रौतहट, असोज २२ – दमकबाट रात्रिसेवा बसमा काठमाडौंतर्फ गइरहेका एकजना अधवैंशे उमेरका यात्रु पूर्वपश्चिम महेन्द्र राजमार्गको रौतहटस्थित जंगलमा बेपत्ता भएका छन् । चन्द्रपुरबाट करिव ७ किलोमिटर पश्चिम राजमार्गमा पर्ने लचका नजिक घर भएका ५५ वर्षीय बुद्धिशान्त पाखरेल बेपत्ता भएको प्रहरीले जनाएको छ । दमकबाट काठमाडौं तर्फ गइरहेको यात्रुवाहक बसलाइ मंगलबार राती १२ बजे जंगली हात्तीले राजमार्गमा पर्ने लचका नजिक रोकपछि बसबाट तीनजना यात्रु झरेका थिए । अन्य दुइजना यात्रु निजगढ पुगेर अर्को बसमा चढेर काठमाडौं पुगिसकेका छन् भने पोखरेल हालसम्म सम्पर्क विहिन रहेको डिएस्पी नेत्रमणी गिरिले बताएका छन् । आजबिहान खबर पाए लगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनको खोजी गरिरहेको भएपनी पोखरेलको कुनै सुराक लाग्नसकेको खोजी कार्यमा संलग्न प्रहरीले बताएका छन् । बारा र रौतहटको जंगलमा केहीदिनदेखी पटक–पटक हात्ती देखा परिरहेकाले पोखरेलमाथी जंगली हात्तीले आक्रमण गरेको हुनसक्ने प्रहरीको आशंका छ । - See more at: http://www.ratopati.com/2014/10/08/172556.html#sthash.iMdBdfQw.X2HlqjGt.dpuf
दमकबाट काठमाडौं हिँडेका यात्रु रौतहटको जंगलमा बेपत्ता
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses