ब्राजिलको दक्षिणी पैरेना राज्यको कास्काभेल सहरको एक कारागारमा भएको दंगामा चारजना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुईजनाको शीरछेदन गरिएको थियो भने दुई जनालाई छतबाट खसालिएको अधिकारीहरुले जनाएका छन् । घटनामा केही कैदी घाइते भएका छन् ।
११ सय ४० कैदी रहेका कारागारमा आइतबार बिहान करिब ७ सय कैदी अचानक हिंसा र तोडफोडमा उत्रिएका थिए । कैदीहरु कारागार सञ्चालन, खाना लगायतका विषयमा माग राख्दै आएका थिए ।
कैदीहरुले दुईजना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएका छन् भने कारागारको धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् । ब्राजिलका विभिन्न कारागारमा करिब ५ लाख कैदीहरु रहेको बताइन्छ
सुनकोशीमा गएको पहिरो पीडितहरूको सहयोगार्थ नेपाली जन सम्पर्क समिति वेष्ट टेक्सास च्याप्टरले एक लाख बीस हजार रुपियाँ संकलन गरेको छ ।
पहिरो पीडितको सहयोगार्थ प्रदर्शन गरिरएको चलचित्र “नाई नभन्नु ल -२”को प्रदर्शन बाट उठेको उक्त रकम नेपाल सरकार प्रधानमन्त्री कोषमा जम्मा गरिनेजानकारी नेजस वेष्ट टेक्सास च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले दिए। शुक्रबार स्टेफनभिलमा विकास आचार्य निर्देशित चलचित्र “नाई नभन्नु ल -२” प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा चलचित्रका सम्पर्कशुत्र बिकासराज न्यौपानेले दैबी प्रकोपमा परेका नेपालीहरुको सहयोगका लागि केहि गर्ने भन्ने हरिबोल भण्डारीको पवित्र मनसाय देखेर आफुले कलाकार सरोज खनाललाई अनुरोध गरेपछि कार्यक्रम सम्भव भएको बताए ।
उपस्थित दर्शकहरुलाई सम्बोधन गर्दै कलाकार सरोज खनालले पवित्र कामको लागि भएकोले निर्माता निर्देशक बिकाश आचार्यलाई नसोधिकन चलचित्र उपलब्ध गराएको उल्लेख गरे । उनले यस्ता राम्रो कामको लागि आफू कहिल्यै पछि नपर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा स्थानीयका अतिरिक्त ड्यालास ,फोर्थवोर्थ , वेदरफोर्टलगाएतका नेपालीहरुको उपस्थिति थियो ।

हिन्दु धर्म प्रचारका लागि अमेरिका पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा स्वामी विष्णु प्रपन्नाचार्य भनिने विजय भण्डारी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनले नेपालको विभिन्न स्थानमा धार्र्मिक कार्यक्रम सञ्चालन गरी सर्वसाधारणलाई अमेरिका पठाइदिने प्रलोभन दिएर रकम उठाएका थिए।
गुल्मी वस्तु ३ घर भई हाल सीतापाइला बस्ने भण्डारीले सर्वसाधारणहरूसँग मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा रकम उठाएको प्रहरीले जनाएको छ। प्रहरीमा परेको उजुरी अनुसार उनले विभिन्न व्यक्तिबाट १७ लाख लिएको खुलेको छ। अमेरिका पठाउने आश्वासन पूरा नभएपछि पीडितहरू उजुरी लिएर प्रहरी कार्यालय पुगेका थिए।
nagariknews.com
किर्तिमानका लागि मानिसले विभिन्न काम गर्छन् । इटालीमा भने २ किलोमिटर लामो टेबुल बनाएर विश्व किर्तिमान कायम गरिएको छ ।
इटालीको लुका सहरमा टेबुलहरु एक आपसमा जोडेर २ किलोमिटरको टेबुल तयार पारेर किर्तिमान कायम गरियो ।
२ किलोमिटरको लाइन तयार पार्न २.२ मिटरका ९ सय ९ वटा टेबुल एक आपसमा जोडिएको थियो ।
ज्ाुन २७ मा लुकाको पर्खाल निर्माणको ५ सयौँ वर्षगाँठ मनाउन यस्तो किर्तिमानी कार्यक्रमको आयोजना गरिएकोथियो ।
पन्ध्र घण्टाको समय लगाएर ९ सय ९ वटा टेबुल एक आपसमा जोडिएको थियो । २ किलोमिटरको टेबुल बनाएसँगै त्यहाँ भव्य पार्टी समेत भयो ।
भिडियो हेर्नुस्
ब्यूटीपार्लरको काममा दुबई गएका तीनजना नेपाली युवती अलपत्रमा परेका छन् ।
मकवानपुरको सरिखेत गाविस –९ का एकजना र चितवन जिल्लाका दुईजना युवती (उनीहरुकै आग्रहमा नाम सार्वजनिक नगरिएको) बिचल्लीमा परेका हुन् ।
काठमाडौंमा रहेको ह्याप्पी नेपाल मेनपावर कम्पनीबाट झण्डै ५ महिनाअघि दुबईको शिखा लेडिज स्यालोन कम्पनी युमालक्विनमा पुगेका नेपाली युवती विगत एक महिनादेखि दुबईस्थित नेपाली राजदुतावासमा छन् ।
नेपालबाट पार्लरको कामको लागि गएको भएपनि सहमति अनुसारको काम र तलव नपाएको उनीहरुले टेलिफोन मार्फत गुनासो गरेका छन् । मकवानपुर सरिखेतकी २१ बर्षीय युवतीले भनिन् ‘मैले मेरो साथीहरुको माध्यमबाट तपाईँको सम्पर्क नम्बर लिएको हुँ, हामी बिचल्लस्मा पर्यौँ, हाम्रो बिषयमा समाचार लेखेर अन्य दिदीबहिनीलाई पनि बुझेर मात्र विदेश जानको लागि भनिदिनु र हामीलाई समेत नेपाल फर्काउनको निम्ति सहयोग गरिदिनु ।’
पार्लरको काम गर्ने सहमति गरेर दुबई पुगेको भएपनि एग्रिमेण्ट पेपरमा उल्लेख गरिए अनुसारको आफूहरुलाई कुनैपनि काम नदिएको उल्लेख गर्दै रुन्चे स्वरमा उनले थपिन् ‘हामीलाई पार्लरको काम त कता हो कता, उनीहरुको घर सफा गर्ने, कपडा धुने, लुगा धुने र ट्वाइलेट सफा गर्ने काम लगाइयो । सुरुको केही महिना यस्तै काम गर्नुपर्ने होला भनेर जे भन्यो त्यही काम मान्दै गयौँ, हामीलाई १२ सय दिराम दिने सहमति भएको थियो, तर जम्मा एक हजार मात्र दियो, त्यसमा पनि दुईसय दिराम उल्टै फिर्ता लिन्थ्यो ।’
तीन महिनासम्म उनीहरुले अह्राए अनुसारको काम गर्दै आएको भएपनि पार्लरको काम नदिने अवस्था देखिएपछि कम्पनी छोडेर नेपाली राजदुतावासमा पुगेको उनले बताइन् । कम्पनीका मालिकले केटीहरु बस्ने सबै कोठामा सिसी क्यामेरा जडान गरेको र आफ्नो गतिबिधिहरु क्यामेराबाट नियालेर बस्ने गरेको समेत उनले बताइन् । ‘मसँगै चितवन जिल्लाका दुईजना केटी साथी गरी हामी तीनजना दुबईमा रहेको एम्बेसी एक महिनादेखि शरण लिएर बसेका छौँ, तर हाम्रो लागि आजको दिनसम्म सहयोगको नाममा ‘स’ समेत पनि गरेका छैनन्’ उनको गुनासो थियो ।
दुबईका लागि नेपाली राजदुत धनन्जय झा, श्रम–सहचार्य हिरादेवी पौडेल, लेखापाल संगीता न्यौपाने, नेत्रबहादुर चन्दन, र सचिव कृष्ण अर्याललाई पटक–पटक भेटेर शिखा लेडिज स्यालोन कम्पनीमा काम गर्न नसक्ने जानकारी दिइ नेपाल फर्काउनको निम्ति आग्रह गर्दा उल्टै आफूहरुले गाली खान परेको उनले बताइन् ।
काम गर्न असहज भएपछि कम्पनीबाट भागेर नेपाली दुतावासमा पुगेको तर दुतावासका कर्मचारीले उल्टै कम्पनीका हाकिमहरुलाई फोन गरेर आफ्ना बिषयमा जानकारी दिएको चितवनकी युवतीको गुनासो थियो । नेपालमा खान नपाएका यहाँ आएका त हौ नि, अब नेपाल र आफ्नो आमाबाबु तथा परिवारलाई बिर्सिदेउ भन्दै गाली गर्ने गरेको उनले बताइन् ।
‘दुःखमा परेका बुवाआमालाई सुख दिन सकिन्छ कि आफ्नो भविष्य बनाउन सकिन्छ कि भनेर सकिनसकी दुःख गरेर, ऋण काटेर यहाँ आइयो’ ती युवतीले रुँदै भनिन्, ‘तर यहाँ हामी यस्तो बिचल्लीमा परेका छौँ । प्लिज हाम्रो नाम उल्लेख गर्नुभयो भने हाम्रा परिवारले चिन्ता लिने छन्, हामी आफ्नै देश आउन चाहन्छौँ, हामीलाई सहयोग गरिदिनुस् ।’
दुबईमा भेटिएका केही नेपाली यूवाहरुले बिचल्लीमा परेका तीनैजनालाई नेपाल पठाउन सहयोग गरिदिने तर उनीहरुको चाहना पूरा गर्नुपर्ने सर्त राखेको सम्झिँदै उनले अप्ठेरोमा परेको अवस्थामा कसैले सहयोग नगर्ने रहेको गुनासो गरिन् ।

संयुक्त अरब इमिरेट्स (युएइ)मा मृत्यु दण्डको सजाए सुनाइएका संखुवासभा मत्स्यपोखरी- ३ का अनिश खालिङलाई बचाउन ८१ लाख रुपैयाँ 'ब्लड मनी (मृतकका परिवारले स्वीकार गरेको रकम)' बैंकमा जम्मा भएको छ । नेपाल सरकारले दिएको ५० हजार रुपैयाँ बीउ रकम (सीड मनी) सहित अनिश खालिङ बचाऊ अभियान समितिले युएइको मुद्रा ३ लाख ५ हजार डिराम्स बराबर ८१ लाख ९ हजार ९ सय ५० रुपैयाँ वैदेशिक रोजगार प्रवर्धन बोर्डको खातामा जम्मा गरेको हो ।
पाकिस्तानी एक नागरिकको हत्याको आरोपमा मृत्युदण्ड फैसला सुनाईएका अनिश २३ वषर्ीय खालिङ ०६९ कार्तिक ९ देखि जेलमा छन् । मृतकका परिवारले ब्लड मनी स्वीकार गरेकोले युएईको अदालती प्रकृया अनुसार परिवारले रकम बुझेपछि उनी छट्ने प्रकृया सहज हुने छ ।
खालिङलाई मृत्युदण्डबाट बचाउन विशेष गरी विदेशमा बस्ने नेपालीबाट ठूलो मात्रामा रकम संकलन भएको अभियान समितिका सह संयोजक सुजन खालिङले कान्तिपुरलाई बताए । 'साढे ३ करोड रुपैयाँ जम्मा भएको छ, ब्लड मनी र केही खर्च कटाएर अरु रकमको ट्रष्ट बनाउँछौं' उनले भने, '२ करोड भन्दा बढीको ट्रष्ट हुन्छ र त्यो उनी जस्तै समस्या परेकाको उद्धारमा लगाउने छौं ।'
वैदेशिक रोजगार प्रवर्धन बोर्डले खालिङको ब्लड मनी जम्मा भइसकेको र त्योबारे युएई अदालतमा जानकारी दिन परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको बताएको छ । 'रकम जम्मा भइसक्यो अब सरकारले छिटो पहल गरेर खालिङलाई मुक्त गर्न सजिलो हुन्थ्यो' अभियान समितिका सुजन खालिङले भने ।

खोटाङ राजापानी-६ मापचुलीकी यमुना खत्री सुत्केरी ब्यथा लाग्दा बेलैमा अस्पताल पुग्न सकिनन् ।
दुर्गम गाउँमा बेलैमा अस्पताल पुग्न नसक्ने भएपछि उनलाई हेलिकोप्टरमार्फत् काठमाण्डौ त ल्याइयो तर, बच्चा बचाउन सकिएन् ।
बच्चा त जोगाउन सकिएन, यतिबेला आमा पनि अस्पतालको आइसीयुमा मृत्युसँग जुध्दैछिन् ।
अहिले उनको त्रिवि शिक्षण अस्पतालको आइसीयु ९ मा उपचार भइरहेको छ । स्वास्थ्य सुधारउन्मुख भएपनि आईसीयुमा बसेर उपचार गर्न निकै खर्चिलो भएका कारण खत्री परिवार यतिबेला चिन्तित छ ।
खत्री परिवारलाई सहयोग गर्न यतिबेला काठमाण्डौ र नेपालबाहिर मलेसिया र अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु भएको छ ।
काठमाण्डौमा हलेसी डेकोरको अगुवाईमा सहयोग संकलन भइरहेको छ ।
सहयोग गर्न चाहाने महानुभावले काठमाण्डौमा यमुनाका पति राजन खत्री (९८६२८४६५१७), आफन्त योगेन्द्र कार्की(९८५१०५०७९८), मलेसियामा मिलन कार्की(०१११६४९७९३८) र अष्ट्रेलियामा दीपक कार्कीलाई सम्पर्क गर्न सकिने छ ।

काठमाडौं, भाद्र १ । बेलायतको एक बन्दरगाहमा प्रहरीको कन्टेनरमा लुकेर आएका ३५ जनालाई बेलायती प्रहरीले नियन्त्रणमा लिएको छ । बेल्जियमको जीब्रगबाट बेलायतको टिलबरी बन्दरगाहमा कन्टेनरमा लुकेर आएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
कन्टेनरमा रहेका एक जना मृत अवस्थामा फेला परेका छन् । दक्षिण एशियाली मूलका देखिने उनीहरुमा धेरैजसो बालबालिका छन् ।
कन्टेनर बन्दरगाहमा उत्रने बित्तिकै बालबालिका चिच्याएपछि प्रहरीले खानतलासी थालेको थियो । कन्टेनरमा रहेका अधिकांश विरामी परेका छन् । नियन्त्रणमा लिइएकाहरु कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन ।
imagekhabar.com

गोरखा : घरेलु कामदारका रूपमा साउदी अरेबियामा काम गर्दै आएकी तनहुँ भिमाद ३ भाबरकी ३२ वर्षीया शोभा परियारलाई मृत्युदण्ड दिएको खबरले सिंगो गाउँ स्तब्ध भएको छ। दुईवर्षे बालकको घाँटी रेटेर हत्या गरेको आरोपमा शोभालाई मृत्युदण्ड दिइएको हो। शोभालाई मृत्युदण्डको खबरले परिवारजनमा रुवाबासी छाएको छिमेकी केशवराज कँडेलले बताए। सान्त्वना दिने गाउँले र छिमेकी शोभाको घरमा भीड लागेको छ।
साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसँग मंगलबार बिहान भएको टेलिफोनवार्तापछि घटनाको पुष्टि भएको जानकारी कँडेलले दिए।'राजदूत पाण्डेसँग मेरो डेढदुई घन्टा लामो कुराकानी भयो। पीडित परिवारले ब्लड मनी लिन अस्वीकार गरेपछि शोभालाई मृत्युदण्डको सजाय दिइएको रहेछ', उनले भने। शोभालाई सोमबार मात्रै मृत्युदण्ड दिएको जानकारी आफूले पाएको कँडेलले बताए।
शोभाका ६४ वर्षीय बुबा भीमबहादुर र ५५ वर्षीय आमा बुद्धिसरा परियार दु:खद घटना सुनेर मूर्छित छन्। शोभाका बुबा भीमबहादुरले छोरीमाथि आरोप लागेपछि जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रालय हुँदै दूतावासमा छोरीलाई फसाउन लागिएकोले आममाफी दिनुपर्ने माग गर्दै आएका थिए। 'दिदीले कत्ति पनि गल्ती गरेजस्तो लाग्दैन तर पनि हाम्रो माग सुनुवाइ भएन', उनकी बहिनी रेखाले रुँदै भनिन्।
तीन वर्षअघि तनहुँ दुलेगौंडाकै चुरेटा माइलाले उनीसहित तीन महिलालाई भारतको बाटो हुँदै साउदी अरेबिया पु:याएका थिए। एक वर्षसम्म शोभाले घरेलु कामदारका रूपमा काम गरेको भन्दै पैसा पठाउँदै आएकी थिइन्। त्यसबाट घरखर्च राम्रै चलेको थियो। २०६९ मा शोभालाई हत्याको आरोप लागेपछि मुद्दा चलेको थियो।
पति दीपकले अर्की पत्नी ल्याएपछि शोभा माइतीमा बस्दै आएकी थिइन्। शोभाका एक मात्रै छोरा दिवस पनि अपांग रहेको र आमाको मृत्युदण्डपछि बिचल्लीमा परेको गाउँलेले बताए। दिवस मामा घरमै बसी सोही ठाउँकै बालज्योति प्राविमा कक्षा ५ मा पढ्दै आएका छन्। गाउँलेले दिवसको शिक्षादीक्षा र लालनपालनमा सहयोग पु:याउन सरकारसमक्ष माग गरेका छन्।
छिमेकी कमला कँडेल, रमिला विक, सुकबहादुर परियारलगायतले शोभालाई मृत्युदण्ड दिइएको खबरले आफूहरू स्तब्ध भएको बताए। भिमाद गाविसका सचिव दधिराज पौडेलले सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय शोभाको मृत्युदण्डको खबरले आफू अचम्मित भएको बताए।