एजेन्सी । आईएसआईएसको आतंकवादीले सिरियाको सहर रक्कामा सबैका सामु बीच सडकमा तीन सिरियाली नागरिकको शीर काटेर हत्या गरेका छन् ।
अल्लाहको अपमा गरेको भन्दै आतंकवादीहरुले यस्तो सजाय दिएका हुन् । सो संगठनले त्यसरी टाउको काटेको तस्वीर पनि सार्वजनिक गरेको छ ।
आतंकसम्बन्धी तालिम दिनका लागि सिरियामा ‘ओसामा बिन लादेन स्कुल’ खोलेको आईएसआईएसले जारी गरेकोसो तस्वीरमा बीच सडकमा टाउको काट्न लागेको देख्न सकिन्छ । जहाँ आसपास थुप्रै मानिसहरुको घुँइचो समेत देखिन्छ ।
सबै पीडितको आँखामा पट्टी बाँधिएको र हात बाँधिएको छ भने लाउडस्पिकरमा उनहरुको अपराध भनेर समेत सुनाइएको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले जनाएका छन् ।
- See more at: http://www.nepalsandesh.com/2014/11/01/108507#sthash.MCVvAS6x.u8hmJ4G3.dpuf
१८ कात्तिक, मकवानपुर ।
सहचालकले ट्रकको सन्तुलन कायम गर्न नसक्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा– १७ चुरीयामाईमा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सर्लाहीबाट ईटा बोकेर आउँदै गरेको ट्र्क मकवानपुरको चुरीयामाईमा पल्टदा ट्रकको पछिल्लो भागमा रहेको ईटा माथि सुतेर आएका ७ जनाको ईटाले थिचेर मृत्यु भएको हो ।
घटनामा ९ जना घाईते भएका छन् । घाइते मध्य तीन जनाको हेटौडा अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको र गम्भिर रहेका ६ जनालाई पथ उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
मृतकहरु सबै सर्लाहि औराही– ८ पटोर्वाका हुन् । मृत्यु भएका मध्य छ जनाको सनाखत भएको छ भने एक जना ससुरालि आएको बखत काम गर्नका लागि चितवन आएका कारण उनको सनाखत हुन सकेको छैन् । प्रहरीका अनुसार मृत्युहुनेमा सिहाराम महत्तो, झगुरु महत्तो, जित पास्वान, रामवली यादब र जंगिलाल महत्तो रहेका छन् ।
उनीहरुको शब घाईते रामबाबु यादबको सहयोगमा प्रहरीले पहिचान गरेको हो । उनीहरु चितवन धान काट्नका लागि मजदुरको रुपमा जादै गरेको घाईते रामबाबुले बताए । मापदण्ड भन्दा बढि लोड सहित यात्रु बोकेर आएको ट्रकलाई पथलैया ट्राफिकले जरिवाना काटेको छ । पथलैया कटेपछि सवारी चालकले ट्रक सहचालकलाई चलाउन दिदा दुर्घटना भएको प्रहरी नायब उपरिक्षक दिपक थापाले बताए ।
प्रारम्भिक अनुसान्धानका आधारमा ट्रक सहचालकले चलाएको खुलेको उनले बताए । यात्रुको भनाइको आधारमा ट्रकको चालक पथलैयाबाट सुतेको र ट्रक सहचालकलाई चलाउन दिएको बताइएको छ । ट्रक चुरीयाको उकालो उक्लि सकेपछि देब्रो पट्टी ढलमा पल्टिएको छ । सहचालकले ट्रकलाई सन्तुलनमा राख्न नसक्दा दुघटना भएको बताइएको छ ।
ट्रकका चालक र सहचालक दुबै फरार रहेका छन् । पथलैया बाट ट्रक सहचालकले चलाएको थियो । हामी धान काट्नका लागि चितवन जान लागेको हो । ट्रक पल्टिएपछि क्याबिनमा बस्नेले भन्यो र थाहा पाएको रामबाबुले बताए । पथलैया बाट ट्रक सहचालकले चलाएका थिए उनले भने ।
एक साता नबित्दै मकवानपुर अन्तरगत पर्ने राजमार्गमा १६ जनाको मृत्यु भएको छ । केहि दिन अघि मकवानपुरको बसामाडि–२ बस्तिपुरमा भएको बस दुघटनामा १० जनाको मृत्यु भएको थियो । प्रहरीले बसामाडिको घटनामा दुघटनामा जिम्मेवार मानिएको बसका चालकलाई सवारी एने अन्तरगत ज्यान मु्द्दा लगाएर कारबाही सुरु गरेको छ
एक पोर्न स्टार लोला टेलरलाई दुईजना पुरुषहरुले घण्टौँसम्म बलात्कार गरेका छन् । बच्नका लागि उनले तेस्रो तल्लाबाट हाम फालेकी छिन् ।
२२ वर्षीय यी पोर्न स्टारलाई मस्कोको एक फ्ल्याटमा फिल्ममा काम दिने भन्दै बोलाइएको थियो तर त्यहाँ उपस्थित दुई व्यक्तिहरुले उनलाई बलात्कार गरेका थिए । आफैँलाई बचाउनका लागि लोलाले बिल्डिङको तेस्रो तल्लाबाट हाम फालेकी छिन् ।
बेहोस भएको अवस्थामा उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । एक प्रत्यक्षदर्शीका अनुसार जब टेलरले बाल्कोनीबाट हाम फालिन् तब उनको दुबै खुट्टा भाँच्एिको थियो । उनको कपडा फाटेको थियो भने मुखबाट रगत बगिरहेको थियो । पुलिसले घटनामा संलग्न कोसेनकोव र म्याक्सिम फिलिपिन्कोलाई पक्राउ गरेको छ । (एजेन्सी)
http://www.ratopati.com
न्यूयोर्क – अमेरिकाको ओरेगनमा एक २९ वर्षीय महिलाले सबैलाई जानकारी दिएर गत शनिबार आफ्नो जीवनको अन्त्य गरेकी छिन् । क्यालिफोर्नियाम जन्मेकी ब्रिटनी मेनार्डले शिक्षा शास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । मस्तिष्कघात भएकी उनले ‘डेथ विथ डिग्निटी’ लाई मान्यता दिएको राज्य अरिगनमा औषधी सेवन गरि आत्महत्या गरेकी छिन् । मेनार्डसँग काम गरेको संस्था कम्प्यासन एण्ड च्वाइसले उनको मृत्यु पछि विज्ञप्ती जारि गर्दै उल्लेख गरेको छ – चाहे जसरी नै भएपनि उनले आफ्ना प्रियजनको हात समाएर मृत्युवरण गरेकी छिन् । विज्ञप्तीमा उल्लेख छ, ‘मानिस त्यो हो जसले जीवनको प्रशंसा गर्दै खुसी भएकालाई धन्यवाद भन्छन् । हामीले आफ्नो सोच परिवर्तन गर्न सके संसार नै परिवर्तन हुने गर्दछ ।’ मृत्युलाई अंगाल्नुपूर्व उनले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘मैले माया गर्ने मेरा सबै साथीभाइ र आफन्तसँग सदाको लागि बिदा लिन चाहन्छु । मैले आजको दिनलाई सम्मानपूर्वक मृत्युलाई अंगाल्ने दिनको रुपमा स्विकार गरेकी छु ।’ मृत्युवरण गर्नका लागि उनी आफ्ना श्रीमान, आमा र सौतेनी बुवासँग ओरेगन आएकी थिइन् । (एजेन्सी) - See more at: http://www.ratopati.com
मस्को– रुसकी एक पोर्न स्टार लोला टेलरलाई दुईजना पुरुषहरुले घण्टौँसम्म बलात्कार गरेका छन् । बच्नका लागि उनले तेस्रो तल्लाबाट हाम फालेकी छिन् ।
२२ वर्षीय यी पोर्न स्टारलाई मस्कोको एक फ्ल्याटमा फिल्ममा काम दिने भन्दै बोलाइएको थियो तर त्यहाँ उपस्थित दुई व्यक्तिहरुले उनलाई बलात्कार गरेका थिए । आफैँलाई बचाउनका लागि लोलाले बिल्डिङको तेस्रो तल्लाबाट हाम फालेकी छिन् ।
बेहोस भएको अवस्थामा उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । एक प्रत्यक्षदर्शीका अनुसार जब टेलरले बाल्कोनीबाट हाम फालिन् तब उनको दुबै खुट्टा भाँच्एिको थियो । उनको कपडा फाटेको थियो भने मुखबाट रगत बगिरहेको थियो । पुलिसले घटनामा संलग्न कोसेनकोव र म्याक्सिम फिलिपिन्कोलाई पक्राउ गरेको छ । (एजेन्सी)
http://www.ratopati.com
अबुजा (बीबीसी/एएफपी), कार्तिक १६ - नाइजेरियाको कट्टरपन्थी संगठन बोको हरामले संघर्ष विराममा सहमति नजनाएको र अपहृत २ सय स्कुले विद्यार्थीलाई रिहा गर्ने आश्वासन नदिएको भनेको छ । सरकारले गरेको उक्त दाबी झूटो भएको उसले जनाएको छ ।
संगठन प्रमुख अबु बकार सेकाउले ती छात्राहरूले इस्लाम धर्म स्विकारेको र अपहृत भएपछि उनीहरूको बिहे गराइएको जानकारी दिएको छ ।
उनीहरू आ-आफ्नो लोग्नेको घरमा भएको भनिएको छ । ह्युमन राइट्स वाचले गत साता आफ्नो रिपोर्टमा बोको हरामले ५ सयभन्दा बढी महिला र युवतीलाई बन्दी बनाएर राखिरहेको र उक्त समूहभित्र बलजफ्ती बिहे सामान्य भएको बताएको थियो ।
नाइजेरियाको सेनाले १७ अक्टोबरमा ती कट्टरपन्थी समूहसँग संघर्ष विराम भएको घोषणा गर्दै चाँडै ती बालिका र किशोरीलाई मुक्त गराउने भनेको थियो । 'हाम्रो कोहीसँग संघर्ष विराम भएको छैन, न त कोहीसँग वार्ता भएको छ, यो सब झूटो खबर हो,' सेकाउले शुक्रबार भिडियो जारी गर्दै भने । उनले अगाडि भनेका छन्, 'हामी सहमति गर्दैनौं, वार्तासँग केही लिनुदिनु छैन, अल्लाहले जे भन्छ, त्यही गर्छौं ।'
त्यहाँ सरकारी घोषणापछि पनि हिंसा जारी रह्यो । शुक्रबार पनि विस्फोटहरू भए । बोको हरामले त्यहाँ सन् २००९ देखि संघर्ष गरिरहेको छ । यो वर्ष करिब २ हजार नागरिकको ज्यान गयो । झन्डै ६ महिना अगाडि उत्तर-पूर्वी बोर्नो राज्यको चिबोकबाट २ सय १९ बढी स्कुले छात्राको अपहरणको घटना सार्वजनिक भएपछि उक्त समूहको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । असफल सरकारको पनि व्यापक निन्दा भएको थियो । बोको हरामका नेता सेकाउको दाबीपछि अपहरित बालिकाका परिवारजन स्तब्ध भएका छन् ।
उत्तर-पूर्वी नगरको चिबोक प्रौढ मञ्चका प्रमुख पोगो बित्रसले ती बालिकाको विवाह भएको खबर स्तब्ध बनाएको बताए । उनले बोको हराम वास्तवमै भरपर्न नसकिने समूह भएको बताए ।
बित्रसले बोको हरामले समुदायमा आक्रमण गर्न नछोडेकाले आफूहरूले युद्धविरामलाई कहिल्यै गम्भीर रूपमा नलिएको र बालिकालाई रिहा गर्ने कुरामा विश्वास नगरेको बताए । बित्रसका चार भतिजी पनि बन्धक बनेका छन् । उनले सरकार अगाडि बढेर कुनै न कुनै प्रयास गरी विद्रोहीलाई दबाउने आफूहरूले आशा गरेको बताए । सेकाउले यसअघिको भिडियो सन्देशमा यी बालिकामध्ये केहीलाई दास पत्नीको रूपमा बिक्री गरिदिने बताएको थिए ।
क्रिस्चियन धर्मगुरु एनोक मार्ककी छोरी तथा भतिजी पनि बन्धक बनेकी छन् । उनले बालिकाको अपहरण भएपछि वास्तविकता थाहा नभएको र विवादास्पद सूचना प्राप्त गर्ने गरेको बताए ।
उनले चिबोक बालिकाको विषयमा विश्वको ध्यान गएकोमा आफूहरू व्यंग्यात्मक रूपले भाग्यवानी भएको बताए । उनले बोको हरामले कति बालिकालाई अपहरण गरे भन्ने विषयमा भगवानलाई थाहा भएको र उनीहरू फर्केर आउने आशा गरिएको बताए ।
http://www.ekantipur.com
जोहान्सवर्ग– पुरुषहरुबाट महिला बलाकृत भएको घटना हामीले धेरै सुनेका र पढेका छौँ । पुरुषहरु पनि महिलाहरुबाट बलात्कृत भएको घटना यदाकदा सुन्नमा आउँछ । यस्तो घटनाले सबैलाई अचम्मित बनाएको हुन्छ । हो, यस्तै अचम्मको घटना भएको छ दक्षिण अफ्रिकामा पनि ।
एक तीस वर्षीय युवकले आफूलाई तीनजना महिलाले बन्दुक तेर्साएर बलात्कार गरेको आरोप लगाउँदै निवेदन दिएका छन् ।
उनका अनुसार कारमा आइरहेका तीनजना महिलाले होटल स्याभोईको लेकेसन सोधे । उनीहरुलाई होटल जाने बाटोको बारेमा जानकारी दिँदै गर्दा कारभित्रबाट एकजना महिलाले उनले भनेको केहि पनि नबुझेका कारण उनलाई कारभित्र नै बस्न लगाई होटल देखाइदिन आग्रह गरे । कारमा बसिसकेपछि कार पार्कमा लगेर उनलाई कपडा फुकाल्न निर्देशन दिइयो ।
त्यसपछि उनीहरुले पालैपालो उनलाई बलात्कार गरेको आरोप लगाएका छन् । एकले बलात्कार गरिरहँदा अर्को महिलाले उनलाई बन्दुक देखाएको उनले पुलिसलाई बताएका छन् ।
पिडित पुरुषका अनुसार ती महिलाहरु २० देखि ३० उमेर समुहका देखिन्थे । बलात्कार गरिसकेपछि मेन रिज रोडमा पुराइदिएपछि आफू त्यहाँबाट हिँडेर घर पुगी पुलिसलाई सो घटनाको बारेमा जानकारी गराएको उनले बताएका छन् । घटनापछि आफूले निकै सास्ती सहनुपरेको उक्त पुरुषको आरोप छ । शंका लागेर उनले आफ्नो एचआइभी टेस्टसमेत गराएका छन् । (एजेन्सी)
http://edailynewsnepal.blogspot.com
भारतीय प्रहरीले टनेल खनेर बैंक लुट्न तीन जनालाई हरियाणामा प्रकाउ गरेको छ। फिल्मी शैलीमा १ सय २५ फिट लामो टनेल खनेर सो समूहले गत शनिबार पञ्जाव नेशनल बैंकको हरियाणा शाखाबाट नगदसहित गरगहना लुटेको थियो।
प्रकाउ परेकोहरुको नाम सार्वजनिक नगरिएको बिबिसीले जनाएको छ।
उनीहरुले खनेको टनेल बैंक नजिकको एक खाली रहेको घरबाट सुरु भई बैंकको ढोकामा निस्किएको थियो। सिनेमाबाट प्रभावित भई लुटराहरुले यो हर्कत गरेको हुनसक्ने प्रहरी बताएको छ। टनेल खन्न ४० दिन लागेको प्रकाउ परेकाहरुले बताएका छन्।http://setopati.com/
खोटाङ : एक युवतीलाई बलात्कार गर्न खोजेको अभियोगमा खोटाङमा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । मानसिक सन्तुलन गुमाएकी १८ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको अभियोगमा प्रहरी चौकी बराहापोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद यादव पक्राउ परेका
हुन् ।
राती घरैमा सुतीरहेकी युवतीलाई उनको कोठैमा गएर यादवविरुद्ध आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिए ।
उजुरीपछि सोमबार पक्राउ परेका उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको दाहालको भनाइ छ । आफन्तका अनुसार उनले गत आइतबार राती युवतीमाथि बलात्कार गर्न खोजेका थिए ।
मानसिक सन्तुलन गुमाएकी युवतीमाथि उनले मिलको फित्ताले बेरेर बलात्कार गर्न खोजेपछि पीडितले चिच्याएपछि थाहा भएको आफन्तले दिएको उजुरीमा उल्लेख छ । उनीविरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताएका छन् ।
annapurnapost.com
काठमाडौं । राजनीतिक संरक्षणमा देशमा गुण्डागर्दी मौलाउदै गएको छ । प्रहरीले बेला बेलामा गुण्डाहरुलाई पक्राउ गरेपनि संगठित रुपमा गुण्डागर्दी बढ्दो छ । पछिल्लो समय गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्ने गरेकाहरु ठूला नेताहरुका प्रिय बन्न थालेपछि प्रहरी पनि हैरान भइसकेका छन् । ललितपुरमा लामो समयदेखि गुण्डागर्दी गर्दै आएको आरोप लागेका मीनकृष्ण महर्जनले पनि कांग्रेस नेताहरुलाई खुशी बनाउ“दै आफ्नो पहु“च विस्तार गर्दै लगेका छन् । कांग्रेस नेताहरु रामचन्द्र पौडेल, खुम बहादुर खड्का, शंकर भण्डारीको प्रिय रहेका महर्जनले पछिल्लो समय राष्ट्रपति डा.रामवरण यादबस“ग नजिकिन खोजेका छन् ।
राष्ट्रपति डा.यादबस“ग खिचेको फोटोलाई उनले फेुसबुकमा ‘प्रोफाइल पिक्चर’ बनाएपछि प्रहरीहरु आश्चर्यमा परेका छन् । राष्ट्रपतिले पदिय आचरण, शिष्टाचार र मर्यादा नाघेर यसरी डनस“ग फोटो खिच्नुलाई अशोभनिय मात्र होइन अमर्यादित समेत मानिन्छ । राष्ट्रपतिले समकक्षीस“ग मात्र यसरी कुम जोडेर वा हात मिलाएर स“गै बसेर फोटो खिच्न सक्छन्, त्यो पनि औपचारिक रुपमा । तर, अनौपचारिक रुपमा खास्टो ओडेर तस्विर लिन पाईंदैन, त्यो पनि राष्ट्रपति कार्यालयमा । यसरी अनौपचारिक र अनुमति लिएर फोटो खिचिएको रहेछ भने पनि सार्वजनिक गर्न भने मिल्दैन ।
तर डन महर्जनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै सार्वजनिक गरेर राष्ट्रपतिको मार्यादामाथि नै आ“च पु¥याउने काम गरेको आज प्रकाशित युनाइटेड पोष्ट साप्ताहिकले खबर छापेको छ । साप्ताहिक अगाडी लेख्छ–‘खासगरी ललितपुरको ढुङगाखानी र अन्य सरकारी ठेक्कामा उनै महर्जनको राज चल्दै आएको छ । चापागाउ“को सामान्य परिवारमा जन्मिएका उनले गुण्डागर्दीबाटै करोडौंको सम्पत्ति जोडिसकेका छन् । सडकको ठेक्का कमिसनको विवादमा नै उनलाई गत वर्ष फागुनमा डन रमेश बाहुनले गोली हानेका थिए । बाहुन पक्राउ परी जेल गएपछि उनको फुर्ती अझै बढेको छ ।’ केही प्रहरी अधिकारीहरुस“ग समेत महर्जनको राम्रो सम्बन्ध छ ।
बाहुनले गोली हानेको बेला सई रमेश बजगाई महर्जनस“गै थिए । बाहुनलाई त्यसबेला उनै बजगार्इंले तिघ्रामा गोली हानेका थिए । बजगाई हाल अपराध महाशाखाको बिशेष टोलीमा कार्यरत छन् । उनै बजगार्इंका कारण महर्जनविरुद्ध उजुरी परे पनि पक्राउ नपरेको स्रोत बताउ“छ । बाहुनले महर्जन विरुद्ध उजुरी हाल्न खोज्दा बजगाईंकै दबाबमा प्रहरीले उजुरी नलिएको त्यतिबेला चर्चा चलेको थियो ।
www.ratopati.com
भारतीय उपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको भनिएको निलोफर नामक समुद्री तुफानका बारेमा सर्बसाधारणलाई सचेत गराउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो साँझ एक विज्ञप्ति जारी गर्दै निलोफर तुफानप्रति सरकारको गम्भीर ध्यानआर्षण भएको समेत जनाएको छ । बिज्ञप्तिमा भनिएको छ “हुदहुद नामक समुद्री तुफानको प्रभावको कारण केही समय अघि अनपेक्षित हिमपातबाट मनाङ, मुस्ताङ, पर्वत लगायतका जिल्लाहरुमा ठुलो संख्यामा पर्यटक पथप्रदर्शक तथा सर्वसाधरणको ज्यान गएको र हराई रहेको तितो यथार्थको गहिरो घाउ पुरिन नपाउदै पुन त्यस्तै विनाशकारी निलोफर नामक समुद्री तुफान भारतीयउपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको सूचना प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गम्भीर बनेको छ ।”
प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले बिज्ञप्तिमार्फत सो तुफानबाट असर पर्न सक्ने सम्भावित ठाउ“हरु मध्ये अत्यधिकवर्षा हुन सक्ने हिमपात हुन सक्ने एवं हुरी बतास र आँधी आउन सक्ने स्थानहरुको पहिचान गरी जानकारी गराउन भनेको छ ।
आवश्यक सुचनाहरु सञ्चारमाध्यममा जानकारी गराउन सरकारले आग्रह गरेको छ ।
यस्तो छ बिज्ञप्ति
यस्तो छ बिज्ञप्ति
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको
प्रेस विज्ञप्ति
“हुदहुद” नामक समुद्री तुफानको प्रभावको कारण केही समय अघि अनपेक्षित हिमपातबाट मनाङ‚ मुस्ताङ‚ पर्वत लगायतका जिल्लाहरुमाठुलोसंख्यामा पर्यटक‚पथप्रदर्शक तथा सर्वसाधरणको ज्यान गएको र हराई रहेको तितो यथार्थको गहिरो घाउ पुरिन नपाउदै पुन:त्यस्तै विनाशकारी “निलोफर” नामक समुद्री तुफान भारतीयउपमहादीपको पश्चिमी तटतर्फ अगाडी बढिरहेको सूचना प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गम्भिर रहेको कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले बताउनुभएको छ । यसै क्रममा उहाँले जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसँग यस बिषयमा छलफल गरी “निलोफर” नामको समुद्री तुफानबाट नेपालमा पर्न सक्ने सम्भावित असरका सम्बन्धमा निम्नानुसार गर्न निर्देशन दिनु भएको छ ।
(क) सो तुफानबाट असर पर्न सक्ने सम्भावित ठाउँहरु मध्ये अत्यधिकबर्षा हुन सक्ने‚ हिमपात हुन सक्ने एवं हुरी बतास र आँधी आउन सक्ने स्थानहरुको पहिचान गरी सम्भावित जोखिम अवधि तथा स्थानको बारेमा अद्यावधिक हुने र उपरोक्त सूचना गृह मन्त्रालय‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयएवं पर्यटन सूचना केन्द्रहरु‚ सम्भावित क्षेत्रका स्थानीय प्रशासन एवं पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुलाई उपलब्ध गराउने र रेडियो‚ टेलिभिजन एवं छापा सञ्चार माध्यम मार्फत समेत सर्वसाधणलाई जानकारी गराउने‚
(ख) यस्तो सम्भावित जोखिमको सूचना मौसम भविश्यवाणीको आधारमा दैनिक रुपमा अद्यावधि गराई नियमित रुपमाजानकारी गराउने‚
(ग) सम्भावित जोखिमका दिनहरुमा ती क्षेत्रहरुमा पथप्रदर्शक‚ पर्यटक तथा सर्वसाधारणलाई आवतजावत नगर्न पर्यटनसँग सम्बन्धित संघसंस्था र स्थानीय प्रशासन मार्फत अनुरोध गर्ने‚
(घ) प्राविधिक रुपमा लामो अवधिको मौसमको भविश्यवाणी गर्न कठिनाई भएमा मौसम भविश्यवाणी सम्बन्धी अन्तराष्ट्रियसंघ/संस्था एवं छिमेकी मित्र राष्ट्रहरुसँग समेत सूचना आदान प्रदान गरी सम्भावित जोखिमबाट जोगिन सजग बनाउने ।
मिति : २०७१ कार्तिक ११ गतेमंगलबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार ।
- See more at: http://nepaliheadlines.com/2014-10-29-09-23-53.html#sthash.xA6rhDYu.dpuf
काठमाडौं, कार्तिक १२ । अन्तराष्ट्रिय स्तरबाट बचाउनका लागी धेरै प्रयास भए पनि २६ बर्षिया इरानी महिला रेहाना जब्बारीलाई मृत्युदण्ड दिइयो । बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली व्यक्तिलाई हत्या गरेको आरोपमा करिब सात बर्ष जेल काटेपछि उनलाई गत अक्टोबर २५ मा फांसीमा झुण्डाइयो । आत्मरक्षाका लागी हत्या गरेको दावी गरे पनि उनको पक्षमा सुनुवाइ भएन ।
style="text-align: justify;">रेहानालाई माफि दिइयोस भनेर अन्तराष्ट्रिय स्तरमा अभियान चलाइए पनि अन्ततः उनलाई तेहरानको जेलमा क्रुरतापूर्ण तरिकाले फांसी दिइएको थियो । उनलाई इरानको गुप्तचर मन्त्रालयले पूर्वकर्मचारी मूर्तजा अब्दोआली सरबन्दीको हत्या गरेको आरोपमा सन् २००७ मा पक्राउ गरेको थियो ।
रेहनाकी आमाले न्यायधीससमक्ष पूर्वगुप्तचर एजेण्ट सरबन्दीको हत्या आरोपमा छोरीलाई नभई आफूलाई फाँसी दिन समेत अनुरोध गरेकी थिइन । बलात्कार प्रयास गर्ने व्यक्तिलाई रेहानाले चक्कु प्रहार गरे पनि हत्या अर्कै व्यक्तिले गरेको आमाको दावी थियो ।
रेहानाकी आमालाई छोरीसंग अन्तिमपटक एक घन्टाका लागी भेट्न दिएका थिए । फांसीमा दिनु भन्दा केही साता अघि रेहानाले आमालाई एउटा भावुक चिठी लेखेकी थिइन । यो चिठी केही दिन वाहिर आएको छ र विश्व चर्चित भएको छ । उनको चिठी पढ्दा धेरैको मुटु रेटिन्छ । यही चिठीको केही अंश यहां उल्लेख गरिएको छ ।
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।
मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन । मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
........
तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।
आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको रु तर तपाइँको अनुभव काम लागेन त । जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ । जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
......
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।
न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् ।
र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो ।
मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
.......
आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न ।
त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस ।
मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस ।
मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।
मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि ।
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
imagekhabar.com
तस्वीर हेर्दा यो फोटोसपबाट तयार पारिएकेा जस्तो लाग्नसक्छ । तर यो फोटोसप गरिएको नक्कली तस्वीर होइन, एक किशोरीको खुट्टाको वास्तविक तस्वीर हो । सर्पको डसाइबाट चाउरिँदै, सुक्दै तथा कालो हुँदै गएको खुट्टाको यस्तो तस्वीर निकै डरलाग्दो देखिन्छ ।
भेनेजुयलाकी एक १३ वर्षीया किशोरीको खुट्टा यसरी सुक्दै र कुहिँदै गएको छ, सर्पको डसाइका कारण । विषालु सर्पले खुट्टामा डसेपछि उनको खुट्टाका तन्तुहरु मर्दै गएपछि खुट्टा यसरी सुक्दै, गल्दै तथा कालो हुँदै गएको छ ।
इन्टाग्राममा एक प्रयोगकर्ताले उनको यो तस्वीर पोष्ट गरेसँगै यसले निकै चर्चा पाएको छ । सर्पले डसेसँगै सुरुमा स्थानीय परम्परागत विधिबाट उपचार गराउन थाल्दा उनको यस्तो हालत भएको हो । परम्परागत औषधिको भर पर्दा खुट्टा सुक्न र कालो हुन थालेपछि एक महिनापछि ती किशोरीलाई राजधानी काराकासको अस्पतालमा भर्ना गरिएको थियो । तर त्यतिबेलासम्म ढिलो भैसकेको थियो र उनको उपचार सम्भव थिएन । डाक्टरहरुले उनको सुकेको र कुहिएको खुट्टा काटेर फ्याँक्नुको विकल्प नभएको बताएका छन् ।
सर्पको विष सरीरभर नै फैलिएकाले खुट्टा फ्याँकेपछि पनि जोखिम नटर्ने र ती किशोरीको ज्यान समेत जानसक्ने डाक्टरहरु बताउँछन् । विषकै कारण उनको जिउ समेत सुक्दै गएको हुँदा विस्तारै उनको ज्यानै गुम्ने डर छ ।
यसरी विषका कारण सरीरभरका मांसपेशी तथा अन्य तन्तुहरु मर्दै जाने प्रक्रियालाई राब्डोमायोलाइसिस भनिन्छ । यसले मृगौला लगायतका सरीरका अंगहरुमा प्रत्यक्ष असर पुराउँछ ।
मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहानाले मृत्युपश्चात सबै अंगहरु दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी छन् ।
अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो ।
‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा रेहानालाई इरानको सर्वोच्च अदालतले मृत्यु दण्ड दिएको छ । अदालतले हत्या जानी बुझी गरिएको बताएको छ ।
७ वर्षदेखि जेलमा सजाय भोगिरहेकी रेहानालाई २५ अक्टुबरमा फाँसी दिइयो । उनले मृत्युअघि आमालाई सन्देश पठाउँदै मृत्युपछि आफ्ना अंगहरु आवश्यकता भएकाहरुलाई दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
रेहानाले गत अप्रेल महिनामै यो सन्देश पठाएको भए पनि रेहानाका समर्थकहरुले मृत्युको भोली पल्टमात्रै यो सन्देश सार्वजनिक गरे ।
उनकी आमाले न्यायाधीशसँग पूर्व इन्टिलिजेन्स अफिसर सरबन्दीको हत्या आरोपमा छोरीको सट्टा आफूलाई फाँसी दिन माग गरेकी थिइन् ।
मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेशलाई गलत ठहर गरेको छ । एम्नेस्टीका अनुसार जब्बारीले सरबन्दीको हत्या आफूले गरेको बताए पनि त्यसबेला घटनास्थलमा अर्को व्यक्तिको पनि उपस्थिति थियो र हत्या अर्कैले गरेको थियो ।
रेहानाको पत्रको भावार्थः
मेरी प्रिय आमा,
आजै थाहा पाएँ मैले किस्सास (इरानी विधि व्यवस्थामा प्रतिकार कानून) को सामना गर्नुपर्ने छ । म आफ्नो जीवनको अन्तिम अवस्था नजिकै आइपुगेकी छु भन्ने तपाइले अझै स्वीकार गर्न नसक्दा म खिन्न भएकी छु ।
तपाइको उदासीले मलाई निकै सताउँछ । एकपटक तपाइँ र बुवाको हात चुम्ने मौका मलाई किन दिनु हुन्न ?
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।
मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन ।
मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।
आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त ।
जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ ।
जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।
न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् ।
र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो ।
मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
मैले आफ्नो नासोका रुपमा केही हस्तलिखित दस्तावेज तपाइँका लागि छोडेकी छु ।
आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न ।
त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस ।
मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस ।
मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।
मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि ।
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
सृष्टिकर्ताको अदालतमा मैले ति सबै जसले अज्ञानताबस वा गलत मनसायले मेरो अधिकार खोसे र कहिलेकाहीं वास्तविकता बाहिर देखिए भन्दा फरक हुन्छ भन्ने तथ्यमा ध्यान दिन चाहेनन् ति सबैविरुद्ध आरोपपत्र प्रस्तुत गर्नेछु ।
कोमल हृदयकी मेरी आमा, अर्को संसारमा अरुहरु आरोपित हुनेछन जुनबेला आरोपपत्र दायर गर्ने तपाइँ र म मात्रै हुनेछौं । हेरौं भगवान के चाहँदा रहेछन् ।
नमर्दासम्म म तपाइँलाई अँगालोमा बाँधीरहन चाहन्थे । आइ लभ यु ।
रेहाना
एजेन्सी
चितवन, ९ कात्तिक । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा एमालेनिकट युवा संघमा आवद्ध प्रकाश रेग्मी (चमेरो) लाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।
चितवन प्रहरीको गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत चमेरोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन्।
छिमेकी जिल्ला धादिङका एमाले समर्थित डन चरी प्रहरी कारवाहीमा यसअघि नै मारिइसकेका छन् । चरीपछि एमालेको छत्रछाँयामा गुण्डागर्दी गर्ने चमेरो पक्राउ परेका हुन् । चमेरो नेकपा एमाले निकट युवा संघका पूर्वकेन्द्रीय सदस्य हुन् ।
प्रहरी उपरीक्षक सहकुलबहादुर थापा चितवन आएपछि उनले अपराध नियन्त्रणमा सक्रिय छन् । थापा चितवन आएको एक महिना पनि बितेको छैन । उनी आएपछि गुण्डागर्दी, जबर्जस्ती, चन्दा असुली, अपहरण, कुटपिट र धम्कीजस्ता आपराधिक कृयाकलापमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
विभिन्न राजनीतिक पार्टीसँग निकट सम्बन्ध बनाएका मात्र नभई पार्टीको भ्रातृ सगंठनमा आवद्धहरु पनि सार्वजनिक अपराध आरोपमा पक्राउ पर्ने क्रम रोकिएको छैन । गुण्डागर्दी र जबरजस्ती चन्दा असुली आरोपमा चितवन प्रहरीले आइतबार नारायणगढबाट प्रकाश रेग्मी चमेरोलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले रेग्मीलाई पक्राउ गरिएको पुष्टि गर्दै उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही अघि बढाइने जानकारी दिए ।
www.nepalikonews.com
इराकको बग्दादको दक्षिणस्थित एक नगरमा भएको आत्मघाति हमलामा २४ जनाको ज्यान गएको छ भने ६० भन्दा बढि व्यक्तिहरु घाइते भएका छन ।
जर्फ अल सखर नगरको नजिक इराकी सुरक्षा बल र शिया मिलिशियाहरु रहेको नाकामा हमला भएको बताइएको छ । हमलाकारीहरुले बिस्फेटक पदार्थले भरिएको एक गााडिबाट पुलिस नाकामा ठक्कर दिएका थिए । ठक्करपछि भएको धमाकामा २४ को ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
हमाला इस्लामिक स्टेटका चरमपन्थीहरुले गराएको आशंका गरिएको छ । धेरै महिनासम्म चलिरहेको सघंर्ष पछि केहिदिन अघि जर्फ अल सखर नगरलाई सरकार समर्थित लडाकुबाट मुक्त गराइएको थियो । जर्फ अल सखर नगर बग्दादबाट ५० किलोमिटर टाढा रहेको छ । यस इलाका सुन्नि बहुसख्यक अबांर प्रान्त र शिया बहुसख्यक दक्षिण इराकको बीचमा रहेको छ ।
ईश्वर भट्टराई, पथरी, ११ कार्तिक, महिला हिंसाका शृङ्खला बढिरहेका बेला मोरङ वयरवन–६ की एक महिलाले आफू पारिवारिक रुपमा पीडित भएर घर छोड्न वाध्य भएको बताएकि छिन् । 'पति विदेश गएपछि आफूलाई विभिन्न लाञ्छना लगाइयो, समाजले पनि न्याय दिएन । त्यसैले अहिले घर छोडेर माइतीको शरण लिएर बस्दै छु', पीडित ललिता चौधरीले भनिन् । उनका श्रीमान् त्रिभु चौधरी वैदेशिक रोजगारको शिलशिलामा कतारमा छन् । दुई सन्तानकी आमा ललितालाई सौतेनी सासु र नन्दले दुव्र्यवहार गर्ने गरेको र ज्यान मार्ने धम्कीसमेत दिएपछि आफू घर छोड्न बाध्य भएको बताइन् । श्रम गरेर पठाएको रकममा 'चलखेल गर्ने' उद्देश्यले त्रिभुकी बहिनी र सौतेनी आमाले ललितालाई चरित्रहिन करार गरी घर निकाला गरेको बुझिएको छ । परपुरूषसँग अवैध सम्बन्ध राखेको र भ्रुण हत्या गरेको जस्ता लाञ्छना लगाई ललितालाई घर निकाला गरिएको महिला स्वयंसेवी रमा दाहालले बताइन् । हाल सुनसरी एकम्बास्थित माइतीको शरणमा बसिरहेकी ललितालाई उनैले जन्म दिएका दुई सन्तानलाई समेत भेट गर्न नदिएपछि उनी न्यायको लागि सबैसँग हारगुहार गरिरहेकी छिन् । 'ललितालाई साँच्चै अन्याय परेको छ', महिला स्वयम्सेवी दाहालले भनिन्, 'कम्तीमा आपैंmले जन्माएका छोराछोरीसँग भेट हुन दिनुपर्छ ।' उनलाई गत असोज ८ गते आम्दा हस्पिटल दमकमा अल्ट्रासाउन गरी १९ हप्ताको गर्भ रहेको आरोप लगाउँदै पराई घर गइसकेकी नन्द रामकुमारीले घर निकाला गरेकी हुन् । पीडित ललिताले भनिन्, 'परपुरूषसँगको सम्बन्ध म सोच्न पनि सक्दिन, कसैले मेरो स्वास्थ्य जाँच पनि गरेका छैनन् । झुटो रिपोर्ट तयार पारेर मेरो चरित्र हत्या मात्र गरेका हुन् ।' उनले भनिन्, 'नन्द र सासुले यो घरमा तेरो केही छैन, हामीले दुःख गरेर बनाएको घरमा तेरो कुनै अधिकार छैन, आङमा लगाएको लुगा बाहेक तैँले केही पाउँदिनस् भन्दै कुट्ने मार्ने धम्की दिन थालेपछि म घर छोड्न बाध्य बने ।' ३४ वर्षीया ललिताले आफूलाई घरमा स–सम्मान पुर्नस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह पनि गरेकी छन् । आफूले लेखपढ गर्न नजानेको र कतै पनि उजुरी गर्न नगएको, बरू घरैै छोडि हिँडेको बताउने ललिताले न्याय पाउनु पर्ने महिला स्वयंसेवी दाहालले बताइन् । वास्तविक घटना बुझेर पीडितलाई न्याय दिलाउन आफूहरू लागि पर्ने दाहालको भनाइ छ । यस्तै, गत बैशाखदेखि कतारमा कार्यरत त्रिभु चौधरीले श्रीमती ललिताको चरित्रमा कुनै शंका नगरे पनि घरपरिवारका सदस्यहरूले जबरजस्त आरोप लगाएको पीडित पक्षको भनाइ छ । यस विषयमा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रूद्र चुडालले ललिताको 'कथित गर्भपतन' मा आफूलाई समेत विवादमा मुछेको भन्दै आपत्ति प्रकट गरे । 'हामीले यो विषयमा छलफलसम्म गराउने हो, तर कसैले जाहेरी दिएको छैन', इन्सपेक्टर चुडालले भने, 'केही सञ्चारकर्मीले रकमको प्रलोभनमा परी मेरो चरित्र हत्या गर्ने महिला हिंसालाई प्रश्रय दिन खोजेका मात्र हुन् ।' उनका अनुसार गर्भपतन गरेको रिपोर्ट सरकारी चिकित्सकले दिने हो, कुनै नाफामूखी स्वास्थ्य केन्द्रले होइन । बनावटी रिपोर्ट ल्याएकै भरमा प्रहरी घटनाको गहिराइमा पुग्न बाध्यकारी हुदैन । कपोकल्पित घटना बनाइ पत्रकार सम्मेलन समेत गरेर ललिताका सासु र नन्दले प्रहरीलाई समेत बदनाम बनाएको भन्दै ललितालाई न्याय दिलाउन लागि परेकाहरूले पनि आपत्ति प्रकट गरेका छन् ।
aajakokhabar.com/news
कार्तिक-११, बागलुङ ।
सशस्त्र प्रहरीबलका हवल्दारले तिहार बिदामा घर आउँदा यहाँकी महिलालाइ बलात्कार गरेका छन् । देविस्थान ९ का ३१ बषिर्य दिर्घप्रसाद शेरचनले घाँस काटेर फर्केकी स्थानीय महिलालाई कात्तिक ७ गते बेलुकी बलात्कार गरेका हुन् ।
जबरजस्ती लछारपछार पार्दै लडाएपछि बेहोस भएकी उनलाई बलात्कार गरेका थिए । शेरचन चितवनमा कार्यरत छन् ।टाउको र छातीमा घाउ लागेकी ती महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिवाङले पक्राउ गरी शेरचनलाई जिल्ला प्रहरीमा पठाएको छ ।
होसमा आउँदा शेरचनले बलात्कार गरेर भागेका थिए । मैले प्रतिकार गर्दा मार्ने धम्की समेत दिएको थियोु पीडितले भनिन्, बलत्कार गरेर बेहोस भएपछि होस आएपछि सकी नसकी घर पुगें । पीडितका आफन्तले शुक्रबार रातीनै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट प्रहरीले शेरचनको चप्पल समेत बरामद गरेको छ ।
पीडित महिला टोलाइरहने, डराउने लगायतका लक्षण देखाई रहेकोले महिला विकास कार्यालयले संचालन गरेको अल्पकालिन सेवा केन्द्रले स्वास्थ्य उपचार र कानूनी उपचारको काम थालेको केन्द्रकी कार्यक्रम संयोजक शर्मिला थापाले बताइन् ।
पीडितको धौलागिरी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण समेत गरिएको छ । केन्द्रले पुनरावेदन अदालत बार इकाइको सहयोगमा शेरचनलाई अदालतमा मुद्दा दिएपछि म्याद थप गरिएको छ । केन्द्रमा बढीमा १५ दिन सम्म उपचार गरी राख्ने व्यवस्था छ । कान्तिपुर
sajhasabal.com/news
१० कात्तिक । जापानमा छिट्टै महाप्रलाय आउँने भूगर्भविदहरुले घोषणा गरेका छन् । उक्त महाप्रलायमा परी पूरै जापान ध्वस्त भई महासागरमा विलिन हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।
भूगर्भविदहरुका अनुसार जापानमा यही शताव्दीभित्र महाविध्वांशकारी ज्वालामुखी विस्फोट हुनेछ । यसले जापानको १ सय २७ मिलियन जनसंख्याको जीवन खतरामा पर्दै गएको नयाँ अध्ययनले देखाएको उनीहरुको भनाइ छ ।
यो कुनै मिथ्या अनुमान होइन,नयाँ अध्ययनले पुष्टि गरेको कुरा हो–कोबे विश्वविद्यालयका भूगर्भ विज्ञानका प्राध्यापक योशियुकी तात्सुमीले बताए । उनको टोलीले तयार पारेको नयाँ अध्ययन गत बुधवार सार्वजनिक गरिएको थियो । विज्ञहरुको अनुसार जापानमा विगत २० हजार वर्ष यतादेखि लगातर भइरहेको ज्वालामुखी विस्फोटनको अनुपात,त्यसको प्रभाव लगायतको अध्धयनले अबको एक सयभित्र नै जापानको अस्तित्व मेटिने गरि महाप्रलायकारी ज्वालामुखी विस्फोट हुने खतरा बढेको उक्त अध्ययनको निचोड छ ।
यस्तै विगत ३० वर्ष यता आइरहेको भूकम्पको क्षमता,त्यसले पारेको असर र क्षतिलाई पनि अध्धयनको आधार बनाइउको छ ।http://www.taja-khabar.com/international
भूगर्भविदहरुका अनुसार जापानमा यही शताव्दीभित्र महाविध्वांशकारी ज्वालामुखी विस्फोट हुनेछ । यसले जापानको १ सय २७ मिलियन जनसंख्याको जीवन खतरामा पर्दै गएको नयाँ अध्ययनले देखाएको उनीहरुको भनाइ छ ।
यो कुनै मिथ्या अनुमान होइन,नयाँ अध्ययनले पुष्टि गरेको कुरा हो–कोबे विश्वविद्यालयका भूगर्भ विज्ञानका प्राध्यापक योशियुकी तात्सुमीले बताए । उनको टोलीले तयार पारेको नयाँ अध्ययन गत बुधवार सार्वजनिक गरिएको थियो । विज्ञहरुको अनुसार जापानमा विगत २० हजार वर्ष यतादेखि लगातर भइरहेको ज्वालामुखी विस्फोटनको अनुपात,त्यसको प्रभाव लगायतको अध्धयनले अबको एक सयभित्र नै जापानको अस्तित्व मेटिने गरि महाप्रलायकारी ज्वालामुखी विस्फोट हुने खतरा बढेको उक्त अध्ययनको निचोड छ ।
यस्तै विगत ३० वर्ष यता आइरहेको भूकम्पको क्षमता,त्यसले पारेको असर र क्षतिलाई पनि अध्धयनको आधार बनाइउको छ ।http://www.taja-khabar.com/international
कार्तिक-१०, बाँके ।
भाइटीका लगाइदिन आएकी बहिनीमाथि यौनहिंसा गर्ने मनिकापुर– ८ का ३८ वर्षीय एक दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
गोर्वद्धन पूजाको दिन बहिनीमाथि यौन हिंसा गर्ने उनलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी नायज उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।
sajhasabal.com/news