युएईमा सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत सेक्युरिटी गर्दै किशा लामाको दुर्घटनामा परी मृत्यु भएको छ ।
मंगलबार दुबईको फुजेरामा भएको दुर्घटनामा परी नेपाली किशोरीको मृत्यु भएको हो । काठमाडौँको बौद्धमा घर भै बिगत ५ महिना देखी युएई फुजेराको प्रोफेसनल सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत लामाको कारको ठक्कर बाट मृत्यु भएको हो ।
मंगलबार बिहान कोठाबाट कामतर्फ जाँदै गर्दा बाटो पार गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको कारले ठक्कर दिदा लामाको मृत्यु भएको हो ।
लामाको मृत्युबारे नेपाल सरकार अनविज्ञ रहेको भए पनि लामाका सहयोगीले दिएको जानकारी अनुसार उनको सव फुजेराको एक हस्पिटलमा राखिएको छ । कारले ठक्कर दिदा किशाको घटनास्थलमै मृत्यु भएको थियो ।
म्याग्दी, कात्तिक १२ – जीवनको जोस, जाँगर र उत्साहको उमेरमा विदेशी भूमिमा परिश्रम गरेर बिताएका म्याग्दीका पूर्व लाहुरे सामाजिक काममा लागेका छन् । युरोपेली देशमा पुगेका म्याग्देलीहरूले आफ्नो गाउँमा विकासका काम गर्न सहयोग गर्न थालेका हुन् । बेलायत, बेल्जियम, अमेरिका पुगेका म्याग्देली गाउँमा विकास भित्र्याउन लागेका छन् । कसैले विदेशमै विभिन्न सङ्घ संस्था खोलेर जिल्लाका लागि काम गरेका छन् भने कसैले आफँै लगानी गरेर विकासका काम गरिदिन थालेका छन् । आप्रवासी संस्थाको लगानीमा जिल्लाका विभिन्न ठाउँमा र ५० करोड भन्दा बढीको लगानीमा विकासका साथै सामाजिक काम भएका जिल्ला विकास समिति म्याग्दीको एक तथ्याङ्कमा उल्लेख गरिएको छ । लाहुरेहरूको लगानीमा म्याग्दीमा सडक निर्माणदेखि लिएर अस्पताल, स्वास्थ्य चौकी, विद्यालय, सिँचाइ योजना, पुललगायतका कैयौँ काम भएका म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले बताए । जिविस म्याग्दीको योजना तथा अनुगमन शाखाका अनुसार विदेशमा रहेका म्याग्देलीबाट मात्रै जिल्लामा रु ५० करोडभन्दा बढी लगानीमा विकास निर्माणका काम भएका छन् । “जीवनको ऊर्जाशील समय विदेशमै बिताइयो”, दाना घर भई हाल वेलायत बस्दै आउनुभएका कमल पुर्जाले भने, “युवा समयमा गाउँमा बस्न नपाए पनि अहिले विदेशमा बसेर गाउँका लागि के गर्न सकिन्छ भनेर सोचिरहेका छाँै ।” दानास्थित ज्ञानप्रकाश माविलाई सहयोग रकम हस्तान्तरण गर्न आउनुभएका पुर्जाले विद्यालयलाई रु दुई लाख २० हजार नगद उपलब्ध गराएका थिए । त्यसैगरी पुर्जा अध्यक्ष रहेको ‘फ्रेन्डली ब्रदर्श’ वेलायतको नेतृत्वमा सङ्कलित रु नौ लाख ६० हजारबाट विद्यालयले खेलमैदान निर्माणका लागि आठ रोपनी जग्गा पनि खरिद गरिसकेको छ । गत असारमा बेलायतमा मृत्यु भएका बेनी क्याम्पसचोकका सन्तोष श्रेष्ठको परिवारलाई सोही संस्थाको पहलमा राहत सङ्कलन गरेर पठाइएको थियो । पुर्जाको सक्रियतामा सङ्कलन गरिएको रु २० लाख नगद श्रेष्ठ परिवारलाई उपलब्ध गराइएको छ । पुर्जाले जस्तै बेलायतको बिवाइसी कम्पनीका सञ्चालक योगेन्द्र केसीले पश्चिम म्याग्दी दरबाङ युवा क्लवको भवन निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । केसीले बहुउपयोगी मञ्चसहितको एक कोठे, एक तले भवन निर्माण गर्न रु तीन लाख सहयोग गरेका छन् । केसीले दरबाङ, लुलाङ र मराङका १५ जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि वार्षिक रु ५० हजार उपलब्धसमेत गराएका थिए । बेलायतमा मात्र नभएर बेल्जियम पुगेका म्याग्देलीहरू पनि जिल्लाको विकासमा सहयोग भित्र्याउन क्रियाशील छन् । विकास नेपाल बेल्जियम, मोनालगायतका संस्थाले जिल्लाको शैक्षिक, स्वास्थ्य र विकास निर्माणका क्षेत्रमा करोडाँै लगानी गरेका छन् । विकास नेपाल बेल्जियमको सहयोगमा ताकम माविको भवन निर्माण भएको छ । भवन निर्माणका लागि संस्थाले रु ९५ लाख सहयोग गरेको छ । त्यसैगरी सो संस्थाले जिल्ला अस्पताल परिसरमा रक्तकेन्द्रको भवन निर्माण गर्न पनि सहयोग गरेको थियो । संस्थाका प्रतिनिधि ज्ञान विकले सहयोग रकमको सदुपयोग गर्दै विकासमा लाग्न गाउँलेलाई आग्रह गरे । त्यसैगरी, पूर्व बेलायती सैनिकको संस्था कादुरीले पनि म्याग्दीको ताकम, रुम, राम्चे, चिमखोला, पाखापानी, कुइनेलगायतका ठाउँमा झोलुङ्गे पुल निर्माण गरिदिएको छ । दर्मीजा र देवीस्थानको जुक्जामा कादुरीको लगानीमा सञ्चालन भएका लद्युजलविद्युत् परियोजनाबाट स्थानीयवासीले विद्युत् सेवा उपभोग गरिरहेका छन् । कादुरीले बेगको तिप्ल्याङ, हिस्तानको दोसल्ले, बरङ्जा र कुइनेमा गत वर्ष खानेपानी योजना निर्माण गरेको थियो । - See more at: http://www.ratopati.com/2014/10/29/178039.html#sthash.Z5cMSgn9.R39aJULg.dpuf
काठमाडौं,कात्तिक १२ – सरकारले वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला गरेको छ ।श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर एजेन्सीमार्फत निःशुल्क उज्वेकिस्तान खुला गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले उज्वेकिस्तानमा कामदार पठाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।
यससँगै नेपालका श्रम गन्तव्य मुलुक ११० पुगेका छन् । एसओएस म्यानपावरले उज्वेकिस्तानका लागि माग ल्याइसकेको छ । उसले कोरियाली निर्माण कम्पनी सामसुङको स्काफोल्डिङ कामका लागि मासिक पारिश्रमिक ३ सय ५० डलर (३५ हजार रुपैयाँ)मा माग ल्याएको हो । मागबमोजिम कामदारले दैनिक ८ घण्टाका दरले सातामा ५ दिन काम गर्नुपर्छ ।
रोजगारदाता कम्पनीले कामदारको मृत्यु भए ३० हजार डलर (करिब ३० लाख रुपैयाँ)को बिमा र अपांगता भए १५ हजार डलर (१५ लाख रुपैयाँ )क्षतिपूर्ति दिने सम्झौता गरेको छ । मौसमका हिसाबले उज्वेकिस्तानमा धेरै चिसो छ । मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग छलफल गरी म्यानपावरले कामदारलाई निःशुल्क उज्वेकिस्तान पठाउन सक्ने बताए । कस्तो राष्ट्र हो उज्वेकिस्तान ? उज्वेकिस्तान क्षेत्रफलको हिसाबले ५६ औं ठुलो र भुपरिवेष्ठित मुलुक हो ।
यसको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम माइनस २३ डिग्री सेल्सियस हुन्छ । मानवअधिकारमा उ अब्बल मानिन्छ । सुन परिमाणको हिसाबले चौथो र ग्यास उत्पादनमा ११ औं ठुलो मुलुक पनि हो । त्यहाँ प्रतिव्यक्ति आम्दानी १ हजार ९ सय डलर छ । बढीजसो लगानी तामा,सुन,तेल र सुनचाँदी उत्खनन्मा छ । ९० प्रतिशतभन्दा बढी मानिस मुस्लिम धर्म मान्छन् । आजको कारोबार दैनिकमा खबर छ ।
www.ratopati.com
अष्ट्रेलियाले पश्चिम अफ्रिकाका १६ देशमा आवत जावतमा रोक लगाएको छ । इबोलाग्रस्त पश्चिम अफ्रिकी राष्ट्रहरुबाट इबोला अष्ट्रेलिया भित्रिने खतरा बढेको भन्दै अष्ट्रेलिया सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । अष्ट्रेलियाका आप्रवासन मन्त्री स्कोट मोरिसनले सोमबार त्यहाँको संसदमा बोल्दै अष्ट्रेलियाले इबोला संक्रमण रहेका देशमा जान र त्यहाँबाट अष्ट्रेलिया आउन चाहनेहरुलाई भिसा दिन रोक लगाएको जानकारी गराएका हुन् । इवोलाका कारण पश्चिम अफ्रिकामा ५००० भन्दा बढीको मृत्यु भैसकेको छ भने १०००० भन्द बढी संक्रमित भएको आशंका गरिन्छ । तत्कालका लागि ती देशका लागि दिँदै आएको सहयोग समेत स्थगित गर्ने जानकारी मन्त्री मोरिसनले दिए । यस अघि नै भिसा लिएका नागरिक भने अष्ट्रेलिया प्रवेश गर्न पाउने छन् । यद्यपी कुनै पनि ब्यक्तिलाई भिसा नदिने वा निलम्बन गर्न सकिने उनले बताए । अमेरिका र युरोपमा इवोला संक्रमित ब्यक्ति भित्रिइसकेको भएपनि अष्ट्रेलियामा भने हाल सम्म यस्तो संक्रमण फेला परेको छैन ।
आगामी सन् २०१५ जनवरी देखि प्रारम्भ हुन लागेको क्यानडा सरकारको Express Entry प्रणालीमा जुनसुकै व्यवशायमा कार्य गरेको र कुनैपनि विषयमा अध्ययन भएका व्यक्तिहरुले आवेदन गर्न पाउने भएका छन् । आवेदकहरुको संख्याको कुनै सिमा समेत नरहने जनाइएको छ ।
हाल प्रचलित Federal Skilled Worker प्रणालीमा २०१४ डिसेम्बरसम्ममा जम्मा ५० वटा व्यवशायका २५,००० वटा मात्र आवेदन लिइनेमा उक्त सीमा सन २०१५ देखि रहने छैन । कुनैपनि बिषयमा अध्ययन गरेका र कुनैपनि व्यवशायमा काम गरेका व्यक्तिहरुले Express Entry मार्फत स्थायी भिसा आवेदन गर्न क्यानडा सरकारले जानकारी दिएको छ ।
क्यानडाको अध्यागमन विभागबाट प्राप्त जानकारीअनुसार Express Entry प्रणालीमा निम्न तरिकाले अगाडी बढ्न सकिने छः
१ सबैभन्दा पहिले इच्छुक व्यक्तिहरुले क्यानडा सरकारको Express Entry Pool मा इन्टरनेट मार्फत आफ्नो व्यक्तिगत बिबरण पेश गरी क्यानडामा बसोवास गर्न इच्छा जाहेर गर्नुपर्दछ ।
२ तत्पश्चात उक्त व्यक्तिको बिबरणअनुसार उमेर, शैक्षिक योग्यता, कामको अनुभव, अंग्रेजी भाषाको ज्ञान, आदी लगाएतको अध्ययन गरी क्यानडाको लागि दक्ष जनशक्ति मानिएमा Express Entry Pool सो आवेदकको बिबरण प्रकाशित गरिनेछ । दक्ष जनशक्तिको मतलब उक्त व्यक्ति क्यानडामा गएर काम गर्न र त्यहाँको कम्पनीहरुको माग बमोजिमको शैक्षिक एवं सीप भएको हुनेपर्दछ ।
३ त्यसरी Express Entry Pool मा राख्नका लागि योग्य मानिएका आवेदकहरुको बिवरणलाई क्यानडाका कम्पनीहरुले आफ्नो आवश्यकताबमोजिम छनौट गरी क्यानडामा कामको अफर Job Offer प्रदान गर्नेछ । आवेदकले आफै ती कम्पनीहरुमा क्यानडाको जबव्यांक Job Bank मार्फत Job Offer का लागि आवेदन गर्नुपर्नेहुन्छ । त्यसका लागि आवेदकले Job Bank http://www.jobbank.gc.ca मा खाता खोली आफ्नो बिबरण प्रकाशित गर्नुपर्ने र कम्पनीहरुसँग सम्पर्कमा रहनुपर्ने हुन्छ ।
४ यसरी कामको अफर Job Offer प्राप्त व्यक्तिहरुलाई क्यानडाको अध्यागमन बिभागले क्यानडाको स्थायी भिसा आवेदन गर्नका लागि आमन्त्रण गर्नेछ । उक्त आमन्त्रण प्राप्त भएको दुई महिनाभित्रमा आवेदन गरीसक्नुपर्नेहुन्छ ।
५० कामको अफर नपाएका व्यक्तिहरु यदी धेरै मागभएको व्यवशायमा काम गरेका र सोही प्रकारका सीप भएको पाइएमा क्यानडा सरकारले सिँधा स्थायी भिसाको लागि आवेदन समेत गर्न सक्नेछ । यस बारेमा भने वृस्तीत विवरण पछि आउने छ । ६० क्यानडाको स्थायी भिसा आवेदन गरेपश्चात ६ महिना भित्रमा भिसा पाउन सकिनेछ ।
क्यानडा सरकारले Express Entry मार्फत निम्न उल्लेखित क्याटेगोरीमा आवेदन लिने जनाइएको छः
Federal Skilled Worker
Federal Skilled Trade
Canada Experience Class
Provincial Nominee Program
Express Entry मार्फत स्थायी भिसाको लागि आवेदन प्राप्त भएपश्चात माथि उल्लेखित कुनै पनि क्याटेगोरीमा आवेदन गर्न सकिने जनाइएको छ । त्यसैगरी माथि उल्लेखित क्याटेगोरीहरुमा यही डिसेम्बर २०१४ सम्ममात्र आवेदन लिइने र तत्पश्चात सबै आवेदन हरु Express Entry मार्फत लिइने छ । क्यानडाले बर्षेनी दुई लाख पचास हजारभन्दा बढी व्यक्तिहरुलाई बिभिन्न तवरले स्थायी भिसा दिने गर्दछ । क्यानडामा हाल करिब २०,००० नेपालीहरु स्थायीरुपले बसोवास गरिरहेको अनुमान गरिएको छ ।
http://pahilopost.blogspot.com
मनिला, कार्तिक ७ – गरिब मुलुकबाट संयुक्त अरब इमिरेट्समा घरेलु कामदारका रूपमा काम गर्ने महिलाले शारीरिक, यौनजन्य तथा भावनात्मक दुव्र्यवहार सहनुपर्ने र उनीहरूलाई प्रणालीगत रूपमा सुरक्षा अस्वीकार गरिने जानकारी मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले दिएको छ । यस संस्थाले यस मुलुकलाई उनीहरूको प्रतिबन्धात्मक प्रवेशाज्ञा प्रणालीमा सुधार गर्न तथा दुव्र्यवहार रोक्न घरेलु महिला कामदारका लागि श्रम कानुन पारित गर्न आग्रह गरेको छ । ह्युमन राइट्स वाचसँगको एक भिडियो अन्तर्वार्तामा फिलिपिनी महिला मारेली ब्रुवाले आफ्ना पूर्व रोजगारदाताले आफूलाई पहिलेनै खरिद गरिएको र गुनासो गर्ने आफ्नो अधिकार नभएको बताएको जानकारी दिइन् । उनले आफूलाई प्रति महिना १००० दिराम दिने सम्झौता गरिए पनि ८०० दिराम मात्र दिइएको बताइन् । यो रकम फिलिपिन्समा न्युनतम बेतन बराबर हुनआउँछ । ब्रुआ जस्तै ९९ घरेलु कामदारले ह्युमन राइट्स वाचसँगको मल्टिमेडिया अन्तर्वार्तामा गुनासो गरेका छन् । यो प्रतिवेदन मनिलामा सार्वजनिक भएको हो । संयुक्त अरब इमिरेट्समा फिलिपिन्स, इन्डोनेसिया, भारत, बङ्गलादेश, श्रीलङ्का, नेपाल तथा इथियोपियाबाट एक लाख ४६ हजार महिला घरेलु कामदारका रुपमा काम गर्छन् । यस मानवअधिकारवादी संस्थाले संयुक्त अरब इमिरेट्सले यी महिला कामदारलाई कुनै पनि दण्ड नभोगिकन आफ्नो रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्थायुक्त प्रवेशाज्ञा प्रणाली बनाउनुपर्ने माग गरेको छ । वर्तमान प्रणालीमा कुनै घरेलु महिला कामदारले आफ्नो नोकरी परिवर्तन गर्न चाहेमा निजलाई भविष्यमा नोकरीका लागि प्रतिबन्ध लगाउने व्यवस्था छ । यहाँ रोजगारदातालाई यी महिलाका लागि प्रायोजन गर्ने व्यक्तिको रूपमा लिइन्छ र उनीहरूले महिलामाथि दुव्र्यवहार गर्ने गरेको बताइन्छ । ह्युमन राइट्स वाचले श्रम कानुन पारित गर्नका साथै यी महिला कामदारका लागि कार्य अवधि स्पष्ट हुनुपर्ने, उनीहरूलाई प्रतिसाता एक दिन बिदा दिनुपर्ने र २४ घण्टाको अवधिमा ८ घण्टा आराम गर्न दिनुपर्ने व्यवस्था हुनुपर्ने माग गरेको छ । संयुक्त अरब इमिरेट्सको श्रम कानुनअन्तर्गत घरेलु महिला कामदार नआउने तथा प्रवेशाज्ञामा गरिएको सुधारमा पनि उनीहरू नसमेटिने वाचले जानकारी दिएको छ । यस संस्थाले संयुक्त अरब इमिरेट्समा कामदार पठाउने मुलुकलाई यस मुलुकमा आफ्नो दूताबासको कर्मचारीलाई बलियो बनाउन, आफ्ना नागरिकलाई उनीहरूको अधिकारका विषयमा जानकारी दिन तथा यस मुलुकका सरकारसँग दुव्र्यवहारका विषयमा समन्वयात्मक रूपमा काम गर्न आग्रह गरेको छ । एचआरडब्लुको प्रतिवेदनमा समावेश फिलिपिन्सका अर्का महिला जिनी अल्फिलरले आफूलाई रोजगारदाताकी आमाले उनको भनेको नमान्दा हातमा इस्तिरीले डामिदिएको बताइन् । संयुक्त अरब इमिरेट्सका अधिकारी यी दाबीका विषयमा प्रतिक्रिया दिएका छैनन् । रासस÷एएफपी - See more at: http://www.ratopati.com/2014/10/24/176811.html#sthash.pZWrq2Vn.dpuf
उज्जवल भविष्यको परिकल्पना गर्दै अमेरिकामा नागरिकता लिएका नेपाली अमेरिकनहरु अमेरिकन राजनीतिक मुलधारमा प्रवेश गर्न प्रयास गर्न थालिसकेका छन् ।आउँदो नोवेम्बर ४ तारिख अमेरिकामा निर्वाचनको लागि डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी एटलान्टा जर्जियास्थित प्रतिनिधिसभा सदस्यको लागि चुनाबी दौडमा छिन् भने उनको जित्ने सम्भावना आशाजनक रहेको छ । त्यो क्षेत्र रिपब्लिकनहरुको गढ भएता पनि यसअघि पनि तोडिँदै आएको छ ।
उत्तर अमेरिकाका नेपाली मूलका तीन जना पुरुष उम्मेदवार पराजित हुन् पुगेका छन् भने अहिलेसम्म अमेरिकन राजनीतिमा कसैले पनि खाता खोल्न सकेका छैनन । नेपालकी छोरी डा अमृता रेग्मीको उम्मेदवारीमा आफ्नै दलको कुनै पनि व्यक्ति प्रतिस्पर्धामा नभएको कारण आगामी नोवेम्बर ४ मा हुने चुनाबमा अमेरिकामा नेपाली जातिको सुनौलो इतिहास रच्ने अवसर सिर्जना हुन् सक्ने सम्भावना बढेर आएको छ । उनले प्रथम चरणको निर्वाचन जितिसकेकी छिन् भने दोश्रो चरण पुग्ने रेग्मी पहिलो नेपाली मुलकी भएकी छिन् ।
Nepali-politics-US
काठमाडौँमा जन्मिएकी डाक्टर अमृता रेग्मीले लामो समय अन्तर्राष्ट्रिय विकास परामर्श दाताको रुपमा काम गर्दै आएकी थिइन् । जर्जियामा रहेको पिचट्री कर्नर जोनिङग बोर्ड अफ अपिल तथा अन्य संस्थामा नेतृत्वदायी भूमिका निर्बाह गरेकी रेग्मीको चुनावी अभियानलाई जर्जियामा रहेका नेपालीहरुले पनि सघाइरहेका छन् ।
उत्तर अमेरिकामा सम्भवतः नेपाली समुदायको इतिहासमा दर्शन रौनियार अमेरिकाको तल्लो सदनको प्रतिनिधि सभाको लागि उम्मेदवार दिने पहिलो नेपाली अमेरिकन हुन् । उनी निर्वाचनमा पहिलो चरणबाटै बाहिरिएका थिए ।
उनको क्षेत्र वाशिंगटन रहेतापनि चुनाव प्रचारप्रसार गर्न सबै ठाउँमा सहभागी भएका थिए भने नेपाली समुदायको इतिहासमा नै पहिलो नेपाली उम्मेदवारी भएकोले सबै वर्गबाट अतुलनीय सहयोग पाएका थिए । संचार माध्यममा पनि जताततै छाए ।
तर आफनै चुनाबी क्षेत्र र आफनै डेमोक्रेटिक दलका प्रत्यासीसंग मुकवाला गर्न सकेनन, अन्तत्वगत्वा उनले ३,५३० मत मात्र प्राप्त गरि करिब ३ कुल मतको ३ प्रतिशत मत प्राप्त गरि प्राथमिक चरणमा पराजित हुन् पुगे । उनले २०१२ मा वाशिंगटनको क्षेत्र जिल्ला १ बाट आफ्नो उम्मेदवारी दिएका थिए भने उक्त क्षेत्रमा रिपब्लिकनका उम्मेदवार कोस्टर जोनले ४५ प्रतिसत मत हासिल गरेका थिए ।
२०१२ मा दर्शन रौनियारको पराजय नबित्दै २०१३ मा म्यारिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने एचबी भण्डारीले अमेरिकन प्रतिनिधि सभाका लागि जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएतापनि पहिलो चरणर्म बाहिरिन पुगे ।
उनले आफ्ना दलका उम्मेद्वारसंग कडा प्रतिस्पर्धा गर्दा पनि चौथो स्थानमा नाम लेखाए । म्यारिल्याण्ड क्षेत्र बाट ३ हजार ८२८ मत १५ दशमवल ६ प्रतिशत मत ल्याए र उक्त क्षेत्रबाट बिजयी हुने उम्मेदवारले झन्डै १९ प्रतिसत ल्याई पहिलो चरणको निर्वाचनमा बिजयी भएका थिए । बिजयीहरुको दोश्रो चरणको निर्वाचन यही नोवेम्बर ४ तारिख हुदैछ ।
२०१२ मा भएको निर्वाचनमा दर्शन रौनियार प्रथम चरणमा नै बाहिरिएपछि त्यसको आंशिक नकारात्मक असर भण्डारीलाई पर्यो । आर्थिक संकलन गर्न भण्डारीलाई निक्कै मेहनत गर्नु पर्यो । अपेक्षा अनुसार जसरी रौनियारलाई सहयोग गरेका थिए, त्यस्तो आर्थिक सहयोग गर्न नसकिएको अवस्था रह्यो । नेपाली समुदायको भेला गर्दा पैसा चन्दा दिनुपर्ने भएकोले पछिल्ला समयमा सहभागिता राम्रो हुन् सकेन ।
भण्डारी बाल्टिमोरको एउटा सामुदायिक महाबिद्यालयमा अंग्रेजी बिषय पढाउँछन । नेपाली र अंग्रेजी दुवै भाषामा कलम राम्रो चलाउँछन भने डेमोक्राटिक दलको भातृ संगठनको युवा विभागका सचिब पनि छन् । उनी पहिलो चरणमा नै पराजित भएपछि नेपाली समुदायको आशामा तुषारापात लागेको छ । प्रतिभाशाली भएका कारण उनीसंग नेपाली समुदायले ठूलो आशा गरेको थियो । उनको क्षेत्रमा करिब ५ प्रतिशत मात्र एसियन समुदाय आँकडाले देखाएकोमा नेपालीहरुको जनघनत्व बाल्टिमोर क्षेत्रमा धेरै थियो । यसो त उनी नेपाली काँग्रेससंग सम्बधित हुन् । जसका कारण नेपालका अन्य राजनीतिक दलका समर्थकहरुले भोट नदिएको उनको विश्लेषण छ ।
जो उम्मेदवार आएपनि पहिलो चरणमा नै पराजित हुने भएकोले नेपाली समुदाय हतोत्साही भएका छन् । गत जुन ३० मा क्यानाडामा भएको निर्वाचनमा नेपाली मुलका र क्यानाडामा जन्मिएका दोश्रो पुस्ताका बेन्जामिन शर्मा पनि आखिर निर्वाचनमा पराजय भोग्नुपर्यो । पहिलो पुस्तामा ह्यारी एचबी भण्डारी तथा दर्शन रौनियार भएतापनि दोश्रो पुस्ताका शर्माप्रति नेपाली समुदाय ज्यादा आशाबादी भएता कन्जरभेटिव दलको प्रतिनिधित्व गर्दै केवल २ हजार २२ मत अर्थात् कुल मतको ५ दशमवल ४३ प्रतिशत मात्र प्राप्त गरि पराजित भए । उनका प्रतिद्वन्दी लिबेरल दलका एडम भुगानले ५३ दशमलव ६६ मत प्राप्त गरि शानदार बिजयी भए । बेन्जामिन शर्मा सम्भवत क्यानाडाको संसदको लागि उम्मेदवार दिने पहिलो नेपाली हुन् । उत्तर अमेरिकामा ३ जना पुरुष पराजित हुन् पुगे पनि अबको आशाकी बिन्दु भने डा अमृता रेग्मी नै हुन ।
राजनीति र पैसा
हुन त अमेरिकामा चुनाब जित्न जति पैसा मतदाताबाट संकलन गर्न सक्यो उम्मेवारको प्रतिष्ठा र गौरब बढ्छ । जसलाई अमेरिकामा त्यसलाई राम्रो मानिन्छ ।
चुनावका लागि जहाँ पनि पैसा चाहिन्छ । अमेरिकामा रकम लिँदा पनि अत्यन्तै पारदर्शी हुन्छ । आफूलाई उम्मेदवार बनाएर जनताबाटै रकम र मत दुवै उठाइन्छ । अमेरिकामा राजनीतिमा प्रणालीले नै चलाइदिन्छ र उम्मेदवारले पद्धतिको पालना गर्नुपर्छ । पालना नगरे उम्मेदवारी नै खारेज हुन्छ । पारदर्शिताका लागि कुन व्यक्तिका लागि कहाँबाट कति पैसा उठाएको छ भनेर उम्मेदवारले पारदर्शिता देखाउनुपर्छ ।
चन्दा उठाउँदा १८ वर्षमाथिका नागरिकबाटै उठाउनुपर्छ । प्राथमिक उम्मेदवारलाई एक व्यक्तिले ५ हजार डलरसम्म दिन सक्ने हुन्छ भने कर नतिरेको व्यक्तिले पैसा दिन पाउँदैन । एक व्यक्ति या संस्थाबाट मोटो रकम दिदा उम्मेदवारको गौरब बढ्नु भन्दा ५ डलर या ५० डलर अधिकांश मतदाता या व्यक्ति या संस्थाले दिए उम्मेदवारको गरिमा वृद्धि हुन्छ ।
भर्जिनियाको लाउडन काउन्टी डेमोक्रेटिक दल डलस जिल्लाका सभापति नेपाली मुलका लेखा परीक्षक हरि शर्माले अमेरिकाको निर्वाचनमा नेपालीहरुले बढी हतार गरेकाले समस्या देखिने गरेको बताए ।
उनका अनुसार, नेपाली मूलका सबै उम्मेदवार प्राथमिक चरणबाट नै पराजित हुने कारण छिटो नाम कमाउने उद्देश्य, अमेरिकाको राजनीतिको गहिरो अध्ययनमा कमी ,पुस्तौपुस्तादेखि राजनीतिमा संलग्न नभएको अनुभव, आफ्नै निर्वाचन क्षेत्रमा आधारशिला बलियो बनाउन नसक्नु, समुदायसंग पकड बनाउन नसकेको स्थिति, दल राजनीतिको ज्ञान गर्न नसक्नुको साथै प्रतिद्वन्दी भन्दा आफूले रकम जुटाउन नसकेको कारण नेपाली मूलका अमेरिकन नेपालीले चुनाबमा हार्ने गरेका छन् ।
भबिष्यमा नेपाली समुदायको पनि अमेरिकन राजनीतिमा प्रवेश हुनेछ आशा गर्दै उनले दोश्रो पुस्ताले यो इतिहास रच्नेमा बिश्वस्त रहेको बताए । त्यसका लागि धैर्य धारणको आवश्यता रहेको भन्दै उनले नेपालीहरु पनि वाशिंगटन डिसीस्थित क्यापिटल हिल छिट्टै पुग्ने आफूले देखेको बताए ।
अमेरिकाका नेपाली मुलका उम्मेदवारहरु पहिलो चरणबाटै बाहिरिएकोले समुदाय निराश हुनु स्वाभाविक हो । निर्वाचनमा हार र जित हुन्छ । कसैले हिम्मत गरेको थिएन तर दर्शन रौनियारले हिम्मत गरेर उम्मेदवारी दिए । जसबाट आउने पिँढीलाई ढोका खुल्यो । फलस्वरूप अन्य नेपाली समुदाय उत्प्रेरित हुदै धमाधम सभासदको लागि उम्मेदवारी दिने काम सुरु भैसकेको छ । अबको एक दशकमा अमेरिकाका नेपाली समुदायको अमेरिकी राजनीतिमा प्रतिनिधित्व हुनेछ भन्ने आशा नेपाली समुदायले गरेका छन । रौनियार, भण्डारी र शर्माले दिएको उम्मेदवारीलाई समुदायले सकारात्मक लिएका छन् किनभने अल्पसंख्यक नेपाली समुदायको आवाज अमेरिकन संसदमा पुर्याउने जमर्को भैसकेको छ । र , त्यो सपना छिट्टै साकार हुनेछ भन्ने आशा र विश्वास लिइएको छ ।
http://dainiknepal.com

दोहा (कतार), कार्तिक ७ - ११ महिनादेखि तलब नपाएर मुद्दा झेल्दै आएका ७५ कामदारमध्ये आधाभन्दा बढी तलब छाडेर स्वदेश फिरेका छन् । बाँकी पनि स्वदेश फिर्ने तयारीमा छन् ।
एउटा सरकारी टावर बनाउने काम गरेका ती कामदारले पाउनुपर्ने १७ लाख रियाल (करिब ४ करोड ५९ लाख रुपैयाँ) तलबको लागि एक वर्षदेखि यहाँको उच्च अदालतमा मुद्दा लडिरहेका थिए । तलब नपाउनेमा प्रतिव्यक्ति १० हजार रियालदेखि ५७ हजार रियालसम्म बाँकी छ ।
'अब हामी थप मुद्दा लड्न नसक्ने स्थितिमा पुग्यौं,' पाँचथरका राजकुमार सम्बाहाम्फेले भने, 'हामी झन् मानसिक तनावमा पर्यौं । अब घर जान चाहन्छौं ।' उनका अनुसार ३५ जना कामदार मात्रै बाँकी रहेको बताए । 'अधिकांश साथीहरू घर फिरिसकेका छन्,' उनले
भने, 'कति पहिला नै गए । कति जान
थालेका छन् ।'
गत बिहीबार सम्बाहाम्फे, तेह्रथुमका प्रवीणकुमार रुम्बा, गुल्मीका मिनुराम बुढाथोकी, सर्लाहीका रोहितकुमार चौधरी र रुपन्देहीका रामप्रसाद डाँडी घर पठाइदिन भन्दै नेपाली दूतावास पुगेका थिए । 'मेरो मात्रै ३५ हजार रियाल बाँकी छ । घर नगएको चार वर्ष बित्यो,' उनले भने, 'घरपरिवार पनि मुद्दामा अल्भिmएको कारण चिन्तामा छन् । थप बसिराख्नु अब
अर्थ छैन ।'
भिसा पनि लागेन
ती कामदारहरू ली टे्रडिङमा काम गर्थे । कम्पनीका म्यानेजर जेलमा छन् । स्पोन्सर सम्पर्कमा छैनन् । उनीहरूको ठूलो रकम भएकाले मुद्दा लड्नका लागि
नेपाली दूतावासको पहलमा उनीहरूलाई स्पोन्सर परिवर्तन गर्ने भनियो । त्यसका
लागि खोज तथा अनुसन्धान विभागले समेत सहयोग गरे ।
उनीहरू अर्का कम्पनीमा परिवर्तन भए । तर, त्यस कम्पनीले जरिवाना तिर्न नसक्ने भन्दै भिसा लगाउन सकेन । 'पहिला परिवर्तन गर्न जरिवाना तिर्नु पर्दैन भनियो,' उनले भने, 'अहिले जरिवाना तिर्नुपर्छ भनेर नयाँ कम्पनीले पनि भिसा लगाइदिएन ।'
साथमा भिसा नभएपछि कतिपय साथीहरू पक्राउ पर्न थालेकोमा उनीहरूले चिन्ता व्यक्त गरे ।
यसरी रोकियो तलब
उनीहरू दोहास्थित सिटी सेन्टर नजिक अलबिदा टावरको ३८ र ३९ तलामा सारसज्जा मिलाउने काम गर्थे । 'मैले २०१२ नोभेम्बर महिनाको तलब पाएँ,' २०१० जुलाई १४ तारिख कतार आइपुगेका डेड गाउँ, नवलपरासीका दुर्गाबहादुर विकेले भने ।
उनी इलेक्टि्रकलको काम गर्छन् । 'हामीलाई तलब नदिई झुक्काउँदै काममा लगाइरह्यो,' रुपन्देहीका २४ वषर्ीय राम अचल कुँवरले भने, 'हरेक पटक माग्दा १०, १५ दिनपछि तलब दिन्छु भन्दै टार्यो । त्यसपछि खानाका लागि २ सय रियाल दिन्थ्यो । तलबको हिसाबकिताब पछि गरौंला भन्दै पन्छियो ।'
सरकारी 'प्रोजेक्ट' भएकाले तलब पाउनेमा ढुक्क थिए । कम्पनीले झुलाउने गरेपछि काम बन्द पनि गरेका थिए । तर, प्रोजेक्ट सकिए लगत्तै पेमेन्ट आउने र त्यसलगत्तै तलब पाउने आश्वासन दिएकाले उनीहरूले कामलाई जारी राखेका थिए ।
कम्पनीका म्यानेजर चेक बाउन्स भएको मुद्दामा जेलमा परे । 'त्यसपछि हामी अन्योलमा परे पनि त्यस प्रोजेक्टका एक अधिकारीले यो भवन बनाएर सकिदेऊ तलब हामी दिन्छु भन्थे,' कम्पनीका सुपरभाइजर अर्घाखाँचीका कृष्णा खनालले भने, 'त्यसपछि हामी प्रोजेक्ट सिध्याउनेतिर लाग्यौं । प्रोजेक्ट अगस्टको अन्तिममा सकियो । तर, तलब पाएन ।'
त्यस प्रोजेक्ट सिद्धिएपछि अक्टोबार एकबाट काम नगरी उनीहरू क्याम्पमै बस्दै
आएका छन् ।
अदालतमा मुद्दा जारी
आफ्नो तलब र सेवासुविधासहितको माग गर्दै गत वर्षको अक्टोबर १० बाट उच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसपछि निरन्तर तारेख धाइरहेका छन् । 'अदालतले सबै कामदारले पाउनुपर्ने रकमको फैसला गरिदिएको छ,' बुढाथोकीले भने, 'तर, रकम कम्पनीबाट पाएको छैन ।' अदालतले आफ्नो खातामा रकम दाखिल गरिदिन कम्पनीको नाममा आदेश जारी गरेको थियो । ७५ जना मध्ये सबैभन्दा बढी तलब रोकिएको कृष्णाको हो । 'मेरो ११ महिनाको ५६ हजार रियाल -१५ लाख रुपैयाँ) लिन बाँकी छ', उनले भने ।
बोइल्डरको काम गर्ने हेटौंडाका मीनप्रसाद गौतमको २९ हजार -८ लाख रुपैयाँ) पाउन बाँकी छ । 'यत्रो पैसा छोडेर कसरी घर जाने आँट आउँछ र ?,' उनले भने, 'पैसाका लागि भए पनि पर्खनु त पर्यो ।'
धेरैजसोले घरमा पैसा पठाउन नसकेर पारिवारिक मनमुटावसमेत परेका छन् । 'घरबाट दिनहुँ मिसकल आउँछ । पैसाको अभावमा धन भित्र्याउन र गहँु लगाउन सकिएको छैन । ट्याक्टरले अरू पैसा नदिए पनि तेलको पैसा दिनुपर्छ भनिरहेको छ रे,' धकधई गाविस, रुपन्देहीका राम अचल कुँवरले भने, 'यता आफ्नै बिजोग छ ।'
कम्पनीको लेखा विभागले सबैलाई पाउनुपर्ने तलब सिट दिएको छ । '१० हजार रियाल मुनि कसैको छैन,' उनले भने, 'कागजमा मात्रै लेखेर नहुने रहेछ ।' ८ महिनाअघिदेखि घर जान बसेका कामदार पनि स्वदेश फिर्न नपाएको ओखलढुंगाको अमरबहादुर दमाईले कान्तिपुरलाई भने ।
दूतावासले यो मुद्दाबारे थप बुझ्न जरुरी रहेको बताए । पीडितहरूले मुद्दा दूतावासलाई जिम्मा दिएर आफूहरूलाई स्वदेश पठाउन अनुरोध गरे । 'के गर्न सकिन्छ, हामी छलफल गर्नेछौं,' कार्यवाहक राजदूत गणेश ढकालले पीडितहरूसमक्ष बताए ।
एक वर्षदेखि तलबका लागि मुद्दा लड्दै आएका कामदारहरू स्वदेश फिर्नका लागि नेपाली दूतावासमा निवेदन दिँदै ।
http://www.ekantipur.com/np

विश्वभर बहुचर्चित सामाजिक सञ्जाल फेसबुकका फाउन्डर मार्क जुकरवर्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीफस्थित मार्क जुकरवर्गले १० अक्टोयबरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट वार्ता गरेका हुन्।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा मार्क जुकरवर्गले विश्वतभर जाल फिजाएर रहेको फेसबुकले अझ मानवीयतालाई बुझेर काम गर्न चाहेको बताउका छन्। उनले भनेका छन्, ' फेसबुक प्रयोगकर्ताहरुको मानवीयतालाई म अझ नजिकबाट बुझ्न चाहन्छु , यसैकारण फेसबुकलाई सबै सामू पुर्याउन तपाईहरुजस्तो मानवीय भावना बुझ्नेँ अभियन्ताहरुको सहयोग चाहिएको छ, जसले सामाजिक सञ्जाल सबैले उपयोग गर्न पाऊन।
'
जवाफमा प्रधानमन्त्री नरेन्द्र मोदीले जुकरवर्गलाई आफ्नोउ तर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता व्यसक्त गरे।मोदीले जुकरवर्गलाई सवच्छ् भारतको मिसनको बारेमा समेत जानकारी दिएका थिए। साथै मोदी आफूले थालेको 'वाइ क्लि न इन्डिरया (पहिले) र 'माई क्लिन इन्डििया' अभियानमा सहभागी भएको तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा २ अक्टोरबर २०१३मा सेयर गरेको बताएका थिए।
जुकरवर्गले पनि फेसबुकले भारत सरकार र जनतासँग स्वास्थ्य, शिक्षा र दीर्घकालीन योजनाहरुमा मिलेर काम गर्न तयार रहेको बताए। उनले जोड दिदै भने, 'फेसबुकले सृजनात्मक भारत सफाई अभियानमा 'मोबाइल एप्स'को विकास चाडै गर्नेछ, जसले स्वेच्छन भारत अभियानलाई सघाउ पुर्याउनेछ।'
भारतीय प्रधानमन्त्री मोदी र फेसबुक फाउन्डरबीच 'डिजिटल इन्डिेया'को सुरुवात गर्ने विषयमा समेत छलफल भएको थियो। 'डिजिटल इन्डिया' सुरुवात गर्ने विषयमा भएको छलफलमा फेसबुक फाउन्डरर जुकरर्वग निकै नै उत्साही भएको प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, 'म भारतीय प्रधानमन्त्री मोदीसँग काम गर्न पाउँदा ज्यामदै खुसी छु।'
भेटमा प्रधानमन्त्री मोदीले जुकरर्वगसँग 'स्वच्छ भारत अभियान'लाई सहयोग पग्ने गरी 'डिजिटल इन्डि'या'को डोमेन फेसबुकमा पहिचान बनाइदिन आग्रह गरेका थिए। आतंकवादीहरुको लागि सामाजिक सञ्जाल प्लेटफर्म बन्दैन गइरहेको बताउँदै मोदीले फेसबुकमा आतंकवादीहरुको क्रियाकलाप रोक्नी सामाजिक सञ्जा्लको भूमिका महत्वरपूर्ण रहने जुकरवर्गसमझ राखेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदी आफू भारतको प्रधानमन्त्री भएसँगै बालबालिका बेचबिखन रोक्नेय अभियानमा जुटेको र यसलाई कसरी निर्मूल पार्न, अन्तरक्रिया गर्न र सामाजिक अभियानमा सहयोग पुर्याउन सामाजिक सञ्जालको प्रयोग गरेको बताए।
मोदीले भारतलाई समृद्ध बनाउन र पर्यटक आगमनलाई फेसबुकमार्फत सहयोग गरिदिन आग्रह गरेका थिए। भेटको अन्य्फूबमा, फेसबुकमा कसरी इन्टसरनेट साक्षरता तथा इन्टरनेट कनेक्टि भिटीमा सुधार ल्यासउन सकिन्छे भन्नेबारे मोदीको जिज्ञासा थियो।
http://annapurnapost.com/News.aspx/story/1181#sthash.1Sde0Cqk.1mGF

सुरेन्द्र पौडेल, काठमाडौं- गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेको अभियोगमा पक्राउ पर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ। युएस डिपार्टमेन्ट फर होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको अमेरिकी आर्थिक वर्ष (सन् २०१३ अक्टोबर १ देखि २०१४ सेप्टेम्बर ३० सम्म) को प्रतिवेदनअनुसार गैरकानुनी प्रवेश गर्दा पक्राउ पर्ने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर देखिएको छ।
इमिग्रेसन् इन्फोर्समेन्ट एक्सन्स : २०१३' प्रतिवेदनअनुसार गएको एक वर्षमा अमेरिकामा ४ सय ४८ जना नेपाली पक्राउ परेका छन्, जबकि अघिल्लो वर्षमा यो संख्या मात्र २ सय ४८ रहेको थियो। अमेरिकामा यति ठूलो संख्यामा नेपाली यसअघि पक्राउ परेका थिएनन्।
मानव तस्करहरूको प्रलोभनमा परी दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, मध्यपूर्व, ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गर्ने क्रममा तथा गरिसकेपछि नेपालीहरू पक्राउ परेका हुन्। उनीहरूमध्ये अधिकांशलाई अमेरिकी सीमा सुरक्षा बलले पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा सानो संख्या छोटो अवधिको भिसा लिई अमेरिकामा ओभर स्टे गर्ने पनि छन्।
प्रतिवेदनअनुसार सन् २०१३ अक्टोबर १ देखि २०१४ सेप्टेम्बर ३० सम्म अमेरिकामा ६ लाख ६२ हजार ४ सय ८३ विदेशी पक्राउ परेका थिए। तीमध्ये सीमा सुरक्षा बलले मात्र ४ लाख २० हजार ७ सय ८९ जनालाई पक्राउ गरेको थियो।
विदेशीमध्ये ९० प्रतिशत मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिण–पश्चिम सीमाबाट पक्राउ परेका थिए जहाँबाट मानव तस्करहरूले नेपालीलाई पनि अवैध तरिकाले अमेरिका छिराउने गर्छन्।
मानव तस्करले नेपालीसँग प्रतिव्यक्ति ४० देखि ४५ लाख रुपैयाँ लिई काठमाडौंबाट भारत (नयाँ दिल्ली), त्यहाँबाट थाइल्यान्ड (बैंकक), कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मोक्सिको हुँदै अमेरिका छिराउने गर्छन्।
अमेरिकी सीमा सुरक्षा बलले सबैभन्दा बढी रियो ग्रान्डी भ्याली, टक्सन, लारेडो, स्यान डियागो र डेल रियोबाट अवैध तरिकाले प्रवेश गर्ने विदेशीलाई पक्राउ गरेको हो। सबैभन्दा बढी विदेशी पक्राउ परेका यी पाँच नाका दक्षिण–पश्चिम अमेरिकाको सीमा (मेक्सिकोसँग जोडिने) मा रहेका छन्। प्रतिवेदनअनुसार सन् २००४, २००५, २००६, २००७, २००८, २००९, २०१० र २०११ मा क्रमशः ६०, ३३, ४८, ४४, १ सय २, १ सय ४८, २ सय ३० र १ सय ८० नेपाली अमेरिकामा पक्राउ परेका थिए।
प्रतिवेदनअनुसार अमेरिकाले सन् २०१३ मा ७७ जना नेपालीलाई सीमा नाकाबाटै फिर्ता गरेको थियो। अघिल्लो वर्ष अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्नेमध्ये ६७ जना नेपालीलाई आफ्नो भूमिमा प्रवेश गर्न नदिई अमेरिकाले फिर्ता पठाएको थियो।
सन् २०१३ मा अमेरिकाले आफ्नो भूमिमा प्रवेश नदिई स्वदेश फिर्ता गरेका २ लाख ४ हजार १ सय ८ विदेशीमध्ये ५० दशमलव ७ प्रतिशत स्थल र २५ दशमलव ३ प्रतिशत जल मार्ग हुँदै अमेरिकी सीमा पुगेका थिए। स्थल र जल मार्ग हुँदै अमेरिकी सीमा पुग्ने अधिकांश विदेशीलाई मानव तस्करले मेक्सिको हुँदै त्यहाँ पुर्यागउने गरेका हुन्। अमेरिकाले सन् २००८ मा १ सय २२, २००९ मा ६६, २०१० मा ६३ र २०११ मा १ सय ४ जना नेपालीलाई मेक्सिको सीमाबाट प्रवेशमा रोक लगाई स्वदेश फिर्ता पठाएको थियो।
प्रतिवेदनमा अनुसार सन् २०१३ मा कुनै कानुनी आदेशबिनै २५ जना नेपालीलाई नेपाल फिर्ता पठाइएको थियो। अमेरिकाबाट डिपोर्ट (फिर्ता पठाइने) नेपालीको संख्या भने बिस्तारै घट्ने क्रममा रहेको देखिएको छ। त्यसरी फिर्ता पठाइएका नेपाली सन् २००९, २०१०, २०११ र २०१२ मा क्रमशः ५२, ४३, ६३ र ३६ जना थिए।
सन् २०१३ मा कानुनी आदेशअनुसार अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीको संख्या ३९ छ। तीमध्ये १२ जनामाथि आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप छ। अघिल्लो वर्ष ३८ नेपालीलाई अमेरिकाले कानुनी आदेशका आधारमा नेपाल डिपोर्ट गरेको थियो।
अमेरिकी होमल्यान्ड सेक्युरिटीको शरणार्थीसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार सन् २०१३ मा अमेरिकामा शरणार्थीको 'स्टाटस' पाउने चौथो ठूलो राष्ट्र नेपाल भएको छ। सन् २०१३ मा ८ सय ५४ नेपालीलाई अमेरिकाले शरणार्थीको स्टाटस दिएको छ।
यस्ता नेपाली सन् २०१२ मा ९ सय ७५, २०११ मा ७ सय ४० र २०१० मा ७ सय ५५ थिए। अवैध तरिकाले अमेरिका प्रवेश गर्नेहरू त्यहाँ छिर्नेबित्तिकै शरणार्थीको पहिचान माग्ने गर्छन्। नागरिक दैनिकले यो समाचार छापेको छ ।

अमेरिकाको भिसा पाउनै मुस्किल । पाइहाले पनि त्यो भिसाले अमेरिका छिर्न पाउने ग्यारेन्टी हुँदैन । किनभने अमेरिका भिसा सम्बन्धि नियममा नै त्यो भिसा अमेरिकाको हवाई, स्थल वा सामुन्द्रिक नाकासम्म पुग्नका लागि मात्र भएको र अमेरिका छिर्न दिने वा नदिने कुराको निर्णय प्रवेश नाकामा कार्यरत अध्यागमन अधिकारीहरुले गर्ने स्पष्ट उल्लेख हुने गरेको छ । त्यसैले अमेरिकाको भिसा लिएर सिमा नाका सम्म आएका कैयन नेपालीहरुलाई अमेरिका छिर्न नदिएर नेपाल नै फिर्ता पठाउने समेत गरिएको छ । अक्टोबर १ मा नै अमेरिकी सरकारले सार्वजनिक गरेको तथ्यांक अनुशार गत वर्ष अर्थात् सन् २०१३ मा ७७ जना नेपालीहरुलाई अमेरिका प्रवेशका लागि अयोग्य ठहराउँदै अमेरिका छिर्न दिइएको थिएन । उनीहरुमध्ये कैयन अमेरिकाको भिसा बोकेर अमेरिकाको विमानस्थलसम्मै आइपुगेका थिए । उनीहरुलाई अमेरिकाको कानुन अनुशार अमेरिका छिर्न अयोग्य सावित गर्दै उनीहरुकै देशमा फिर्ता पठाइएको थियो । पहिलोपल्ट अमेरिका आउदै गरेका नेपालीहरुको तुलनामा दोश्रोपटक वा त्यो भन्दा बढी अमेरिका आउदै गरेका नेपालीहरुलाई विमानस्थलबाट नै फर्काइएका उदाहरणहरु प्रसस्तै रहेका छन् । अन्य भिसाका तुलनामा भिजिटर भिसा वा विद्यार्थी भिसामा दोश्रोपटक अमेरिका आउदै गरेका नेपालीहरु एयरपोर्टबाटै फर्काइएका घटनाहरु धेरै रहेका छन् । नेपाली विद्यार्थीहरु पहिलोपटक अमेरिका आउदा इमिग्रेशन अफिसरले एयरपोर्टबाटै फिर्ता पठाएका घटना प्रकाशमा आएका छैनन् । तर अमेरिकामा अध्ययन गर्दा गर्दै विदाको समयमा नेपालमा गएर अमेरिका आउन खोज्दा भने नेपाली विद्यार्थीहरुलाई एयरपोर्टबाट नेपालमा नै फिर्ता पठाइएका घटनाहरु भने निकै रहेका छन् । विदामा नेपाल गएर फर्कने क्रममा इमिग्रेशन अफिसरले धेरै प्रश्नहरु सोध्ने र नेपालमा नै फर्काउनसक्ने सम्मको डर भएको भन्दै धेरै नेपाली विद्यार्थीहरु विदामा नेपाल जान समेत डराउने गरेका छन् । नेपाल जाने चाहना भएपनि अमेरिका आउँदा विमानस्थलबाटै फर्काउन सक्ने डरकै कारण नेपाल नै नगई अमेरिकामा बसिरहेका नेपाली विद्यार्थीहरुको संख्या निकै ठूलो रहेको छ । विशेषत अमेरिका छिर्दै गरेको व्यक्तिले अमेरिकामा त्यसभन्दा पहिले गैरकानुनी रुपमा काम गरेको पाइएको खण्डमा त्यस्ता व्यक्तिलाई विमानस्थलबाटै फिर्ता पठाइने गरेको छ भने अमेरिका छिर्दै गरेको व्यक्तिको गैरकानुनी रुपमा नै अमेरिकामा बसेर काम गर्ने आशय रहेको पाइएमा पनि त्यस्ता व्यक्तिलाई एयरपोर्टबाटै फिर्ता पठाइने गरेको छ । अमेरिका आउदै गरेको व्यक्तिलाई शंका लागेमा उसले बोकेको सामान समेत चेक गरिन्छ । यदि उसले बोकेको सामानबाट उसको अमेरिकामा बस्नै आशय देखिएमा पनि एयरपोर्टबाटै फिर्ता पठाउने गरिएको छ । त्यो बाहेक कुनै आतंककारी वा आपराधिक संगठनसंग सांठगांठ रहेको पाइएमा, कुनै अपराध गरेको पाइएमा, पहिले अमेरिकामा आउदा भिसा अवधी भन्दा धेरै समय बसेको पाइएमा पनि अमेरिका छिर्न नदिई विमानस्थलबाटै फिर्ता पठाउने गरिएको छ । पर्यटक भिसामा अमेरिका छिर्न लागेको व्यक्तिले आफू बस्दै आएको देशमा फर्कनुपर्ने अवस्था देखाउन नसकेको खण्डमा पनि त्यस्ता व्यक्तिलाई भन्सार तथा सिमा सुरक्षा अधिकारीले एयरपोर्टबाटै फर्काउन सक्ने अधिकार रहेको हुन्छ । भन्सार तथा सिमा सुरक्षा भन्छ – “कुनै पनि व्यक्ति अमेरिकामा छिर्नु उसको अवशर हो, अधिकार होइन । ” फेसबुक वा ट्वीटरमा जोक गर्दा एयरपोर्टबाटै फिर्ता पठाइएका उदाहरणहरु पनि अमेरिकामा छन् । केही अगाडि ट्वीटरमा जोक गर्दा दुईजना युरोयिपनहरुलाई एयरपोर्टबाटै फिर्ता पठाइएको थियो । लेघ भेन ब्राइन र इमली बन्टिङलाई लज एन्सलसको एयरपोर्टमा रातभर हिराशतमा लिएर भोलिपल्ट युरोप नै फिर्ता पठाइएको थियो । यसरी अमेरिका छिर्नै नदिई फिर्ता पठाउनुको कारण थियो, ब्राइनले आफ्नो ट्वीटरमा आफूहरु अमेरिकालाई ध्वस्त पार्न र अमेरिकी कलाकार मार्लिन मुनरोको चिहान खन्न अमेरिका जान लागेको भन्दै ट्वीटरमा जोक गरेका थिए । युरोप फिर्ता पठाइएका ब्राइनले भनेका थिए –“ विमानस्थलमा आतंककारीलाई जस्तै व्यवहार गरियो । ” यसरी सिमा नाकाबाटै फिर्ता पठाइएका नेपालीहरु सन् २०१२ मा ६७ जना र सन् २०११ मा १ सय ४ जना रहेका थिए । सन् २०१० मा ६३ जना नेपालीलाई र सन् २००९ मा ६६ जना नेपालीहरुलाई सीमा नाकाबाट फिर्ता पठाइएको थियो । त्यसैगरी सन् २००८ मा १ सय २२ जना नेपालीहरुलाई सीमा नाकाबाट फिर्ता पठाइएको थियो । सीमा नाकाबाट फिर्ता पठाइएका नेपालीहरुमा यो नै अहिलेसम्मको ठूलो रेकर्ड हो । सन् २००७ मा ६५ जनालाई , सन् २००६ मा ७० जनालाई र सन् २००५ मा ९० जना अमेरिकाको भिसा बोकेर आएका नेपालीलाई सीमा नाकाबाट अमेरिका छिर्न नदिई नेपाल फिर्ता पठाइएको थियो । सन् २०१३ मा विश्वभरबाट अमेरिकाले २ लाख ४ हजार १ सय ८ जनालाई सिमा नाकाबाट अमेरिका छिर्न नदिई उनीहरुकै देशमा फिर्ता पठाएको थियो । सन् २०१३ मा अमेरिकामा छिर्न नदिएर फिर्ता विश्वभरबाट फिर्ता पठाइएकाहरुमध्ये विमानस्थलबाट २४ प्रतिशत, सामुन्द्रिक नाकाबाट २५ प्रतिशत र बाँकी स्थलनाकाबाट अमेरिका आउँदै गरेकाहरु थिए
कञ्चनपुर, आश्विन ३० । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सुकुम्बासी समस्या समाधान आयोग खारेजीको माग गरिरहेको बेला कञ्चनपुरमा भने भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारसँग आवेदन लिन थालिएको छ ।
गत भदौमा गठित आयोगले दुई सातासम्म सरकारी तथा गैर सरकारी निकायसंग छलफल गरी आवेदन लिन थालेको हो । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित जग्गा समाधानका लागि पहिलो चरणमा निवेदन संकलन गर्न थालिएको आयोगकी अध्यक्ष भुवनेश्वरी रावलले बताइन ।
निवेदनबारे छलफल गरी जग्गा प्रदान गरिने योजना आयोगको छ । अहिलेसम्म करिव ३ सय जनाले आवेदन दिएका छन् ।
आयोगले अव्यवस्थित जग्गाको पूर्जा बनाई दिने, भूमिहीन र सुकुम्बासीलाई सहरी क्षेत्रमा १२ धुर र ग्रामीण क्षेत्रमा १ कट्टा १० धुरसम्म जग्गा निःशुल्क रुपमा उपलब्ध गराइने बताएको छ ।

मलेसिया, असोज २६ - नुवाकोटको दुई पिपलका शैलेश तामाङ ७ महिनाअघि मलेसिया उड्दा उहाँका हात गोड सग्ला थिए ।
२० वर्षका लक्क जवान तामाङ हेर्दा निक्कै फुर्तिलो हुनुहुन्थ्यो ।
तर अहिले परिस्थिती फेरिएको छ । मलेसियाको पुगेको ३ महिनामै हातका दुई वटा औंला गुमाएपछि अब उहाँसँग पुरानो फूर्ति र जोश छैन । गाउँमै बसेर १२ कक्षा पढ्दै गरेका उहाँमा एक्कासी बिदेश जाने भूत चढ्यो । ‘गाउँका सबै साथी बिदेश गएको देखेर मलाई पनि बिदेश जान मन लाग्यो’ उहाँ भन्नुहुन्छ ‘मलाई पनि एक पटक बिदेश देख्न मन लाग्यो ।’
४ महिनाअघि काठमाडौंको डमरु ओभरसिजलाई १ लाख ५० हजार रुपैयाँ तिरेर मलेसिया पुगेपछि उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । कारण उहाँलाई म्यान पावर कम्पनीले पेपर प्याकिङ कम्पनीमा काम गर्ने भनेर झुक्याउँदै फर्निचर कम्पनीमा पठाएको थियो ।
म्यानपावरले आफूलाई झुक्याएर विदेश उडाएको सम्झँदै उहाँ भन्नुहुन्छ ‘हामीले यहाँ आएर पलबक्स इन्डस्ट्रिज सप्लाई नामको सप्लायर कम्पनीको मातहतमा काम गर्नु पर्यो ।’
भने अनुसारको काम नपाएपछि आएको पहिलो महिना नै उहाँले स्वास्थ्य परीक्षण गर्न मान्नु भएको थिएन पनि । ‘तर के गर्ने नआउनु आइहालियो, पैसा फसिहाल्यो, बाध्य भएरै पनि स्वास्थ्य परीक्षण गरियो, काममा लागियो’ भाबुक मुद्रामा तामाङ्गले बताउनुभयो ।
पेपर कम्पनीका लागि भनेपनि बाध्य भएर फर्निचर बनाउने कम्पनीमा काम गरेका उहाँ विस्तारै सबै काम सिक्दै हुनुहुन्थ्यो । काठमा काँटी ठोक्ने, प्लाइउड बनाउने, काठ चिर्ने जस्ता सबै काम सिकिसकेका उहाँका लागि गएको जुनको ४ तारिख कालो दिन भयो । काठ चिर्दै गर्दा उहाँको हातका दुई वटा औंला काठ चिर्ने मेसिनमा परेर काटियो । उहाँको हात काटिएको दिन उहाँले मलेसियमा पाइलो टेकेको ३५ दिन मात्र भएको थियो । ‘म त्यो दिन काठलाई चिल्लो बनाउन मेसिनमा काठ छिराई रहेको थिएँ, त्यै बेलामा खै कसरी कसरी मेरो हात मेसिनमा पर्यो ।’ अनुहार राता रातो पार्दै उहाँले चार महिनाअघिको दुर्घटना सम्झनुभयो ‘मेरो हातको औंला काटिएको मलाई राम्रोसँग याद छ ।’
औला काटिने वित्तिकै भुईंमा लडेका तामाङका साथीहरुले हातमा कपडा बेरिदिएर रगत बग्न रोक्ने प्रसाग गरेका थिए । दुर्घटनामा परेको बेला कम्पनीका जिम्मेवार मानिस काम गर्ने ठाउँमा नभएकाले सँगै काम गर्ने एक महिलाका श्रीमानले ट्याक्सी बोलाएर काजाङ्ग अस्पतालमा लगेको उहाँ बताउनुहुन्छ ।
मात्र दुई दिन अस्पतालमा बसेर उपचार गराएका उहाँ त्यसपछि ड्रेसिङ गराउन दिन विराएर अस्पताल पुग्नुहुन्थ्यो । तर घाउ निको नभएपछि दुई पटक अप्रसन नै गर्नु परेको भन्दै उहाँले भन्नुभयो ‘त्यसपछि चाहिँ मलाई केहि निको हुँदै गएको जस्तो अनुभव हुन थाल्यो ।’
औला काटिएपछि जागिर गयो
जुन कम्पनीमा काम गर्दा उहाँले हातका औला गुमाउनुभयो । त्यही कम्पनीले पछि उहाँलाई कामबाट निकालिदियो । १५ दिन आराम गरेपछि फेरि काममा फर्किएका तामाङ काम गर्न नसकेको भन्दै कम्पनीले कामबाट निकालिदिएको बताउनुहुन्छ । ‘पहिलो जस्तो र अरुको जस्तो काम गर्न नसके पनि आफूले सक्दो गरेको थिएँ’ तामाङले भन्नुभयो ‘तर एक दिन कम्पनीले अरु समान काम नगर्ने हो भने तलब दिन सक्दिँन भन्यो ।’ त्यसपछि आफू काममा जान छाडेको उहाँ सुनाउनुहुन्छ ।
एकातिर औंला गुमेको पीडा त अर्कोतिर कम्पनीले काम नदिएपछि खानका लागि साथीहरुको भर पर्नु पर्ने बाध्यता । उहाँलाई कम्पनीले नेपाल फिर्ता पठाउने पहल पनि गरेको छैन र मलेसियमा खाने, बस्ने र औषधी उपचारको व्यवस्था पनि ।
उपचार गराउँदा काममा अनुपस्थित भएपछि तलब कट्टा भएको थियो । उहाँले त्यो तलब पनि पाउनु भएको छैन र दुर्घटना बिमाको रकम पनि पाउनु भएको छैन । चार महिनादेखि साथीहरुको सहयोगमा बसिरहेका तामाङ अहिले सहयोगका लागि जी फन्ट सपोर्ट ग्रुप मलेसियाको शरणमा पुग्नु भएको छ । जी फन्ट सपोर्ट ग्रुप मलेसिया अध्यक्ष जनक बिकले तामाङको पुरै हात नै काम नलाग्ने भएकोले उहाँले पाउने बिमा र राहतको रकम उपलब्ध गराएर मात्र नेपाल फर्काउन पहल थालिएको बताउनुभयो ।
via -ujyaaloonline.

टोकियो । जापानको तोयामा केनको न्युजेन शहरमा रहेको हाक्केन कम्पनी मार्फत होकुसेइ रवर कम्पनी र सोहि कम्पनीको नजिकै रहेको शाखामा (गाडीको सिट बनाउने) काम गर्दै आएका ५२ जना पक्राउ परेको खुलासा भएको छ ।
पक्राउ पर्नेमा ३२ जना भियतनामी, १८ जना नेपाली र २ जना जापानी नागरिक रहेका छन् । पक्राउ परेकाहरु औद्योगिक प्रशिक्षार्थी र विद्यार्थी भिषाका रहेतापनि कम्पनी र स्कुल छाडी वर्क परमिट बिनै काम गर्दै आएको बुझिएको छ ।
नागोया इमिग्रेसन ब्युरोलाई उदृत गर्दै जापानमा रहेका नेपाली अनोज शाक्यले पक्राउ परेका मध्ये २ जना भियतनामीलाई अपराध सम्बन्धि मुद्दा दर्ता गरी प्रहरी चौकीमा लगिएको र कम्पनीका २ जापानी नागरिकलाई नियम विपरीत काममा लगाएको भन्दै प्रहरीले लगेको बताए ।
पक्राउ परेका जापानी नागरिकमा २२ वर्षीय एगुची र ३१ वर्षीया उवानो छिन् । पक्राउ परेका अन्यलाई भने इमिग्रेसन ब्युरोमा अनुसन्धानका लागि राखिएको छ ।
पक्राउ परेका २ जापानीले इमिग्रेसनको नियम आफूहरुले थाहा नपाएकाले भुल भएको भन्दै रिहा गर्न प्रहरीलाई अनुरोध गरेका छन् ।
पक्राउ परेका अधिकांश औद्योगिक प्रशिक्षार्थी र विद्यार्थी भिसा भएकाहरु छन् । हाक्केन कम्पनी मार्फत काम गर्नेहरु जापानको विभिन्न सहरबाट तोयामा पुगेका थिए ।
- See more at: http://www.nepalsandesh.com/2014/10/09/106095#sthash.qzX2ITiW.uwrbT5LG.dpuf
पक्राउ परेका अधिकांश औद्योगिक प्रशिक्षार्थी र विद्यार्थी भिसा भएकाहरु छन् । हाक्केन कम्पनी मार्फत काम गर्नेहरु जापानको विभिन्न सहरबाट तोयामा पुगेका थिए ।
दक्षिण कोरियामा नेपाली काम गर्ने एक कम्पनीमा आगलागी भएको छ ।राजधानी सउलबाट करिव ८० किलोमिटरको दुरीमा रहो यन्जुस्थित दुक यो प्लास्टिक र रबर कम्पनीमा बुधवार अपरान्ह ३ बजे आगलागी भएको हो ।उक्त कम्पनीमा १९ जाना नेपाली कार्यरथ रहेको कृष्ण गुल्मेलीले बताए । आगलागीमा दुई जाना कोरियन समान्य घाइते भएका छन् भने सबै नेपालीहरू सकुशल छन् ।
आगो सल्किएको थाहा भएन एक्कसी धुवाको मुस्लोमात्र देखिएपछि भागदैाड मच्चियो । ज्यान बच्ला जस्तो लागेको थिएन तर बचिँयो-गुल्मेलीले भनेका छन् ।बिजुलीको को तार सट भएर आगलागी भएको बताइएको छ । उक्त कम्पनीमा १९ जाना नेपाली सहित १३० जाना कार्यरत थिए ।
नवराज बस्नेत । अबुधाबी युएई
आफ्नो परिवारलाई सुखी र खुशी राख्ने चाहना कसलाई पो हुदैन र यस्तै सोच्दै ग्याप्चा ३ मोरङ् कि कमला लामा (नाम परिबर्तन) ले केही गर्ने सोच गरिन ।
मोरङ्कै मिलन तामांगसंग उनले आफ्नो दुस्खेसो पोखिन् । मिलनले सुर्य तामांगसंग चिनजान गराईदिए । सुर्य तामांगकै अनुरोधमा उनी काठमाडौँ पुगिन् ।
काठमाडौँ आएपछि सुर्य तामांगले तिमीलाई राम्रो र धेरै पैसा कमाउने ठाउँमा विदेश पठाईदिन्छु तर मैले भनेको मान्नु भन्ने सर्त गराए । उनले गाउँको स्कुलमा जम्मा ५ कक्षा सम्मको अध्ययन गरेकी थिइन् । काठमाडौँको एक गेस्ट हाउसमा करिब तीन महिनाको बसाई पछि उनलाई दुबई पुर्याइयो । दुबई पुग्दा सम्म सुर्य तामांगलाई रु २५,०००, उनी बसेको गेस्टहाउसलाई रु १०,००० बुझाएको उनी सम्झना गर्छिन । तामांगको भनाइ अनुसार दुबईमा खान बस्न र मासिक १,२०० युएई दिराम पाइन्छ भनेका थिए तर उनले बल्ल तल्ल ८,०० युएई दिराम पाइन् र उक्त मासिक तलब पनि उनले समयमा पाउन सकिनन् ।
उनले काम गर्दै आएको घरमा सात जनालाई खाना बनाएर खुवाउनु, घरको सरसफाई गर्नु, बगैचामा पानी लगाउनु लगाएत सम्पूर्ण काम गर्नु पर्ने थियो । तर पनि उनलाई गालीगलौज गर्ने, समयमा तलब नदिने र कुटपिट समेत भएपछि सहन नसकेर उनी उक्त घर छाडेर अन्य कतै भाग्ने वा मर्ने मनस्थितिमा पुगिन ।

जाऊ कतै चिनेको सहारा दिने कोही छैन धेरै पिडामा थिइन् रे एक दिन बगैचामा पानी लगाउदै गर्दा एक जना बंगाली संग उनको चिनजान भएछ । उक्त बंगालीले झुटो आस्वासन दिएर काम गर्दै गरेको त्यस घर छाड्न लगायो भन्छिन उनि । काम गरेको घरमा आफ्नो सबै समान छाडेर उनी बंगालीले बताए अनुसारको स्थानमा पुगिन् । बंगालीले अनैतिक कार्यमा लगाउने प्रयास गर्दै गर्दा नेपाली ट्याक्सी ड्राइभरसंग भेट भएछ । उक्त ड्राइभरलाई आफ्नो सबै दुःख सुनाउदै मोबाइल न. पनि लिने र दिने गरिन् ।
ट्याक्सी ड्राइभरले लामाको सम्पर्क न. र उनले पाएको सबै दुःख को बारेमा नेपाली प्रवासी श्रमिक संघ युएइका संयोजक नवराज बस्नेतलाई सुनाए । त्यस पछि संयोजक बस्नेत र लामाको बिचमा कुराकानी भयो । त्यसपछि संयोजक बस्नेत सहितको श्रमिक संघको टोली उनी भएको स्थान पत्ता लगाई उक्त स्थानबाट ट्याक्सीमा नेपाली राजदूतावासमा ल्याइदिए । अहिले भने उनी नेपाली राजदुत धनन्जय झा संग भेट भएपछि अब चाडै नेपाल फर्कने आसा गर्दै राजदूतावासको सेल्टर कोठामा बसेकी छन् ।
- See more at: http://nepaliheadlines.com/2014-10-08-10-27-51.html#sthash.n2dsgBbr.dpuf
काठमाडौ, असोज २२ – बैदेशिक रोजगारीको लागि खाडी मुलुकमा रहेका नेपाली युवायुवतीहरु मेसिन रिडेवल पासपोर्ट (एमाआरपी)को लागि आवेदन दिने र चार महिनामा पछि लिने कार्य कुनै युद्ध जिते भन्दा कम नभएको सुनाए । दशै मनाउन तीन साता अघि स्वदेश आएका युवाहरुले यस्तो धारणा ब्यक्त गरेको कान्तिपुर दैनिकले खबर लेखेको छ । ‘हामीले एमाआरपी लियौ तर तीन महिनामा कुन तरिकाले पाइयो र कति दूख ब्यवधान खप्न पर्यो हामीलाई नै थाहा छ,’ विमानस्थल जानेक्रममा उनीहरुले बताए । काम छोडेर राहदानीको लागि पटक पटक दूतावास पुग्न पर्ने अवस्था छ । अहिले त विभागको वेवसाइटमा राहदानी बनेको विवरण राखिदिएको हुन्छ तर दूतावासमा पुग्दा पाइदैन यस्तो कैयन समस्या छ, उनीहरुले बताए । ‘हामी ड्राइभरहरुलाई निकै ठूलो मार परेको छं । हरेक मुलुक प्रवेशसंगै ‘प्रवेश छाप’ लगाउने हुनाले छ महिनामा नै राहदानीको पेज सकिने समस्या छ । जसले गर्दा एउटा एमआरपी लिएकै दिन अर्कोको लागि आवेदन दिने गरेका छौ,’ नवलपरासी घर बताउने लरि चालक हरि भुसालले भने । छाप लगाउने विषयमा खाडी मुलुकले पुर्नविचार गर्न सक्ने जानकारी दूतवासले दिए पनि अझै राहदानीमा नै छाप लगाउने गरेको उनले बताए । दुवाईबाट विदामा आएका चितवन रत्ननगर नगरपालिका सातका निर्मल सिंजालीले भने, ‘मैले त आवेदन दिएको ९६ औ दिनमा राहदानी पाए र भिसा पनि सारे अनि विदामा घर आएँ । म सँगै काम गर्ने कतिपय नेपाली हस्तलिखित राहदानीमा भिसा सकिन लागेको र एमआरपी आवेदन दिएको दुईमहिना हुदा पनि नआइपुगेर भिसा सार्नको लागि एमआरपीको दिन कुर्न बाध्य छन् ।’ उनीहरु प्रतिनिधी पात्र हुन २५ लाख बढि नेपालीले मलेसिया र खाडीमुलुकमा यस्तो समस्या भोगिरहेका छन् । कतिको राहदानी बनेर पुग्दा नाम जन्म तथा मिति विग्रने र पुन बनेर जान पहिलेको जस्तै समय लाग्ने पिडा पनि उस्तै छ । सन् २०१५ को नोभेम्वर २४ देखि हस्तलिखित राहदानी विश्वभर अमान्य हुने भएपछि एमआरपी बनाउनेहरुको चाप बढेको हो । दूतावासमा राहदानीको लागि आवेदन दिनेहरु दैनिक तीन सय भन्दा बढि जम्मा हुने हुनाले आवेदन दिनु र बनेको राहदानी लिनु भनेको कुनै युद्ध जिते सरह छ, उनीहरुले बताए । दूतावासमा राहदानीको लागि आवेदन संकलन गर्ने र उक्त आवेदन ‘डिप मेल’ गरेर कुरिअर मार्फत काठमाडौं पठाइन्छ । त्यो आइपुगेपछि राहदानी विभागले आवेदनको आधारमा एमआरपी तयार गरेर पुनः सोही प्रक्रियामा दूतावासलाई पठाउछ । जसले गर्दा समय लागेको हो । तर सबै दूतावासमा उच्चस्तरको ‘स्क्यानर’ राखेर वा ‘लाइभ इनरोलमेन्ट’ -त्यही फोटो खिचेर विवरण भरेर पठाउने विधी) अवलम्वन गरेमा एक महिना भित्रै राहदानी पाउने अवस्था रहने थियो । सरकारले लामो समय देखि यो प्रणालीमा जाने भने पनि त्यसमा जान सकेको छैन् । जनतालाई सुविधा हुने यस्ता विषयहरु कागजमा सीमित भएका छन् । राहदानी विभागका निर्वतमान महानिर्देशक रमेशप्रसाद खनालले आफ्नो तर्फबाट सबै प्रयास भइसकेको र सुझाव सहित प्रस्ताव समेत दिइसकेकोले अव नेतृत्वको निर्णयमात्र बाकी रहेको बताए । नवनियुक्त महानिर्देशक लोकबहादुर थापाले यस्ता समस्याहरुलाई समाधानको लागि प्रयास गर्ने बताएका छन । कतिपय दूतावासले पुगेको राहदानी समेत नबाडेकोले अहिले विभागले राहदानी गएलगत्तै सबैको विवरण वेवसाइटमा राख्ने गरेको छ । यो समस्या दूतावासमा मात्र छैन जिल्लामा पनि रहेको छ । यो समस्या २०६७ पुस १२ देखि एमआरपी जारी गर्न थाले देखि कै हो । अहिलेसम्म २३ लाख भन्दा बढि एमआरपी विभागले जारी गरिसकेको छ भने औसतमा १५ सय नेपाली दैनिक विदेशीएका छन् । अझै १५ लाख भन्दा बढि हस्तलिखित विस्तापित गर्नपर्नेछ । - See more at: http://www.ratopati.com/2014/10/08/172414.html#sthash.rWiQ6wQX.VrRyqMw2.dpuf
कोस्टारिका, असोज २०– गैरकानुनी रुपमा अमेरिका जाँदै गरेका नेपालीहरुलाई एक महिनाको अवधिमा दुई पटक पक्राउ गरेको छ । यस्तै फेरि गैर कानुनी रुपमा अमेरिका जाँदै गरेका थप ८ जना नेपालीको समूह कोस्टारिकामा पक्राउ परेका छन् । कोस्टारिकाको पन्टारेनासमा पिकअप ट्रकमा लुकेर यात्रा गर्दै रहेका आठ जना नेपाली एक साताअघि पक्राउ गरेको कोस्टारिकाको टिको टाइम्स पत्रिकाले जनाएको छ । गाडीलाइै रोक्न खोज्दा ती यात्रुहरु भने भाग्न खोजेका थिए । तर लुकेर रहेका ती यात्रुहरुलाई सुरक्षाकर्मीले समातेर सोधपुछ गर्दा नेपालबाट आएको बयान दिएको सो पत्रिकाले उल्लेख गरेको छ । यसअघि पनि दुई छुट्टाछुट्टै स्थानबाट नेपाली नागरिक पक्राउ परेका थिए । नेपाली एजेन्टहरुले नै मोटो रकम असुली गरेर गैरकानुनी रुपमा पनामा हुँदै अमेरिका पुर्याउने काम गर्ने गर्दछन् । कोस्टारिकामा पक्राउ पर्ने नेपालीहरुलाई गैरकानुनी रुपमा अर्काको देशमा प्रवेश गरेको हुनाले अध्यागमनसम्बन्धी एैन अनुसार कारबाही हुने बताएको छ ।