काठमाडौं,कार्तिक २८ – राजधानीको बागबजार स्थित रत्नराज्य क्याम्पसको पछाडी भव्य महल छ । त्यो महलको दोस्रो तलामा ‘द लाष्ट मिनेट ग्रयब डटकम’ लेखिएको होर्डिङ्ग बोर्ड देखिन्छ । होर्डिङ्गबोर्ड पछ्याउँदै जादा त्यहाँ यस्ता कोठाहरु छन् जहाँ सरकारले अवैध घोषणा गरेको नेटवर्किङ्ग व्यवसायदेखि हुण्डीसम्मको कारोबार हुनेगर्छ । नेपाली मूलका अष्ट्रेलियन नागरिक सुनील उप्रेती उक्त धन्दाका सञ्चालक हुन् । उक्त स्थानमा के के धन्दा चल्छ त ? अवैधानिक धन्दाको फेहरिस्त यस्तो छ ।
कोठा न : १
दोस्रो तला चढे लगतै एउटा कोठा देखिन्छ । त्यहाँ तपाइले अध्ययनको लागि विदेश जाने परामर्स पाउनुहुनेछ । विद्यार्थी भिसामा अष्ट्रेलिया, जापानलगायतका देश जाने काउन्सेलिङ्ग त्यहाँ गरिन्छ । त्यहाँ कन्सल्टेन्सीको रुपमा तपाइलाई स्वागत गरिन्छ । अध्ययनको लागि विदेश पठाउने आश्वासन पनि दिइन्छ । अध्ययनको लागि अष्ट्रेलिया जान १० देखि १५ लाखसम्म तिरे पुग्छ भनिन्छ । तर एक जना विद्यार्थीसंग २४ लाखसम्म असुलेको भेटिएको छ । एक पिडित विद्यार्थीले यसरी ठगीएपछि विभिन्न निकायमा उजुरी गरिन् । तर, मालिक अष्ट्रेलियन भएकाले नेपाल सरकारले केहि गर्न सकेन । ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ मार्फत विद्यार्थीहरु अझै ठगिँदै आएका छन् । विद्यार्थी मात्रै होइन ट्रेनिङ्ग भिसा र वर्क पर्मिट भन्दै एक जनाबाट ३० लाखसम्म असुल्ने गरेको पाइएको छ ।
कोठा न : २
संगैको अर्को कोठामा नेटवर्कीङ्ग व्यावसाय निर्वाध रुपमा सञ्चालन गरिन्छ । सर्वसाधारण ब्यापक रुपमा ठगिएपछि नेटवर्कीङ्ग व्यावसायलाई सरकारले प्रतिबन्ध लगाएको छ । तर यहाँ त्यो नियम लागु हुँदैन । सो व्यावसायका विजनेस म्यानेजर बताउने राजेश श्रेष्ठले रातोपाटीलाई प्राप्त अडियोमा भनेका छन्, ‘नेपालमा अनलाइन नेटवर्किङ्ग विजनेस त्यति राम्रो छैन तर हामी नेपालीहरुलाई सिकाउने फेजमा छौं यो क्रम जारी रहनेछ ।’ सञ्चालक को हुनुहुन्छ भन्दा उनले भने ‘उहाँ नेपालका हुनुहुन्न अष्ट्रेलियन नागरिक भएको हुन् ।’ ‘लास्ट मिनेट ग्राय्ब नेपाल’ यसको मालिक पनि उनै उप्रेति हुन् । जून नेपाल सरकारले अवैध घोषणा गरेको नेटवर्कीङ्ग व्यावसाय हो ।
कोठा न: ३
तेस्रो कोठामा एसएनएस ट्राभल पोइन्ट, लेखिएको छ । एक कर्मचारीका अनुसार सो कोठामा ट्राभलको काम अक्सर हुने गर्दछ तर त्यहाँ ट्राभल भन्दा पनि हुण्डीको व्यवसाय भने व्यापक चल्ने गरेको छ । सरकारले हुण्डी कारोबार गर्न रोक लगाएको छ तर यहाँ सरकारी रोकको कुनै वास्तै हुदैन । ती कर्मचारी भन्छन् ‘कारोबार निर्वाध रुपमा चलिरहेको छ ।’
राजश्व छलिको उजुरी परेपछि अन्तरिक राजश्व विभागले सो कम्पनिमा छापा मार्यो । दर्ता कसको नाममा भनेर बुझ्दै जाँदा पत्ता लाग्यो, राम प्रसाद उप्रेतीको नाममा रहेछ । राजश्व विभागका अनुसार दर्ता नाम र व्यवसायी फरक फरक भेटिएको छ । रातोपाटीलाई प्राप्त कागजातमा चार वटै कारोबारको मालिक भने सुनिल उप्रेति लेखिएको छ । तर संस्था भने अर्कैको नाममा दर्ता छ । यहाँ हुने सम्पूर्ण कारोबारको रकम भने सिधै अष्ट्रेलिया पुग्ने गरेको ती कर्मचारी बताउँछन् । यी विभिन्न चार व्यावसाय (ट्राभल, कन्सलटेन्सी, हुण्डी, र नेटवर्किङ्ग व्यावसाय) को फोन नम्बर भने एकै छन् ।
विभिन्न स्थानमा झुटो शाखा कार्यालय
वेभसाइटमा आम मानिसलाई विश्वास दिलाउन देशका विभिन्न स्थानमा शाखा कार्यलय रहेको बताइएको छ । तर ति सबै झूटा हुन् । विराटनगर कार्यलय भनेर दिइएको नम्बर ९८४२०२७५२६ मा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफूलाइ कम्पनिकै विषयमा थाहा नभएको बताउँछन् । त्यस्तै अन्य स्थान,पोखरा,बुटवल विर्तामोड, धनगढि चितवन, फीलीपिन्समा कार्यलय रहेको झूटो कुरा वेभसाइटमा लेखिएको छ । विर्तामोड शाखा कार्यलय बताइएको नम्बरमा फोन गर्दा सहिद आचार्यले उठाए । उनले वेभसाइटमा बताइए अनुसार आफुलाई फोन आउने गरेको तर शाखा कार्यलय नभएको बताए । उनका अनुसार सबै स्थानमा शाखा कार्यालय छैनन् ।
उनको कारोबारको विषयमा प्रश्न उठेपछि ललितपुर पत्रकार महासंघका सदस्य मनोज गौतमले अष्ट्रेलियामै उनकै कार्यकक्षमा गएर बुझ्न खोज्दा उप्रेतिले उल्टै गौतमलाई ज्यान मार्ने धम्की दिएको गौतमले बताए ।
त्यस्तै गरि उप्रेतिको कारोबारको विषयमा अष्ट्रेलियन सरकारले समेत छानविन गरिरहेको बताइएको छ ।
http://www.ratopati.com/2014/11/13/182145.html#sthash.tbpAqjYS.pvtDRNlG.dpuf
२७ कात्तिक, एजेन्सी ।
भारतको उत्तरी राज्य राजस्थानको एक गाउँमा एक महिलालाई नांगै पारी गधामाथि चढाएर परेड गराइएको छ । उनको परिवारले भतिजाको हत्या गरेको आरोपमा गाउँ परिषद्का् आदेशमा उनलाई यस्तो सजाइ दिइएको बताइएको छ । स्थानीयले उनको मुखमा कालोमोसो दलेर गाउँ परिक्रमा गराएका थिए ।
घटनामा संलग्न ३९ जनालाई पक्राउ गरिएको छ । गाउँ परिषद्को रुपमा काम गर्ने पञ्चायतको कुनै कानुनी महत्व छैन, तथापि यसलाई गाउँलेहरुले सम्मानका साथ पालना गर्छन् । प्रहरीका अनुसार एक ४५ वर्षीय पुरुष भार्दी सिंहले आत्महत्या गरेका थिए ।
त्यसपछि उनका आफन्तले उनको अन्तिम संस्कार र काजकिरिया गरेका थिए । तर, तीन दिनपछि मृतककी पत्नी र केही आफन्त प्रहरीसमक्ष पुगी सिंहलाई उनकै कार्कीले हत्या गरेको आरोप लगाएका थिए । शनिबार राति नै सो परिवार गाउँ परिषद् पुगेको र कार्कीले नै सिंहलाई हत्या गरेको निकर्षमा पुगेको थियो ।
पञ्चायतको निर्देशनमा ती महिलाको केस मुन्डन गरी अनुहारभरि अँगार दल्नुका साथै सर्वत्र नांगो पारेर एउटा गधामाथि चढाएर गाउँ परिक्रमा गराइएको थियो । पञ्चायतको निर्देशनमा महिलालाई नांगो पारेर गाउँ घुमाउनु निन्दनीय र लाजमर्दो विषय हो एक महिला अधिकारीले भनिन् ।
http://www.nepaliheadlines.com/2014-11-13-01-59-39.html#sthash.vVDZlpQ0.dpuf
उमेरले ४८ वर्षकी भएँ। मेरो सक्कली नाम तपाईंहरूलाई किन बताऊँ? त्यसैले अहिलेलाई मेरो परिवर्तित नाम ‘पार्वती’ भनेर चिन्नोस्। जिन्दगीमा अनेक दु:खकष्ट सहेर यहाँसम्म आइपुगेको छु। दु:खले अहिले पनि छाडेको छैन तर दु:खी भएर हिँड्न भने छाडेकी छु। आखिर दुई दिनको जिन्दगीमा के दु:खी भएर हिँड्नु? त्यो धोकेबाज पतिलाई के सम्झनु र? दुईवटा बिहे बेहोरेँ। दुवै पति धोकेबाज परे। दुवै पतिका तर्फबाट ६ जना सन्तान भए। ती सबैलाई दु:खले हुर्काएँ। अहिले उनीहरू आआफ्नो ठाउँमा गरिखाने भएका छन्। मचाहिँ एक्लै बस्छु। उनै छोराछोरीलाई पाल्न र हुर्काउन मैले यौनकर्म रोजेँ।
त्यसो त मैले प्रशस्तै ज्यामी काम पनि गरेँ। ज्यामी काम गर्दा पैसा थोरै हुने, बालबच्चा पाल्नै नपुग्ने। त्यसैले ज्यामी काम गर्दै गर्दा ग्राहक पाएको बेला यौनकर्म पनि गरेँ। बाध्यता भएपछि नराम्रो मानिएको काम पनि गर्नुपर्ने रहेछ। अहिले यो उमेरमा आइपुग्दा मेरो त्यति धेरै ग्राहक छैनन्। दुईजना नियमित ग्राहक छन्, एकजना मभन्दा बढी उमेरको र एकजना कम उमेरको। आवश्यक परे उनीहरू नै फोन गर्छन्। उनीहरूलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्छ। एकपटकको भेटमा उनीहरूले पैसा भएको बेला दुई हजार दिन्छन्, कहिलेकाहीँ सित्तैमा सेवा गर्नुपर्छ। कहिलेकाहीँ अरू ग्राहक फाट्टफुट्ट भेटिन्छन्। तर, सडकमै चिनिने गरी म यौनकर्मीका रूपमा प्रस्तुत हुन चाहन्नँ। छोराछोरी, नातागोताले देखे के भन्लान्? त्यसैले मेरो आफ्नै ग्राहक मिलाइदिने व्यक्ति छन्, तिनैमार्फत काम हुन्छ। …
म काठमाडौं बाहिरकी परेँ, गरिबकी छोरी। नातागोताले अलि धेरै खेतबारी भएका एउटा काठमाडौंको केटो खोजिदिएछन्, धनी भन्ठानेर। धनीका छोरासँग बिहे गरे मेरो भविष्य सुखद होला भन्ठानेर रे। त्यतिखेर म ११ वर्षकी थिएँ, दुलाहा २७ वर्षका। ती भारत बसेर आएका रहेछन्, उता पनि श्रीमती रहिछन्। बिहेअघि गरिएको सर्तअनुसार मेरो बिहे भएको पाँच वर्षपछि मात्रै केटाको घर जानुपर्ने थियो, तर तीन वर्षपछि नै मैले केटाको घर जानुपर्ने भयो। १४ वर्षको उमेरमा म केटाको घरमा गएँ। केटाले विस्तारै मेरा गहनाहरू माग्न थाले, मैले आज एक जोर भोलि अर्को जोर गर्दै सबै दिएँ। कोठामा के खान्थ्यो कुन्नि गन्हाएर खपिनसक्नु। अहिले बुझ्दा ऊ दुर्व्यसनी रहेछ। मेरा गहना त्यसैमा सकेछ। मेरो पहिलो यौनसम्बन्धको कुरा गर्दा अहिले पनि कहाली लागेर आउँछ। मलाई आफ्नै पतिले बलात्कार गरे। त्यो १४ वर्षको उमेर यौनसम्बन्ध गर्ने उमेर हो? म त बेहोश भएछु। होश आउँदा म शान्तभवन (हालको पाटन अस्पतालको पुरानो नाम) मा थिएँ। २२ दिन अस्पताल बस्न पर्यो।
मेरो क्षतविक्षत भएको यौनांगमा सिलाइ गर्न पर्यो। त्यसपछि मलाई मेरा नातेदारले माइती पुर्याए। त्यहाँ पुग्दा वाकवाकी लाग्न थाल्यो। रजस्वलाको अनुभव पनि राम्ररी हुन नपाई मेरो पेटमा बच्चा बसिसकेको रहेछ। माइतीलाई पर्यो आपत्ति, उनीहरूले केटाको घरमा पुर्याइहाले। त्यहाँ मेरो पति भनाउँदो त के भन्छ भने मेरो पेटमा रहेको बच्चा उसको होइन रे। अनेक आक्षेप खेप्दै त्यो घरमा बसेँ। बच्चा जन्मियो। बच्चालाई त बाँसघारीतिर फ्याँकिदिन्छु पो भन्छ हौ, बच्चाको बाउ त। सुत्केरीलाई न राम्रो खान दिनु छ, उल्टै अनेक लाञ्छना। बच्चा जन्मिएको तीन सातापछि बच्चा च्यापेर माइती हिँडे। बच्चा पाउने बेलामा पेट पाल्न मैले इँटा भट्टामा ज्यामी काम गर्न पर्यो। छोरा तीन वर्षको थियो। एक्लै डेरामा बस्न थालेकी थिएँ। फेरि बुवाआमासँग कुरा गरेर एउटा केटा ठिक्क पारिदिएछन्। काठमाडौंबाहिरको पहाडी गाउँको त्यो मान्छेसँग बिहे गरिदिए नातेदारहरूले। मेरो भाग्य खोटो रहेछ। ज्यामी काम गरेर महिनाको चार सय आम्दानी हुन्थ्यो।
मलाई पाल्न त कता हो कता, उल्टै पैसा पो माग्छ त्यो पति भनाउँदो। पहिले छोरोमात्रै पाल्नपर्थ्यो , अर्को बेकामे पतिलाई पनि पाल्नुपर्ने भयो। त्यहीबीचमा पेटमा अर्को बच्चा पनि आइहाल्यो। बिहे गरेको एक वर्षपछि यता छोरी जन्मिई, उता छोरीको बाउचाहिँ बेपत्ता। कहिले ६ महिनापछि आउने, कहिले वर्ष दिनमा। आयो, पेटमा बच्चा राख्यो, पैसा माग्यो अनि बेपत्ता भयो। यसै क्रममा पाँच छोराछोरी भए। … त्यसै क्रममा एकजना गाडीवाल साहूसँग भेट भयो, नातामा टाढाको भिनाजु पर्ने। मलाई बच्चा पाल्न गाह्रो भइरहेको थियो।
उनैले मेरो हेरविचार गर्ने, गाह्रोसाह्रो पर्दा माया पनि गर्ने। बिहे गरौं पनि भन्थे। मचाहिँ बिहे भनेपछि वाक्क भइसकेको थिएँ। मेरा तीनवटा बच्चा थिए, उनलाई भेट्दा। विस्तारै हामी अलि निकट भयौं। बाहिर घुम्न जान थाल्यौं। उनी आफैं गाडी लिएर आउँथे। उनीसँग म पोखरा घुम्न गएँ। पहिलोपटक उनीसँग पोखरा घुम्न गएको बेला सम्बन्ध भयो। परपुरुषसँग यौनसम्बन्ध भएको त्यो पहिलोपटक थियो। सम्बन्ध निरन्तर रह्यो। जसले मलाई सहयोग गरे, उनीप्रति म समर्पित हुने नै भएँ। यता आफ्नो पतिचाहिँ बेलाबेलामा आउने। पछि दुईवटा बच्चा भए तर ती दुवै अरू कसैको नभएर मेरो आफ्नै पतिका हुन्। पछि ती पार्टनरको जवान छोरा बितेपछि उनीहरूले काठमाडौं छाडे। हामी टाढियौं। मैले अपनाएको पेसाको पहिलो ग्राहक उनै हुन् भन्न पर्यो। पछि एउटा ड्राइभर आइलाग्यो। एक वर्षसम्म सम्बन्ध भयो। तर, ती परे अलि स्वार्थी।
म आफैं टाढिएँ। आफ्नो पतिसँग त छुटिसकेको थिएँ। … स्वाभाविक हो, एउटा जवान महिलामा शारीरिक आवश्यकता हुन्छ। तर, मचाहिँ आर्थिक अभावकै कारण यसतर्फ लागेँ। आफैं खोजीखोजी हिँड्नेभन्दा पनि कसैले प्रस्ताव गरे तयार हुन्थेँ। त्यस बेला म एउटा घरमा लुगा धुने काम गर्थें। त्यो धनी परिवार थियो। सायद ती घरधनी आफ्नी श्रीमतीसँग सन्तुष्ट थिएनन् कि ! एक दिन ती घरधनी साहूले भने, ‘म तिमीलाई आवश्यक सहयोग गर्छु। के कसो छ हेर्छु।’ मैले उनको आशय बुझिहालेँ। आखिर म एक ढंगले यौनपेसामा फसिसकेको थिएँ, अप्ठ्यारो मान्ने कुरै भएन। आफूलाई आवश्यक परेको बेला आर्थिक सहयोग गरेकै थिए। आफूलाई सहयोग गर्नेलाई सन्तुष्ट पार्न केको अप्ठ्यारो? साहुनी बिहानै पसल जाने। उनको घरमा कोही नभएको बेला सुटुक्क हामीबीच सम्बन्ध हुन्थ्यो। पहिलोपटक पुरुषले कन्डम प्रयोग गरेर यौनसम्पर्क गरेको थाहा पाएँ। उनी भन्थे, ‘कन्डम प्रयोग गरियो भने रोग लाग्दैन, पेटमा बच्चा बस्दैन।’ उनलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्थ्यो। … अब म एकप्रकारले पूर्ण रूपले यौन पेसामा आइसकेको थिएँ।
बोलाइएको अवस्थामा म होल नाइट पनि जान थालेँ। यता घरमा चाहिँ बच्चाहरूलाई अनेक बहाना बनाउँथे। कहिले अस्पताल जाने भन्नुपर्ने, कहिले नातेदार भेट्न जान्छु भन्नुपर्ने। वास्तवमा म ती बच्चाहरू पाल्नैका लागि पुरुषलाई शारीरिक सन्तुष्टि दिन गइरहेकी थिएँ। पहिलो दिनको होल नाइट सेवा अझै बिर्सेकी छैन मैले। एउटा लजमा बिताएकी थिएँ, मैले त्यो रात। पार्टनरलाई चारपटक सन्तुष्ट पारेकी थिएँ। त्यो सेवाबापत मैले एक जोर कपडा र एक हजार दुई सय रुपैयाँ पाएको थिएँ। त्यो राम्रै पारिश्रमिक हो। होल नाइट सेवाको कुरा गर्दा एउटा बिर्सिनसक्नुको रातको घटना छ। एउटा लजमा दुई हजार रुपैयाँ दिने भनेर बोलाएका थिए। सम्पर्कअघि मलाई केही पिउन दिए। सुन्तलाको जुस भन्थे, जे होस् मैले पिएँ। सम्पर्कअघि बिजुली निभाइयो। म केही मातेकी थिएँ, पूरै होशमा थिइनँ।यौनसम्पर्क गर्ने एउटा पुरुषको आफ्नै शैली हुन्छ। बेलाबेलामा सम्पर्क हुँदै थियो। तर, पछिल्लो शैली अलि फरक हुँदै गयो। मेरो अनुभवले भन्यो, शैली फरक हुँदै गइरहेको छ।
पक्कै पनि एउटा मात्रै पुरुषले मसँग सम्पर्क गरिरहेको छैन। उज्यालोपछि मैले पत्ता लगाएँ, मसँग तीनजनाले पालैपालो सम्पर्क गरेका रहेछन्। मलाई एउटा कोठामा राखेर थप दुईजना पल्लो कोठामा बसेका रहेछन्, अँध्यारोमा पालैपालो आउँदा रहेछन्। उनीहरूले सातपटक मसँग सम्पर्क गरे। उनीहरूको कर्तुत थाहा भइसकेपछि यसको बदला लिने विचार आयो। ए बाबा, म गरिबीका कारण बाध्य भएर यो पेसामा आएको छु। हेप्न त भएन नि ! त्यसपछि मैले मलाई ‘एकजना मात्रै छु’ भनेर बोलाउनेको सर्ट र प्यान्ट कब्जा गरेँ। र, भनेँ, ‘अहिले तिमीहरूलाई पुलिस लगाएर पक्राउँछु। एकजना मात्रै छु भनेर बोलाउने, अनि तीनतीनजनाले मोज गर्ने? तिमीहरूलाई ठीक लगाउन मैले जानेको छु’ उनीहरू डराए। दुई हजारको ठाउँमा ६ हजार रुपैयाँ दिएपछि उनीहरूलाई छाडेँ। मोराहरूले के पिलाएका थिए कुन्नि, भोलिपल्ट पनि कोठामा जान सकिनँ र त्यही लजमा सुतेँ। … हेर्नोस्, हामीहरू यस पेसामा रहरले आएका होइनौं।
मैले १२ वर्षदेखि ७० वर्षसम्मका महिला यो पेसामा लागेका देखेकी छु। कठै, १४/१५ वर्षकाहरू पेटमा बच्चा बोकेर हिँडिरहेका पनि देखेकी छु। साह्रै ठूलो पीडा छ, यस क्षेत्रमा। कलेज पढ्ने विद्यार्थीदेखि वृद्धसम्मले मसँग सम्पर्क गर्ने गरेका छन्। ठिटाहरू हामीजस्ता अलि उमेर ढल्केकाको भावना बुझ्दै माया गरेर सन्तुष्टि लिन्छन्, लामो समय पनि लगाउँदैनन्। तर, बूढाहरू लामो समय लगाउँछन्, उमेरले पनि त्यस्तो भएको होला। कतिपय त थकाइ मारीमारी सक्रिय हुन्छन्। यस्तो बेला हामीलाई पनि दिक्क लाग्छ।
तर, पैसाको मामिलामा बूढाहरू इमानदार हुन्छन्। पहिले भनेजति नै दिन्छन्। बरु कहिलेकाहीँ त थपी पनि दिन्छन्। यस्तै छ यौनकर्मीको संसार। म फेरि पनि भन्छु, हामीहरू कुनै रहरले यो पेसामा आएका होइनौं। यसको विकल्पमा अरू इज्जतदार पेसा पाइए हामी तुरुन्तै यो पेसा छाड्छौं। # हाम्रो संदेश
आफ्नो श्रीमानबाट अलग भएर बस्दै आएकी बाँकेकी एक महिलाको यौन तृष्णा मेटाउन नसक्दा पुरुष माथि आगो लगाइएको घटना बाहिर आएको छ ।
आफ्नो पति संग करिब २ वर्ष अघि देखि अलग बस्दै आएकी नेपालगन्ज–७ बस्ने ४५ बर्षिया एक महिलाले यौन तृष्णा मेटाउन नसक्ने स्थानिय ३५ बर्षिय सुरेन्द्र शुक्लाको शरिरमा मट्टीतेल छर्केर लगाएकी हुन् ।
दिनभरि रिक्सा चलाउने काम गर्दै आएका शुक्ला सोमवार अत्यधिक थकाईका कारण बेलैमा सुतेको सुतेको र पछि ती महिलाले यौन सम्पर्कका लागि बोलाउँदा आफु नउठेपछि झोंकमा सुतिरहेको अवस्थामा आगो लगाएको बताए ।
‘श्रीमानले छोडेपछि दैनिक राती २÷३ पटक यौन चाहना मेट्दै आएको छु’, दैनिक नेपालगन्ज संग शुक्लाले भने, ‘थकाईका कारण सुत्न मनलागेका कारण उनको आग्रह नमानेपछि घटना भएको हो ।’ बाँकेमा यसअघि आधा दर्जन बढी महिला जलाइएको घटना सार्वजनिक भएपछि पुरुष माथि भएको यो घटनाले अधिकारकर्मीहरुको पनि ध्यान केन्द्रित गरेको छ ।
महिला माथि आगो लगाउने घटना बारम्बार दोहोरिरह“दा पुरुष माथि भएको यो घटनाले धेरै प्रश्नहरु उब्जाएको छ । मंगलवार विहान छिमेकीहरुले थाहा पाएपछि प्रहरीलाई खबर गर्दा सोमबार राती करिव
एक बजे भएको घटना प्रकाशमा आएको हो ।
४० प्रतिशत शरीरका भाग जलेको अवस्थामा रहेका पीडित शर्माले आफ्नो बारे खुलेर कुरा गरे । पछिल्लो डेढ वर्ष देखि ती रिक्सा चलाउने र ती महिलाको घरमा डेरा गरी बस्दै आएका शुक्लाको ती महिला संग अवैध यौन सम्बन्ध रहँदै आएको थियो ।
उनले हरेक दिन कमाएको पैसा ती महिलालाई नै बुझाउने गरेको बताए । पछिल्लो केहि समय यता २० हजार रुपैया“ मागेपछि समयमा दिन नसक्दा पनि केहि तनाव रहँदै आएको बताउ“दै शुक्लाले दैनिक नेपालगन्ज संग भने, ‘तर घटना त्यो पैसाका कारण नभई यौन चाहना
पूरा नगरेकै कारण नै भएको हो ।’
प्रहरीका अनुसार महिला र सुरेन्द्र बीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध चलेको थियो । रिक्सा चलाएर घरमा पुगेका सुरेन्द्र र महिला बीच सोमबार राती १२ बजे सम्म आर्थिक विषयमा विवाद भएको प्रहरी भनाइ छ । राती सुतिरहेको समयमा एक्कासी उनले मट्टीतेल खन्याएर आगो लगाइन भेरी अंचल अस्पतालमा उपचारका लागि भर्ना रहेका शुक्लाले भने, यो धेरै ठुलो धोका हो ।
‘राती सुतेको बेला मेरो शरिरमा आगो लगाएर
उनी भागिन्, जसो तसो गरेर म जोगिन सफल भएँ’, शुक्लाले भने, ‘विवाहित रहेकी उनी आफ्ना पतिसँग अलग बस्दै आएकी छिन, तर कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेकी छैनन् ।’
पतिसँग अलग बस्दै आएकी ती महिलाको आवश्यकताका आधार रहेका शुक्लाले भने, ‘रुपैया“ भन्दा यौन चाहना घटनाको कारण हो ।’ ‘साँझ बोलाउँदा थकाईका कारण मैले उनी संग बोल्न पनि चाहिन, आगो लगाउनुको झोंक त्यहि हो ’, उनले भने ।
प्रहरीले घटनामा संलग्न ती महिलालाई पनि पक्राउ गरेको जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले मंगलवार बिहान अभियुक्त महिलालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरी समक्ष उनले आफुमाथि शुक्लाले अत्याचार गर्दै आएको बयान दिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज हेम बहादुर शाहीले जानकारी दिए ।
४ छोरी र २ छोराको आमा रहेकी ती महिलालाई यसअघि पनि विभिन्न विषयमा २ पटक पक्राउ गरिएको इन्चार्ज शाहीले बताए । ‘घटना बारे जिल्लाको अनुसन्धान टोलीले अध्ययन थालेको छ’, दैनिक नेपालगन्ज संग शाहीले भने, ‘विस्तारै सबै कुरा आफै बाहिर आउँछ ।’
स्रोत - nepalgunjnews.com बाट
केहीदिन अगाडि एप्पल कम्पनीका सीईओ टीम कुकले आफू ‘गे’ भएकोमा गर्व गरेको अभिव्यक्ति दिदै आफ्नो ‘सेक्सुवालिटी’ सार्वजनिक गरे। यसका बारेमा विभिन्न तर्क वितर्कहरु भइरहेका छन्। पछिल्लो चरणमा चर्चित ब्याण्ड ‘वान डिरेक्सन’ का गायक लुइस टोमिल्सनले ‘इन्द्रेणी’ रंगको एप्पलको लोगो भएको टिसर्ट लगाउदै टिम कुकको शाहसको समर्थन गरेको प्रसंग पनि निकै चर्चित बनिरहेको छ। यही सेरोफेरोमा नेपालमा भने एकजना सेलिब्रेटीको आत्महत्याको प्रसंगले विभिन्न खाले बहसहरु सृजना भइरहेका छन्।
४२ वर्षीय नेपाली सेलिब्रेटी आलोक नेम्बाङले केहीदिन अगाडि आत्महत्या गरे। उनको आत्महत्याको कारण स्पष्ट छैन। तर आफूलाई बुझ्ने र माया गर्ने राम्रो व्यक्ति नपाएका कारण आलोकले आत्महत्या गरेको कुरा उनीसँग नजिकबाट संगत गरेका नेपाली रंगकर्मीहरुलाई थाहा छ। आलोक सामाजिक भीडभाडभन्दा भिन्दै बस्न रुचाउथें। यसको अर्थ उनी असामाजिक भएका कारण होइन। नेपाली समाजमा व्यप्त अन्धविश्वास, नकारात्मक सोंच र धारणका कारण उनले एकान्त मन पराउने गरेका हुन्। नेपाली समाजको सोंचले उनलाई सुरुमा समाजबाट अलग बनाएर एकान्तप्रेमी बनाइदियो, पछि उनलाई संसारबाटै अलग गराइदियो। त्यसैले आलोकले आत्महत्या गरेका होइनन्, उनको हत्यामा नेपाली समाज दोषी छ। नेपाली समाजले नै उनको हत्या गरेको हो। यो विषयमा अहिले नै यसै समयमा बहस आवश्यक छ।
नेपाली समाजमा विद्यमान र धेरैले अनुशरण गरेको चीजलाई मात्र प्राकृतिक मान्ने चलन छ। आलोकको क्षमता विद्यमान रहेको र धेरैले अनुशरण गरेको भन्दा फरक थियो। उनको क्षमता अरुहरुको तुलनामा असाधारण थियो। तर उनको शारिरिक चाहना समाजमा विद्यमान र धेरैले अनुशरण गरेको भन्दा फरक भएका कारण नेपाली समाजका लागि अप्राकृतिक थियो। त्यसैले उनले आफू यो समाजमा फिट नभएको अनुभव गर्दै संमाज र संसारबाट विदा लिए। आलोकले यस अगाडि पनि कुनै युवकलाई मन पराउने गरेको र उनीहरुबीच प्रेमसम्बन्ध चलेको समेत चर्चा बाहिर आएको थियो। तर पछिल्लो चरणमा भने आलोकसँग उनलाई वास्तविक रुपमा बुझ्ने र माया गर्ने व्यक्ति कोही भएन। एकातिर उनलाई बुझ्ने व्यक्ति नहुनु र अर्कातिर नेपाली समाजको कारण उनी खुल्ला हुन नसक्दा उनले पटकपटक मर्दै बाँचेको अनुभव गरे। जुन उनको सुसाइड नोटमा उल्लेख छ। नेपाली समाजको सोंचका कारण उनीभित्र उत्पन्न कुण्ठाले उनले आत्महत्याको बाटो रोज्ने अवस्था आयो। त्यसैले आलोकको हत्यारा नेपाली समाज हो। यसअगाडि पनि यस्ता कैयन आलोकहरु मरिसकेका छन्। अहिले पनि मरिरहेका छन्। र नेपाली समाजको सोंचमा परिवर्तन नगर्ने हो भने भविश्यमा पनि यस्ता आलोकहरु मरिरहनेछन्।
नेपालमा आलोकहरु मरिरहँदा अन्तर्राष्ट्रिय जगतमा भने आलोकहरुले समाजसँग जुध्ने र समाजलाई परिवर्तन गर्ने हिम्मत देखाउने क्रम बढ्दो छ। ४२ वर्षीय आलोकले आत्महत्या गरिरहँदा ४२ वर्षीय अमेरिकन सेलिब्रेटी वेन्टवोर्थ मिलर भने अमेरिकन टेलिभिजनमा नयाँ स्वरुपमा साथ आउने भएका छन्। चर्चित टेलिसिरियल प्रिजन ब्रेकबाट चर्चामा आएका मिलर गतवर्ष आफ्नो वास्तविक सेक्सुवालिटी सहित बाहिर आएका थिए। केहीवर्ष अगाडिसम्म उनलाई संचारमाध्यमले प्रश्न गर्दा उनले आफू ‘गे‘ भएको अस्वीकार गर्दै आएका थिए। तर उनी खुल्ला भइसकेपछि भने आफ्नो पेशा र करिअरमा असर पर्न सक्ने भएकाले सेक्सुवालिटीबारे ढाँटेको प्रतिकृया दिएका छन्। उनी लामो समयसम्म केही साथीभाईहरुबीचमात्र खुल्ला थिए। तर पछि सार्वजनिक रुपमा नै खुल्ला भए। उनले पनि सेक्सुवालिटीकै कारण धेरैपटक आत्महत्याको प्रयास गरेका थिए। १५ वर्षको उमेरमा नै उनले पहिलोपल्ट आत्महत्याको प्रयास गरेका थिए।
त्यस्तै अहिले अमेरिकन नागरिकता लिइसकेका नेपाली मुलका फेशन डिजाइनर प्रबल गुरुङ अमेरिकी फेसन उद्योगमा चम्किरहेका छन्। उनको पेशामा उनको ‘सेक्सुवालिटी’ले कुनै प्रभाव पारेको छैन। सीएनएनका प्रस्तोता एवं पत्रकार एण्डरशन कुपर लाखौं पत्रकारका आदर्श मानिन्छन्। उनको पेशामा पनि उनको ‘सेक्सुवालिटी’ले कुनै प्रभाव पारेको छैन। हलिउडमा समेत कुनैबेला ‘गे‘ सेलिब्रेटीहरु खुल्ला भएमा उनीहरुको करिअर नै समाप्त हुन सक्थ्यो। तर अहिले अवस्था पहिलेजस्तो छैन। कुनै पनि व्यक्तिको ‘सेक्सुवालिटी’ उसको निजी कुरा भएका कारण र त्यसले अरुलाई कुनै प्रभाव नपार्ने भएका कारण ‘सेक्सुवालिटी’का सन्दर्भमा सामाजिक सोंच विकसित भइरहेको छ। चर्चित क्यानेडियन कलाकार एलेन पेजले गत फरबरीमा आफू समलिंगी भएको कुरा खुल्ला रुपमा बताइन्। उनले आफू आफ्नो सेक्सुवालिटीका बारेमा झूठो बोल्दा बोल्दा थाकेको बताएकी थिइन्।
एचबीओ टेलिभिजनमा प्रशारण हुने गेम अफ थ्रोनका चर्चित कलाकार समेत रहेका क्रिष्टियन नेरनले गत मार्चमा आफू ‘गे‘ भएको स्पष्ट पारे। कसैले ‘गे‘ कम्यनिटीको बारेमा कुरा गरिरहेको हुन्छ भने उसले मेरो कम्युनिटीको बारेमा कुरा गरिरहेको हुन्छ भने उनले आफ्नो ‘सेक्सुवालिटी’ का बारेमा स्पष्ट पारेका थिए। हलिउडका अर्का चर्चित कलाकार मौलिक पंचोलीले गत वर्ष आफू ९ वर्षदेखि एकजना पुरुषसँग रिलेसनसिपमा रहेको खुलाएका थिए। यसरी केहीवर्षको दौरानमा आफ्नो ‘सेक्सुवालिटी’ गर्वका साथ स्वीकार्ने ‘गे‘ सेलिब्रेटीहरु हलिउडमा चारदर्जनको हाराहारीमा छन्। तर नेपालमा भने अहिले नै यसरी आफ्नो ‘सेक्सुवालिटी’ गर्वका साथ स्वीकार्ने अवस्था छैन। यसका लागि नेपाली समाजमा व्यप्त सोंच नै प्रमुख कारण हो। जुन सोंचका कारण कैयन प्रतिभाहरुले मृत्युको बाटो रोज्न बाध्य हुनुपरेको छ।
नेपालको सन्दर्भमा त मान्छेहरु ‘गे राइट‘ को बारेमा बोल्न वा वकालत गर्न समेत हिचकिचाउाछन्। ‘गे राइट‘ को पक्षमा बोल्दा आफूलाई पनि कसैले ‘गे’ भनिदेला कि भन्ने डरले मान्छेहरु बोल्न डराइरहेको देखिन्छ। ‘गे राइट‘ को बारेमा बोल्नेहरु सबै ‘गे’ हुँदैनन् र हुनु आवश्यक पनि हुँदैन। जसरी महिला अधिकारका बारेमा बोल्नेहरु सबै महिला हुनु आवश्यक छैन र ‘एनिमल राइट’ का बारेमा बोल्नेहरु सबै जनावर हुँदैनन्।
http://kala.setopati.com/blog-review/272/
भारतको नालगोण्डा जिल्लाको एक निजी स्कुलमा अध्ययनरत ६ वर्षे चन्दुलाई अंग्रेजी बोल्न नजानेको भन्दै शिक्षिकाले भित्तामा टाउँको ठोकाउँदा उनको ज्यान गएको छ।
तेलगु मातृभाषी चन्दु कक्षा एकमा पढथे। शनिबार दिउसो 'क्लास टिचर' समिथीले अंग्रेजी नजानेको भन्दै उनलाई पिटेकी थिइन। उनले चन्दुको टाउको भित्तामा ठोक्याएकी थिइन।
स्कुलबाट घर फर्केपछि बिरामी परको भन्दै चन्दुलाई अस्पतालमा लगिएको थियो। अस्पताल भर्ना गरेको केही घण्टामै उनको मृत्यु भयो। चिकित्सकले टाउको भित्र गम्भीर चोट लागेका कारण मृत्यु भएको बताएका छन।
दोषी शिक्षिकालाई कारबाहीको माग गर्दै उनका अभिभावक र स्थानीयले विद्यालय बाहिर प्रदर्शन गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ।
http://setopati.com/samaj/19810/
काठमाडौं, कार्तिक २३ – नेपाल बायुसेवा निगमका कामु निर्देशक अच्युुुतराज पहाडीलाई जहाजको पाँग्रा बेचेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले २० लाख रुपैंया भ्रष्टचार गरेको आरोपपत्र दायर गरेको अख्तियारद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । पहाडीले ७८० यु.एस. डलर पर्ने मेन टायरलाई यु.एस.डलर १,४७५ र प्रति टायर डलरमा ५७५ पर्ने नोज टायरलाई यु.एस.डलर १०१० का दरले खरिद गरि निगमलाई व्यायभार बढाएको जारी विज्ञप्तिमा उल्लेख छ । उनलाई यु.एस.डलर२८३६० रुपैंया विगो तोकिएको छ । - See more at: http://www.ratopati.com/2014/11/09/181144.html#sthash.B2geJLFE.dpuf
एजेन्सी । भारतको गान्धीनगरमा एक व्यक्तिले आफ्नै श्रीमतिको गोप्य अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील
श्रीमतिको गोप्य अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील अंगमा डामेका हुन्।एक प्राइभेट कम्पनीमा इलेक्ट्रिसियनको काम गर्ने उनले घर पुग्ने बित्तिकै खाना खान नदिएको भन्दै श्रीमतिको योनीमा डामेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।प्रहरीले उनलाई पक्रेर हत्या प्रयास गरेको अभियोगमा मुद्धा चलाएको छ । घटना विवरणअनुसार बुधबार राति जब ती व्यक्ति कामबाट घर फर्किए तब उनले आफ्नी ४५ वर्षीया श्रीमतिसँग खाना मागे । श्रीमतिले आफ्नो स्वास्थ्य ठीक नभएकाले खाना नबनाएको बताइन् ।
यो सुनेर पति भड्किए र श्रीमतिलाई लठ्ठीले कुटे । लगत्तै उनले श्रीमतिलाई डामिदिए । प्रहरीका अनुसार घटनाका बखत ती व्यक्तिले रक्सी पिएका थिए । पक्राउ पर्ने डरले करेण्टले रगत पिच्छे भएकी श्रीमति छाडेर भाग्दै गरेका उनलाई प्रहरीले पक्रेको थियो । महिलालाई बेहोस अवस्थामा उद्धार गरी प्रहरीले अस्पताल पुर्याएको थियो । ५४ वर्षीया ती पीडित महिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
न्युयोर्कको प्रतिष्ठित ‘न्युयोर्क सिटी हाई स्कुल’ की जिम शिक्षिका तथा
बास्केटबलका प्रशिक्षक मेगन महोनीले १६ वर्षीय छात्रलाई बलात्कारको गरेको
आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।
२४ वर्षीया प्रशिक्षक मेगन मनोहीले छात्रलाई फकाईफुलाई यौनशोषण गर्ने गरेको
खुल्न आएको छ । प्रहरीका अनुसार बलात्कारको घट्ना बाहिर आएपछि मनोहीले
विद्यालयबाट राजीनामा दिइसकेकी छिन् । प्रहरीको जानकारी अनुुसार महोनीले
छात्रसँग पहिलोपटक बास्केटवल खेल्ने क्रममा भेटेकी थिइन् । पीडित छात्रका
अनुसार शिक्षिकाले अक्टोबर २०१३ देखि डिसेम्वर २०१३ सम्म ३० पटक यौन
सम्वन्ध राखिसकेकी छिन् ।
प्रशिक्षक महोनीले न्युयोर्कको एक प्रतिष्ठित कलेजबाट बास्केटबलमा सहभागिता जनाइसकेकी छिन् ।
-एजेन्सी
आत्महत्या गर्ने युगल जोडी बढ्दै
विराटनगर : झापाको तोपगाछीमा शुक्रबार साँझ एक प्रेमी जोडीले विष खाए । रतुवामाई वनक्षेत्र गई विष खाँदा प्रेमीको तत्कालै मृत्यु हुन पुग्यो । प्रेमिकाको गम्भीर अवस्थामा धरानस्थित वीपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।
विषको पीडा सहन नसकेपछि प्रेमिका छट्पटाउँदै जङ्गल बाहिर निस्केकी थिइन् । विषले छट्पटाएकी उनैले ‘मैले मात्र होइन, उहाँले पनि खानु भएको छ’ भन्दै चिच्याइन् । घटनास्थलमा गाउँले पुग्दा प्रेमीको प्राण पखेरु उडिसकेको थियो ।
इलामको चुलाचुली गाविसस्थित बाह्रकोठे घर भई दमक–१३ मा डेरा बस्ने १५ वर्षीय यादव कुमाल र प्रेमिकाले एकैसाथ विष खाई आत्महत्या प्रयास गरेका थिए । प्रारम्भीक अनुसन्धानबाट यही खुलेको प्रहरीको भनाइ छ ।
प्रेमील जोडी विष खान पुगेका थिए । शुक्रबार साँझको यो घटनामा उनीहरुले किटनाशक विषादी खाएको खुल्न आएको छ । उनी कक्षा– १० मा पढ्दै गरेकी झापा शान्तिनगरकी किशोरी पे्रमिका भने दमक–१० मा डेरा गरी बस्छिन् ।
आत्महत्या अपराध मानिए पनि पछिल्लो समय पूर्वमा प्रेम नै अपराधको कारक बन्दैछ । युवायुवतीबीच एकोहोरो या दोहोरो प्रेम असफल हुने अवस्था आए दुबैले सँगै आत्महत्या क्रम बढ्दो छ ।
गत जेठमा पनि झापाको सतासीधाम–५ मा यस्तै घटनाले चर्चा पायो । त्यो घटना पनि प्रेमी जोडीले नै निम्त्याएका थिए । युवतीका अभिभावकले दबाब दिएर प्रेम तोड्न भनेको तीन दिनमै युवतीले सलको पासो लगाएर आत्महत्या गरिन् ।
पे्रमिकाले मृत्युवरण गरी आफूप्रति देखाएको समर्पणबाट विह्वल प्रेमी सरोज विकले पनि त्यही दिन आत्महत्या प्रयास गरे । झुण्डेर छटपटाईरहेका उनको गलामा कस्सिएको पासो गाउँलेले काटेर बचाए । त्यसअघि झापाको दमक–१५ मा प्रेम सम्बन्धसँग जोडिएको विषयले युवायुवतीकै निधन भयो । दुवैजना कोठाभित्र जलेको अवस्थामा फेला परे । उनीहरु एकै चिहान भए ।
प्रहरीले घटनाको कारण प्रेम सम्बन्ध र त्यसमा आएको उतारचढाव भएको ठहर गरेको छ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा एउटा पक्षका अभिभावकले अस्वीकार गर्दाको परिणाम दुबैले आफैंलाई आगो लगाएर जलाएको प्रहरी अनुसन्धानले देखाएको छ ।
सानो उमेरमा गरेको प्रेम परिवारले अस्वीकार गर्नु र समाजमा बढ्दो बिलाशीताको परिपूर्ति गर्न नसक्नु आत्महत्याको कारक रहेका पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक केदार खनाल बताउँछन् । ‘पारिवारिक अवस्था, डिप्रेसन र हाडनाता सम्बन्धले पनि आत्महत्या गर्ने बढेका छन्’, खनालले भने, ‘सम्बन्धमा जातीय विभेद पनि अर्को कारण हो ।’
अधिवक्ता जगत थापा सम्बन्धमा आउने उतारचढावले युवायुवतीमा निराशा बढ्दा आत्महत्या गर्ने क्रम बढेको बताए । ‘प्रेम, उमेर र कर्तव्यबारे युवापुस्तालाई नैतिक शिक्षा दिन आवश्यक भइसक्यो’, उनले भने ।
http://annapurnapost.com/News.aspx/story/2074#sthash.JszIeYgc.bKcaqt2a.dpuf
झापा, कात्तिक २२– झापाको तोपगाछीमा प्रेम गर्ने एक जोडीले विष सेवन गरेका छन् । विष सेवनबाट प्रेमीको मृत्यु भएको छ भने प्रेमिकाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । दुवै जनाले एकैसाथ विष खाएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको अनुमान छ ।
इलामको बाह्रकोठे घर भई दमक–१३ मा डेरा गरी बस्दै आएका १५ वर्षीय यादव कुमाल र उनका प्रेमीकाले एकैसाथ विष खाएर आत्महत्याको प्रयास गरेका थिए । उनको शव तोपगाछी–७ स्थित रतुवामाई जङ्गल क्षेत्रमा स्थानीयले शुक्रबार साँझतिर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकले कीटनाशक विषादी सेवन गरेको खुल्न आएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । शान्तिनगर घर भई दमक–१० डेरा गरी बस्ने किशोरीको भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
झापा ,कात्तिक २२ – हिसाब नजान्दा झापाको एक विद्यालयका शिक्षकले चार छात्रामाथि यौन दुव्र्यवहार गरेका छन् । कोहबरा–९ को सहिद प्राथमिक विद्यालयका गणित शिक्षक मित्रराज नेपालले चार छात्रालाई लाइन लगाएर स्कर्ट र कट्टु खोल्न लगाई दुव्र्यवहार गरेका हुन् । छात्राहरुलाई कक्षा कोठाभित्रै दुव्र्यवहार गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय गौरीगन्जले बिहीबार पक्राउ गरेको छ ।
विद्यालय प्रशासनको जाहेरीका आधारमा आरोपी शिक्षक पक्राउ परेका हुन् । चार कक्षामा गणित विषय पढाइरहेका बेला आफूले सोधेको प्रश्नको जवाफ दिननसकेपछि छात्राहरुमाथि दुव्र्यबहार गरेको आरोप शिक्षक नेपालमाथि लागेको छ ।
दुव्र्यबहारमा परेका छात्राहरु ११ वर्षदेखि १३ वर्ष उमेर समूहका छन् । ‘कक्षा चलिरहेका बेला शिक्षक नेपालले छात्राहरुको संवेदनशिल अंगमा हात हालेर दुव्र्यबहार गरेको भेटियो’ विद्यालयका प्रधानाध्यापक कार्तिकलाल गनगाईंले भने,‘तत्कालै उनीमाथि कानुनी कारबाहीका लागि विद्यालयले प्रक्रिया अघि बढाएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
http://www.ratopati.com
सुनिता दनुवार शक्ति समूहकी अध्यक्ष छिन । यो समूह अहिले महिला वेचविखन र मानव तस्करी रोक्न लागिपरेको छ । यो समूह कुनै समय मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको हो । थुप्रै अन्तराष्ट्रिय अवार्डहरु जित्न सफल सुनिता दनुवारको कहाली लाग्दो विगत र लोभलाग्दो वर्तमानको संघर्षपूर्ण कथा :
म कान्छी छोरी, ६ सन्तान गुमाएपछि आमालाई मेरो भन्दा बढि चिन्ता दाईको थियो । मृत्युपछि दागबत्ती दिने दाईको चिन्ता पनि आमालाई किन नहोस । ६ सन्तान गुमाएपछि जन्मेका हामी तीन बहिनी र एक दाईको ज्यान जोगाउन आमाले जन्मथलो दैलेख छोड्नु भयो । म दैलख कासीकात गाविसको बडा नं ८ मा जन्मेकी हुँ ।
त्यतिबेला परिवार सम्पन्नशाली होइन, तर खाना लाउन पुग्थ्यो । त्यो बेला म सम्झन्छु ६ सन्तानको मृत्यु भएपछि आमालाई एउटा ठुलो तनाव थियो । उहाँ भन्नुहन्थ्यो ‘म मरेपछि अव दागबक्ती कसले देला ? आमालाई मेरेपछि दागवत्ती दिने सन्तानको खाँचो थियो । त्यही भएर होला छोरा प्रति आमाको धेरै ममता थियो । छोरालाई बचाउने आशमा आमाको जिद्दिले दैलेख छोडी हामी सुर्खेत आँयौ । सुर्खेतमा होटल चलाउन थाल्यौ । होटलमा मेरो काम भाँडा माँझने हुन्थ्यो ।
होटलबाट जिविका चलेकै थियो । त्यही बेला बुवा कुलतमा लाग्नु भयो । अर्काे महिलासँग उहाँको नाजायज सम्बन्ध हुन थालेको आमाले थाहा पाउनु भयो । त्यसपछि आमाको नेपाल बस्ने मन नै सकियो । त्यहाँबाट भारतको जम्मु कश्मिर पुग्यौ । त्यहाँ स्थानीयहरुको जग्गा भाडामा लिएर आलु खेति गर्न थाल्यौ । म त्यही हुर्केको । त्यसको केही समयपछि मेरो काका जम्मुकश्मिर पुग्नु भयो । काकाले के भनेर हो कुन्नी दाईलाई त्यहाँबाट भगाई दिनु भयो । जुन छोराका लागि नेपाल छोडी भारत जानु भयो, त्यही छोरा भागेपछि आमालाई थप पिडा भयो । दाई घरबाट हिडेको दुई बर्षपछि बुवाको साथी एक दिन घर आए । २०५० सालतिरको कुरा हो, उनले दाईलाई नैनितालमा देखेको बताए । आमाले तत्काल आलुखेति सवै छोडेर सवैलाई हिड्न भन्नु भयो हामी त्यहाँबाट हिड्यौ । चार दिन पैदल हिडेपछि गाडी भएको ठाउसम्म आइपुग्यौ । त्यो बेला हामीसँग भएको सवै पैसा सकियो ।
पैसा जुटाउन त्यही बालुवा चाल्ने र गिठी कुट्ने काम गर्न थाल्यौ । झण्डै चार हजार जति रमम जम्मा भयो । त्यही बेला दुई जना ट्याक्टर ड्राइभर मेरो नजिक हुन खोजिरहेका थिए । म १४ बर्षकी मात्र थिएँ । उनीहरुले जिस्क्याउदा पनि म नजिक भएकी थिइन् । एक दिन उनीहरुले भने ‘तिमी ठुली भइसक्यौ,अव आमा बाबुको बोझ बन्नु हुदैन, उनीहरुलाई तिमीले पाल्नु पर्दछ, हामीसँग हिड काम लगाई दिन्छौ ।’ कुरा सुनेर म छक्क परे र भने ‘मलाई राम्रो काम लगाई दिनेले किन ट्याक्टर चलाएर बसेको त ?’
बुवा आमासँग नजिक भइसकेका थिए । उनीहरुले बुवालाई छोरा खोज्न नैनितालसम्म जाने प्रस्ताव गरे । बुवाले हुन्छ भन्नु भयो । त्यो दिन हामी एउटा सामन्य होटलमा गएर वस्यौ । खाना खाएपछि मिठाई ल्याएर दिए । मैले खान मानिन् । बुवा र आमाले खाएपछि मैले पनि खाएँ । त्यसपछि म बेहोस भएँ । होस खुल्दा त म कश्मिर होइन मुम्बईको कोठीमा पाएँ । मलाई ती अपराधीहरुले १२ नम्बर गल्लीको एक कोठीमा बेचेर हिडेका रहेछन् । मलाई होस आउदा बन्द कोठमा थिएँ,कोठा बन्द गरिएको थियो । सुरुमा म कहाँ छु भन्ने पनि थाहा भएन, म आत्तिए । त्यही बेला एउटा मोटी महिला आई । उसले अव तिमीले धन्दा गर्नु पर्छ भनी । सुरुमा मैले धन्दा भनेको घरयासी काम होला भन्ने सोचे । मैले भने ‘मलाई सिकर्मी डकर्मी काम गर्न आउछ घरमा कहिले पनि काम गरेको छैन त्यसकारण म धन्दा गर्न सक्दिँना बुवा आमा भएको ठाउमा जान्छु । उसले मलाई जोडले भनि ‘चुप लाग’ त्यसपछि मैले फेरी सोधे धन्दा भनेको के हो ? उसले भनि ‘मान्छे खुसी बनाउनु पर्दछ’ मैले फेरी सोधे म यहाँ कसरी आँए ? उसले तिम्रा दुई जना दाईले लिएर आएका हुन् । उनीहरु बजारमा कपडा किन्न गएका छन् भनि । विहानदेखि साँझसम्म कुर्दा पनि उनीहरु आएनन् । त्यसपछि म जाँन्छु भन्दा त्यसले फेरी भनि ‘जाने होइन अव तेरो काम धन्दा गर्ने हो ।’
मैले पुनः सोधे ‘यो कुन ठाँउ हो’ उसले जवाफ दिई ‘बम्बई हो’ कहिले काँही आमा बुवाले बम्बईमा यस्तो काम हुन्छ भनेर कुरा गरेको सुनेकि थिएँ । पछि उनीहरुले मलाई यातना दिन थाले । म मर्छु वरु गर्दिना भने, यातना धेरै दिए । ‘तलाई पैसामा किनेको हो धन्दा नगर्ने भए यही खुकुरीले काटेर मारिदिन्छौ’ भनेर घाँटीमा खुकुरी राखे ।
मैले यो काम गर्नु भन्दा मर्नु बेश ठाँने र घाँटी तस्र्राएँ । यस्तै लडाई करिव एक महिनासम्म चल्यो । खाना पनि दिदैनथे, दैनिक पिट्ने काम मात्र गर्दथे । त्यहीबेला ती अपराधीहरुले दुई वटा ९ , १० बर्षका दुई किशोरीलाई फेरी ल्याएर आए । मेरै आँखा अगाडी बेचेर गए । एक जनालाई मैले भेटे र गालामा एक पटक उर्फेर हाने तर मेरो पछाडी भएका एक जनाले मलाई कुट्यो । फेरी कोठामा बन्द गरिदियो ।
त्यहाँ धन्दा गर्न मैले कुनैपनि हालतमा नमानेपछि उनीहरुले अर्काे घरमा मलाई फेरी बचे । त्यहाँ मलाई ग्याङ रेप गराइयो । त्यसपछि मैले मर्ने कोशिस गरे तर सकिन । अन्तः जीन्दगी यही रहेछ भन्ने सोचे । ५ महिनासम्म म धन्दामा लागे । सन् १९९६ मा हामीलाई त्यहाँबाट उद्दार गरि नेपाल ल्याइयो । म भाग्यमानी रहेछु भन्ने सँम्झे । १२८ जना हामीलाई उद्दार गरि नेपाल ल्याइयो । हामी बसेको चैनपुरबाट धेरै नेपालीलाई उद्दार गरिएको थियो । तर कतिपय नेपाल फर्किन चाहेनन् । कतिको एचआईभीका कारण मृत्यु पनि भयो । नेपाल आउदा हामी खुसी थियौ तर नेपाली समाज दुखी थियो । हामीलाई एचआईभीका पोका भनेर हेला गरिन्थ्यो । हामीलाई मुम्बईका बेश्या भनिन्थ्यो । जव इयरपोर्टमा आयौ, त्यो बेला पत्रकार र संघ÷संस्थाका मानिसको भिड थियो । कसैले फोटो खिचेर छाप्पी देला भन्ने पिर छुटै थियो । बेकारमा नेपाल किन आयौ होला जस्तो भयो ।
नेपाल फर्केका मध्ये हामी १५ जना मिलेर शक्ति समुह निर्माण गरयौ । शक्ति समुह निर्माण गर्दा नागरिकता नहुँदा ठुलो समस्या परेको थियो । नेपाल फर्किदा १२ जना हामी निकै नजिकका साथी थियौँ । ती मिलेर सन् २००० तिर संस्था दर्ता गरेका हौ । यहीबाट काम सुरु गरयौ । मेगासेस पुरस्कार देखि अहिले भर्खर सी टेन अवार्ड सम्म अहिले पाएकी छु ।
सुरुमा विवाह बाध्यात्मक थियो
मलाई नेपाल फर्केपछि विवाह गर्ने सोच थिएन । वाध्यता थियो सुरुमा । संस्था दर्ता गर्न चाहान्थे तर नागरिकता थिएन । नागरिकताका लागि विवाह गरे । आफ्नो पहिचानका लागि विवाह गरे, । मलाई सवै कुरा थाहा भइसकेको थियो । नेपाली केटा हेर्न पनि मन थिएन । पहिचानका लागि विवाह गरे । विवाहपछि परिवारमा निकै समस्या भयो । मेरो नन्दले मेरा बिषयमा धेरै कुरा गर्न थालिन । पछि सवैको मन जित्दै गएँ अहिले विवाह मेरा लागि खुसीको कुरा हो ।
काठमाण्डु, २१ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।
विमानस्थल भन्सार अधिकृत प्रेम अधिकारी र नायबसुब्बा हरिवंश कार्कीलाई धुम्बाराहीस्थित मुनलाइट पार्टी प्यालेसबाट शुक्रबार घुससहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनीहरुका साथबाट घूस लिँदै गरेको २२ लाख रकम बरामद गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
- See more at: http://kathmandutoday.com/2014/11/59128.html#sthash.wvBpF11B.dpuf
कामाण्डु, २१ भदौ– सात वर्षअघि म इमेज च्यानलमा अन्तर्वार्ताका लागि गएको थिएा । आलोक नेम्वाङ म्युजिक भिडियोसम्बन्धी कार्यक्रम चलाउने रहेछन् । उनैले बेलाएर गएको ।
पहिलो भेटमै म उनीसाग प्रभावित भएँ । हासिलो स्वभावको खुलेर कुरा गर्ने बानी मन पर्यो । मान्छे पनि उत्तिकै ह्याण्डसम । अन्तर्वार्तापछि चिया गफ भयो । म म्युजिक भिडियोहरु बनाउँथें । त्यतिबेलै हामी सँगै काम गर्ने कुरा भयो । पहिलाेपटक मेरो लाखौंपटक भन्ने गीतमा उनले निर्देशकको काम गरे । राम्रो भएको थियो । त्यसपछि हामी एकअर्कामा एकदमै मिल्ने साथी भयौं । बेलाबेलामा मेरो फोटो सेसन पनि गरिदिन्थे । स्वभावका कारण सामान्यता म मानिससँग छिट्टै नजिक हुन सक्दिन । तर मायालु प्रकारको स्वभावको आलोकसँग छिट्टै नजिक भएँ ।
उनले मेरो बदनाम भएछु म, सााझ ढल्दैछ, याद सााची कल्पिी बस्छुजस्ता थुप्रै गीतको म्युजिक भिडियोमा निर्देशन गरेका छन् । आलोक सानासाना कुराबाट पनि खुसी हुने मान्छे हो । सधैं रामाइलो कुरा गर्थे । ख्याल ठट्टा गर्न पनि जानेको । यस्तो मान्छेले किन आत्महत्या गर्नुपरेको होला ? घटना सुनेर एकदमै सक भइरहेको छ । जीवनसँग दिक्क लाग्ने केही भयो कि ? हामी दुवैजना व्यवस्त मान्छे । चार महिनाजति भयो भेट नभएको । फोनमा कहिले काहीं सामान्य कुरा भइरहन्थ्यो । फोनमा पहिलेजस्तै रमाइलो कुरा हुन्थ्यो । परिवर्तन भएको संकेत पनि मिलेको थिएन ।
खास गरी उनी निर्देशनमा पोख्त थिए । नयाँनयाँ आइडियाहरु कसरी ल्याउने भन्ने बारेमा सधैं सोचिरहने गर्थे । नयाँ आइडियाबारे कुरा पनि हुन्थ्यो हाम्रो बीचमा । भिडियोमा ‘ब्याक ग्राउण्ड’ र मोडलहरुको कपडाको कलरमा खेल्ने राम्रो क्षमता थियो । कोरियो ग्राफीसम्बन्धी राम्रो ज्ञान थियो ।
पछिल्लो समय ठूलो पर्दाका चलत्रिचमा समेत निर्देशन गरेका थिए । एउटा आशा लाग्दो युवा डाइरेक्टर गुमाउनु नेपाली चलचित्र क्षेत्रले गुमाएको छ । अमेरिकामा कला विषय पढेको मान्छे हो । काममा व्यवसायिक थिए । निर्देशन गर्नुपूर्व घरमै सबै तयारी गरेर आउँथे । राम्रो साथी र आशालाग्दो प्रतिभा गुमाउनुपर्दा गहिरो दु:ख लागेको छ । भन्नुपर्दा पत्याउन र पचाउन नसक्ने घटना भयो । बोल्ने गाह्रो हुने अवस्थामा छु । मुर्छा परुँलाजस्तो, कस्तो कस्तो भइरहेको छ ।
- See more at: http://kathmandutoday.com/2014/11/59011.html#sthash.wP6Wq1Cd.dpuf
काठमाडौं—झुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ। सानो चिटमा उनले परिवारिक र आफन्तलाई खुशी दिन नसकेको चरम निरासा पोखेका छन्।
उनले सुसाइडनोटमा आफ्नो जीवनका समस्या बारे कसैलाई पनि दोष दिएका छैनन्। 'हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छु', नेम्वाङले कसैलाई सम्बोधन नगरी लेखेको सुसाइड नोटमा भनेका छन्।
प्रहरीले शवलाई शुक्रबार पोष्टमार्टम गरेको छ।
घटनास्थलको प्रकृति र पोष्टमार्टमको रिपोर्ट हेरिसकेपछि अनुसन्धानमा संलग्न प्रहरी टोली नेम्वाङले आत्महत्या गरेको भन्नेमा विश्वस्त भएको छ। अहिलेसम्मको प्रकृति हेर्दा आत्महत्या बाहेक अरु केही शंका गर्नु पर्ने नदेखिएको प्रहरीको निष्कर्ष छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम कार्कीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का गरी पोष्टमार्टम गरेको जानकारी दिए। 'उनको साथबाट एउटा सानो कागज फेला पारेका छौं', एसएसपी कार्कीले नागरिकन्युजसँग भने, 'सो कागजमा उनैले लेखेको हो वा हैन भनेर अनुसन्धान भइरहेको छ। अहिलेसम्म घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिन्छ।'
नागरिक अर्काइभबाट
- See more at: http://www.nagariknews.com/main-story/story/27374.html#sthash.pnHUbSbO.dpuf
काठमाडौ, कार्तिक २० – चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङ धापासीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । नेम्वाङको तेस्रो चलचित्र ‘अझै पनि’ रिलिज हुने तयारीमा रहेको थियो । दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङले सानो संसार र कोही मेरो चलचित्रको निर्देशन गरेका थिए । उनी अविवाहित थिए । सञ्जय दत्तलाई हेर्ने भन्दै कक्षा आठमा पढ्दा पढ्दै मुम्बई भागेका नेम्बाङ पछि गएर नेपालका चर्चित म्युजिक भिडियो र चलचित्र निर्देशक बने । नेपाली सिनेमा नयाँ युगको सुरुवात गर्ने नेम्बाङले आफ्नो करियरको शुरुवात इमेज च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा गरेका थिए । नबिन के भट्टराईको लाखौं पटकबाट उनी नेपाली संगीत क्षेत्रमा म्युजिक भिडियो निर्देशकको रुपमा प्रवेश गरेका हुन् । नबिर्से तिमीलाई, नपाएँ तिमीलाई, पूरानो हुँदैन माया, डुब्न देउ लगाउत चर्चित भिडियो निर्देशन गरेका नेम्बाङ अब सदाका लागि बिदा भएका छन् । उनको आत्महत्याको कारणबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । - See more at: http://www.ratopati.com/2014/11/06/180369.html#sthash.aRTGlk7r.dpuf
बाग्लुङ, २० कात्तिक ।
समाजमा ठगिने व्यक्ति भएसम्म ठग्ने व्यक्तिको कमि हुँदैन भन्ने नेपाली उखानले अहिले पनि राम्रो बजार पाएको छ । बागलुङ नगरपालिका वडा नं. ४ माझकोट टोलमा सामान्य कस्मेटिक पसल संचालन गर्दै आएकी अस्मिता खड्काले बढी ब्याज दिने भनि बागलुङ बजारका व्यवसायी देखि सर्वसाधारण संग ५ करोड भन्दा बढी रकम लिएर फरार भएकी छन् ।
बैंक सहकारी र अन्य व्यक्तिले भन्दा बढी सयकडा ३०, देखि ४० प्रतिशत सम्म ब्याज दिने भन्दै अस्मिताले एउटै व्यक्तिसंग १० लाखदेखि बढीमा ७५ लाखसम्म लिएको चर्चाले बागलुङ बजार तताएको छ । बैंक, सहकारी र अन्यत्र भन्दा दोब्बर तेब्बर ब्याज पाउने लोभमा बागलुङका सय भन्दा बढी व्यक्तिसंग उनले ५ करोड भन्दा बढी ठगी गरि एक सातादेखि फरार भए पछि उनलाई रकम दिने व्यक्तिहरु इन्तु न चिन्तु हुन पुगेका छन् ।
एउटै व्यक्ति लाखौं रुपैया ठगिदा समेत अहिलेसम्म आफूहरु अस्मिता खड्कासंग ठगिएको भनि लिखित, मौखिक उजुरी भने प्रहरी प्रशासन कार्यालयमा नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । ठगिने व्यक्तिहरु अधिकांश महिला बागलुङ बजार ठूला घराना व्यापारी क्याम्पसका उपप्राध्यापक, बैंक तथा वित्तिय संस्थाका प्रमुख समेत रहेको कुरा खुल्दै आएको छ ।
अहिले ५ करोड भन्दा बढी रकम लिएर फरार हुने अस्मिताले शुरु शुरुमा, आफूले तिर्नु पर्ने ऋणको ब्याज राम्रोसंग बुझाएको कारणले पनि बढी ब्याज खानेको लागि आफूले खाइ नखाई जम्मा गरेको रकम दिए पछि उनी मोटो रकम लिएर फरार भएका छन् । अस्मिताबाट बागलुङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष शिवकुमार प्रधानकी श्रीमती कमला प्रधान, बागलुङ बजारका व्यवसायी युगेन्द्र श्रेष्ठ लगायतका एक सय भन्दा बढी व्यक्ति रहेको अनुमान गरिएको छ ।
उनले रकम लिएका साहुहरुलाई विदेशबाट श्रीमानले पठाइदिएको भन्दै मोवाइल ल्यापटप कुर्ता सुलवार लगायत महंगो मुल्य पर्ने सामान उपहार दिएर प्रभाव पार्ने गरेको पीडितहरुले गुनासो गरेका छन् ।
setoparewa.com
१९ कात्तिक, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक आतंकवादी संगठनले डरलाग्दो धम्की दिएको छ । पाकिस्तान र भारतको सीमा क्षेत्रमा ८० जना भन्दा बढीको ज्यान जाने गरी गराइएको विष्फोटको जिम्मा लिएको एक आतंकवादी संगठनले प्रधानमन्त्री मोदीलाई हत्याराको सज्ञा दिँदै त्यसको बदला लिने चेतावनी दिएको छ ।
पाकिस्तानी आतंकवादी संगठन तहरीक-ए-तालिबान पाकिस्तान जमात अहरारका प्रवक्ता एहसानुल्लाह एहसानले टि्वटरमा मोदी सयौं मुसलमानको हत्यारा भएको आरोप लगाउँदै कश्मिर र गुजरातका जनताले उनीसँग बदला लिने चेतवनी दिएका हुन् ।
पाकिस्तानमा आक्रमण गर्न सक्ने आफूहरुले भारतमा पनि त्यस्तै आक्रमण गर्न सक्ने चेतावनी समेत उनले दिएका छन् ।
यो चेतावनीपछि मोदीको सुरक्षा ब्यवस्था कडा तुल्याएको छ भने भारतभरी सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यस अघि पनि यो संगठनले थुप्रै आक्रमण र हत्या गरिसकेको छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-05-09-44-48.html#sthash.yCL9Yh1C.dpuf
गोरखा,कात्तिक १८ – सहरतिर महिलाको अन्च्छिामा छोए वा गलत नियतले हेरे पनि ‘आशय करणी’ को ऐनअन्तर्गत कारबाही हुन्छ । महिला अधिकारकर्मीहरुले नाराजुलुस गरेर सामाजिक बहिस्कार गर्छन् । तर गोरखाको केही गाउँमा युवतीलाई बाटोमा हिँडिरहेका बेला,सुतिरहेका बेला वा काम गरिरहेका बेला उपरिचित
युवकले जवरर्जस्ती तानेर विवाह गर्न पाउने चलन छ । ‘सरकारको नीति होइन,गाउँकै रीति हो’, ल्होका छेवाङ लामा भन्छन्,‘तल सहरतिर भए कानुन लाग्थ्यो होला,यहाँ पुरानो रितिस्थिती नै यस्तै छ ।’ युवकलाई युवती मन परेपछि बलफल्ती तानेर लाने र पछि परिवारलाई मनाउने परम्परा नै भएको उनले बताए । भोटे,लामा बसोबास गर्ने बिही,प्रोक,ल्हो,सामागाउँ,चुम्चेत र छेकम्पार गाविसमा तानेर बिहे गर्ने चलन रहेको स्थानीयले बताए । बिही गाविस ७ की कर्साङ डिकी लामा आफ्नो पनि तानेर बिहे भएको तर एक वर्षपछि सम्बन्ध विच्छेद गरेको बताउँछिन् । सोही गाउँकी छिरिङ डेमा पनि आफूलाई नचिनेको युवकले तानेर लगेका तर साथीहरुले बाटोबाटै खोसेर फर्काउन सफल भएको बताउँछिन् । ‘रातको समयमा मेला हेर्न गएको समय,राति घट्टमा मकै र गहुँ पिस्न जाँदा युवती तान्ने सम्भावना हुन्छ,’ तानेरै बिहे गरेका प्रोक ७ का पेमा लामा भन्छन्,‘रक्सी बेच्न गाउँगाउँ चहार्दा,मेलामा काम गरिरहेका बेला पनि तान्छन् ।’सहरमा पढेर भर्खरै गाउँ फर्केका युवतीलाई पनि गाउँका नचिनेका युवकले तान्ने गरेको बताए । ‘तानिने डरले सहरमा पढ्न गएका युवती गाउँ फर्कन समेत मान्दैनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । स्केचः इकान्तिपुरबाट साभार www.ratopati.com