खुस्बु बेलायेतंमा गुमनाम भएपछि पैसाकै लागि चरीलाइ माया गरेको एक साथीको आरोप !

Chari Shot Deadप्रेमी डन दिनेश अधिकारी ‘चरी’ को हत्या भएको भन्दै प्रहरीविरुद्द जाइलागेकी मोडल खुस्बु ओली पछिल्लो समय गुमनाम छिन् । प्रहरी स्रोतका अनुसार उनी अहिले बेलायत पलायन भएकी छन् । भदौको पहिलो सातादेखि नै खुस्बु बेलायत पलायन भएकी हुन् । स्टुडेन्ट भिसामा उनी त्यहाँ बस्दै आएकी छन् । खुस्बुले आफ्ना पूर्वप्रेमी अर्पण कोइरालाको योजनामा प्रहरीले चरीको हत्या गरेको आरोप लगाउँदै आएकी थिइन् । अर्पण पनि हालसम्म भारतमै छन् । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका चरीको गत २१ साउनमा भीमढुंगामा मृत्यु भएको थियो । प्रहरीले दोहोरो भिडन्तमा उनको मृत्यु भएको दाबी गर्दै आएको छ ।महानगरीय प्रहरी अपराध महाशाखाले पिछा गर्ने क्रममा चरीले गोली हानेपछि भएको भिडन्तमा उनको मृत्यु भएको जनाएको छ । चरीका आफन्तले उनको हत्या भएको दाबी गर्दै प्रहरीमा जाहेरी लगे पनि प्रहरीले दर्ता गरेको थिएन । त्यसविरुद्द उनीहरु रिट लिएर अदालत गएका थिए । अदालतले जाहेरी दरखास्त दर्ता नगर्नुको लिखित कारण माग गरेको छ । तर हालसम्म रिटको फैसला भइसकेको छैन । सो मुद्दामा खुश्बुले समेत कुनै चासो दिएकी छैनन् । ‘पैसाकै लागि खुस्बुले दिनेशलाई माया गरेकी रहिछन्’ चरीका एक साथीको आरोप छ,‘अब मरेपछि उनलाई के मतलब भयो र ?’ सुरुमा चरीको परिवारसँग मिलेर चरीको इन्काउन्टरविरुद्द लागेकी उनी पछिल्लो समय गुमनाम छिन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ । - See more at: http://www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.