत काम गर्नुभयो । त्यसपछि उहाँ अमेरिकामा आउनुभयो र वायोलोजीमा मास्टर्स गर्नुभयो भने बायोमेडिकल साइन्समा डक्टरेट गर्नुभयो । सन् २००९ मा पीएचडी गरिसकेपछि उहाँले इन्डियानापोलिसमा रहेको इन्डियाना युनिभर्सिटीमा डाक्टर योदरको ल्याबमा काम सुरु गर्नुभयो । त्यही अनुसन्धानका क्रममा उहाँ नेतृत्वको टोलीले रक्तनलीको निर्माण गर्न सकिने पद्धतीमा सफलता हासिल गरेको हो । प्रस्तुत छ डाक्टर नुतन प्रसाईसँग खसोखास साप्ताहिकका लागि प्रधानसम्पादक किशोर पन्थीले गर्नुभएको कुराकानी ।
मोरङको बिराटचोकमा मध्यमवर्गीय परिवारमा जन्मनुभएका प्रसाईले मोरङको इन्द्रपुरमा रहेको सरकारी विद्यालय सुकुना माध्यामिक विद्यालयमा अध्ययन गर्नुभएको थियो । त्यसपछि विराटनगरको विराट साइन्स क्याम्पसमा अध्ययन गर्नुभएका प्रसाईले त्यहाँ आईएस्सी गरिसकेपछि भारतको राजिव गान्धि युनिभर्सिटी अफ हेल्थ साइन्समा फार्मास्युटिकल साइन्स अध्ययन गर्नुभयो । डिस्टिङसनमा डिग्री हासिल गरिसकेपछि उहाँले केही समय फार्मासिस्टका रुपमा समेत काम गर्नुभयो । त्यसपछि उहाँ अमेरिकामा आउनुभयो र वायोलोजीमा मास्टर्स गर्नुभयो भने बायोमेडिकल साइन्समा डक्टरेट गर्नुभयो । सन् २००९ मा पीएचडी गरिसकेपछि उहाँले इन्डियानापोलिसमा रहेको इन्डियाना युनिभर्सिटीमा डाक्टर योदरको ल्याबमा काम सुरु गर्नुभयो । त्यही अनुसन्धानका क्रममा उहाँ नेतृत्वको टोलीले रक्तनलीको निर्माण गर्न सकिने पद्धतीमा सफलता हासिल गरेको हो । प्रस्तुत छ डाक्टर नुतन प्रसाईसँग खसोखास साप्ताहिकका लागि प्रधानसम्पादक किशोर पन्थीले गर्नुभएको कुराकानी ।
रिसर्च ल्याबमा काम गर्दै नुतन प्रसाई ।
रक्तनलीको निर्माण गर्न सकिने यो उपलब्धी कस्तो खालको उपलब्धी हो ?
विशेषगरी कुनै व्यक्ति बुढो हुँदै गएपछि वा कुनै रोगका कारणले रक्तनलीहरुले काम काम गर्ने वा काम गर्न बन्द गर्ने अवस्था आउँछ । त्यो अवस्थामा रक्तनलीले काम नगरेपछि कुनै पनि अंग प्रत्यंगमा रगत नपुग्दा समस्या पैदा हुन्छ । त्यसलाई हटाउने उपचारपद्धति अहिलेसम्म केही पनि छैन । रक्तनलीमा समस्या आएमा अहिलेसम्म यसको पूर्ण समाधान गर्ने कुनै उपाय छैन । रक्तचापलाई खुम्च्याउने र बढाउने केही औषधीहरु त छ । तर संरचनागत हिसाबले रक्तनली ड्यामेज भएमा उपचार गर्ने पद्धती नै छैन । त्यसैले यो उपलब्धीबाट शरिरमा नयाँ रक्तनली नै बनाउन सक्ने प्रविधिको विकाश हुने सम्भावना देखिएको छ । शरिरको कुनै पनि टिस्यु वा अंगलाई बाँच्नका लागि रगतको फ्लो चाहिन्छ । त्यही रगतको फ्लो बनाउने नली बनाउन सम्भव भएको कुरा यो शोधबाट पुष्टि भएको छ ।
यो उपचारपद्धती अनुशार नयाँ रक्तनलीहरु कसरी बनाइन्छ ?
यो कुनै रसायन वा औषधी होइन । यो कुनै व्यक्तिको शरिरको सेल लिएर त्यसमा निश्चित प्रकारको जिन हालिन्छ । यो कुनै डाक्टरले शरिरबाट केहीमात्रामा रगत निकालेजस्तै हो । सेलबाट स्टेमसेल बनाइसकेपछि त्यसबाट बाहिरै रक्तनली बनाउने सेल निर्माण गर्न सकिनेभयो । त्यो सेल इन्जेक्सनबाट शरिरमा दिएपछि त्यसले शरिरभित्र रक्तनलीको निर्माण गर्छ । शरिरबाट बाहिरै कसरी अंगको निर्माण गर्ने भन्ने विषयमा रिसर्चहरु भइरहेका छन् । कसैले कुनै अंग बनाउने हो भने पनि त्यो अंगलाई बाँच्न रक्तप्रवाह आवश्यक हुन्छ । शरिरभन्दा बाहिर त्यस्ता टिस्यु वा अंगहरु बनाउँदा पनि रक्तनलीको आवश्यकता पर्छ । यो सेल त्यहाँ पनि प्रयोग हुनसक्छ । शरिरका अंगहरु बाहिर बनाउँदा मात्र नभई शरिरभित्रै रक्तनली निर्माणका लागि यो सेलको प्रयोग हुनसक्छ । त्यस्तै शरिरबाहिर नै रक्तनली बनाएर नली नै शरिरमा हाल्ने प्रविधिमा पनि यो प्रयोग हुनसक्छ । मुटुको बाइपास सर्जरी गर्दा खुट्टाको रक्तनली निकालेर मुटुमा हालिन्छ । त्यो लामोसमय टिकाउ हुँदैन । पाँचसातवर्षमा काम गर्न छोड्ने अवस्था आउँछ । फेरी नयाँ हाल्नुपर्ने अवस्था आउँछ । बिल क्लिन्टनको दुईपटक, डिक चेनीको दुईपटक मुटुको सर्जरी गर्नुपरेको हो । तर नयाँ प्रविधि अनुशार शरिरबाहिर नै रक्तनली बनाएर हाल्न सकिने र टिकाउ हुने हुनसक्छ । हामीले हासिल गरेको सफलता मानवमा परिक्षण भएको छैन । यो केवल मुसामा परिक्षण गरिएको हो । रमाइलो कुरा त के छ भने मान्छेको सेल मुसाभित्र हाल्दा मुसामा मान्छेको रक्तनली निर्माण भयो । त्यसपछि यो मुसाको रक्तनलीसँगको अरु सर्कुलेसनसँग समेत जोडियो । त्यसपछि मुसाको रगतलाई आफ्नो रक्तनलीमा बगायो ।
यो कुनै रसायन वा औषधी होइन । यो कुनै व्यक्तिको शरिरको सेल लिएर त्यसमा निश्चित प्रकारको जिन हालिन्छ । यो कुनै डाक्टरले शरिरबाट केहीमात्रामा रगत निकालेजस्तै हो । सेलबाट स्टेमसेल बनाइसकेपछि त्यसबाट बाहिरै रक्तनली बनाउने सेल निर्माण गर्न सकिनेभयो । त्यो सेल इन्जेक्सनबाट शरिरमा दिएपछि त्यसले शरिरभित्र रक्तनलीको निर्माण गर्छ । शरिरबाट बाहिरै कसरी अंगको निर्माण गर्ने भन्ने विषयमा रिसर्चहरु भइरहेका छन् । कसैले कुनै अंग बनाउने हो भने पनि त्यो अंगलाई बाँच्न रक्तप्रवाह आवश्यक हुन्छ । शरिरभन्दा बाहिर त्यस्ता टिस्यु वा अंगहरु बनाउँदा पनि रक्तनलीको आवश्यकता पर्छ । यो सेल त्यहाँ पनि प्रयोग हुनसक्छ । शरिरका अंगहरु बाहिर बनाउँदा मात्र नभई शरिरभित्रै रक्तनली निर्माणका लागि यो सेलको प्रयोग हुनसक्छ । त्यस्तै शरिरबाहिर नै रक्तनली बनाएर नली नै शरिरमा हाल्ने प्रविधिमा पनि यो प्रयोग हुनसक्छ । मुटुको बाइपास सर्जरी गर्दा खुट्टाको रक्तनली निकालेर मुटुमा हालिन्छ । त्यो लामोसमय टिकाउ हुँदैन । पाँचसातवर्षमा काम गर्न छोड्ने अवस्था आउँछ । फेरी नयाँ हाल्नुपर्ने अवस्था आउँछ । बिल क्लिन्टनको दुईपटक, डिक चेनीको दुईपटक मुटुको सर्जरी गर्नुपरेको हो । तर नयाँ प्रविधि अनुशार शरिरबाहिर नै रक्तनली बनाएर हाल्न सकिने र टिकाउ हुने हुनसक्छ । हामीले हासिल गरेको सफलता मानवमा परिक्षण भएको छैन । यो केवल मुसामा परिक्षण गरिएको हो । रमाइलो कुरा त के छ भने मान्छेको सेल मुसाभित्र हाल्दा मुसामा मान्छेको रक्तनली निर्माण भयो । त्यसपछि यो मुसाको रक्तनलीसँगको अरु सर्कुलेसनसँग समेत जोडियो । त्यसपछि मुसाको रगतलाई आफ्नो रक्तनलीमा बगायो ।
सेल निकालेर बाहिर रक्तनली निर्माण गर्नका लागि कति समय लाग्छ ? कत्तिको खर्चिलो हुन्छ ?
यो निकै खर्चिलो हुन्छ । अहिले हामीले व्यवसायिक स्तरमा गरेका छैनौं । व्यवसायिक स्तरमा गएर आम उत्पादन हुन थालेमा खर्च निश्चय पनि कम हुन्छ । हामीले यो परियोजना चारवर्षदेखि गर्दा लाखौं डलर खर्च भएको छ । परिक्षणको क्रममा भएकाले खर्च यति नै लाग्छ भन्न सकिन्न । समयको कुरा गर्दा शरिरबाट निकालेर रक्तनली निर्माणगर्ने स्टेमसेल बनाउँदा ९ देखि १२ दिन लाग्छ । स्टेमसेल सुरुमा थोरै हुन्छ । त्यसलाई बढाउदै लैजानुपर्छ । प्रयाप्त स्टेमसेल बनाउँदा एकमहिनाजति लाग्छ । दुई अढाई महिनाको समयअवधिमा शरिरमा प्रत्यारोपण गर्न सकिने सेलको निर्माण हुन्छ ।
यो निकै खर्चिलो हुन्छ । अहिले हामीले व्यवसायिक स्तरमा गरेका छैनौं । व्यवसायिक स्तरमा गएर आम उत्पादन हुन थालेमा खर्च निश्चय पनि कम हुन्छ । हामीले यो परियोजना चारवर्षदेखि गर्दा लाखौं डलर खर्च भएको छ । परिक्षणको क्रममा भएकाले खर्च यति नै लाग्छ भन्न सकिन्न । समयको कुरा गर्दा शरिरबाट निकालेर रक्तनली निर्माणगर्ने स्टेमसेल बनाउँदा ९ देखि १२ दिन लाग्छ । स्टेमसेल सुरुमा थोरै हुन्छ । त्यसलाई बढाउदै लैजानुपर्छ । प्रयाप्त स्टेमसेल बनाउँदा एकमहिनाजति लाग्छ । दुई अढाई महिनाको समयअवधिमा शरिरमा प्रत्यारोपण गर्न सकिने सेलको निर्माण हुन्छ ।
यो रिसर्च पूरा गर्दाको पृष्ठभूमी कस्तो रह्यो ?
मलाई सानैदेखि हाम्रो शरिरको अंगको विकाशबारे निकै चासो थियो । शुक्रकिट र डिम्ब मिलेर बनेको एउटा सेलबाट मान्छेको पूरै शरिर कसरी बन्छ भन्नेमा मलाई निकै चासो थियो । सेलबाट मान्छेको निर्माणहुँदा पहिलो रक्तनली कसरी बन्यो, अंगहरु कसरी बने भन्ने विषयमा निकै खुल्दुली लाग्थ्यो । अमेरिकामा पढ्न आइसकेपछि मैले रक्तनलीकै विषयमा बढी फोकस गरें । रक्तनली कसरी बनाउन सकिन्छ भन्ने कुराको ज्ञान भएमा धेरै कुराको निदान गर्न सकिन्छ भन्ने सोंच मभित्र थियो । त्यसैले म यो रिसर्चमा लागें । यो प्रोजेक्ट मेरो नेतृत्वमा भएको हो । तर यसमा हामी झण्डै दुईदर्जन जतिको टिम छ । म एसिस्टेन्ट रिसर्च प्रोफेसर हुँ । डाक्टर योदर म काम गर्ने सेन्टरको डाइरेक्टर हुनुहुन्छ । उहाँको प्रत्यक्ष सहयोगमा हामीले यो रिसर्च पूरा गरेका हौं ।
मलाई सानैदेखि हाम्रो शरिरको अंगको विकाशबारे निकै चासो थियो । शुक्रकिट र डिम्ब मिलेर बनेको एउटा सेलबाट मान्छेको पूरै शरिर कसरी बन्छ भन्नेमा मलाई निकै चासो थियो । सेलबाट मान्छेको निर्माणहुँदा पहिलो रक्तनली कसरी बन्यो, अंगहरु कसरी बने भन्ने विषयमा निकै खुल्दुली लाग्थ्यो । अमेरिकामा पढ्न आइसकेपछि मैले रक्तनलीकै विषयमा बढी फोकस गरें । रक्तनली कसरी बनाउन सकिन्छ भन्ने कुराको ज्ञान भएमा धेरै कुराको निदान गर्न सकिन्छ भन्ने सोंच मभित्र थियो । त्यसैले म यो रिसर्चमा लागें । यो प्रोजेक्ट मेरो नेतृत्वमा भएको हो । तर यसमा हामी झण्डै दुईदर्जन जतिको टिम छ । म एसिस्टेन्ट रिसर्च प्रोफेसर हुँ । डाक्टर योदर म काम गर्ने सेन्टरको डाइरेक्टर हुनुहुन्छ । उहाँको प्रत्यक्ष सहयोगमा हामीले यो रिसर्च पूरा गरेका हौं ।
मान्छेमा रक्तनली निर्माणको पद्धती उपयोग गर्न अझै कति समय लाग्ला ?
मान्छेमा उपयोग गर्नका लागि हामी आतुर छौं । तर हतारो गर्दैनौं । मान्छेमा कुनै पनि परिक्षण गर्दा प्रोटोकलहरुमा ध्यान दिनुपर्छ । ट्युमर बढ्नका लागि पनि रक्तनलीको बृद्धि हुन्छ । त्यसैले ट्युमर नबढोस्, चाहिनेमात्र रक्तनली बनोस् भन्नका लागि थप परिक्षणहरु आवश्यक छ । सबै प्रकृया पूरा नगरेसम्म मान्छेमा जान मिल्दैन । क्लिनिकल परिक्षणमा जान तीनचारवर्ष लाग्नसक्छ । विभिन्न चरणहरु पारगरेर मान्छेमा पूर्ण सफलता प्राप्त गर्नका लागि केहीवर्ष लाग्छ ।
कस्ता रोगको उपचारका लागि यो पद्धती फलदायी सावित हुनसक्ला ?
खासगरी यो कार्डियोभास्कुलर रोगका लागि फलदायी हुनसक्छ । यस्तो रोगबाट अमेरिकामापनि धेरै मान्छेहरुको मृत्यु भइरहेको छ । मुटु र रक्तनलीसम्बन्धि समस्याहुने रोगको उपचारका लागि यो पद्धतीले सहयोग गर्नेछ । मधुमेह जस्ता रोगको उपचारमा पनि यो सहयोगसिद्ध हुनसक्छ । रक्तनली खराब भएर मधुमेह हुने होइन तर मधुमेह भएपछि रक्तनली बिग्रन्छ । रगतमा सुगरकोमात्राले रक्तनली बिगार्छ । मधुमेहहुँदा अन्धोपन हुने वा खुट्टामा घाउहरु निको नहुने समस्या हुन्छ । कहिलेकाँही त खुट्टै काट्नुपर्ने पनि हुनसक्छ । रक्तनलीकै कारणले खुट्टा काट्नुपर्ने हुन्छ । यस्ता रोगको उपचारका लागि हाम्रो रिसर्चको उपलब्धी सहयोगसिद्ध हुनसक्छ ।
खासगरी यो कार्डियोभास्कुलर रोगका लागि फलदायी हुनसक्छ । यस्तो रोगबाट अमेरिकामापनि धेरै मान्छेहरुको मृत्यु भइरहेको छ । मुटु र रक्तनलीसम्बन्धि समस्याहुने रोगको उपचारका लागि यो पद्धतीले सहयोग गर्नेछ । मधुमेह जस्ता रोगको उपचारमा पनि यो सहयोगसिद्ध हुनसक्छ । रक्तनली खराब भएर मधुमेह हुने होइन तर मधुमेह भएपछि रक्तनली बिग्रन्छ । रगतमा सुगरकोमात्राले रक्तनली बिगार्छ । मधुमेहहुँदा अन्धोपन हुने वा खुट्टामा घाउहरु निको नहुने समस्या हुन्छ । कहिलेकाँही त खुट्टै काट्नुपर्ने पनि हुनसक्छ । रक्तनलीकै कारणले खुट्टा काट्नुपर्ने हुन्छ । यस्ता रोगको उपचारका लागि हाम्रो रिसर्चको उपलब्धी सहयोगसिद्ध हुनसक्छ ।
नेपालमा धेरै युवा नयाँ नयाँ सोधका लागि उत्साहित छन् । त्यस्ता युवाहरुलाई के सुझाव दिनुहुन्छ ?
नेपालमा रहनुभएका युवाहरुले जति आफ्नो स्तरबाट सकिन्छ, त्यो गर्ने प्रयास गर्नुपर्छ । सपना ठूलो राख्नुपर्छ । कसैले नेपालमा बसेर अन्तरिक्षमा जाने सपना राख्छ भने ठूलो सपना देख्न बन्द गर्नुहुन्न । नेपालमा नासाजस्तो संस्था भएको भए सजिलो हुने थियो । तर त्यो नभएपनि सपनादेख्न छाड्नुहुदैन । केहीवर्षअगाडि भारतीय अन्तरिक्षयात्रीहरु पनि अमेरिकामा आएर अन्तरिक्षमा गइरहेका छन् । अन्तिम लक्ष्य अन्तरिक्षमा जाने हो भने नासामा जाने लक्ष्य लिनुपर्छ । नासामा जान कहाँ पढ्नुपर्छ, के पढ्नुपर्छ त्यतातिर लाग्नुपर्छ । अहिले संसार एउटा गाउँजस्तै भएको छ । नेपालीले चाहेभने विदेश आएर पढ्नै नसक्ने भन्ने छैन । पढ्न नसक्ने नेपालीहरु पनि हुनुहुन्छ । तर पढ्न सक्ने नेपालीहरु पनि धेरै हुनुभएको छ । त्यसैले नेपालको अवस्थालाई हेरेर केही गर्न सकेनौं भनेर बस्नु हुँदैन । जहाँ गएर जसरी सकिन्छ गर्नुपर्छ । कसैले नेपालमै बसेर काम गर्नुपर्छ । कसैले नेपाल बाहिर गएर आफ्नो क्षेत्रमा काम गर्नुपर्छ । हिम्मत नहारिकन काम गर्नुपर्छ । लक्ष्यमा अवश्य पुगिन्छ ।
नेपालमा रहनुभएका युवाहरुले जति आफ्नो स्तरबाट सकिन्छ, त्यो गर्ने प्रयास गर्नुपर्छ । सपना ठूलो राख्नुपर्छ । कसैले नेपालमा बसेर अन्तरिक्षमा जाने सपना राख्छ भने ठूलो सपना देख्न बन्द गर्नुहुन्न । नेपालमा नासाजस्तो संस्था भएको भए सजिलो हुने थियो । तर त्यो नभएपनि सपनादेख्न छाड्नुहुदैन । केहीवर्षअगाडि भारतीय अन्तरिक्षयात्रीहरु पनि अमेरिकामा आएर अन्तरिक्षमा गइरहेका छन् । अन्तिम लक्ष्य अन्तरिक्षमा जाने हो भने नासामा जाने लक्ष्य लिनुपर्छ । नासामा जान कहाँ पढ्नुपर्छ, के पढ्नुपर्छ त्यतातिर लाग्नुपर्छ । अहिले संसार एउटा गाउँजस्तै भएको छ । नेपालीले चाहेभने विदेश आएर पढ्नै नसक्ने भन्ने छैन । पढ्न नसक्ने नेपालीहरु पनि हुनुहुन्छ । तर पढ्न सक्ने नेपालीहरु पनि धेरै हुनुभएको छ । त्यसैले नेपालको अवस्थालाई हेरेर केही गर्न सकेनौं भनेर बस्नु हुँदैन । जहाँ गएर जसरी सकिन्छ गर्नुपर्छ । कसैले नेपालमै बसेर काम गर्नुपर्छ । कसैले नेपाल बाहिर गएर आफ्नो क्षेत्रमा काम गर्नुपर्छ । हिम्मत नहारिकन काम गर्नुपर्छ । लक्ष्यमा अवश्य पुगिन्छ ।
http://khasokhas.com/news/569#sthash.YVoz6O52.dpuf
मानिसको अण्डकोष सबैभन्दा विशिष्ठ मानव तन्तु रहेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
रोयल इन्स्िटच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले मानव सरीरका कुन तन्तुमा कुन प्रोटिन सक्रिय हुन्छ भन्ने तथ्यको खोज गर्ने क्रममा अण्डकोषको यस्तो विशेषता पत्ता लगाएका हुन् ।
मानव सरीरका तन्तुहरुमा हुने प्रोटिन सम्बन्धि विस्तृत नक्सा दी ह्युम प्रोटिन एटलासका अनुसार अण्डकोषका तन्तुहरुमा ९ सय ९९ वटा प्रोटिन विशेषरुपमा सक्रिय हुन्छन् ।
प्रोटिन सक्रियताको हिसाबले अण्डकोष यस्तो तन्तु हो जहाँ सबैभन्दा बढि प्रोटिन सक्रिय हुन्छन् । मस्तिष्कको बाहिरी भागमा ३ सय १८ र कलेजोमा १ सय ७२ वटा प्रोटिन सक्रिय हुने वैज्ञानिकको भनाइ छ ।
वैज्ञानिकहरुका अनुसार मानव सरीरमा हुने प्रोटिन मध्ये ७७ प्रतिशत प्रोटिन अण्डकोषको तन्तुमा रहने गरेको छ ।
वैज्ञानिकहरुका अनुसार मानव सरीरमा हुने प्रोटिन मध्ये ७७ प्रतिशत प्रोटिन अण्डकोषको तन्तुमा रहने गरेको छ ।
स्मरण रहोस् अण्डकोषको मुख्य काम शुक्रकिट उत्पादनका साथै हर्मोनको उत्पादन गर्नु हो ।
www.onlinekhabar.com/2014/11/204795/#sthash.WuMcDImt.klrFIX89.dpuf
कहिल्यै सोच्नुभएको छ, जुन हवाईजहाजमा आज तपाई दुनियाँ घुम्नुहुन्छ, त्यसको स्वरुप २०५० मा कस्तो होला । यहाँ हेर्न सक्नुहुन्छ र अनुमान गर्न सक्नुहुन्छ ।
एयरट्राफिक २०५० सम्म ५० गुणा बढ्नेछ जसको कारण ग्रीनहाउस एनिमेशन पनि बढ्नेछ । यसलाई रोक्नको लागि विभिन्न नयाँ प्रविधिलाई अगाडि बढाउनको लागि नयाँ योजना आइसकेका हुन्छन, जनाँ प्लेन आइसकेका हुन्छन जुन धेरै नै स्टाइलिस हुनेछन ।
वैज्ञानिकले २०५० को लागि केही यस्ता नमूना तयार गरेका छन । यी नमूनाका आधारमा अगाडि काम गरिनेछ । विमान २०५० सम्म सबै इलेक्ट्रोनिक हुनेछन । जसमा इन्धनको प्रयोग हुनेछैन । बरु बायोफ्युलबाट चल्नेछन ।
विमानलाई नयाँ डिजाइनबाट बनाइनेछ । किनकि यसमा परम्परागत इन्जिन लागेका हुदैनन्। यी विमान भित्रि रुपमा पनि धेरै णै सुन्दर, स्मार्ट हुनेछन । यसको भित्र कम्प्युटर प्रयोग गर्ने तरिकाले तपाईलाई दंग बनाउनेछ । यो सुन्दर र स्मार्ट विमान तपाईको लागि निकै नै आरामदायी र मोर्डन बन्नेछन ।
तस्विरः डेलीमेल
http://nepaliheadlines.com/2014-11-09-07-02-47.html#sthash.rNlf96Ci.dpuf
हाम्रो मस्तिष्कले शरीरमा नियन्त्रण गरिरहेको हुन्छ । हाम्रो आँखा अगाडी केही कुरा आउँदा आँख झिम्कन मार्गदर्शन दिइरहेको हुन्छ । जस्तै आगोको अगाडी हाम्रो हात पुग्यो भने हात आफैँ निकालिने होइन, हाम्रो मस्तिष्कको आदेश पछि हात निकालिन्छ । यो प्रकिया यति छिटो हुन्छ कि हामीले महसुस भने गर्न सक्दैनौैैं ।अमेरिकाको युनिर्भसिटी अफ वासिन्टन डि.सी का अनुसन्धानकर्ताहरुले एकको मस्तिष्कबाट अर्काको शरीरलाई नियन्त्रण गर्न सकिने प्रविधि बनाउन सफल भएका छन् । छ जना मानिस संलग्न गराई सो अनुसन्धान गरिएको हो । एक–एक गरी ३ वटा समुह बनाई एउटा समुहका दुवैको टाउकोमा द्धारा तारहरु जडान गरि नियन्त्रण गरिएको थियो र एक अर्काले दुवैको शरीरलाई नियन्त्रण गर्न सकिने बनाइएको थियो । ८ सय मिटरको दूरी रहेको एकको मस्तिष्कको आदेशको प्रतिक्रिया अर्काको शरीरमा १ सेकेन्ड पछि मात्र देखिएको थियो ।
अछाम, कात्तिक २० – अछाममा नेपाल टेलिकमका नक्कली रिचार्ज कार्ड बिक्री वितरण हुने गरेका छन् ।
जिल्लाका व्यापारिक केन्द्रमा रहेका डिलरबाट नमस्तेको रु १०० को नक्कली रिचार्ज कार्ड बिक्री हुने गरेको पाइएको हो ।
जिल्ला सदरमुकाममा रहेको एक डिलरबाट तीन हजारका रिचार्ज कार्ड लिएको र आफूले रिचार्ज गर्दा नभएको अछामको चालसा गाविसका जीवन थापाले बताए ।
बजारमा आएका नक्कली रिचार्ज कार्डको मारमा आफू परेको रानीवन गाविसका अम्मर न्यौपानेले बताए । यस्तै जिल्लाको कुईका गाविसका लोकराज ढकालले स्थानीय बजारमा आफूले खरिद गरेको दुईवटा नमस्तेको रिचार्जकार्ड रिचार्ज नभएको नेपाल टेलिकमको सर्भिस सेन्टरमा सोध्दा उक्त रिचार्ज कार्ड नम्बर नरहेको र स्थानीय डिलरमा लैजान भनेकाले आफू डिलरमा जाँदा रिचार्ज फिर्ता नपाएको बताएका छन् ।
यस्तै मङ्गलसैन नगरपालिका–६ का देवराज भण्डारीले र विनायकका रामबहादुर रावतले खरिद गरेको रिचार्ज कार्ड पनि यस्तै भएको थियो । जिल्लामा बिक्री वितरण भएर उपभोक्ता ठगिँदा पनि नेपाल टेलिकमले भने आँखा चिम्लेर बसिरहेको छ । यसबारे नेपाल टेलिकमको शाखा कार्यालयलाई भने जानकारी नभएको बताइएको छ ।
www.ratopati.com
फ्रान्सेली बैज्ञानिकहरूले मङ्गलबार एचआईभी रोग स्वाभाविक रूपमा निको हुने आनुवांशिक संयन्त्र पत्ता लगाएको र यसको आधारमा दुई पुरुषमा यो रोग निको बनाइएको दाबी गरेका छन्। उनीहरूको खोजले एङ्स रोग निको पार्न नयाँ रणनीति तयार गर्न सकिने दाबी गरिएको छ।
क्लिनिकल माइक्रोबायोलोजी एण्ड इन्फेक्सन नामक पत्रिकामा यी बैज्ञानिकहरूले लेखेको अनुसन्धानपत्रमा एचआईभीको परिवर्तन गरिएको आनुवांशिक कोड मानव शरीरमा एकीकृति गरिएपछि एड्स रोग लगाउने विषाणुलाई निस्त्रि्कय बनाउन सकिने उल्लेख गरिएको छ। यी दुई पुरुषमा एचआईभी भएको र त्यसलाई निस्त्रि्कय बनाइएको जानकारी दिइएको छ।
इन्जाइमलाई अभिप्रेरित गरिएपछि यस प्रकारको अवस्था देखिएको र यस्तै अवस्था प्राप्त हुने उपचारको रणनीति तयार गर्न सकिने उनीहरूले बताएका छन्। यस अध्ययनका सहलेखक फ्रेन्च इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चका डिडियर राउल्टलेले यस अनुसन्धानले एड्सको उपचारको क्षेत्र फेला पारेको बताए।
तीस वर्ष अगाडि र सन् २०११ मा एचआईभी पोजिटिभ देखिएका यी दुबै पुरुषमा हाल एड्स रोग गराउने विषाणु देख्न नसकिने बताइएको छ।
यी दुबै बिरामीमा डीएनए कोडिङमा परिवर्तन गरिएपछि एड्सका विषाणु विस्तार हुन नपाएको बताइएको छ। यसरी मानव तथा विषाणुबीच स्वभाविक रूपमा विकास हुने यस नतिजालाई 'इन्डोजेनाइजेसन'' भनिएको छ।
http://edailynewsnepal.blogspot.com/\
२०७१ कार्तिक १९ गते
चर्चित पपस्टार माइकल ज्याक्सनको शुक्रकिट विश्वका विभिन्न ३ वटा अस्पतालमा सुरक्षित रहेको खुलासा भएको छ ।
न् २००९ मा आफ्नो मृत्यु हुनुभन्दा अगाडि नै ज्याक्सनले आफ्नो डिएनए सुरक्षित गरेर राखेको र सो डिएनएबाट क्लोनिङ मार्फत आफुजस्तै ठूलो संख्यामा माइकल ज्याक्सन फौज पैदा गर्ने उनको लक्ष्य रहेको रहस्योद्घाटन भएको छ ।
माइकल ज्याक्सनको संग्रहित शुक्रकिटको विषयमा जानकार रहेको एक वैज्ञानिक माइकल लुकम्यानले आफ्नो एक पुस्तकमा यस्तो खुलासा गरेका हुन् । माइकल ज्याक्सनका पहिरन डिजाइनर तथा साथी एन्ड्री भान पायरको माध्यमबाट आफुलाई ज्याक्सनको शुक्रकिट विश्वका विभिन्न ३ वटा अस्पतालमा संग्रहित रहेको थाहा भएको उनको दाबी छ ।
माइकल ज्याक्सनको क्लोनिङ प्रयोग तथा शुक्रकिट डिपोजिटका बारेमा पनामाको एक दीर्घायु केन्द्रका निकटवर्तीबाट सुरुमा उनले थाहा पाएका थिए । डली भेटामा क्लोनिङ सफल भएपनि माइकल ज्याक्सनमा पनि आफ्नो क्लोनिङ गरेर नयाँ माइकल ज्याक्सन पैदा गर्ने इच्छा पलाएको दाबी गरिएको छ ।
लेखकका अनुसार माइकल ज्याक्सनको शुक्रकिट उनका परिवारले हालै अमेरिकाको लस एन्जल्सस्थित फर्टिलिटी क्लिनिकबाट बेलायतमा सारेका छन् ।
आफ्नो नयाँ पुस्तक ‘दी ब्याटल फर माइकल ज्याक्सन सोल’ नामक पुस्तकमा माइकल ज्याक्सनको विर्यको संग्रह र उनको डिएनए क्लोनिङका विषयमा खुलासा गरिएको छ ।
उनले माइकल ज्याक्सनको संग्रहित शुक्रकिटबाट अब नयाँ माइकल ज्याक्सन पैदा गर्ने समय आएको पनि दाबी गरेका छन् ।
स्मरण रहोस्, ज्याक्सनका ३ सन्तान छन् । जसमध्ये दुइ सन्तानकी आमा डेबी रोवे हुन् भने अर्को सन्तान ज्याक्सनले भाडाकी आमाबाट जन्माएका हुन् ।
www.onlinekhabar.com
तपाईं आफ्नो मरिसकेका आफन्त अथवा निकै प्रिय व्यक्तिको सम्झनामा के गर्नुहुन्छ ? सामान्यतया, धेरैजसो मानिसहरुले आफ्नो प्रिय व्यक्तिको सम्झनामा उनको फोटो अथवा केहि सामानहरु सधैँ आफूसँगै राख्ने गर्दछन् । नेपाली संस्कार अनुसार मृत्यु भएको मानिसलाई जलाउने गरिन्छ । जलाइसकेपनि ती व्यक्तिको अस्तु भोलीपल्ट बिहान नदिमा नै सेलाउने चलन हुन्छ । तर स्विटजरल्याण्डमा भने मरिसकेको मानिस जलाइसकेको खरानी प्रयोग गरेर निकै चमकदार हिरा बनाउने पाइएको छ ।
स्विटजरल्याण्डमा अवस्थित अल्र्गोडान्जा नामक एक कम्पनीले मरिसकेको मानिस जलाइसकेपछि प्राप्त हुने खरानीको उपयोग गर्दै हिरा बनाउने गरेको छ जसलाई मानिसहरुले आफ्नो जीवनरहुञ्जेल साँचेर राख्ने गर्दछन् । उक्त खरानीलाई उच्च तापमानमा खाँदेर हिरा बनाउने काम गरिन्छ । मानव रचित त्यो हिरालाई मानिसहरुले लगाउन पनि सक्छन् ।
हिरा बनाउन उक्त कम्पनीले लामो प्रक्रिया पालना गर्ने गर्दछ । रासायनिक प्रक्रियामार्फत मानिसहरुको खरानीबाट कार्बन निकाल्ने काम गरिन्छ । त्यसपछि उक्त कार्बनलाई ग्राफाइटमा परिवर्तन गर्न उच्च तापमान दिइन्छ । त्यसपछि उक्त ग्राफाइटलाई पनि २,७०० डिग्रि फरेनहाइटको तापमान दिइन्छ । खरानीमा उपलब्ध बोरोनको आधारमा हिराको रंग सेतोदेखि गाढा निलो रङ हुने गर्दछ । त्यस्ता हिराको मूल्य चार लाख चालिस हजार नेपाली रुपैयाँदेखि सुरु हुने बताइएको छ । (एजेन्सी)
www.ratopati.com
तपाईंलाई आफू कुन दिन मर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन मन छ ? यदि छ भने हामी जुन एपको कुरा गर्दैछौँ त्यो तपाईंलाई काम लाग्नसक्छ । अहिले डेडलाइन नामक एउटा नयाँ एप आएको छ जसले तपाईंको आइफोनको हेल्थकिट टुलको विश्लेषण गरेर तपाईं कति दिन बाँच्दै हुनुहुन्छ भन्ने भविष्यवाणी गरिदिनेछ । आइफोनको हेल्थकिट टुलले तपाईंको उचाई, डायस्टोलिक रक्तचाप, तपाईंको निन्द्रा र पूरै दिनको गतिविधिको रेकर्ड राख्ने गर्दछ । जानकारीका अनुसार डेडलाइन एप यस्तो एप हो जसले रेकर्ड गरिएको डाटा उपयोग गरेर तपाईंको जीवनशैलीसँग सम्बन्धित केहि प्रश्नको आधारमा तपाईंको मृत्युको दिन र समय निर्धारण गर्ने गर्दछ । एपका निर्माता गिस्ट एलएलसीले एप्पल आइट्युन्स पेजमा लेखेका छन्, ‘कुनै पनि एपले तपाईंको मृत्युको दिन र समयको सटिक जानकारी दिन सक्दैन । यो एप तपाईंको जीवशैली र स्वास्थ्यमाथि मध्यनजर गर्दै तपाईंलाई राम्रो जीवनशैली र स्वास्थ्य सुधारको लागि प्रेरित गर्ने गर्दछ र आवश्यक भएको खण्डमा चिकित्सकलाई भेट्ने सल्लाह पनि दिने गर्दछ ।’ आफ्नो दैनिक आहार, खानपीन र नियमित व्यायामद्वारा अनुमानित दिन र समय बढाउन पनि सकिने उनले बताएका छन् । यसलाई आइट्युन्स एप्पल स्टोरबाट निशुल्क इन्स्टल गर्न सकिन्छ । (एजेन्सी) - See more at: http://www.ratopati.com/2014/11/05/179932.html#sthash.wTGPSiOq.I3bRk7rF.dpuf
१८ असोज, काठमाडौं । समाजिक सञ्जाल फेसबुकमा अश्लिल सन्देश पठाएको आरोपमा मंगल बहादुर तामाङ पक्राउ परेका छन् ।
उनले नक्कली फेसबुक प्रोफाइल बनाएर अश्लिल सन्देश पठाएर चरित्र हत्या गर्ने कार्य गरेको प्रहरीको अरोप छ ।
रामेछाप मन्थली ४ घर भई सिनामंगल बस्ने तामाङलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको अपराध महाशाखाले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/11/202988/#sthash.xOvSvE4C.dpuf
मानिस सामाजिक प्राणी भएकै कारण उसले आफ्नो जीवन एक्लै व्यतित गर्न सक्दैनँ । मानिसहरुको यस्तै स्वभावलाई लक्षित गर्दै संसारका बुद्धिमान मानिसहरुले सामाजिक संजालको स्थापना गर्दै नाम र दाम दुबैमा निकै सफलता हात पारेका छन् । थुप्रै सामाजिक संजालमध्ये फेबसुक र ट्विटर अग्रपंक्तिमा आउँछन् । संसारका जुनसुकै कुनाका मानिसहरुलाई पनि फेसबुकको बारेमा पाठ पढाइराख्नु नपर्ला । फेसबुकप्रति मानिसहरु यति आकर्षित छन् कि मानिसहरु यसको अनुपस्थितीमा आफ्नो जीवन नै अधुरो रहेको भन्न पछि पर्दैनन् । बाँचुञ्जेल मानिसहरुले आफ्नो समय सामाजिक संजाल फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि लाई देलान् तर तपाईंको मृत्युपछि तपाईंहरुको प्राणभन्दा प्यारो सामाजिक संजालको अवस्था के हुन्छ भन्ने अनुमान गर्नसक्नु हुन्छ ? आउनुहोस् थाहा पाऔँः फेसबुकः फेसबुक प्रयोगकर्ता कसैको निधन भएमा उनको परिवारले उक्त अकाउन्ट सधैँको लागि डिलिट गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । तर अकाउन्टलाई भने परिवारका जोसुकै सदस्यले पनि चलाउन सक्नेछैनन् । ट्वीटरः ट्वीटर प्रयोगकर्ताको मृत्यु भएमा उक्त अकाउन्ट डिलिट नभई डिएक्टिभेट गर्न सकिनेछ । त्यसैगरी, मृत व्यक्तिको प्रोफाइललाई मेमोरियल बनाउन वा त्यसमा रहेको भिडियो र तस्बिर डिलिट गर्न दिने नीति पनि ट्वीटरको छ । लिङ्क्डइनः लिङ्क्डइन चलाउने प्रयोगकर्ताहरुको मृत्यु भएमा उक्त अकाउन्ट डिलिट गर्न सकिनेछ । मृतकका परिवारका सदस्यले यसबाट कुनै पनि जानकारी ट्रान्सफर गर्न सक्दैनन् तर प्रोफाइल डिलिट भने गर्न सक्नेछन् । (एजेन्सी) -